Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

Friday, January 21, 2022

Nepalis In Queens, NY

Sunday, January 24, 2016

नेपालको केंद्रीय संसदमा नेपाली र हिन्दी दुबै बराबरीको आधारमा चल्ने भनेको

भाषा बारेमा हाम्रा शत्रु हरु बीच केही कन्फ्यूजन देखियो। प्रदेस मा मैथिलि चल्न सक्ने संभावना लाई उनी हरु प्रगतिशील भन्दैछन्। अर्थात, हाम्रो पार्टी ले आधिकारिक रुपले त मान्दैन, तर मेरो निजी विचारमा मधेस प्रदेस मा मैथिलि चल्न दिए के पो फरक पर्छ र जस्तो कुरा हरु सुन्ने गरिएको छ।

राजाले पनि बहुदल मानेको थिएन।

नेपालको केंद्रीय संसदमा नेपालीहिन्दी दुबै बराबरीको आधारमा चल्ने भनेको हो। त्यो प्राप्त नभएसम्म मधेसीले नेपालमा समानता पाउँदैन। र मधेसीले समानता नपाएसम्म यो देश ठप्प रहने हुन्छ।

बिहारमा घर घरमा बोलिने भाषा हिंदी होइन, मधेसमा जस्तै मैथिलि भोजपुरी नै हो। तर बिहारमा सरकारी कामकाजको भाषा हिंदी किन छ? त्यो मधेसीले बुझ्छ। मधेसी दुनिया हाँक्ने जात समुदाय हो। हिन्दी मधेसी को पहिचान को केंद्रविंदु मा रहेको छ। हिंदी भाषा बेगर मधेसी मधेसी नै होइन। हिंदी भाषा बेगर मधेसी भनेको पानी बिनाको माछा। हिंदी भाषा बेगर मधेसी भनेको गुजरात बिनाको, भारत बिनाको मोदी।

हिंदी मधेसी को पहिचान पनि हो, र मधेसीको महत्वाकांक्षा पनि हो। मधेसीको महत्वाकांक्षा दक्षिण एशिया स्तरको होइन, विश्व स्तरको हो। दुनियाको आधा त दक्षिण एशिया नै हो।

हिमाली भेगका केही जनजाति बाहेक सबै नेपाली भारतीय नै त हो, सांस्कृतिक हिसाबले। हिंदी भाषाको घृणा गर्ने पहाड़े हरु आत्म घृणा मा लिप्त मानिस हुन। अँग्रेज को चाकडी गर्ने बानी लागेको, त्यो बानी छुटेको छैन।

Hatred for Hindi in Nepal is self-hatred.

समस्त दक्षिण एशिया लाई विश्व मंच मा सम्मान चाहिएको हो भने हिंदी भाषा प्रेम शुरू गरे हुन्छ सबैले। हिंदी विश्व भाषा हो। संसारमा जति देशमा अंग्रेजी बोलिन्छ त्यति देशमा हिंदी। त्यो कुरा कुनै पनि तेस्रो भाषाको हकमा लागु हुँदैन।

गूगल ले सम्पुर्ण इंटरनेट लाई हिंदी मा अनुवाद गर्ने भनेको छ। त्यस पछि हिंदी जान्ने को दिमागमा ज्ञानको विस्फोट हुन्छ।












Tuesday, November 10, 2015

मंडले राष्ट्रवाद: नेपालमा भ्रष्ट शासकले जनता लाई खुवाउने अफीम

मंडले राष्ट्रवाद: नेपालमा भ्रष्ट शासकले जनता लाई खुवाउने अफीम। अहिले टन्न खुवाइएको छ।




Sunday, October 18, 2015

नेपालीको भारतमा स्थिति के छ?

