‘देउवाले विश्वासको मत पाउने सुनिश्चित छ, माधव नेपालजीहरू बाध्य हुनुहुन्छ’
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Wednesday, July 14, 2021
यो भांडभैलो संविधान
‘देउवाले विश्वासको मत पाउने सुनिश्चित छ, माधव नेपालजीहरू बाध्य हुनुहुन्छ’
Monday, July 12, 2021
अचम्म को संविधान को अचम्म को व्याख्या
Thursday, July 01, 2021
पार्टी ले पाँच पाँच वर्षमा महाधिवेशन गर्नै पर्ने
Tuesday, June 29, 2021
निकास: सुभाष
Saturday, June 26, 2021
के जसपा फुट्नु जरूरी छ?
ठाकुर-महतो पक्षमा भागाभाग : कोही उपेन्द्रतिर, कोही काँग्रेस प्रवेशको तयारीमा पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् । ....... पार्टी आधिकारिकताबारे विवाद चलिरहेको र उपेन्द्र समूहले आधिकारिता पाए र संसद् पुनस्र्थापना भए आफूहरूको सांसद पद नजोगिने भएकाले समानुपातिक तर्फका सांसदहरू उपेन्द्र समूहमा जाने विश्लेषण जसपाभित्र भइरहेको छ । ....... सर्वोच्चको निर्णयबाट पदमुक्त भएका निवर्तमान मन्त्री उमाशंकर अरगरियाले अब काँग्रेसमा जान सक्ने बताएका थिए । शरदसिंह भण्डारीले काँग्रेसमा जान विगतदेखि नै खुट्टा उचालेर बसेका छन् । जसपाको औपचारिक विभाजन भएको अवस्थामा ठाकुर पक्षमा भुकम्प जाने पक्का छ । अब केही दिनमै ठाकुर पक्षमा भागाभाग सुरु हुने देखिन्छ ।
प्रचण्डले भने: हु इज केपी ओली ? अध्यक्ष प्रचण्डले ओलीले अदालतलाई कहिले महान्यायाधिवक्ताबाट त कहिले आफैले थर्काउने गरेको पनि बताए। । एक अर्को प्रसङ्गमा प्रचण्डले भने ‘हु इज केपी ओली ?’
राष्ट्रपतिको भुमिका पार्टीको कार्यकर्ता जस्तो देखियो: देउवा अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर १ महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास आफुहरुको रहेको बताए। देउवाले पाँच दलिय गठबन्धन देश र जनताको हितका लागि भएको भन्दै माधव नेपालको प्रशंसा समेत गरे। उनले भने ‘माधवजी लडाकु मित्र हो । उहालाई हाम्रोबाट कुनै धोका हुदैन । उहाकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ।’
ओलीले आफुलाइ प्रधानमन्त्री बन्न अफर गरेको एमाले नेता माधव नेपालको दाबी ओलीले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव पठाएको तर आफूले स्वीकार नगरेको बताए । ....... एमाले नेता नेपालले भने ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । ओलीले मलाई शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् ।’ भन्ने प्रस्ताव पठाएको खुलासा गरे। ....... ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । यतिमात्र होईन, हस्ताक्षर फिर्ता लिने पक्षमा पनि छैन ।’ ...... ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन,’ उनले भने, ‘प्रचण्ड र हामीबीच फुट ल्याउन उहाँले नेकपामा हुँदा पनि अनेक चाल खेल्नुभएको हो । उहाँ यस्तो खुवी भएको मान्छे हो ।’ ....... ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई पनि यही भएको हो ।’ विश्वमा निर्वाचनबाट पनि तानाशाही जन्मिएको र नेपालमा ओलीको नाममा नयाँ चरित्र पाएको भन्दै उनले भने, ‘केपी ओलीलाई सत्ता भएपछि उहाँले अरु केहिपनी देख्नुहुन्न ।’
Friday, June 25, 2021
निधि, सिंह, कोइराला, थापा: समायोजन को एक रेखा
Monday, June 21, 2021
कांग्रेस भित्र निधि को पक्ष मा संभावना
सभापतिमा देउवालाई निधिको चुनौती https://t.co/RF1LoiuHnJ
— Paramendra Kumar Bhagat (@paramendra) June 21, 2021
निधिले बढाए सक्रियता, संस्थापनइतरका युवा नेतासँग भेट्दै https://t.co/f6vZq0GjZM
— Paramendra Kumar Bhagat (@paramendra) June 21, 2021
देउवा रणनीति : निधिलाई नफकाउने, शशांक र सिटौलातिर नजर https://t.co/estu3IEBbV
— Paramendra Kumar Bhagat (@paramendra) June 21, 2021
विमलेन्द्र, शंशाक र प्रकाशमानबीच 'अर्थपूर्ण' भेटवार्ताhttps://t.co/riUZmcIdIm
— Paramendra Kumar Bhagat (@paramendra) June 21, 2021
प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौलासहित ५ जना पक्राउhttps://t.co/5AKgMAz5WR
— Paramendra Kumar Bhagat (@paramendra) June 20, 2021
February 09, 2021 प्रतिक्रान्ति विरुद्धको संसद पुनर्स्थापना र कॉंग्रेस भित्र विमल गगनको सम्मिश्रण
कांग्रेस भित्र निधि को पक्ष मा संभावना https://t.co/4Za6x80pXk #nepal @BimalendraNidhi @GaganThapaNC @PMSinghNC @Amreshjnu @thapagk
— Paramendra Kumar Bhagat (@paramendra) June 21, 2021
मेरो आँटको कसैले परीक्षण नगरे हुन्छ, म सभापति कन्फर्म लडने हो : निधी https://t.co/3dmMXery94
— Paramendra Kumar Bhagat (@paramendra) June 21, 2021
निधिका अनुसार आजका मितिसम्म सभापतिका लागि सात जना उम्मेदवार देखिएका छन् । १३औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला अनि त्यसबेला प्रतिस्पर्धा नगरेका उनीसहित प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइराला । र, उपसभापति निधिका भनाइमा, उनी पछि हट्ने एउटै सम्भावना छ, ‘सर्वसम्मत नेतृत्व चयन ।’ ....... दोस्रो, १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका तीन नेता बसेर हामी पार्टीको कार्यकारिणी पद ग्रहण गर्दैनौं । अब तपाईंहरु चार जनामा यसरी पदीय भाबगण्डा गर्नुस् भनेर तोकिदिने । ........ तेस्रो, १३ औंमा सभापति नउठेका, तर अहिले सभापतिमा आकांक्षा राखेका चार नेता बसेर सहमति खोज्ने । निधि भन्छन्, ‘म युवा साथीहरुसँग पनि छलफलमै छु । मेरा समकालीन साथीहरुसँग पनि छलफलमा छु । हामीहरुबीच पनि सहमति भएन भने चुनावका लागि तयार छु ।’ त्यो बेला पनि आफ्नो प्राथमिकता शेरबहादुरजीको समर्थन पाउने हुने उनले बताए । ........ मैले पार्टी सभापति शेरबहादुर देउवालाई एक/डेढ वर्षअघि नै भनिसकेको थिएँ । मैले सोचेको थिएँ, उहाँले मेरै लागि पहल गर्नुहोला । तर, उहाँले आफ्नै लागि लबिङ सुरु गर्नु भएको छ । ......... मैले जवाफमा भनेको छु,– लड्ने अधिकार छ भन्नुभयो, त्यो अधिकार त छँदैछ, तर तपाईंसँग मेरो लामो सम्बन्ध छ । नेविसंघदेखि आजका दिनसम्मको सम्बन्धका आधारमा म सभापतिमा लड्दा तपाईंको समर्थन प्राप्त गर्ने पनि मेरो अधिकार हो । ....... गिरिजाबाबुको कार्यशैलीविरुद्ध पार्टी नै फुुट्यो । शेरबहादुरजी प्रधानमन्त्रीको कुर्सीमा हुँदाहुँदै गिरिजाबाबुले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिदिनुभयो । शेरबहादुरजी लिखित माफी माग्न तयार हुनुहुन्थ्यो, त्यसको पनि सुनुवाइ भएन । त्यसपछि पार्टी फुटाउनुपर्ने बाध्यता भयो । .......... त्यो परिस्थितिमा उहाँलाई साथ दिनेमध्ये म पनि हुँ । मैले प्रक्रियागत र कार्यगत रुपमा निरन्तर उहाँलाई साथ दिँदै आएको छु । ......... देउवाजी आफैँ पनि टीम बनाउन माहिर हुनुहुन्छ ........मैले त्यतिबेला १३ औं महाधिवेशन तपाईंका लागि हो, १४ औं महाधिवेशनमा म उठ्छु भनेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो । हुन्न भन्ने उहाँको बानी नै छैन ।
......... यो १३ औं महाधिवेशन अघिको विषय होइन, धेरै अघिदेखिको विषय हो । उहाँ र मेरो बीचमा कुराकानी हुँदा उहाँले सधैं म पछि तपाईं नै हो भन्नुहुन्थ्यो । ....... जिम्मेवारी र पद मागेर होइन, लडेर प्राप्त हुन्छ । मैले गिरिजाबाबु, सुशील कोइरालासँग लडेर यो पद पाएको हुँ । यो त उहाँले देखाएको बाटो हो । म त झन् उहाँसँगै छु । ......... मेरो आँटको कसैले परीक्षण नगरे हुन्छ । आँट भनेको त संस्कार हो र हाम्रो परिवार निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लडेर आएको परिवार हो । ..... मलाई के लाग्छ भने शेरबहादुरजी पार्टी सभापति पनि भइसक्नुभयो । प्रधानमन्त्री पनि भइसक्नुभयो । उहाँले पार्टी र देशलाई दिन सक्ने जे थियो, दिइसक्नुभयो । ........म अहिले ६६ वर्षको भएँ । ....... कांग्रेसमा हजुरबुबा मात्र होइन, जिजुबुबादेखि नातिपुस्तासम्म सँगसँगै छ । अरु पार्टीमा त्यस्तो छैन । यहाँ पुस्ताको जाम लागेको छ
...... १५ औं महाधिवेशन म भन्दा पछिको पुस्ताका लागि हो । ....... देउवा समूहको सहयोगले मात्रै विमलेन्द्र निधि चुनाव जित्न सक्दैन ।
Wednesday, June 02, 2021
देश र कांग्रेस
चुरे दोहन गर्न सरकारले लिएको नीति खरानीको व्यापार गर्न घर जलाए जस्तो : कांग्रेस
तराईलाई मरुभूमिकरण गर्ने निर्णय तुरुन्त खारेज गरियोस् : पुष्पकमल दाहाल
आयोगले पत्र खारेज गरेपछि यादवको प्रतिक्रिया : अनुसूचीको फाराम बुझाउन छुटेको हो
जसपा विवाद निर्वाचन आयोगले गर्यो उपेन्द्र र महन्थका पत्र खारेज राजनीतिक दलसम्बन्धी नियमावली विपरीत भएकाले प्रक्रिया पुर्याएर पुनः पत्र पठाउन भन्छौं : सचिव अधिकारी
माधवकुमार नेपालले भने : अन्तिम 'मुड'मा छु नेता नेपालले आफूनिकट जनसंगठनको भर्चुअल भेलामा नयाँ पार्टी, नयाँ आन्दोलन विकास गर्नुको विकल्प नरहेको बताएका हुन् ।
ओलीका कारण बनेको जसपा ओलीकै कारण फुटदै एकअर्कालाई निष्कासन गरिएको जानकारी सहित दल दर्ता किताब अद्यावधिक गरिदिन दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले आयोगसँग आग्रह गरेका छन् । ........ अब कुन पक्षको पत्रले वैधानिकता पाउने भन्ने कानूनी र प्राविधिक निर्णय आयोगले गर्नेछ । तर राजनीतिक र व्यावहारिक रूपमा जसपा विभाजित हुन पुगेको छ । एकताको वर्ष दिनभित्रै विभाजन गराउने विवाद भने गएको ५ पुसबाट जसपामा शुरू भएको थियो । ...... दुवै पक्षका नेताहरू जसपा विभाजित नभएर व्यक्ति कारबाहीमा परेको तर्क गर्छन् । ‘पार्टी विभाजित भएको होइन । विधान विपरीत काम गरेका नेताहरू कारबाहीमा परेका हुन् । पार्टी एकताबद्ध नै रहन्छ’, यादव निकट नेता मोहम्मद इस्तियाक राई भन्छन् । ..... ठाकुर पक्षका नेताहरुको तर्क पनि उस्तै छ । ‘देशकै मूर्धन्य एवम् पार्टीको प्रथम अध्यक्षलाई निष्कासन गरिनु हास्यास्पद, उदेक लाग्दो र उपेन्द्र यादवकै निम्ति घातक कुरा पनि हो’, ठाकुर निकट नेता सुरेन्द्र झा भन्छन् । यादवलाई निष्कासन जवाफी कारबाही भएकाले जसपाको एकता कायमै रहने उनको तर्क छ । ....... तर ६ महीना यताको घटनाक्रम, निर्णय र गतिविधि हेर्ने हो भने जसपा लगभग एकताबद्ध हुने संभावना न्यून छ । किनभने जसपाको विवाद आन्तरिक नभएर प्रतिक्रियामा आधारित हो । ठाकुर पक्ष नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई साथ दिने, समर्थन गर्नेदेखि सरकारमा सहभागी हुन समेत तयार भएर बसेको छ । यादव पक्ष भने एमालेकै अर्का धार माधवकुमार नेपाल सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितको गठबन्धनमा उभिएको छ । यादव पक्षको सर्त छ– संसद् पुनर्स्थापना र सत्ताबाट ओलीको बहिर्गमन । त्यसका निम्ति यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहित १२ सांसदको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । लुम्बिनी र गण्डकी प्रदेशमा जसपाको ओली इतर समूहसँगै गठबन्धन भएको छ । यादव निकट एक नेता, जसपा विभाजन अब घोषणा मात्रै बाँकी रहेको बताउँछन् । ‘उहाँहरुले पुरानै पार्टी (राष्ट्रिय जनता पार्टी, नेपाल) ब्युँताउनुहुन्छ होला, तयारी त्यही गरिरहनुभएको छ’, ती नेता भन्छन् । तर स्पष्टीकरण सोध्ने र कारबाहीको निर्णयमा भने यादव पक्ष अघिअघि र ठाकुर पक्ष पछ्याउने गरेका छन् । ......
