The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Showing posts with label Nepali Congress. Show all posts
Showing posts with label Nepali Congress. Show all posts
Tuesday, November 22, 2022
कांग्रेस (गगन) २६%, स्वतंत्र (रवि) १४%, माओवादी (बर्षमान) १२% + जनमत (सीके) र उन्मुक्ति पार्टी = नया सरकार
कांग्रेस (गगन) २६%, स्वतंत्र (रवि) १४%, माओवादी (बर्षमान) १२% + जनमत (सीके) र उन्मुक्ति पार्टी = नया सरकार
Wednesday, July 27, 2022
Friday, February 11, 2022
News: February 11
रातोपाटी ब्रिफिङ : कमल थापाको नयाँ पार्टी, काँग्रेसको चुनावी रणनीति माओवादीमा मिलेन पदाधिकारीमा भागबण्डा
नयाँ पार्टी दर्ताका लागि हृदयश त्रिपाठीले दिए आयोगमा निवेदन, को–को छन् कार्यसमितिमा? पार्टी वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव छन् । यस्तै अन्य तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेका छन् । महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापा रहेका छन् भने सदस्यहरुमा बाबा सरकार श्रेष्ठ, हेमशंकर सिंह ‘राजपुत’, श्याम थापा, देवेन्द्र किशोर ढुगांना, उमा तिवारी, रामचन्द्र सुतियार शर्मा, श्रीमननारायण मिश्र, शोभा त्रिपाठी, गीता भुसाल, श्यम कृषि अधिकारीलगायतका छन् ।
स्थानीय निर्वाचनमा पार्टीकै चुनाव चिन्ह दिन माग गर्दै साना २४ वटा दलद्वारा संघर्ष समिति घोषणा आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (बीपी), ० नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय सङ्घीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टी र सामाजिक लोकतान्त्रिक पार्टी
काँग्रेस बैठक : शेखर कोइरालाले राखे ५ बुँदे प्रस्ताव (मन्तव्यसहित)
गृहमन्त्री र सिके राउतको पार्टीबीच छलफल ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने, ‘माग जायज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ ।’
वास्तविक लडाईं अब सुरु भयो : अध्यक्ष ओली ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौ’, ओलीको भनाइ छ । ..... उनले चेतावनीको शैलीमा भने, ‘म भन्न चाहान्छु–भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’ ...... अध्यक्ष ओलीले एमाले सहित सबै पक्षको दवावले मात्रै सरकारले बैशाख ३० गते स्थानीय तह चुनावको मिति तोक्न बाध्य भएको बताए । उनले स्वभाविक र साधारण हिसाबले मात्रै नभई जन दवावका कारण बाध्य भएर मिति घोषणा गरेपनि सरकारले निर्वाचन नगर्न षड्यन्त्र गर्न सक्ने खतरा बाँकी नै रहेको बताए । उनले सरकारलाई मिति घोषणा गर्न बाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताए ।
प्रेसरमा प्रचण्ड : देउवादेखि अमेरिकी मन्त्रीसम्मको दबाब यसकारण सर्यो माओवादी बैठक स्थानीय चुनावको मिति घोषणा भएपछि प्रचण्ड निवास खुमलटारमा यतिबेला पार्टीका नेता कार्यकर्ताको लाइन नै लाग्न थालेको छ । पार्टी प्रवेश गर्नेदेखि चुनावी छलफल गर्ने काम खुमलटारमा नै भइरहेको छ । प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘नेता कार्यकर्ताहरू पूर्व जानकारी बिना नै आइपुग्नु हुन्छ । कोही पार्टी प्रवेश गर्ने भन्नुहुन्छ, कोही के समस्या लिएर आउनुहुन्छ । उहाँहरू घरमा नै आएपछि नभेट्ने कुरा भएन । आजभोलि अध्यक्षको धेरै समय भेटघाटमा नै बित्न थालेको छ ।’
एमसीसी पास गर्न काँग्रेसमा एकमत : गठबन्धनबारे नबोल्न देउवाको रुलिङ सभामुख सापकोटालाई पदीय दायित्वमा बस्न काँग्रेसको चेतावनी बैठकमा नेता रमेश रिजालले गठबन्धनबारे धारणा राखेका थिए । उनले चुनावमा गठबन्धन बनाएर जान नहुने तर्क राखे । उनले भने, ‘हामीले चुनावमा गठबन्धन बनाउन जरुरी छैन । काँग्रेस एक्लै चुनावमा जानुपर्छ ।’ रिजालले गठबन्धनको प्रसंग निकालेपछि सभापति देउवाले हस्तक्षेप गरे । ...... ‘हामीले आफ्नै अस्तित्व जोगाउनुपर्छ । काँग्रेसले एक्लै चुनाव लड्नुपर्छ ,’ उनले भने, ‘आ–आफ्नो विचार र एजेन्डा लिएर जनतामा जानु नै निर्वाचन हो । चुनावमा गठबन्धन जरुरी छैन ।’ ....... काँग्रेस बैठकमा संविधान संशोधनको मुद्दा पनि प्रवेश गरेको छ । पूर्व उपसभापति विमलेन्द्र निधिले संविधान संशोधनको विषय उठाएका थिए । उनले भने, ‘हामीले सँधै संविधान संशोधनको कुरा उठाउने गर्छौं । पार्टीले संविधान संशोधनबारे प्रस्ट भएर आउनुपर्छ । संविधान संशोधनका लागि माहोल बनाउनुपर्छ ।’ ...........
जनकपुरधाममा मधेसी दलको टुटफुटले काँग्रेसलाई फाइदा!