नेपालको सन १९५० को जनसंख्या थियो ८० लाख नेपाल सरकार का अनुसार। अहिले तीन करोड़ भन्छ। असंभव कुरा। जनसँख्या वृद्धि को ग्राफ धनी देश को जस्तो देखाउँछ। गरीब देश हो। ग्राफ अरु गरीब देश हरु जस्तो नै होला। गरीब देश हरु को जनसँख्या यस अंतराल मा  १०-२० गुणा बढेको छ। नेपालको चार गुणा मात्र बढ्यो भन्नु सरासर ढाटेको हो।

१० गुणा बढेको भए ८ करोड़ भयो। सन १९५० को जनसंख्या ५० लाख थियो भने अहिले बढेर पाँच देखि १० करोड़ भएको हुनुपर्छ। मधेस मा भारत बाट मान्छे आयो भन्छन। नेपाल कुन मलेशिया कतार हो र भारत बाट मान्छे आउनुपर्ने? अलि अलि आयो होला, खुला बोर्डर छ, कति बेला बोर्डर क्रॉस गरिएछ भन्ने पनि थाहा हुँदैन।

भारत मा नेपाली भाषी भारतीय नागरिक एक करोड़ छ भन्ने गरिन्छ। नेपाल पहाड़ बाट काम खोज्दै गएका चाहिँ ८० लाख। त्यो ८० लाख होइन होला। ७० लाख त माओवादी युद्ध को समयमा मात्र पुगे। डेढ़ करोड़ त त्यसै भो। त्योभन्दा बढ़ी होला। सब undocumented छन। दशैं मा दुई हप्ता घर आउँछन् जिंदगी उतै बित्छ। त्यो बेठीक अवस्था हो। एक किसिमको statelessness नै हो।

नेपालका खस शासक १००% सब भारत बाट आएका हुन। को कहिले आयो भन्ने मात्र हो। पृथ्वी नारायण ले नेपाल लाई "सच्चा हिंदुस्तान" भनेको होइन?

भारत मा नेपाली कति छन। यो तथ्यांक कसै सँग छैन। अधिकांश ले अशिक्षित भएको ले मजदुर पाले चौकीदार जस्ता काम गरेका छन। आफ्नो देश ले शिक्षा दीक्षा दिएन। यी डेढ़ करोड़ लाई NRN पनि भनिँदैन जब कि सबैभन्दा खाँटी NRN यिनै हुन।

नेपाल भारत राजनीतिक आर्थिक एकीकरण को सबैभन्दा खाँचो इनलाई छ। जो नेपाल पहाड़ बाट झरेर भारत मा काम गर्छन। नेपाल भारत राजनीतिक आर्थिक एकीकरण गरेर इ सब लाई नागरिकता पत्र को व्यवस्था गर्नु पर्छ। काम गरेकै ठाउँ मा सपरिवार बस्ने व्यवस्था गर्नु पर्छ। दशैं उतै मनाउनु पर्छ। इनका छोराछोरी को शिक्षा भारत सरकार को जिम्मेवारी बन्नुपर्छ। शिक्षित भये पछि मजदुर चौकीदार बन्नू पर्दैन। राम्रो काम पाउँछ।

भारतमा नेपाली भाषी को एउटा substantial voting bloc बन्छ। राजनीतिक सशक्तिकरण हुन्छ।


Saturday, August 22, 2015

हिन्दी भाषा देश भरि प्रत्येक तहमा नेपाली को समकक्ष रहन्छ

अहिले के छ भन्दा देश भरि जहाँ पनि जुन सुकै तह मा सरकारी कामकाजको भाषा खस हरुको  नेपाली भाषा छ। त्यो नेपाली भाषा थुप्रै जनजाति को संपर्क भाषा बन्न पुगेको छ।

संघीय नेपाल मा पनि नेपाली भाषा को त्यो स्थान कायम रहन्छ। केन्द्र मा, प्रत्येक प्रदेश मा, देश भरि स्थानीय सरकार मा नेपाली भाषा को स्थान रहन्छ। भने पछि खस र जनजाति लाई ठीक्क।