दुवै पार्टी बीच १० वैशाख २०७६ मा एकता हुँदा पार्टी नाम, झण्डा र चुनाव चिन्ह बाहेक अरुमा सहमति जुटेको थिएन ।
...... समाजवादी पार्टी, नेपालमा रेणु यादव सहितका नेता र राजपामा राजकिशोर यादव र अनिलकुमार झाहरु अलग हुने अनुमान गरिएको थियो । हुन पनि समाजवादी पार्टी विभाजन र जसपाको एकताको पत्र कुन पहिले निर्वाचन आयोगमा पुग्छ भन्ने प्रतिस्पर्धा नै चलेको थियो । ....... जसपाका नेताहरूमा एकताबद्ध पार्टी निर्माणको मनोविज्ञान भने २०७० को निर्वाचनमा नराम्रो गरी पराजित भएबाटै विकसित भएको थियो । जस अन्तर्गत २०७४ को निर्वाचनमा ६ दल (तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना, फोरम लोकतान्त्रिक, संघीय सद्भावना, तराई मधेश सद्भावना पार्टी र राष्ट्रिय मधेश समाजवादी पार्टी) बीच एकता भएर राजपा जन्मियो । ....... दुवै दलको समर्थन पाउँदा संसद्मा ओलीसँग ७६ प्रतिशत बहुमत पुगेको थियो । ........ ‘मधेशी, थारु, आदिवासी जनजाति जनताको चाहना पनि ठूलो शक्ति बनोस् भन्नेछ । तर उपेन्द्र यादव मधेशको मुद्दा सम्बोधन भएको हेर्न चाहनु हुन्न’, नेता सुरेन्द्र झा भन्छन् ।उपेन्द्र यादवले प्राप्त जनमतलाई उपयोग गरेर व्यक्तिगत शक्ति आर्जन गर्न चाहेकाले समस्या आएको उनी आरोप लगाउँछन् ।
........ ‘सांसदहरुमा बहुमत रहेको त सबैले देखकै छन् । अब निर्वाचन आयोगमा जानुपर्ने भए कार्यकारिणीमा पनि बहुमत देखाउँछौं’, ठाकुर निकट नेता झा भन्छन् । संविधानको धारा ७६ (५) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा ठाकुर सहित २० सांसद उभिएका छन् । ......... संसद् विघटन भइरहेको अवस्थामा भने पार्टीको वैधानिकता विवादमा सांसद् संख्याले अर्थ राख्दैन । राष्ट्रियसभाका तीनमध्ये दुई जना र कार्यकारिणी समितिमा पनि बहुमत रहेकाले अर्को दल बनाउने बाध्यता ठाकुरसँग रहेको यादव पक्षका नेताहरुको दाबी छ । ....... संसद् भंग गर्ने ओलीको कदमपछि अढाइ महिनासम्म दलको वैधानिकता दावी गर्दै दुई पक्ष (ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल) ले आयोगलाई लगातार पत्राचार गरेका थिए । तर आयोगले कुनै निर्णय गरेन । .... नेकपाको विवाद पुनर्स्थापित एमालेभित्र सरेको छ । ओलीले एकलौटी निर्णय नरोकेको भन्दै नेपाल समूहले आयोगलाई अदालतको फैसला सम्झाउँदै पत्र पठाएको छ । आयोगले फेरि पनि कुनै निर्णय दिएको छैन । नेकपा विवादमा प्रचण्ड र माधव समूहले केन्द्रीय कमिटीमा बहुमतको रहेको दाबी गरेको थियो भने ओलीले प्रथम अध्यक्षको दावी गरेका थिए । ...... उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, महिन्द्रराय यादव लगायत कम्युनिष्ट पृष्ठभूमिका नेता हुन् । महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत प्रजातान्त्रिक पृष्ठभूमिबाट आएका हुन् ।जसपामा कारवाहीको खेला, त्रिपाठीसंग ठाकुरको एकता र रेशमको रिहाइ पछि सरकार महन्थ पक्षले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने लाइन लिएपछि जसपा विवाद उत्कर्षमा पुगेको थियो । ..... यसै बिच जसपाको ठाकुर पक्ष सरकारमा जान हतार नगरि हृदयश त्रिपाठीसंगको एकता र रेशम चौधरीको रिहाईका लागि केन्द्रित हुने देखिएको छ । यि दुईवटा काम पछि सरकारमा जाँदा झनै सकारात्मक हुने ठाकुर पक्षको बुझाई छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी मिलेर नयाँ दल खोल्ने तयारी थालेका छन् । दुई नेताबीच सिंहदरबारमा त्यसबारे कुरा भइरहेको छ । ........ कुराकानीमा ठाकुरसहित राजेन्द्र महतो सहभागी छन् । त्रिपाठीको साथमा पनि उनी निकट नेताहरु छन् । चुनाव घोषणा भइसकेकाले नयाँ दल खोल्न मिल्दैन । तर, निर्वाचन आयोगमा दल दर्ता अगाडि नै गराइएको बुझिएको छ । नयाँ दल दर्ताका लागि अध्यादेश ल्याएर भएपनि बढ्ने तयारी समेत भएको बुझिएको छ । ....... सहमतिमा टिकापुर घटनाका आरोपित रेशम चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीमाथि लगाइएको मुद्धा फिर्ता र रिहाइका लागि संविधान र कानून सम्मत तरिकाले अगाडि बढ्ने उल्लेख छ ।
अहिले लडाइँ कसले चुनाव गराउने भन्ने मात्र हो : कानुनमन्त्री लीलानाथ श्रेष्ठ अहिले नागरिकता प्राप्तिको माग गरी अदालतमा ३५ हजार मुद्दा छन् । जोसँग पैसा छ, जो पढेलेखेको छ, उसले त मुद्दा लडेर पनि नागरिकता लिएको छ । जो पढेलेखेको छैन, निमुखा छ, अदालतको मुख देखेको छैन, त्यो मान्छेले नागरिकता कसरी पाउने त ? यो विषयमा पटक–पटक सम्मानित अदालतले जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेकाका छोराछोरीलाई छिटो ऐन बनाएर नागरिकता देऊ भनेर सरकारलाई आदेश गरेको छ । त्यसैलाई हामीले कार्यान्वयन गरेका मात्र हौँ । ......... अहिले राजनीतिक अवस्था कस्तो बन्यो भने एउटा दल बसेको ठाउँमा अर्काे दल बस्न नसक्ने । जस्तो कि सम्माननीय
प्रधानमन्त्रीज्यूले कोभिड–१९ बारेमा एउटा बैठक बोलाउनुभयो । त्यहाँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुभएन । एउटा राउन्डटेबलमा बस्ने अवस्था पनि छैन ।
....... अहिले मधेसी समुदायलाई मात्र नागरिकता चाहिएको हो कि हिमाली जिल्लाका नागरिकलाई पनि यो नागरिकता उत्तिकै आवश्यक हो ? बुबाको पत्तो नलागेका धेरै नागरिकले नागरिकता पाएका थिएनन् । त्यसलाई हामीले सम्बोधन गरेका हौँ । ....... संविधानमै भएको र पटक–पटक सर्वाेच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गरिएको मात्र हो । मैले पनि २ नम्बर प्रदेशको पार्टीको सह–इन्चार्जको हिसाबले पटक–पटक यस विषयमा आवाज उठाउँदै आएको थिएँ । ....... नेपालमा जन्मसिद्ध नागरिकको सन्तान बालिग भएपछि वंशजका आधारमा नागरिकता पाउने संविधानमा व्यवस्था छ । जुनसुकै सरकार भए पनि संविधानको यो प्रावधानलाई हटाउन सक्छ त ? अर्काे, नेपाली आमाको सन्तान, जो नेपालमै बसोवास गरेको छ, उसको बुबाको ठेगाना नभएकोलाई नागरिकता दिने विषय अध्यादेशमा छ । यो पनि संविधानमा प्रस्टै भएको प्रावधान हो । त्यसकारण संविधानको पालना गरेर हामीले अध्यादेश ल्याएका हौँ, यसमा विवाद आवश्यक नै छैन । .......... दुईतिहाइको सरकार बनेको दुई वर्ष आठ महिना भइसकेको छ, अधिकांश संवैधानिक आयोग खाली छन् । अनि देखाउनका लागि यो संविधान बनाएको हो कि कार्यान्वयन गर्न ? कार्यान्वयन नगर्दा पनि अपजस आउने । ........ संवैधानिक परिषद्को बैठक बोलाउँदा विपक्षी दल बैठकमै नआउने, आए पनि सहमति छैन भनेर उठेर हिँडिदिने । यस्तो गर्दागर्दै दुई वर्ष आठ महिना भयो । यस्तो अवस्थामा के गर्ने ? ......... सानो विषयमा चित्त नबुझ्नेबित्तिकै जसले पनि मुद्दा हाल्ने अवस्था छ । हरेक मन्त्रालय, स्थानीय तहमा मुद्दैमुद्दा छन् । सम्मानीय प्रधानमन्त्री मात्र होइन, धेरै मन्त्रीविरुद्ध पनि मुद्दा परेका छन् । जसलाई चित्त बुझेन मुद्दा हालिहाल्ने परिपाटी हुर्केर गएको छ । ........ मुद्दा नचलाइने ः राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्दा चलाइनेछैन । ........ उहाँ ७६(३) अनुसारको प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले के भन्नुभयो भने म ७६(४) को प्रक्रियाअनुसार जाँदिनँ, केही दिनअघि मात्र विश्वासको मत प्राप्त गर्न नसकेकाले उहाँले सीधै ७६(५) अनुसार सरकार गठनको प्रक्रियामा जानुभएको हो । उहाँ ७६(३) कै प्रधानमन्त्री हुनुहुन्छ । ७६(५) को प्रक्रिया खारेज भएपछि त कहाँ जान्छ त ? .............. अहिले त के बोल्ने, के नबोल्ने नेताहरूलाई होस ठेगानै छैन । हामीले त उहाँहरूबाट सिक्ने हो । तर, किन यस्तो विचलन आयो लिडरसिपमा, मलाई थाहा छैन । यो त असाध्यै छाडा भयो । ........ राष्ट्रपतिज्यूले कुनै गल्ती नै गर्नुहुन्न, किनकि संविधानमै प्रस्ट छ, प्रधानमन्त्रीले सिफारिस गरेको विषयका आधारमा निर्णय गर्ने भन्ने छ । ........तेस्रो लहर आउँछ भनेर कुनै पनि वैज्ञानिकले भनेका छैनन्, अनुमान गरेको मात्र हो । म पनि अन्तर्राष्ट्रिय समाचार धेरै हेर्छु, तेस्रो लहर आउँछ भनेर कसैले पनि ग्यारेन्टीका साथ भनेको छैन ।
...... पहिलो लहरले वृद्धलाई प्रभावित ग¥यो, दोस्रो लहरले युवालाई र अब बच्चालाई प्रभावित गर्न सक्छ भनेर कतिपय देश तयारीमा लागेका छन् । नेपालमा पनि त्यस्तो अवस्था आयो भने त्यस्तो विशेष परिस्थितिमा राष्ट्रिय पार्टीहरू मिलेर छलफल गरेर उपाय निकाल्नुपर्छ । भारतमा पनि संक्रमण कम हुँदै गएको छ । हामीकहाँ भारतबाटै आउने हो, अब हाम्रोमा पनि कम हुन्छ । ........ अहिले भनेको एक्सनमा काम गर्नुपर्ने समय हो । मिलिटरी हिसाबले दौड भने दौडने, ठोक भने ठोक्ने भन्ने हिसाबले काम गर्ने समय हो । त्यही भएर हामीले पूर्वरथीलाई रोजेका हौँ । कतै केही बनाउनुप¥यो भने सेनाले त तत्कालै बनाउन सक्छ, निजामतीले ठेक्का प्रक्रियामार्फत जानुपर्छ । धेरै काममा सेनाको आवश्यकता छ, नेतृत्व पनि सेनाकै हुँदा परिचालन सहज हुन्छ भन्ने हो । ............तराईमा के हुन्छ भने एउटाले गल्ती ग¥यो भने विपक्षी पार्टीको २० जना नेतालाई मुद्दा हालिदिने परिपाटी छ ।
कांग्रेसले एमालेलाई फसाउने, एमालेले कांग्रेसलाई फसाउने ट्रेन्ड छ ।Saturday, May 15, 2021
Shekhar Koirala: Voice Of Reason
अहिले समय हो राजनीतिक नाटक समाप्त गर्ने, महामारी मा फोकस गर्ने। उठापटक त पहिले पनि थुप्रो भएको तर अहिलेको राजनीतिक उठापटक क्रुर कर्म हो।
मधेसको मुद्दा समाधानका लागि महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ : शेखर कोइराला https://t.co/mdup13gXmY
— Paramendra Kumar Bhagat (@paramendra) May 15, 2021
खनाल-नेपाल पक्षीय केन्द्रीय सदस्यको आशंका: ओलीले उपयोग मात्रै त गर्ने होइनन्? https://t.co/4AqbwzhgIG
— Paramendra Kumar Bhagat (@paramendra) May 15, 2021
उपेन्द्र यादवले सहमतिका लागि महन्थ ठाकुरसँग अन्तिम पटक वार्ता गर्नेhttps://t.co/KDCYSinN6F
— Paramendra Kumar Bhagat (@paramendra) May 15, 2021
ओली पुन: प्रधानमन्त्री बन्दा राजनीति अन्योलतातर्फ धकेलियो : यादव
अझै कति शव गनेर बस्ने ! यो महामारी दलहरूका लागि परीक्षा पनि हो । कसैले राजनीति नगरौं । पहिले जनता बचाऔं, राजनीति पछि गरौंला । ....... अहिले भारतले जुन नियति भोगिरहेको छ, हामी त्योभन्दा खतरनाक र भयावह विन्दुतर्फ अग्रसर छौं । ......... यसरी निषेधाज्ञामा राखिरहने हो भने आम जनतामा भोक र अन्य रोगका साथै आक्रोश पनि थपिँदै जानेछ । किनकि सरकारको हरेक कुनामा बिचौलिया पसेका छन् । अब त कुनाकुनामा पसेका बिचौलियाले ‘कात्रो र शववाहन’ मा पनि कमिसन नखोज्लान् भन्न सकिन्न । यो हाम्रो राजनीतिक संस्कारले नै निम्त्याएको अवस्था हो । ट्रेडिङमा रमाउनेहरूमा आफ्नो लगानी नगरी राज्यको लगानीबाट कमिसन लिने र खाने बानी राजनीति गर्नेले नै पारिदिएका हुन् । ......... अघिल्लो लकडाउनका कारण थला परेको पर्यटन र आर्थिक क्षेत्र कोमामा जाने अवस्था छ । यो क्षेत्रलाई पूर्ववत् स्थितिमा फर्काउन एक वा दुई वर्षमा सम्भवै छैन ।
भगवान्कै भरोसा ! ‘गिट्ठा–भ्याकुर राष्ट्रवाद’ को वकालत गर्नेहरूले जेसुकै भनून्, रोटीको आफ्नै राष्ट्रियता हुन्छ । मान्छे पलायन त्यसै हुँदैन । ........ जो आफ्नो दैनिक आवश्यकता पूरा गर्न असमर्थ छन्, तिनीहरूले मास्क र स्यानिटाइजर प्रयोग गर्लान् वा पटकपटक साबुन–पानीले हात पखाल्लान् भनी अपेक्षा नै गर्न सकिँदैन । तराईमै यस्ता बस्तीहरू छन् जहाँ खानेपानीको सहज आपूर्ति छैन । तिनीहरू लापरबाही गर्न खोजेका छैनन्; बस, निरुपाय छ । यस्ता भुइँमान्छेहरूमा पुरुषजतिले गम्छा र महिलाजतिले साडीको सप्को वा घरमै उपलब्ध पुरानो कपडालाई मास्कका रूपमा प्रयोग गरिरहेका छन् । थातथलोमा यतिखेर घरबन्दीले गर्दा काम ठप्प छ, घरबाहिर निस्किन पाबन्दी लगाइएको छ । तर गाईवस्तु पाल्नेले के गर्ने ? ....... घर नफर्कूं, मरिने; फर्कूं, झन् मरिने । ....... रोजगारीका लागि भारत जाने नेपालीहरूको आँकडा हेर्ने हो भने सबैभन्दा बढी अदक्ष श्रमिक छन् । ....... भारतमा कति नेपाली छन्, तिनीहरू कहाँकहाँ छन्, कस्तो अवस्थामा छन्, के काममा संलग्न छन्, त्यसको कुनै लेखाजोखा छैन । ......... नेपालको वर्चस्वशाली जमातको हित संरक्षण दिल्लीस्थित दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासबाट निर्वहन भैरहेको परिप्रेक्ष्यमा असंगठित भुइँमान्छेहरूका लागि कसले चिन्ता लिने ? नेपालको राजनीतिक नेतृत्वले भारतसँगको सामाजिक–आर्थिक सम्बन्धको प्रमुखतालाई स्वीकार नगरेसम्म केही हुनेवाला छैन । ...... खेतीमा ‘वर्क फ्रम होम’ चल्दैन । ..... हाम्रै नेपालभित्र अर्को नेपाल पनि छ, जो यस पटकको महामारीमा भगवान् भरोसे बाँचिरहेको छ । इतिहासमा यिनको कुनै अभिलेख हुँदैन । मृत्यु स्वीकार गर्नु वा घिटघिटी गर्दै बाँचिरहनु अदृश्य मान्छेहरूको क्रूर वर्तमान हो ।