‘अहिलेको संघीयता ठगी खाने भाँडोजस्तै छ’ प्रदेशको नामकरण र राजधानी नतोकिएको भए राजीनामा दिन्थेँ : सभामुख सरोजकुमार यादव, मधेस प्रदेश
दलित समुदायबाट देश हाँक्ने पहिलो व्यक्ति बन्नु छ : जीवन परियार राजनीतिक पार्टीभित्र जातीय विभेद छैन भन्नु झुट हो ..... नेपाली काँग्रेसका एक प्रभावशाली नेता हुन् जीवन परियार । १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् ।
.
.
नयाँ पार्टी दर्ताका लागि हृदयश त्रिपाठीले दिए आयोगमा निवेदन, को–को छन् कार्यसमितिमा? पार्टी वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव छन् । यस्तै अन्य तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेका छन् । महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापा रहेका छन् भने सदस्यहरुमा बाबा सरकार श्रेष्ठ, हेमशंकर सिंह ‘राजपुत’, श्याम थापा, देवेन्द्र किशोर ढुगांना, उमा तिवारी, रामचन्द्र सुतियार शर्मा, श्रीमननारायण मिश्र, शोभा त्रिपाठी, गीता भुसाल, श्यम कृषि अधिकारीलगायतका छन् ।
स्थानीय निर्वाचनमा पार्टीकै चुनाव चिन्ह दिन माग गर्दै साना २४ वटा दलद्वारा संघर्ष समिति घोषणा आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (बीपी), ० नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय सङ्घीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टी र सामाजिक लोकतान्त्रिक पार्टी
काँग्रेस बैठक : शेखर कोइरालाले राखे ५ बुँदे प्रस्ताव (मन्तव्यसहित)
गृहमन्त्री र सिके राउतको पार्टीबीच छलफल ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने, ‘माग जायज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ ।’
वास्तविक लडाईं अब सुरु भयो : अध्यक्ष ओली ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौ’, ओलीको भनाइ छ । ..... उनले चेतावनीको शैलीमा भने, ‘म भन्न चाहान्छु–भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’ ...... अध्यक्ष ओलीले एमाले सहित सबै पक्षको दवावले मात्रै सरकारले बैशाख ३० गते स्थानीय तह चुनावको मिति तोक्न बाध्य भएको बताए । उनले स्वभाविक र साधारण हिसाबले मात्रै नभई जन दवावका कारण बाध्य भएर मिति घोषणा गरेपनि सरकारले निर्वाचन नगर्न षड्यन्त्र गर्न सक्ने खतरा बाँकी नै रहेको बताए । उनले सरकारलाई मिति घोषणा गर्न बाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताए ।
प्रेसरमा प्रचण्ड : देउवादेखि अमेरिकी मन्त्रीसम्मको दबाब यसकारण सर्यो माओवादी बैठक स्थानीय चुनावको मिति घोषणा भएपछि प्रचण्ड निवास खुमलटारमा यतिबेला पार्टीका नेता कार्यकर्ताको लाइन नै लाग्न थालेको छ । पार्टी प्रवेश गर्नेदेखि चुनावी छलफल गर्ने काम खुमलटारमा नै भइरहेको छ । प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘नेता कार्यकर्ताहरू पूर्व जानकारी बिना नै आइपुग्नु हुन्छ । कोही पार्टी प्रवेश गर्ने भन्नुहुन्छ, कोही के समस्या लिएर आउनुहुन्छ । उहाँहरू घरमा नै आएपछि नभेट्ने कुरा भएन । आजभोलि अध्यक्षको धेरै समय भेटघाटमा नै बित्न थालेको छ ।’
एमसीसी पास गर्न काँग्रेसमा एकमत : गठबन्धनबारे नबोल्न देउवाको रुलिङ सभामुख सापकोटालाई पदीय दायित्वमा बस्न काँग्रेसको चेतावनी बैठकमा नेता रमेश रिजालले गठबन्धनबारे धारणा राखेका थिए । उनले चुनावमा गठबन्धन बनाएर जान नहुने तर्क राखे । उनले भने, ‘हामीले चुनावमा गठबन्धन बनाउन जरुरी छैन । काँग्रेस एक्लै चुनावमा जानुपर्छ ।’ रिजालले गठबन्धनको प्रसंग निकालेपछि सभापति देउवाले हस्तक्षेप गरे । ...... ‘हामीले आफ्नै अस्तित्व जोगाउनुपर्छ । काँग्रेसले एक्लै चुनाव लड्नुपर्छ ,’ उनले भने, ‘आ–आफ्नो विचार र एजेन्डा लिएर जनतामा जानु नै निर्वाचन हो । चुनावमा गठबन्धन जरुरी छैन ।’ ....... काँग्रेस बैठकमा संविधान संशोधनको मुद्दा पनि प्रवेश गरेको छ । पूर्व उपसभापति विमलेन्द्र निधिले संविधान संशोधनको विषय उठाएका थिए । उनले भने, ‘हामीले सँधै संविधान संशोधनको कुरा उठाउने गर्छौं । पार्टीले संविधान संशोधनबारे प्रस्ट भएर आउनुपर्छ । संविधान संशोधनका लागि माहोल बनाउनुपर्छ ।’ ...........
स्थानीय तहको चुनावअघि संविधान संशोधन गरेर जानुपर्छ भन्ने निधिको आग्रह छ । ‘काँग्रेस सरकारमा भएका बेला संविधान संशोधन हुन्छ भन्ने जनताको अपेक्षा छ,’ निधिले भने, ‘गत निर्वाचनमा हामीले संविधान संशोधनलाई एजेण्डा बनाएका थियौं । अहिले चुनावमा जाँदा संविधान संशोधन गरेर जानुपर्छ ।’
जनकपुरधाममा मधेसी दलको टुटफुटले काँग्रेसलाई फाइदा!