मधेसी को लागि त्यो भाषा हिन्दी हो। देश भरि सरकारी कामकाज को भाषा नेपाली को समकक्ष हिन्दी लाई पनि राख्नु पर्ने हुन्छ। केन्द्र मा, प्रत्येक प्रदेश मा, देश भरि स्थानीय सरकार मा हिन्दी भाषा पनि सरकारी कामकाज को भाषा को रुपमा स्थापना गर्नु पर्ने हुन्छ।

संघीय नेपाल भनेको त्यो हो। त्यहाँ "शक्ति सन्तुलन" को प्रयास हुँदैन। यो सिद्धांत हो।  होइन भने खस आफ्नो बाटो लाग्ने, हामी आफ्नो बाटो लाग्ने। हामी मधेस अलग देश स्थापना गर्छौं। नक्शा चाहिं यो हो। २५% भूभाग त हाम्रो आफ्नो नै छ। अर्को २५% हामी कब्ज़ा गर्छौं। खानी खानी भन्दैछन्। हामी खानी पनि खोदछौं।



हिन्दी भाषा देश भरि प्रत्येक तहमा नेपाली को समकक्ष रहन्छ। होइन भने पहाड़े मधेस आउन पाउने, मधेसी चाहिँ पहाड़ हिमाल जान न पाउने भने जस्तो हुन्छ, भै राखेको छ।


Sunday, August 16, 2015

थरुहट को विरोध गर्ने हरु कमैया प्रथा कायम राख्ने इच्छा भएका हरु हुन

चितवन देखि कंचनपुर सम्म  थरुहट राज्य बन्छ भने के बिग्रिन्छ? नेपाली जस्तै थारु पनि सरकारी कामकाज को भाषा बन्छ। तर नेपाली भाषा त कायम रहन्छ। त्यसमा थारु भाषा थपिने मात्र हो। कंचनपुर का क्षेत्री बाहुन लाई समस्या पर्ने होइन। स्वायत्त थारु प्रदेश भनेको बाँच र बाँच्न देऊ को नारा हो। यो कुनै अर्को समुदाय लाई मास्न खोजेको होइन।

स्वायत्त थारु प्रदेश भनेको त्यस प्रदेश भित्र को प्रहरी स्थानीय हुन्छ भनेको।



“थारुहरुलाई अखण्ड सुदूर पश्चिममा गाभ्ने ?” (देउबालाई थर्काउँदै आन्दोलनमा होमिए डिल्ली चौधरी)
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बर्दियामा विशाल प्रदर्शन गरेको छ । संघर्ष समितिले स्वायत्त थरुहट प्रदेश र कैलाली-कञ्चपुरलगायत तराईका जिल्ला पहाडमा मिसाउन नहुने भन्दै आन्दोलन गरिरहेको छ । समितिले आज बर्दियामा विशाल आमसभाको आयोजना गरेको हो जसमा

डिल्ली चौधरी पनि सहभागी छन् । .... अखण्ड सुदूरपश्चिमको नारा लगाउनेमध्येका मुख्य नेता शेरबहादुर देउवाका दाहिने हात हुन् डिल्ली चौधरी ।

त्यही भएर यसअघि उनी थारुको आन्दोलनमा विरलै देखिन्थे । ढिलै भए पनि उनी थारु आन्दोलनमा होमिएका छन् । उनका सहयोगीका अनुसार डिल्ली चौधरीले शेरबहादुर देउवालाई थर्काएर आन्दोलनमा होमिएका हुन् । ..... कैलाली-कञ्चनपुर अखण्डमा मिसाएको झोंक उनले अन्नतः देउवामाथि पोख्दै उनी आन्दोलनमा होमिएको ती सहयोगीले थारुवानलाई बताए । बर्दियाको गुलरियामा आयोजित सभामा उल्लेख्य थारु समुदायको उपस्थिति छ । सहभागीहरुले थरुहट जिल्ला टुक्र्याउन पाइँदैन, चार शीर्ष दलका नेताहरु मुर्दावाद भन्दै नारावाजी गरेका छन् । .....