महामारीमा सत्ता राजनीति सर्वसाधारणका लागि राज्यको उपस्थिति मसानमा बाहेक अन्यत्र कतै प्रभावकारी छैन । ..... महामारीको पहिलो चरणमा वृद्धवृद्धाहरूका लागि खतरनाक मानिएको कोरोनाले दोस्रो चरणमा संसारका युवा पुस्तामाथि आक्रमण सुरु गरेको छ । ........ युरोप होस् वा अमेरिका वा अफ्रिका, मानव जातिको जहाँजहाँ उपस्थिति छ, कोरोनाले कतै छोडेको छैन । छिमेकी भारतमा यसको कहर अत्यन्त निर्मम छ । नेपालमा त्यसको गहिरो प्रभाव परेको छ । कोरोनाकालमा भारत र नेपालका अर्थतन्त्र अविभाज्य देखिएका छन् । महामारीको पहिलो चरणमै कोरोनाबाट बच्न भारतबाट घर फर्केका मानिस केही दिनपछि नै कसरी फेरि कामको खोजीमा भारत गएका थिए ? यो तथ्य नेपालीले बिर्सिएका छैनन् । ........ देशका जनता एकातिर कोरोना महामारीले आक्रान्त भइरहेका छन् भने, यही समय देशको राजनीतिमा सत्ता परिवर्तनको ‘लाली’ चढेको छ । ....... देशको स्वास्थ्य व्यवस्था ‘कोल्याप्स्ड’ भैसकेको छ । ठूला पुँजीमा चलेका अस्पतालहरूले असमर्थताको हात उठाइसकेका छन् । सम्पूर्ण स्वास्थ्य क्षेत्र अराजकताको अन्तिम विन्दुमा उभिएको छ । मेचीदेखि महाकालीसम्म, चारैतिर छरिएर रहेका, सहर–बजार तथा खोंच र उपत्यकाका ठूला–साना स्वास्थ्य चौकी र अस्पताल विस्फोटक अवस्थामा पुग्ने खतरा छ । ........ निषेधाज्ञाका बेला जनताको रासनपानीको व्यवस्था कसरी भैरहेको छ ? संघीय, प्रादेशिक वा स्थानीय सरकारलाई त्यसको सरोकारै देखिँदैन । मानिसहरू सरकार र सरकार चलाउने जातिका विषयमा निषेधका टिप्पणी गर्न थालेका छन्— अक्सिजन र उपचारको व्यवस्था गर्न छाडेर सरकार वाग्मती किनारमा नेपाली सेनाका जवानहरूलाई चिहान खन्न लगाइरहेको छ । ........ देशको राजधानी सहरमा एक हूल पैसावाल व्यापारी छन्, अर्को हूल जग्गावाल व्यापारी छन्; त्यसभन्दा पर जनताप्रधान भन्ने कोही पनि छैन । ......... राजाले आफ्नो सुविधा र तजबिजअनुसार, राष्ट्रको ढुकुटीको उपयोग गर्थे । त्योभन्दा अगाडिको समयमा, राजाले सोझै ढुकुटीको प्रयोग गर्थे । उनका लागि लोकलाजको अर्थ थिएन । अहिले लोकतन्त्रका नेताहरू लोकलाजलाई पन्छाएर, राजाको त्यही ‘कदम’ को अनुसरण गरिरहेका छन् । ........ अहिलेको संसदीय अंकगणित केलाउँदा प्रतिनिधिसभाबाट पराजित भएर पनि प्रधानमन्त्री ओली निकै जब्बर देखिएका छन् । ....... जनताले सुशील कोइराला, खड्गप्रसाद शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा सबैको शैली देखेका छन् । कोरोना महामारीको व्यवस्थापनमा प्रधानमन्त्री ओलीले फैलाएको अराजकता सबैले बुझेका छन् । ...... अहिलेसम्म यो देशको बागडोर त्यस्ता मानिसले सम्हालेका छन्, जसले कहिल्यै देश र जनताको चिन्ता गरेनन्, क्रान्तिका आदर्शहरूको सम्मान गरेनन्, देशको साधन र स्रोतलाई लुट्ने काममा लागे । अहिलेको संसद्मा जो छन्, तिनको योग्यता र उपयोगिता पनि योभन्दा बढी छैन । तैपनि, रामायणका रचनाकार वाल्मीकिजस्तो उनीहरू पनि सुध्रिन्छन् कि ? यो एउटा कल्पना हो ।
टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ? ४ सय वर्षबीचको दौरानमा यस्ता कलोसियमहरूमा ४ लाखभन्दा बेसी ग्लाडिएटर अर्थात्् मानव जीवनहरू समाप्त भएका थिए । ......... प्राइम टाइम बहसका कार्यक्रम सञ्चालकहरू सबैभन्दा कम लगानीमा आममानिसहरूलाई सजिलै मूर्ख बनाइरहेका छन् । ......... ३९८ कार्यक्रममध्ये ३०० हाराहारीका कार्यक्रम संसद् विघटन, सर्वोच्चको निर्णय, नेकपाको फुट, एमालेभित्रको किचलो, राजनीतिमा प्रतिपक्षीको कमजोर भूमिकाकै वरिपरि मात्र रुमल्लिइरहेको देख्न सकिन्छ । ........ मूर्ख व्यापारीले नयाँ उत्पादन गरिरह्यो, टेलिभिजनका बहसका कार्यक्रमहरूमा तिनै मूर्खताको भव्य होडिङबोर्ड लगाइयो, ती होडिङबोर्डमा रहेका उत्पादनहरूको सक्दो विज्ञापन यी प्राइम टाइम शोहरूले बेचिरहे । जनता मूर्ख बनिरहे । तर, राजनीतिज्ञको भेषमा रहेका व्यापारी हुन् या तिनका एजेन्टका रूपमा हाम्रोमाझ देखापरेका यी टेलिभिजनका बहसका शोहरू हुन्, यी सबैले बुझ्नैपर्ने कुरा के हो भने आम मानिसबिना कुनै पनि खेल सम्भव छैन । र, जब खेलमा आममानिसको उपस्थिति हुँदैन, या त व्यापार बन्द गरिनुपर्छ या त असल व्यापारको सुरुवात गरिनुपर्छ ।
सत्तास्वार्थ र बजेट साटासाट : महन्थ ठाकुरलाई मागेजति रकम जसपा अध्यक्ष महन्थ ठाकुरले चालु वर्षको बजेटमा नपरेका आयोजनामा पर्याप्त बजेट लगेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार ठाकुरका लागि बुधबार मात्रै ३ अर्बभन्दा बढी रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ । ......... अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार ठाकुरले करिब एक दर्जन आयोजनामा रकम माग गरेका थिए । तीमध्ये तीनवटा आयोजना २० करोड रुपैयाँभन्दा बढीका छन् । अरुमा पनि ५ करोडभन्दा धेरै रकम रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ । .......... बजेट मार्गनिर्देशन २०७७/७८ ले पनि खर्च गर्न नसकेको बजेट खर्चको ग्यारेन्टी भई रकम अभाव हुन सक्ने क्षेत्रमा बजेट सार्न सकिने व्यवस्था गरेको छ । यही प्रावधानलाई टेकेर महन्थ ठाकुरसहित उनीसँग नजिक रहेका नेताहरूले मागेका आयोजनामा मनपरी रकमान्तर गरिएको छ ।
Thursday, March 18, 2021
गलती त बीपी कोइराला र मदन भण्डारी को हो