‘अहिलेको संघीयता ठगी खाने भाँडोजस्तै छ’ प्रदेशको नामकरण र राजधानी नतोकिएको भए राजीनामा दिन्थेँ : सभामुख सरोजकुमार यादव, मधेस प्रदेश
दलित समुदायबाट देश हाँक्ने पहिलो व्यक्ति बन्नु छ : जीवन परियार राजनीतिक पार्टीभित्र जातीय विभेद छैन भन्नु झुट हो ..... नेपाली काँग्रेसका एक प्रभावशाली नेता हुन् जीवन परियार । १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् ।
.
.
Sunday, December 19, 2021
कांग्रेस एमाले को पुर्वी पाकिस्तान, पश्चिमी पाकिस्तान
कांग्रेस एमाले को पुर्वी पाकिस्तान, पश्चिमी पाकिस्तान
एमाले र अब कांग्रेस महाधिवेशन मा जे देखियो। एमाले महाधिवेशन मा त मधेसी प्रतिनिधि को खानपिन को व्यवस्था नै छुट्टै गरिएको फोटो सार्वजनिक भयो। पालै पिलो कांग्रेस र एमाले ले मधेसी लाई आफ्नो पार्टी भित्र पर जा पर जा भनेको देखियो।
यो राम्रो संकेत होइन।
नागरिकता नहुनेलाई मतदाता हुनबाट बञ्चित गर्नु मानवता विरोधी कार्य होः उपेन्द्र यादव निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक हुनुका साथै अन्तराष्ट्रिय कानुन विपरित र मानवता विरोधी कार्य रहेको बताएका हुन् । ....... नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुवै फरक विषय रहेको उल्लेख गर्दै उनले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने बताएका छन् । लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन नसकेको उनको भनाइ छ । लाखौं मधेसीहरुलाई राज्यले नागरिकता प्रमाणपत्र प्रदान नगरेको उनले बताएका छन् । ........ निरकुंश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था नरहेका उल्लेख गर्दै उनले नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको भएपनि राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको बताएका छन् । सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नु पर्ने उल्लेख गर्दै उनले निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्याउनुपर्नेमा पनि जोड दिएका छन् ।
Tuesday, December 14, 2021
December 14: Sher Bahadur Deuba
HARVARD WARNS THAT CHINESE TECH IS RAPIDLY OVERTAKING AMERICAN CAPABILITIES THEY'RE WARNING THAT "IT WILL OVERTAKE THE US WITHIN THE NEXT DECADE." .........
China is rapidly gaining steam in the realms of artificial intelligence, quantum computing, 5G, semiconductors, biotechnology, and green energy.
........... “In some races, [China] has already become No 1,” reads the report. “In others, on current trajectories, it will overtake the US within the next decade.” ......... China has already “overtaken America” when it comes to quantum computing. ........ the field of AI, where it assessed China as a “full-spectrum peer competitor” to the US. The country is also well on track to dominate 5G technology as well, with China boasting 150 million 5G users to the US’s six million. ....... new innovations in technology from China could further cement the Asian nation as the world’s largest economic superpower. Such an act could draw businesses away from the US and toward China instead. ..........it may well only be a matter of time before Beijing completely dominates the tech world
देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । ........ ३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ
Sunday, December 12, 2021
पंचायत मा के लोकेन्द्र बहादुर के सुर्य बहादुर! कांग्रेस लुटतंत्रवादी पार्टी हो!
एउटा लुटतंत्रवादी पार्टी मा नया पीढ़ि पुरानो पीढ़ि भन्ने हुँदैन। पंचायत मा कम उमेर का मानिस थिएनन? एउटा लुटतंत्रवादी पार्टी मा कोइराला, नकोइराला भन्ने हुँदैन। एउटा लुटतंत्रवादी पार्टी मा गणेशमान, नगणेशमान भन्ने हुँदैन। एउटा लुटतंत्रवादी पार्टी मा निधि ननिधि भन्ने हुँदैन। कांग्रेस नव पंचायत हो। पंचायत ढाल्नुपर्यो। अब कांग्रेस ढाल्नुपर्छ।
जनता ले बहुदल का लागि आन्दोलन गरे, देश मा गृहयुद्ध समाप्त गर्न क्रान्ति गरे, गणतंत्र र संघीयता का लागि क्रान्ति गरे, प्रत्येक चुनाव मा मतदान गर्दै गए, तर त्यो प्रत्येक पटक आकांक्षा एउटै रह्यो: आफ्नो परिवार को आर्थिक प्रगति। जनता लाई यो राजनीतिक व्यवस्था त्यो राजनीतिक व्यवस्था सँग मतलब थिएन र छैन। आफ्नो परिवार को आर्थिक प्रगति को आकांक्षा आकाश को फल आँखा तरि मर।
आर्थिक क्रान्ति भएको छ। १०,००० नेता, कार्यकर्ता, कर्मचारी, व्यापारी, माफिया, ठेकेदार को आर्थिक क्रान्ति भएको छ। राणा शासन मा देश को सम्पत्ति सय दुई सय राणा हरु ले उपभोग गर्थे। अहिले त्यो दायरा फराकिलो मात्र भएको छ। १०,००० सम्म पुगेको छ। नेपाल मा लोकतंत्र आइसकेको छैन। लोकतंत्र को नाम मा नेताराज आएको छ। जनता राज आउन बाँकी छ। गाउँ गाउँ मा स्वराज आउन बाँकी छ।
देश मा भ्रष्टाचार समाप्त नगरेसम्म आर्थिक क्रान्ति संभव नै छैन। अर्थात यी १०,००० को राजनीतिक सफाया। दाढ़ी खौरिये जस्तै खौरिने। नव राणा हरु देश लुटेर बसेका छन।
मोदी न आफु भ्रष्टाचार गर्छन न आफ्नो कैबिनेट लाई गर्न दिन्छन। त्यति मात्र गर्दा देश बाट ५०% भ्रष्टाचार समाप्त हुन्छ। देउबा, ओली, झाले, दहाले, माकुने को ठाउँ मा एक जना नचोर आए राम्रो हो तर बहुदल मा भ्रष्टाचार ले जरो गाड़ेको सन्त नेता कृष्ण प्रसाद को पालामा। The left hand does not know what the right hand is doing को अवस्था। घुस त मनमोहन सिंह पनि नखाने तर मौनमोहन को कैबिनेट बेलगाम।
५०% भ्रष्टाचार पहिलो दिन मैं समाप्त गर्ने, बाँकी ५०% पनि टैकल गर्ने स्वराजी चाहिएको छ। शत प्रतिशत त मृत्युदण्ड भएको चीन मा पनि भएको छैन।
Friday, December 10, 2021
Friday, September 24, 2021
देउबा लाई प्रचंड सँग छाडेर विमल गगन ले नया पार्टी किन नबनाउने?