कार्यक्रममा नेपाली कांग्रेसका तेजुलाल चौधरी, डिल्ली चौधरी, थरुहट तराई पार्टीका गोपाल दहित, गंगा थारु, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, एमाओवादीका सन्तकुमार थारुलगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

खस का लागि संघीयता मा के छ?

देश को एक तिहाई जनसंख्या रहेको खस को  राज्य (state) मा ९०% हालीमुहाली छ, अझ खस महिला पनि marginalize भएको अवस्थामा १५% ले ९०% ओगटेको अवस्था छ भनेर न संघीयता र समावेशीता चाहिएको हो। भने पछि त्यो संघीय नेपाल मा खस पुरुष ९०% बाट जीरो मा जाने डर हो? के हो कुरा?

देश को नाम नेपाल। त्यहाँ मैले बाहेक अरु कसैले विवाद गरे जस्तो मलाई थाहा छैन। खस पुरुष नाम त्यो। रहिरहने भो। हिन्दु राष्ट्र परिमार्जन भो, खस नाम परिमार्जन नहुने भो। खस को पहिचान देश को नाम मा झल्किने भो।

नेपाली भाषा खस हरुको जातीय भाषा। संघीयता मा पनि नेपाली भाषा देश भरि केंद्र, प्रदेश र स्थानीय स्तर मा सरकारी कामकाज को भाषा रहिरहने भो। मधेसी ले हिंदी का लागि पनि त्यही खोजेको हो।

खस पुरुष को स्थायी सरकार मा रहेको ९०% हालीमुहाली रातारात फेरिने होइन। ५१% खुला प्रतिस्प्रधा र ४९% आरक्षण को फोर्मुला ले त्यस लाई ईमानदारी पुर्वक लागु गरे पनि १० वर्ष त्यो ५०% माथि नै रहने हुन्छ। १५% ले ५०% स्थान ओगट्ने १० वर्ष कायम रहने।

भने पछि खस ले समावेशी संघीय नेपाल मा गुमाउने के त? किन यति सारहो defensiveness?

१६ प्रदेश बन्ने हो भने मेरो नक्शा मा १६ मध्ये ५ न्यूट्रल नाम छन। त्यस मध्ये दुई लाई खस नाम दिन सकिन्छ। ११ मा मधेसी जनजाति नाम झल्किने हुँदा खस लाई समस्या के पर्यो? देश को नाम खस को पहिचान झल्किने छ।

ती ११ प्रदेश मा पनि सबै मा खस मुख्य मंत्री बन्न सक्छ।

खस ले पाए बराबर पनि मधेसी जनजाति ले पाउने छैन संघीयता मा। त्यसमा पनि कनजुसयाइ? अलि फराकिलो दिल ले सोँच्नु पर्यो।