From Third World To First: The Singapore Story by Lee Kuan Yew (Free PDF Download)
Abundance: The Future Is Better Than You Think by Peter Diamandis (Free PDF Download)
Thursday, February 25, 2021
ओली को राजीनामा नदिने निर्णय
सर्वोच्च्को संसद पुनर्स्थापना पछि ओली को राजीनामा नदिने निर्णय बड़ा अचम्मको छ। यहाँ बहुमतको होइन नैतिकताको कुरा छ। संविधान पढ्ने साक्षरता मसँग छैन भनेर राजीनामा दिने हो। संसद विगठनको गलत सिफारिस प्रयाप्त कारण हो राजीनामा दिने।
त्योभन्दा उदेकलाग्दो छ अबको प्रधान मंत्री पनि ओली नै हुन्छन् भन्ने ओली को आसेपासे हरुको तर्क। एक छिन त म घोतलियेको पनि। सर्वोच्च्को निर्णयमा सेटिंग देखिएन, सेटिंग अब पो हुने हो कि भने जस्तो।
राजनीतिक अस्थिरता बाट निकै चेतेका मानिसहरुले लेखेको संविधान जस्तो देखिन्छ। संसद विगठन गर्न नपाउने भने जस्तै अर्को कड़ा प्रावधान छ पार्टी फुटाउन नपाउने प्रावधान। पार्टीको केन्द्रीय समितिमा पनि र संसदीय दलमा पनि कमसेकम ४०% छैन भने पार्टी फुटाउन पाइएन। ओली को केन्द्रीय समितिमा २५% पनि छैन। संसदीय दलमा ४०% जति देखिन्छ तर त्यो कति दिन सम्म?
नेकपाले संसदीय दलको बहुमतले आफ्नो नेता फेरि सक्यो। संसद जब बस्छ तब अविश्वासको प्रस्ताव दर्ता हुन्छ। व्हिप जारी गर्ने नया नेताले हो, अर्थात प्रचण्डले। नेकपा, नेका, जसपा सबैले अविश्वास प्रस्तावको समर्थन गर्ने पुर्ण संभावना छ। ओली को त संसदीय सीट नै जान्छ र उपनिर्वाचन हुन्छ झापामा। ओली गुट भनेर चिनिएका सांसद हरु या त पार्टी फुटेन भनेर माउ पार्टीमा आउनु पर्यो (चाहे त्यहाँ भित्र गुट चलाएर नै किन नबसुन) होइन भने ८० जना जतिको संसदीय सीट गुम्छ र ती सबै ठाउँमा उप निर्वाचन हुन्छ। मध्यावधि निर्वाचन त भएन भएन तर ८० सीट मा मात्र उप निर्वाचन हुन्छ भने त्यसलाई सानोतिनो मध्यावधि निर्वाचन नै भन्नुपर्ने हुन्छ। हो न हो यो ओली ले सानो भए पनि मध्यावधि निर्वाचन गराएरै छाड़े भन्ने हुन्छ।
तर कुरा त्यहाँ सम्म शायद नपुग्ला। अहिले लाई नेकपा भित्र नै बसौं, पछि चुनाव नजिक पुगेपछि अर्को पार्टी दर्ता गरौंला ओली को नेतृत्वमा भनेर बस्न पनि सक्छन। तर त्योभन्दा ओली एकलिने संभावना बढ़ी छ।
अविश्वास प्रस्ताव दर्ता गर्नेले वैकल्पिक प्रधान मंत्री को नाम पनि दिनैपर्ने प्रावधान रहेछ। देउबाले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्नु हुँदैन। आफ्नो नाम प्रयोग गर्न दिनुपर्छ। होइन भने जसपा कै उपेन्द्र यादव को नाम सारे भो। नेकपा, नेका, जसपा तीन वटा पार्टीले मिलेर अविश्वास प्रस्ताव दर्ता गर्दा।
संसद बसेको प्रथम दिन नै अविश्वास प्रस्ताव दर्ता भएन भने ओली ले चलखेल गर्न पाउने देखिन्छ। फेरि संसद अधिवेशन समाप्त गरिदिन सक्छन। समय त खेर जान्छ। तुरुन्त ओली लाई पदच्युत नगरिकन नेकपा, नेका र जसपाको नया सरकार बनाइँदैन भने देश अर्को भुमरीमा फँसछ। तीन पार्टीको सरकारको प्रमुख एजेंडा नै मधेसले खोजेको संविधान संसोधन हुनुपर्छ।
नेपाली कांग्रेस लाई लाग्ला नेकपा दुई फ्याक भएको राम्रो। त्यो त भइसक्यो। राजनीतिक रुपमा। तर कानुनी रुपमा दुई हुने बाटो तत्काल छैन। संसद बसेको प्रथम दिन अविश्वास प्रस्ताव दर्ता नहुने अवस्था आउन दिनु हुँदैन कांग्रेस ले।
Tuesday, February 09, 2021
प्रतिक्रान्ति विरुद्धको संसद पुनर्स्थापना र कॉंग्रेस भित्र विमल गगनको सम्मिश्रण
सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगर्ने संभावना न को बराबर छ। संसद पुनर्स्थापना भए पछि नेकपा कानुनी रूपले फुट्दैन तर चोइटिएर जाने भने हुन्छ। केपी ओली प्रधानमंत्री नरहँदा र पार्टीको साधारण सदस्य समेत नरहँदा उसको पछि पछि लाग्ने मान्छे अत्यंत कम हुन्छन्। तर पार्टी त फुट्यो फुट्यो। प्रचंड माधव पक्ष पनि थाकेको बथान हो। अर्को चुनावमा साधारण बहुमत पनि ल्याउने ल्याकत रहँदैन।
संसद पुनर्स्थापना हुँदैमा राष्ट्रपति विरुद्ध महाभियोग लाग्नु पर्छ भन्ने छैन। प्रधानमंत्री ले गर्ने गलती सच्याउँदै हिँड्ने काम राष्ट्रपतिको होइन। तर संसद पुनर्स्थापना भए पछि केपी ओली लाई पार्टी फोड़न सजिलो होस भनेर अध्यादेश ल्याउन राष्ट्रपति ले सघाएको खण्डमा महाभियोग एक मात्र उपाय हुनेछ र देशले नया राष्ट्रपति पाउँछ। त्यो नया राष्ट्रपति कोही दलित भैजाओस। दमजम मध्ये मधेसी र महिला त भए भए।
ओली को जिम्मेवारी ओली मात्र ले लिएर पुग्दैन। भैसीको सिंग वाला नक्शा पास गर्ने कॉंग्रेसले पनि लिनुपर्छ। २५ वर्ष अगाडि मात्र महाकाली नदी नेपाल भारत को अधिकांश सीमाना हो (अर्थात सम्पुर्ण होइन) भनेर संधि गर्ने पात्र नै त्यही ओली हो। संसदीय दलको नेता मा प्रस्ताव गर्ने माधव नेपाल ले पनि लिनुपर्छ। मान्छेको चरित्र चिन्न नसकेको माधव नेपाल। खुरुक्क संसदीय दलको बैठक डाकेर संसदीय दलको नेता बाट हटाउने प्रयास नगरेको कामरेड प्रचण्डले पनि जिम्मेवारी लिनुपर्छ।
ओली दुई वर्ष अगाडि अर्कै आज अर्कै मान्छे होइन। उसको भएको चरित्र उजागर भएको हो। तर एक दुई पात्रको चरित्र ख़राब हुँदैमा व्यवस्था नै धरापमा पर्ने रैछ भने कतिसम्म को फितलो व्यवस्था भन्ने प्रश्न खड़ा हुन्छ।
तानाशाही संविधानले एउटा तानाशाह पैदा गर्यो। अपेक्षा के थियो? देशको आधा जनसंख्या माथि बन्दुक को नाल सोझ्याएर लादेको तानाशाही संविधान हो यो। कुनै संविधान सभाले दिएको संविधान हुँदै होइन यो। संविधान सभामा व्हिप जारी गर्न मिल्दैन। प्रत्येक दफा र उपदफामा बिना व्हिप को बहस र मतदान हुन्छ। भएन। भएको भए आधा जनसंखयाले अस्वीकार गर्ने अवस्था नै आउने थिएन।
ओली त सानो मान्छे हो। ओली प्रवृति को विरोध गरौं। नेपाली ले गणतंत्र को इच्छा गर्नु बयलगाड़ा चढेर अमेरिका पुग्ने इच्छा हो भन्ने प्रवृति नया प्रवृति हो र? मधेसी शहीद लाई आँप झरेको देख्ने प्रवृति ओली मा मात्र छ र? मधेसी जनतालाई तिरस्कार गर्ने मान्छे ले सम्पुर्ण नेपाली जनतालाई तिरस्कार गर्न तिनका जनप्रतिनिधि लाई तिरस्कार गर्न बाँकी राख्ने कुरै थिएन, राखेन। अचम्म मानने किन?