देउबा एमसीसी को पक्षधर। प्रचंड विरोधी। तर सरकार को निर्णय हुन्छ के? एमसीसी पास गर्नु पर को कुरा, संसद मा पेश पनि हुँदैन। प्रचंड लाई सरकार मा त्यसरी भिटो पावर दिने देउबा कांग्रेसी होलान, रुख छाप पनि होलान, तर लोकतंत्रवादी होइनन। यो संसदीय अंकगणित को बाध्यता होइन। प्रचंड ले चाहेर पनि देउबा लाई प्रधान मंत्री पद बाट हटाउन सक्दैनन। नेपाल को संविधान ले त्यही भन्छ। यो त देउबा ले मानसिक दासता प्रदर्शन गरेको। तीन तीन महिना मंत्री मंडल विस्तार हुन नदिएको प्रचंड ले हो। देउबा लाई असफल प्रमाणित गरेर कांग्रेस लाई चुनाव मा लोप्पा खुवाउने दाउ हो। कांग्रेस ले आफुसँग चुनावी गठबंधन गर्दैन त्यति थाहा नभएको मान्छे होइन प्रचंड।
देउबा लाई महाधिवेशन मा परास्त गर्ने बाटो ले कांग्रेस को वैधानिकता मात्र समाप्त गर्छ। कांग्रेस भनेको रुख होइन। रुख प्रति को मोहभंग गर्नुपर्छ। पार्टी फोड्नुपर्छ। नया पार्टी मा अध्यक्ष सहअध्यक्ष बरु विमल र प्रकाश, संस्थापक महामंत्री गगन। मलाई लाग्छ त्यसो गर्दा देउबा सँग २०% पनि सांसद बाँकी नरहला। बरु नया पार्टी को प्रथम महाधिवेशन छ महिना भित्र गरिहाल्ने। नया पार्टी मा क्रियाशील सदस्य भन्ने नराख्ने। सबै सदस्य बराबर।
प्रचंड को पुच्छर बनेको देउबा ले नेपाली कांग्रेस लाई सय हंडर खुवाउँछ। चेतना भया।
नाम समाजवादी कांग्रेस। झंडा हरियो। चुनाव चिन्ह आँप। आँप छाप।
Thursday, September 23, 2021
समाजवादी कांग्रेस? नया पार्टी?
नेपाली कांग्रेस को महाधिवेशन अब समय मा नहुने पक्का पक्की भइसक्यो। भनेको पार्टी को वैधानिकता गुम्छ अब। तर देउबा को प्रधान मंत्री पद कायम रहन्छ। देउबा आफैले राजीनामा नदिएसम्म यस संसद को बाँकी कार्यकाल प्रधान मंत्री देउबा नै हो। आफ्नो भुईँ मुनिबाट पार्टी गायब होस मतलब हुँदैन। प्रधान मंत्री अब देउबा नै हो। नेपाल को संविधान ले त्यही भन्छ।
भनेपछि देउबा लाई बिन्दास। अब त उमेर पनि ढ़लिसक्यो। अब फेरि पार्टी सभापति र प्रधान मंत्री नबने के फरक पर्छ र? अविश्वास को प्रस्ताव ल्याउन नपाउने प्रधान मंत्री लाई हाईसन्चो।
तर बाँकी कोंग्रेसी लाई समस्या छ। पार्टी नै छैन भने बीपी बीपी भन्न नपाइने भो। पार्टी को वैधानिकता समापत हुन्छ भने सबै कांग्रेसी को पद गुम्ने हो कि सबै स्वतंत्र हुने हो? शायद स्वतंत्र हुने होला। स्वतंत्र भए पछि स्वतंत्र बसे भो, अथवा अर्को कुनै पार्टी को सदस्यता लिए भो। अब हामी पनि तपाईं सँग भन्दै महंथ ठाकुर को पार्टी ज्वाइन गरे भो। अथवा आफ्नै पार्टी खोले भो। पार्टी सभापति भन्दा सानो पद नलिने अडाण मा रहेका प्रत्येक ले एउटा एउटा पार्टी खोल्ने हो भने अब कांग्रेस नाम को कमसेकम पाँच वटा पार्टी हुने भो। लगेहाथ एउटा तृणमुल कांग्रेस जाओस।
समाजवादी कांग्रेस। तृणमुल कांग्रेस। नेपाल राष्ट्रिय समाजवादी कांग्रेस। कांग्रेस पार्टी। कम्युनिस्ट भन्दा बढ़ी कम्युनिस्ट कांग्रेस (प्रचंड सँग गठबंधन गर्ने)। एउटा भए पनि तराई कांग्रेस। ३० लाख भोट ल्याएको पार्टी ले पाँच छ वटा राष्ट्रिय पार्टी पैदा गर्ने हैसियत राख्छ।
गगन थापा ले नया कांग्रेस नाम मा एक वर्ष भित्र प्रथम अधिवेशन गर्ने गरी पार्टी लौंच गरेको राम्रो। किन परखिने पाँच साल? आफ्नो संसद पद जोगाउन नै धेरै आइपुग्छन। हल्ला गरिदिने, पार्टी को वैधानिकता समापत भयो कि तपाईं को संसद पद चिलिम। हुरुरु आइपुग्छ।
Saturday, September 11, 2021
कांग्रेस को चुनाव