उपलब्धिलाई संस्थागत गर्दै संविधान ल्याउनोस् : राष्ट्रपति
साँझ ७ बजेदेखि जम्मा भएका नेताहरूले साढे १० सम्मै बसेर राष्ट्रपतिसँग कुराकानी गरे । त्यसक्रममा राष्ट्रपतिले संविधान निर्माणको काममा तदारुकता देखाएकोमा नेताहरूलाई धन्यवाद दिएका थिए । साथै राष्ट्रपतिका सन्दर्भमा मस्यौदामा उल्लेख अस्पष्ट प्रावधानबारे पनि उनले नेताहरूको ध्यानाकर्षण गराएका थिए ।
एमाले प्रधानमन्त्री
एमालेको प्रसन्न वातावरणको विपरीत कांग्रेसी आकाशमा भने उदासीका काला–काला बादल देखिएको छ । ..... ‘कांग्रेसका दुई प्रधानमन्त्री र हाम्रा तीन प्रधानमन्त्री ।’ ..... कतिपयका निम्ति त अध्यक्ष कमरेड ओली अद्यापि एक प्रधानमन्त्री नै हुन् । यस सन्दर्भमा उनकै पुच्छ्ेर नामबाट परिचित ओली गुटलाई स्मरण गर्न सकिन्छ । यस गुटमा सम्बद्ध कमरेडहरूका तेजिलो आँखामा कमरेड खड्गप्रसाद शर्मा ओली सार्वकालिक प्रधानमन्त्री हुन् । अर्थात् अध्यक्ष कमरेड पहिले पनि प्रधानमन्त्री थिए, अहिले पनि प्रधानमन्त्री छन् र पछि पनि प्रधानमन्त्री रहनेछन् । .... यिनीहरूमध्ये कोही निकट भविष्यका प्रधानमन्त्री अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीको कोटको पकेटमा बस्छन् भने कोही कमिजको बायाँ पकेटमा । यस्तै पैन्टको हिप पकेटमा रहने पनि छन्
फेरि सर्ने भो कांग्रेस महाधिवेशन
कोइराला फागुन या चैतमा महाधिवेशनको तिथि तोक्नुपर्ने पक्षमा देखिएका छन् । तर, वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष लामो समयका लागि सार्न दिने पक्षमा छैन । ढिलोमा दसैं-तिहार र छठ पर्वलगत्तै हुनुपर्ने देउवा पक्षको अडान छ । .... अन्तरिम संविधानमा राजनीतिक दलले ५ वर्षभित्र महाधिवेशन गराउनैपर्ने व्यवस्था छ । कांग्रेसका केही शीर्ष नेताहरू नयाँ संविधानबाट यो म्याद बढाउने पक्षमा जुटेका छन् । स्रोतका अनुसार नयाँ संविधानमा असामान्य स्थितिमा एक वर्षसम्म म्याद बढाउन सकिने व्यवस्था राख्ने प्रयास भइरहेको छ । ..... कांग्रेस महाधिवेशन हरेक ४ वर्षमा हुनुपर्ने नियम छ । पार्टीको विधानअनुसार विशेष कारण जनाई एक वर्षको समय बढाइएको छ । अधिवेशन नभएको असोज ५ मा ५ वर्ष पुग्नेछ । नयाँ संविधानमा म्याद बढाउन राजनीतिक सहमति नजुटे कांग्रेसले बाधा अडकाउको माध्यमबाट समय थप्ने तयारी गरेको छ । त्यसका लागि बढीमा ६ महिनासम्म म्याद थप्ने विषयमा निर्वाचन आयोगसँग छलफल भएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । भूकम्पबाट उत्पन्न विपत्ति र संविधान जारी गर्नुपर्ने अवस्थालाई देखाएर आयोगसँग छलफल भइरहेको उनले उल्लेख गरे । ...... संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । त्यतिबेला नेताहरूको ध्यान राज्य सत्ताको पदहरूमा जाने देखिन्छ । नयाँ संविधानपछि पार्टीको संरचना पनि त्यहीअुनसार परिवर्तन गर्नुपर्ने हुन्छ ।