संसद पुनर्स्थापना भएर एउटा सानो पार्टीका नेता देउबा प्रधान मंत्री हुने देखियो। तर यस संसदको बाँकी समय भित्र मधेसले खोजेको संविधान संसोधन हुँदैन भने मधेसमा कॉंग्रेस भनेको बिहार र युपी को कॉंग्रेस हो।
विमल निधि सभापति, गगन थापा त्यस पछिको महाधिवेशनमा सभापति तर अहिले उप सभापति भन्ने किसिमको नेतृत्व पुस्ता हस्तांतरण को फोर्मुला को प्रयास देखिन्छ। मधेसमा कॉंग्रेस को गुमेको साख फिर्ता ल्याउने त्यो प्रयास सराहनीय छ। तर मुहार काफी हुँदैन, मुद्दा समाउनु पर्ने हुन्छ। कॉंग्रेस ले मुद्दा नसमाएको ले नै त मधेसी पार्टी हरु पैदा हुनु परेको। गजेंद्र नारायण नेका का सप्तरी जिल्ला अध्यक्ष थिए।
Tuesday, December 17, 2019
BP Koirala: Inept?
राजाले सीधै अब कि तँ छैनस् कि म भन्दासमेत बीपी भने लाचारीको बिछ्यौनामा बसेर मन्त्रिपरिषद बैठकमै भनिरहेका थिए, ‘त्यसलाई रोक्ने वा प्रतिकार गर्ने हामीसँग कुनै उपाय छैन । यसलाई ब्यहोर्नैपर्छ (कोइराला, उही, पृ. २७३) ।’ उपाय नभएको होइन, बीपीको दीर्घचेतको चश्मा दोषी भएको थियो, सत्तामा अडेस लागेका कारण । पौने दुई वर्षअघि मात्रै प्रचण्ड बहुमत ल्याएर सरकार बनाएका बीपी प्रजातन्त्र नै खाएर महेन्द्रले मनोमानी गर्दै छन् भनेर अनेक मन्त्री, राजनीतिक नेता, कूटनीतिक नियोगका मानिसहरूले भनिरहँदा पनि राजाले केही गर्दैनन्, गरे नै भने पनि पो के नै गर्न सकिन्छ र भन्ने खालको निराशाको जुन खाले चरममा पुगेर आत्मसमर्पण गरिरहेका थिए, त्यसको विकल्पमा सारा पार्टी पंक्ति परिचालन गरेर केही सहरमा सरकारका पक्षमा ठूलठूला प्रदर्शन गराएको भए, त्यसले महेन्द्रको उत्तेजित भइरहेको ‘ढ्याके चश्मा’ को ‘पावर’ घटाइदिने थियो । उसमाथि कम्युनिस्ट पार्टी र गोर्खा परिषदले प्रधानमन्त्री बीपीलाई महेन्द्रले गडबडी गर्न लागे हामी तपाईंकै पक्षमा उभिन्छौं भनेर बलियो ढाडस दिएका थिए । तर, बीपी ढोडजस्तो आत्मबलको भरोसामा उभिएका थिए क्यार, नीच मारेर महेन्द्रको मार थाप्ने घडीको प्रतीक्षा गरिबसे !
२००७ सालमा राजा, राणा र कांग्रेसबीच दिल्लीमा भएको भनिएको सुलहको जुन प्रस्ताव थियो, त्यसमा सशस्त्र युद्धरत नेपाली कांग्रेसको कुनै पनि किसिमको अडान या विचारको प्रतिनिधित्व या संलग्नता थिएन । खासमा पहिले नेहरूले प्रस्ताव गरी त्रिभुवनमार्फत पठाएका बुँदाहरू मोहनशमशेरले आफ्नो हुर्मत जोगाउन नौटंकी गरी सामान्य संशोधनसहित जे घोषणा गरे काठमाडौंमा, त्यसलाई भारतमा शरणार्थी बनेका त्रिभुवनले उतैबाट समर्थन गरे । बेलायत भ्रमणमा रहेका नेहरूले लन्डनबाटै वक्तव्य जारी गरिदिए— नेपालका प्रधानमन्त्रीले राजनीतिक सुधारको जुन घोषणा गरेका छन्, म त्यसको स्वागत गर्छु । कालान्तरमा मोहनशमशेरको त्यही घोषणा अनि त्यसउपर त्रिभुवन र नेहरूको अनुमोदनलाई कांग्रेसले स्वीकार गर्यो । ......... यी घटनाहरूले कांग्रेस र यसको नेतृत्वमा जारी सशस्त्र संघर्षको खास अधिकारी दाबी गर्ने बीपी आफ्नो लक्ष्य, विचार, क्रान्तिको आखिरी परिणामको दृढतामा रत्तीभर प्रस्ट थिएनन् भन्ने देखाउँछन् । ....... मोहनशमशेरको नेतृत्वको सरकारबाट राजीनामा दिएपछि बीपी आफ्नै नेतृत्वमा सरकार बन्नेमा ढुक्क थिए । तर बने मातृकाप्रसाद । त्रिभुवन भन्थे— युवराज (महेन्द्र) ले तिमीहरू (बीपी) लाई धुरुधुरु रुवाउँछ । ....... उनकै मन्त्रिपरिषदका सदस्यहरू भन्थे— महेन्द्रले सत्ता लिँदै छन् । मस्तराम बीपी भन्थे— तपाईंसँग के प्रमाण छ ? त्यसै भन्दिने जे पनि ? आफैलाई जेलको छिँंडीमा पटक–पटक सुताउने राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको भन्छन् बीपी, देशमा खतरा आइलागेको कारण देखाएर । उनको घाँटी जोडिएको राजतन्त्रले उनको बुझाइविपरीत त्यसको थप तीन दशक पनि देशलाई थेग्न सकेन । यसमा पनि बीपीको दृष्टिचेत दोषी देखिन्छ । ....... पुष्पलालले बीपीलाई पञ्चायतविरुद्ध संयुक्त संघर्षको प्रस्ताव राखेका थिए । २०३० को त्यस्तै प्रस्तावबारे बीपीले सारनाथमा जवाफ दिए पुष्पलाललाई, ‘नेपालका कम्युनिस्टहरूसँग मिलेर जाँदा मलाई गाह्रो हुन्छ । जानु त पर्ने हो, पर्खनुस् ....... बरु पुष्पलालले भनेझैं बीपीले संयुक्त संघर्ष अस्वीकार गरेको सोह्र वर्षपछि कांग्रेस–कम्युनिस्ट संयुक्त आन्दोलनका कारण, बीपीको सरकार बरखास्त गरी महेन्द्रले लादेको पञ्चायत बिदा भयो । बरु पुष्पलालमा देशको राजनीतिको दूरदृष्टि देखिन्छÙ वैचारिक दृढता र दीर्घकालीन कार्यक्रम देखिन्छ । संविधानसभा, गणतन्त्रजस्ता जुन कार्यक्रम उनी नेतृत्वको कम्युनिस्ट पार्टीले अघि सारेको थियो, समय लाग्यो, तर देशले त्यहाँ नपुगी धरै पाएन । यस्तो थियो, बीपीको राजनीतिक चेतको दृष्टिदोष । ........ कांग्रेसको बहुमत आउँछ भन्ने निश्चित लागेको भए सम्भवतः महेन्द्रले चुनावै गराउने थिएनन् । त्यसैको परीक्षण गर्न उनी चुनावको घोषणाअघि देश दौडाहामा निस्किएका थिए । काठमाडौं, थानसिंह बेसी, नुवाकोट, सामरी भन्ज्याङ, कटुन्जे, ज्यामरुङ, दरबुङ फाँट, मनकामना, गोरखा बजार, पालुङटार, बन्दीपुर, दमौली, पोखरा, पश्चिम नुवाकोट, भीरकोट, गह्रौंकोट, तानसेन, खस्यौली, तौलिहवा हुँदै नेपालगन्ज, दाङ लगायत पुगेका थिए उनी । तत्तत् स्थानका कर्मचारी र सुरक्षा निकाय, गोर्खा परिषदसम्बद्ध नेताहरूसँगको कुराकानीबाट महेन्द्र कांग्रेसको बहुमत आउँदैन भन्ने निश्चयमा पुगेका थिए । त्यही भ्रमणका क्रममा हो, महेन्द्रले तौलिहवामा काठमाडौंलाई नेपाल नभन्नू, मेचीदेखि महाकालीलाई नेपाल भन्नू, राजधानीलाई काठमाडौं मात्रै भन्नू भनेर भाषण गरेको । उनलाई निकटस्थहरूले चुनावमा कसैको पनि बहुमत आउँदैन भनेर कान फुकेका थिए ............. महेन्द्रले कथं बीपीले चुनाव जितिहाले, कसरीआफ्नो हात माथि पार्ने भन्ने खेललाई आकार दिइसकेका थिए, संविधानमा आफूअनुकूल प्रावधानहरू राखेर । २००७ सालको परिवर्तनपछि ‘नेपाल सरकार’ लेख्ने गरिएकामा २०१५ वैशाख २ देखि महेन्द्रले ‘श्री ५ को सरकार’ लेख्ने आदेश जारी गराएका थिए । सेनाआफ्नो मातहत रहने मात्रै होइन, संसदमा राजपरिवारबारे छलफल गर्न नपाइने, संकटकालीन अधिकार राजाले प्रयोग गर्ने र त्यसलाई संसदबाट अनुमोदन गर्न नपर्ने प्रावधान संविधानमा उल्लेख गरिएका थिए । आसन्न चुनावको सम्भावित बहुमतको ज्वरोले ग्रस्त बीपीको दोषी चश्माले महेन्द्रको चतुर्याइँको तस्बिर प्रस्टसँग देख्न सकेन । फलस्वरूप पुस १ मा महेन्द्रले आफूसँग रहेको त्यही विशेषाधिकार प्रयोग गरेर प्रजातन्त्र सिद्ध्याइदिए । ......... भ्रष्टाचारको विरोध र सुशासनको हौवा पिटाएर शिशु प्रजातन्त्रको जननिर्वाचित डेढवर्षे सरकारलाई बलात् जेलको बाटो देखाएका महेन्द्रबारे उनैले टीका लगाएर प्रधानमन्त्री बनाएका डा. केआई सिंहले बडो कठोर टिप्पणी गरेका थिए— मेरो पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल खोज्दै गएँ । जाँदा–जाँदा म त राजदरबारको मूलढोकामै पो पुगेंँ । जुन दिन त्यहाँ पुगेँं, मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्नुपर्यो .............. महेन्द्रलाई लाग्थ्यो— सबै शक्ति हातमा लिएर, विरोधीहरूलाई तह लगाएर प्रयास गरियो भने देश विकास त चुट्कीको भरमा गर्न सकिहालिन्छ । बीपीले बित्थामा दुई वर्ष मलाई गाली गरेर निखारे । तर, जब सत्ता हातमा लिएर उनी अघि बढे, २०२२ तिरदेखि नै उनी अब पार लाग्दैन भन्नेमा पुगिसकेका थिए । जीवनको आखिरी कालमा आफूनिकट भएकाहरू सबै स्वार्थवश आफूसँग नजिकिएको, प्रजातन्त्रको विकल्पले गतिलो परिणाम नदिएको र बीपीको दाँजोमा उभिने अर्को मानिस आफूले नदेखेको बताउन थालेका थिए । ........ प्रधानमन्त्री बनाएर दुनियाँलाई देखाउन बीपीभन्दा योग्य मानिस मसँग कोही छैन । .......२००३ माघ १२–१३ मा कलकत्ताको भवानीपुरस्थित खालसा हाइस्कुलमा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस (पछि नेपाली कांग्रेस) को सम्मेलनको समापन समारोहमा बीपीले भनेका थिए— ‘वास्तवमा नेपाल र भारत दुई देश हैनन् । सबै प्रकारले नेपाल भारतवर्षको एउटा अंग भएको देखिन्छ
........ तिनै बीपी २०३३ साल पुस १६ मा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछिअसाधारण देशभक्तका रूपमा प्रस्तुत हुन्छन् । ..... बीपीमा नजिकको घटनाक्रम र त्यसले ल्याउने परिणामबारे सुझबुझ राख्नमा दृष्टिदोष देखिन्छ । तात्कालिक घटनाक्रमले जता लतार्यो, उतै लतारिने प्रवृत्ति देखिन्छ उनमा । ....... आफ्नै निर्वाचित सरकारसम्म जोगाउन नसक्ने, राजाका षड्यन्त्रहरूको सामना गरेर त्यसलाई विफल बनाउन नसक्ने, सेनाको लोकतान्त्रीकरणको होस सैन्य–बन्दी बनेपछि मात्र आउने, संविधानसभाको युगीन आवाजलाई संसदीय चुनावसँग साटफेर गर्ने, सत्तामा छँदा अरूमाथि दमन गर्ने बीपी कमजोरीको उत्तिकै अग्लो रासमा उभिएका छन् । ........ महेन्द्रमा भने तत्कालीन समयलाई देख्न सक्ने नजिकको दृष्टि तेज देखिन्छ भने आफ्ना कदमले ल्याउन सक्ने दीर्घकालीन असर खुट्याउन सक्ने क्षमता कमजोर ।
Tuesday, April 16, 2019
विवेकशील जनमत पार्टी?
विवेकशील ले अर्को चुनाव एक्लै लडेर फेरि हारे पार्टी नै समाप्त हुने डर छ। सीके लाई पनि राष्ट्रिय छविको आवश्यकता छ।