प्रकाशमान पनि म छोड्दिन भन्ने, शेखर शशांक कोइराला द्वय, सुजाता कति बेला टुप्लुक्क आइपुग्ने हो अत्तोपत्तो भएन। नलडने त्यो गुट बाट रामचन्द्र मात्र हो त? देउबा ले नलडे निधि अंग्रेजी मा भनिन्छ shoo in ----- तर देउबा पनि लड्ने। सिटौला पनि गुट कायम छ, उम्मेदवारी रहन्छ भन्नेमा छन। विचार को तर प्रतिस्प्रधा छैन। इगो मैनेजमेंट मात्र। सबैभन्दा ठुलो देउबा गुट बाट दुई जना मात्र, पौडेल गुट बाट तीन जना, भने पछि पौडेल गुट बाट जित्ने कुरा आएन। महामंत्री मा बरु घमासान। सभापति दोस्रो राउंड मा पुगेर देउबा र निधि बीच प्रतिस्प्रधा हुन बेर लाउँदैन। त्यति बेला सिटौला गुट देउबा लाई, पौडेल गुट निधि लाई गएर निधि को जित हुन सक्छ। एउटा संभावना। विश्वप्रकाश ले खुलेरै निधि र म यदि भन्छन भने पहिलो राउंड मैं निधि आउन बेर लाउँदैन। जुन कि मधेसवादी का लागि चुनौती हुन्छ। नेपाली कांग्रेस ले मधेसी अनुहार पायो भने मधेस मा फेरि कांग्रेस सल्बलाउन थाल्छ। संविधान संसोधन को विपक्ष मा निधि होलान जस्तो मलाई लाग्दैन। अनुहार मात्र लिएर के गर्ने? निधि को मधेसी अनुहार को करेंसी पहाड़ मा पनि छ। पहाड़ी कांग्रेसी पनि सत्ता मा पुग्ने बाटो निधि को मधेसी अनुहार भनेर हिसाबकिताब गरिराखेका होलान। देउबा को कुमाउ गढ़वाल अनुहार। कांग्रेस ले मधेसी सभापति पायो भने एमाले मा पनि त्यसको असर पर्छ। सुबाष नेमबांग जनजाति अनुहार। पृथ्वी सुब्बा गुरुंग। एमाले अध्यक्ष जनजाति बन्ने बाटो खुल्छ। तुरन्त नहोला। तर पछि कुनै समय होला। कांग्रेस मा मधेसी अनुहार आउनु, एमाले मा जननति अनुहार आयो भने त्यो लोकतंत्र को पांग्रा गुडेको हो भन्ने अर्थ लाग्छ।
कांग्रेस मा क्रियाशील सदस्य को विवाद कायम नै छ। त्यो मेरो बुझाइ भन्दा पर को कुरो हो।
नेपाल मा त नेता जी हरु जेल गएको छु बाट शुरू गर्छन। निधि जी पनि म सिंधुली जेल गएको छु, मलंगवा जेल बसेको छु भन्नुहुन्छ।
Thursday, September 09, 2021
कांग्रेस को वैधानिकता जोगाउने अब एक मात्र उपाय: पार्टी फोड्ने
नेपाली कांग्रेस को वैधानिकता जोगाउने अब एक मात्र उपाय: पार्टी फोड्ने। समय मा महाधिवेशन नभएर प्रत्येक कांग्रेसी को पद जानु भन्दा। कि सबै स्वतंत्र हुने हुन? नेपाल को माटो सुहाउँदो निर्दलीयता भन्थे। कसैले पार्टी फोड्ने हिम्मत गर्ने हो भने आफ्नो पद जोगाउन नै थुप्रै छाता मुनि आइपुग्छन। समाजवादी कांग्रेस नाम दिए भो। त्यो नया पार्टी ले चार वर्ष पाउँछ।
कम्युनिस्टहरूकाे एउटा पंङ्तिले माधब नेपाललाई दिनहुँ तल्लाेस्तरकाे गाली गरेकाे सुन्दा लाग्छ-याे जातै कृतघ्न हाे।गणेशमान र किसुनजी कांग्रेस परित्याग गरेर मरे तर पनि कांग्रेसीहरु उनीहरुकाे फाेटाे पुजा गर्छन।जसपा पनि फुट्यै हाे,महन्थ ठाकुरलाई कसैले त्याे स्तरकाे गाली गरेका छैनन।
— dambar khatiwoda (@dambarkhatiwoda) September 9, 2021
Wednesday, September 01, 2021
विमल, गगन र कांग्रेस
कांग्रेस को आतंरिक राजनीति बारे मलाई धेरै थाहा भएन। त्यसैले कुन उम्मेदवार कति पानी मा छ मलाई थाहा भएन। तर टाढा बाट हेर्दैछु, निधि ले गगन सँग सोधेर उम्मेदवारी दिएको होइन, गगन ले निधि सँग सोधेर उम्मेदवारी दिएको होइन।
निधि को मधेसी अनुहार र गगन को युवा अनुहार ले साथ दिन सक्छ।
पहाड़ का कांग्रेसी लाई राम्रो थाहा छ कांग्रेस को बेस नै मधेस थियो। निधि ले त्यस कारण ले पहाड़ मा पनि समर्थन पाउन सक्ने देखिन्छ। गगन १० वर्ष पहिला युवा हो। अहिले युवा त मैले भन्दिन। तर म कोंग्रेसी होइन। कोंग्रेसी ले भन्दैछन।
तर सीधा अंक गणित छ, पुराना तीन गुट तोड्दै दुबै जना औपचारिक रूपले नै एक ठाउँ आए दुबैले जितछन जस्तो लाग्छ। निधि एक पटक का लागि मात्र सभापति लड्ने आश्वासन का साथ।
एमाले को अध्यक्ष रघुवीर महासेठ बन्ने कहिले हो कहिले!