Friday, August 14, 2015

भीम रावल ले भकुण्डो हात ले टिपे



नागरिकताको प्रावधानमा थप अनुदार संशोधन
संविधानसभाले मस्यौदा समितिमा पठाएको संविधानको मस्यौदामा आमाको नामबाट नागरिकता दिनै नमिल्ने गरि भाषा ‘सुटुक्क’ सम्पादन गरिएको थाहा भएको छ। ..... मस्यौदाको धारा १२ को उपधारा २ को व्यवस्थालाई अझ कडा पारिएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए। ‘यसरी भाषा सम्पादन गर्ने कुरा छलफलमा नल्याइ सुटुक्क गरियो,’ उनले भने। ..... यो उपधारामा नेपाली महिला र विदेशीबाट जन्मेको सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था छ। ....... चार दलबीच छलफल भई बाहिर आएको संशोधित मस्यौदाको धारा १२ को उपधारा २ मा भनिएको थियो - यस धारामा अन्यन्त्र जे सुकै लेखिएको भएता पनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा, निज नेपालमै स्थायी बसोवास गरेको र बावुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने उसले प्रचलित कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने छ। ....... मस्यौदा समितिमा पठाएको प्रतिवेदनमा ‘यस धारामा अन्यन्त्र जेसुकै लेखिएको भएता पनि’ भन्ने वाक्यांश परिवर्तन गरि ‘यस भागमा अन्यन्त्र जे सुकै लेखिएको भएतापनि’ बनाइएको छ। यो परिवर्तन आफूले बल्ल आज मस्यौदा समितिमा पठाएको प्रतिवेदन हेरेपछि थाहा पाएको नेता श्रेष्ठले बताए। ....... यो वाक्याशंले आमा वा बावुको नामबाट नागरिकता दिने भन्ने धारा ११ को प्रावधानलाई औचित्यहिन बनाइदिन्छ। त्यस्तै यही धाराको उपधारा ४को व्यवस्थालाई समेत यो वाक्यांशले प्रभावित गर्छ। ...... धारा ११ को उपधारा ४ ले जन्महुँदाका बखत आमा वा बावु मध्ये एक नागरिक भएमा उ बालिग भएपछि बावु र आमा नागरिक छन् भने वंशजको आधारमा नागरिकता पाउने उल्लेख छ। ........ तर, मस्यौदा समितिमा पठाएको प्रतिवेदन अनुसार हुने हो भने बच्चा जन्मिदाँ आमा मात्रै नेपाली रहेको र १६ वर्ष पुग्दा बावुले अंगीकृत नागरिकता पाए पनि उसले वंशजको आधारमा नागरिकता पाउन नमिल्ने अर्थ लाग्छ। तर नेपाली बाबु र विदेशी आमा भएका सन्तानले भने वंशजको नागरिकता पाउन बाधा पुर्‍याउँदैन। ...... चारदलबीच भएको सहमतिले नेपाली नागरिकले विहे गरेर ल्याउने विदेशीको हकमा असमानता गरेको थियो। सहमतिले संसोधन गरेको मस्यौदामा विहे गरेर आउने महिलालाई कानुन बमोजिम अंगीकृत नागरिकता दिने उल्लेख थियो भने विहे गरेर आउने पुरुषहरुको बारे उल्लेख नै थिएन। ......... त्यसपछि संवाद समिति अन्तर्गतको विषेश समिति बैठकमा एमाओवादीका उपाध्यक्ष श्रेष्ठले विहे गरेर आउने महिला पुरुषलाई समान व्यवस्था गर्नुपर्ने विषय उठाएका थिए। साथै उनले धारा १२ को उपधारा २ को ‘यस धारामा अन्यन्त्र जे सुकै लेखिएपनि’ भन्ने वाक्यांशको कुनै अर्थ नभएकोले हटाउनु पर्ने कुरा राखेका थिए। ....... ‘मैले त नागरिकतामा सकेसम्म अग्रगामी व्यवस्था हुनुपर्छ भनेर आवाज उठाइराखेको छु,’ एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने,

‘विना कुनै द्विविदा आमा वा बावुको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था हुनपर्छ भन्ने मेरो मान्यता हो।’

.......

स्रोतका अनुसार आमाको नामबाट नागरिकता दिनै हुन्न भन्ने कडा लाइन एमाले नेता माधव नेपाल र भीम रावलको छ। कांग्रेसका रमेश लेखक कृष्ण सिटौला पनि उनीहरुसँग सहमत छन्।

..... स्रोतका अनुसार, उक्त बैठकपछि एमाले नेता नेपालले रावललाई फोन गरि धारा १२ को उपधारा २ लाई परिमार्जन गर्नुपर्ने बताएका थिए।

Thursday, July 23, 2015

भाषा

नेपालको संविधान, २०७२को मस्यौदामाथि केहि भाषा सम्बन्धी सुझावहरू
(ख) राष्ट्रिय भाषानीति सुझाव आयोगको प्रतिवेदन अनुसार

मातृभाषाहरूलाई विकसित, विकासोन्मुख, लेख्य परम्परा नभएका र लोपोन्मुख कोटिमा वर्गीकृत गरी तिनलाई नामसहित संविधानको अनुसूचीमा राख्ने।

....... भाषा आयोगको सिफारीसको आधारमा निश्चित मापदण्ड पुगेको कुनै भाषालाई केन्द्रीय सरकारको सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने। ..... जनगणना २०६८ अनुसार नेपाली भाषा ४४.६% मातृभाषा र ३२.७७% दोस्रो भाषाको रूपमा जम्मा ७७.३७% अर्थात् बहुसङ्ख्यक नेपाली जनताले बुझ्ने भएको र आफ्नो सम्प्रेषणमा व्यवहार गरेकोले यो भाषा व्यापक सञ्चारको भाषा (language of wider communication or LWC) हो। तसर्थ, यसलाई सरकारी कामकाजको भाषा तोक्नु धेरै हदसम्म समुचित देखिन्छ। ...... तर नेपाली भाषामात्रलाई सरकारी कामकाजको भाषा तोक्नु न्यायसङ्गत हुँदैन किनभने नेपाली नजान्ने २२.६३% नेपाली जनता भाषाले गर्दा वहिष्कृत भएर केन्द्रीय सरकारले प्रदान गर्ने राष्ट्रिय अवसर र फाइदासम्म पहुँच नहुन सक्छ। दोस्रो कारण, नेपाली भाषा बुझ्ने जनताको वितरण सामान्यत: समग्र नेपालमा भएपनि समान रूपमा पाइएको छैन। जनगणना २०६८को तथ्याङ्कको आधारमा नेपाली भाषीहरूको बसोबास सबैभन्दा बढी पहाडमा तर हिमाली र तराई क्षेत्रमा न्यून पाईएका छन्। हिमाली र तराई क्षेत्रमा नेपाली भाषी न्यून भएकोले अन्य भाषाहरू व्यापक सञ्चारका माध्यमको रूपमा भएको पाईन्छ, जस्तो

हिमालमा सामान्यत: शेर्पा र तराईमा हिन्दी

वा अन्य विकल्पहरू। ...... (१) केही अल्पसङ्ख्यक राष्ट्रभाषाहरू स्थानीय तहसम्ममात्र सीमित रहेकोले तिनलाई पनि समेटने गरी समावैशी सिद्धान्तको आधारमा स्थानीय प्रशासनको सरकारी कामकाजको भाषा निर्धारण गर्ने। ...... (२) नेपाल सरकारका केन्द्रीय, प्रादेशिक र स्थानीय प्रशासनमा विभिन्न राष्ट्रभाषाहरू सरकारी कामकाजका भाषाको रूपमा प्रयोग भएको हुँदा अन्तरभाषिक सम्प्रेषणका निमित्त कुनै एक भाषालाई स्रोत भाषा मानी अन्य भाषाहरूमा अनुवादको सन्यन्त्रको व्यवस्था गर्ने। ..... रेडियो, एफएम, टीभी जस्ता श्रव्य-दृश्य माध्यम र पाठ्य माध्यमहरूमा लेख्य परम्परा भएका भाषाहरूको प्रयोग गर्ने। ...... (स्पष्टीकरण: विश्वका बहुभाषिक मुलुकमा आधारभूत शिक्षामा मातृभाषा सिकाईको माध्यमको रूपमा प्रयोग भएको पाईएको छ।) .......... विद्यालयको भाषिक नक्शाङ्नअनुसार आधारभूत शिक्षा तहमा मातृभाषामा आधारित संक्रमणीय वहुभाषिक शिक्षा (transitional multilingual education) लागू गर्ने। .......... लोकसेवा आयोगले सरकारी जागीरका लागि लिइने परीक्षाका माध्यम भाषा नेपाली इतर अन्य विकसित राष्ट्रभाषाहरू पनि हुनुपर्ने। .... (स्पष्टीकरण: यो प्रावधानले समवेशी र समतामूलक समाज निर्माणमा सहयोग मिल्ने छ।) ......... प्रारम्भिक बाल शिक्षा र विकास (ECED) कक्षामा सहज सिकाइका लागि माध्यम भाषा बाल-बालिकाको मातृभाषा हुनुपर्ने। (स्पष्टीकरण: यो उमेरमा तिनीहरू सामान्यत: मातृभाषामात्र जानेका हुन्छन्।) ...... भारत, चीनलगायत विश्वका धेरै बहुभाषिक मुलुकजस्तै भाषासम्बन्धी मुद्दाहरूको नियमनका लागि एउटा स्थायी राष्ट्रिय भाषा संस्थानको स्थापना हुनुपर्ने। ..... (स्पष्टीकरण: मानव सभ्यताको इतिहासमा सर्वोत्कृष्ट उपलब्धिको रूपमा स्थापित भाषाको विकास र नेपालमा विद्यमान बहुभाषिकता सांस्कृतिक पहिचान र प्राज्ञिक चिन्तनका विभिन्न प्रकारको संरक्षण र उन्नयनकालागि यस्तो संस्थाको अहम् भूमिका हुन्छ।) ....... प्रदेशको सीमाङ्कन गरेर मात्रै संविधान लागू गर्नुपर्ने मेरो सुझाव छ।