Thursday, August 26, 2021
२०१७ साल को कांग्रेस भित्र को व्यापक गुटगत राजनीति
दुई दिनभित्र १० बुँदे कार्यान्वयन नभए एमालेमा अर्को विद्रोह महाराजगञ्जस्थित एरिकल इभेन्ट्स होटलमा भएको छलफलमा माधव नेपाल समूहमा रहेका तर, उनको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नगएका केन्द्रीय सदस्य र सांसद गरी ५७ जना सहभागी भएका थिए । ....... बैठकले दुई दिनभित्र २७ असारमा भएको १०बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेता भन्छन्, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० बुँदेमा अनुसार १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर केन्द्रीय कमिटीको कहिले बोलाउने हो, मिति तोकियोस् ।’
तेस्रो धार : न विभाजन रोक्न सक्यो न शक्तिशाली सम्झौता बुधबार आयोजित पत्रकार सम्मेलनमा सधैंझैं ओलीको प्रस्तुतिले उही सन्देश दिइरहेको थियो । त्यो हो- ‘म हिजो पनि ठीक थिएँ, आज पनि ठीक छु । सुध्रनुछ भने अरू साथीहरू सुध्रिऊन् ।’ ...... एमाले कुनै सैद्धान्तिक/वैचारिक मतभेदका कारण विभाजित भएको होइन । एमालेभित्रको पछिल्लो राजनीतिक भागदौडमा सिद्धान्त, विचार र एजेन्डाको केही छनक देखिएन । यो अँध्यारोमा ज्यान र स्वार्थ जोगाउन चाहनेहरूको भागदौड जस्तै रोचक देखियो । ....... यस्तो अवस्थामा पनि एमालेमा दोस्रो पुस्ताका नेताहरूले ओलीसँग ‘आत्मसमर्पण’ गर्नुको कारण ओली मन परेर होइन । एमाले भन्ने ब्रान्ड र सूर्य चिन्हसँगको आशक्ति हो । न ओली सच्चिएका छन् न उनी सच्चिन्छन् । ओली नजिकका नेताहरूको अभिव्यक्ति सुन्दा यो आशंका थप बलियो हुन्छ । पार्टीभित्र ‘तेस्रो धार’ निर्माणमा कस्सिएका दोस्रो पुस्ताका नेताहरू नयाँ निर्णय गर्न सक्ने क्षमता गुमाएर गएका आफ्ना सबै वाणीहरू बिर्सिएर मूल प्रवाहमै मिसिएका हुन् । ......... ‘राजनीतिमा जब मानिससँग भविष्यका लागि एजेन्डा हुँदैन तब उसले इतिहास बेचेर खाने हो । चुनाव चिन्ह र ब्रान्ड बेचेर टिक्ने हो । टिक्ने र इतिहासको ब्याज खाने उहाँहरूको रुचिको आलोचना गरेर समय बर्बाद गर्नुहुँदैन ।’ ...... उनीहरूको हैसियत त्यस्तै रहनेछ जस्तो हैसियत बुधबारको पत्रकार सम्मेलनमा सोफाहरूको छेउमा फलामे कुर्सीमा बादल बसिरहेका देखिन्थे । बादल तिनै नेता हुन् जसले एमाले छिर्दा दोस्रो वरियताको माग गरिरहेका थिए । .......... आन्तरिक लोकतन्त्रबिनाको नेतृत्वको कार्यशैलीले नोकरशाही केन्द्रीयता जन्माउँछ, निरंकुशता जन्माउँछ र यसले अन्ततः जन्माउँछ-अराजकता । ........ जसपा नेता तथा लेखक डम्बर खतिवडा भन्छन्, ‘गणेशमान-किशुनजीले नेपाली कांग्रेस छाडेर मर्नु, आन्दोलनका पर्यायझैं बनेका बाबुराम-वैद्यले माओवादी छाड्नु र अहिले माधव-झलनाथ एमाले छाड्न बाध्य हुनु सारमा एउटै घटनाको पुनरावृत्ति हो र त्यसको अर्थ हो- अतिरिक्त शक्तिको सिद्धान्त क्रियाशील हुनु ।’ ........ लेनिनबाट ‘द गोल्डेन ब्वाई अफ रिभोल्युसन’ अर्थात् क्रान्तिको सुनौला केटोको उपनाम पाएका बुखारिनको प्रसङ्ग यतिबेला स्मरणीय हुनसक्छ । ट्राटस्कीलाई एक्ल्याएर स्टालिनलाई शक्तिशाली बनाउन भूमिका खेलेका बुखारिन र स्टालिनले लामो सहकार्य गरे । ....... जब सत्ता र शक्तिको लडाईं सुरु हुन थाल्यो- बुखारिन स्टालिनबाटै पक्राउ परे । उनले स्टालिनकै जेलबाट आफूलाई नमार्न बिन्ती बिसाउँदै पत्र लेखिरहे । भावशुन्य स्टालिनले बुखारीनलाई बध मैदानमा गोली ठोकेर मार्न लगाए । बुखारिनले स्टालिनको हातबाट म किन मरेँ भनेर थाहा नपाई मर्नुपर्यो । ........ आजको युगका केही आशा गरिएका योद्धाले राजनीतिक मृत्युको बाटो रोजे भने त्यो भौतिक मृत्युभन्दा कम भने हुनेछैन ।
Friday, July 16, 2021
एमाले र जसपा एक नरहेको राजनीतिक यथार्थ
हुन त कांग्रेस पनि एक छैन। देउबा रामचंद्र र कृष्णा सिटौला सँग तपाईं को पक्ष बाट को को मंत्री राख्ने भनेर नाम माँगेका छन। कांग्रेस एक्लै तीन वटा पार्टी हो।
एमाले र जसपा औपचारिक रुपमा फ़ुटन सक्ने अवस्था मा छैनन। माधव को एमाले संसदीय दलमा ४०% पुग्दैन। उपेंद्र को जसपा संसदीय दलमा ४०% पुग्दैन। हुन त अहिले महंथ राजेंद्र को पुग्दैन भन्ने कुरा आएको छ। फेरि छोडेर हिड्ने को? फुटन नसक्ने तर राजनीतिक रूपले फुटिसकेको।
भने पछि विश्वास को मत पाए पनि देउबा सरकार पंगु सरकार बन्ने भो। त्यस पछि त व्हिप लाग्छ एमाले र जसपा को। यसैलाई भनिन्छ डिसफंक्शन (dysfunction) ------ गलत संविधान लेखे पछि देशले दुःख पाउने भनेको यही हो।
एमाले भित्र दोस्रो पुस्ता ले कु गरेर ओली र माधव लाई साइडलाइन गर्ने संभावना पनि छैन।
३० वर्ष देखि चलिआएको दुई दलीय भ्रष्टाचारतंत्र ढलने व्यवस्था हो। यो संविधान धेरै टिक्ने संविधान होइन। देश ढिलो चाडो नया संविधान सभा मा जान्छ।
बालकोटमा पनि कमजोर छैनन् ओली - बालुवाटारबाट बहिर्गमन भए पनि सिंहदरबारमाथि पर्याप्त दबाब बनाउन सक्ने शक्ति अझै ओलीसँग छ - राष्ट्रिय सभा, प्रतिनिधिसभा, सडक, राष्ट्रपति कार्यालय र संवैधानिक नियोगहरूको बलमा सरकारमाथि दबाब बढाउने ओली रणनीति ....... सरकारले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत पाउनैपर्ने हुन्छ । प्रधानमन्त्री देउवाले विश्वासको मत नपाउँदा आफूले चालेकै कदमलाई पुष्टि गर्ने गरी मुलुक चुनावकै बाटोमा जाने भएकाले पनि सुरुदेखि नै सडकबाट पनि दबाबमा राख्ने ओलीको रणनीति देखिन्छ । ..... अघिल्लो सरकारले ल्याएका अध्यादेश, राजनीतिक नियुक्ति, प्रदेश प्रमुखहरूको नियुक्तिलगायत खारेज गर्ने संकेत देखाएको छ ....... राष्ट्रपतिलाई महाभियोग लगाउँछु भन्छन्, तर संसद्मा संख्या छैन ।
राज्यका सबै अंगमा एमालेको प्रभावकारी उपस्थिति छ । अधिकांश व्यक्ति एमालेले प्रमोट गरेका छन् । त्यसैले स्थायी सरकार भनिने हैसियत एमालेसँग छ
........... ‘सडक त एमालेसँग एकलौटी छ ....... दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले एक्लैको एक सय २१ सिट छ । माधव नेपाल समूहमा रहेका २३ सांसदमध्ये अन्तिमसम्म कति अडिन्छन् निश्चित छैन । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहका २० सांसदको मत पनि विपक्षमै हुने हो भने संसद्मा सत्ता पक्षभन्दा विपक्षी बलियो हुनेछ । यो अंकगणितलाई भत्काएर विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई चुनौती छ । ........ दोस्रो तहका नेताहरूको प्रयासमा तयार भएको एकता प्रस्ताव र पार्टीमै रहेर अन्तर्संघर्ष गर्ने प्राथमिकता तय गरेका नेपालको साथ देउवाले खुलेरै पाइहाल्ने अवस्था भने बनिसकेको छैन ....... परिस्थिति फेरिएको र पार्टीभित्र एकता प्रक्रिया बढेको बताएर नेपालले सोमबारै विपक्षी गठबन्धनसँग सम्बन्धविच्छेद गरिसकेका छन् ...... संसद्बाट कानुन निर्माणमा भने असहज हुने देखिन्छ, खास गरेर राष्ट्रिय सभामा । राष्ट्रिय सभामा अर्थ विधेयकबाहेक सबै विधेयक पारित हुनुपर्छ । राष्ट्रिय सभामा बहुमत पुर्याउनु पनि सरकारको चुनौती हो । ..... ५९ सदस्यीय राष्ट्रिय सभामा मतदान हुँदा ...... एमालेसँग अध्यक्षबाहेक ३२ सांसद छन् । ...... जसपाका तीनमध्ये एक सांसद महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा छन्, यसलार्ई पनि जोड्ने हो भने राष्ट्रिय सभामा विपक्षीसँग ३३ सांसद रहन्छन् । ....... माओवादीका १५, कांग्रेसका सात, जसपाको उपेन्द्र यादव पक्षका दुई र एक स्वतन्त्र गरी २५ सांसद छन् । ........ एमाले एकढिक्का रहेको अवस्थामा सरकारले राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सम्भव छैन । ....... नेपाल समूहले राष्ट्रिय सभामा नौ सांसद रहेको दाबी गरेको छ । यस्तोमा सरकार पक्षको २५ र नेपाल पक्षका नौ सांसद एकै ठाउँ आए भने ३४ सांसद हुन्छन् ....... सत्तारुढ गठबन्धनले संसदीय सुनुवाइविना नै अध्यादेशबाट गरिएका नियुक्त खारेज गर्ने घोषणा गरेको छ ...... ओली सरकारले अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर दुई चरणमा विभिन्न संवैधानिक आयोगमा ५२ पदाधिकारी र ११ देशका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइविना गरिएका सिफारिस खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेका थिए ........ विधेयक र अध्यादेशहरू अध्ययन गर्छु, सल्लाह गर्दै छु भनेर अल्झाउन सक्छिन् वा पुनर्विचार गर्नुस् भनेर एकपटक मन्त्रिपरिषद्मा फर्काइदिन सक्छिन् । संवैधानिक र राजनीतिक नियुक्तिमा पनि ढिलाइ गरिदिन सक्छिन् । माधव नेपाललाई पार्टी विभाजन गर्ने बाटो खोल्न अध्यादेश चाहिन्छ, त्यसमा राष्ट्रपतिले केही समय अलमल्याउन सक्छिन् । .......... विश्वासको मतपछि पनि प्रतिनिधिसभामा ओलीको बलियो हैसियतले सरकारमाथि दबाब बनाइरहनेछ । ........ देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएसँगै सडकमा उत्रिएका एमालेका युवाले मुठभेडको संकेत दिइसकेका छन् । स्वयं ओलीले पनि सडकमा मोर्चाबन्दी गर्दै सर्वोच्चको आदेश र सरकारका विरुद्ध देशव्यापी अभियान चलाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । अदालतका हकमा आन्दोलन सजिलो नभए पनि सरकारविरुद्ध भने एमालेले सडकमा आक्रामक उपस्थिति जनाउने देखिन्छ ।सत्ता गठबन्धनबारे नेपाल समूहभित्रै विवाद कार्यदलमा रहेकासहितका केही नेताले ‘जे–जस्तो अवस्था भए पनि’ पार्टी एकतामै जानुपर्ने मत राखेका छन् । ......... ओलीले निषेधको नीति लिएपछि सम्बन्धविच्छेदपछि पनि आफ्नो समूहले गठबन्धनमा सांकेतिक उपस्थिति जनाएको नेपालनिकट नेताहरूको भनाइ छ । ‘पहिला औपचारिक रूपमै गठबन्धनसँग सम्बन्धविच्छेद गरेकै हो, तर माधव नेपाललाई एमालेमा कुनै स्थान नहुने केपी ओलीको अभिव्यक्तिले गर्दा गठबन्धनसँग सम्पूर्ण रूपमा सम्बन्धविच्छेद गरिहाल्ने अवस्था देखिएन,’ एक नेताले भने, ‘त्यसकारण उहाँले प्रतिनिधि पठाउनुभएको हो ।’ ........... कार्यदलमा सहभागी नेपालतर्फकै नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्तसहित ६ नेता र कार्यदलबाहिरका योगेश भट्टराई र अष्टलक्ष्मी शाक्यलगायत नेताहरू १०बुँदे सहमति प्रस्तावमा आधारित भएर अगाडि बढ्नुपर्ने पक्षमा छन् । उनीहरूमध्ये अधिकांशले सत्तागठबन्धनसँग पूर्ण सम्बन्धविच्छेद गर्नुपर्ने धारणा राखेका छन् । ........ कार्यदल सदस्यहरूको अनौपचारिक छलफलमा भुसालले आफूहरूकै अडानअनुसार संसद् पुनर्स्थापना भएकाले अब पार्टीले बोलाउने संसदीय दलको बैठकमा पनि भाग लिनुपर्ने मत राखेका छन् । उता, नेपाल समूहकै तेस्रो तहका केही केन्द्रीय सदस्य र सांसदहरूले भने ओली र नेपालबीचको संवाद तथा सहमतिविना बोलाइने बैठकमा सहभागी नहुने मत राखिरहेका छन् । ..........
पार्टी विवाद समाधानका लागि गठित कार्यदलका दश नेताले एकता जोगाउन शीर्ष नेतामाथि दबाब र हस्तक्षेप बढाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
............. नेपालतर्फका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले दोस्रो पुस्ताको दबाब र हस्तक्षेपविना पार्टी एकता जोगिने सम्भावना कम देखिएको बताए ।जेलमा आलमलाई भेटे कारागार व्यवस्थापन विभागका महानिर्देशकले
सत्तारुढ गठबन्धनको पहिलो बैठक : विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार ! विश्वासको मत लिएर सरकारको कार्यकाल सुनिश्चित गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने ....... अध्यक्ष यादवले प्रधानमन्त्रीले चाहेको बखत विश्वासको मत लिन सक्ने र त्यसको आधार तय भइसकेको बताए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत लिन समस्या छैन । उहाँले चाहेको बखत लिन सक्नुहुन्छ । हामीले दिन्छौँ । माधव नेपालजी पनि सँगै हुनुहुन्छ । ...... जसपा र एमाले दुवै पार्टीमा आन्तरिक विवाद रहेकाले मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा पहिल्यै विश्वासको मत लिनुपर्नेबारे छलफल भएको थियो । ......... देउवाले भने दुवै पार्टीलाई पहिले सरकारमा सहभागी हुन आग्रह गरेका थिए ....... प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा यो सरकार बचाउनेभन्दा पनि प्रतिनिधिसभा बचाउने कुरा हो ....... अबको सरकारले विश्वासको मत नपाएको खण्डमा संविधानतः स्वतः प्रतिनिधिसभा विघटन भएर मुलुक चुनावतिर धकेलिने
देउवाको बानी र स्वभावबारे पत्नी आरजुलाई १०१ प्रश्न
Subscribe to:
Posts (Atom)