Wednesday, July 22, 2015

भाषा बारे बैज्ञानिक विचार

भाषा बारे बैज्ञानिक विचार भनेर मैले आफु लाई बैज्ञानिक भनेको होइन। तथ्य मा आधारित तर्क अगाडि सार्ने हो भने कस्तो पिक्चर आउँछ भन्ने सम्म हो।

केन्द्रमा दुई भाषा: नेपाली र हिन्दी। मधेसी पहाड़ी समानता को राजनीतिक कारण पनि छ भने पहाड़ी समुदाय का लागि आर्थिक कारण पनि छ। हाई स्कुल सम्म को पठन पाठन गरेर, हिन्दी मा राम्रो लेखपढ गर्ने भएर अनि कामकाज का लागि भारत पस्ने कि, अझ केही सिप जस्तो सीकर्मी डकर्मी सिकेर भारत पस्ने कि, अहिले जस्तो सम्म भइआएको निरक्षर भएर, हिंदी को ज्ञान न भैकन जाने परिपाटी कायम गर्ने? सबै भन्दा बढ़ी नेपाली प्रवासी भएको देश भारत। विश्व भरि नेपाली भने पछि छु मतलब छ। नेपाली हरु विश्वमा इज्जत र समानता पाउने भनेको आफ्नो दक्षिण एसियाली पहिचान का आधारमा हो। संयुक्त राष्ट्र संघ मा हिन्दी छैठौं भाषा को रुपमा खड़ा भएर हो। गूगल ले सम्पुर्ण इंटरनेट लाई हिन्दी मा अनुवाद गर्न खोजेको छ। म आफै अंग्रेजी पढेको मान्छे, अरु लाई अंग्रेजी नपढ़ भनेर किन भन्छु र? तर एउटा औसत नेपाली का लागि अंग्रेजी भन्दा हिंदी तुलनात्मक धेरै सजिलो। मास मा जान का लागि हिन्दी धेरै राम्रो। तथ्यगत कुरा गरेको।

आठ प्रान्तमा प्रत्येक मा २-३ भाषा: मैथिलि जस्ता भाषा। प्रमुख १५ वटा जति भाषा समेटिने हुन्छ।

स्थानीय स्तरमा: केन्द्र र प्रान्त मा न आए पनि कुनै गाउँ मा बहुसंख्यक ले बोल्ने भाषा हरु छन। त्यहाँ ती भाषा को प्रयोग को बाटो प्रशस्त गर्नु पर्छ।

अमेज़न जंगल को जैविक विविधता जगेर्ना गर्नु र नेपाल जस्तो देशमा भाषा हरुको जगेर्ना गर्नु उस्तै उस्तै हो। तर चुरे का जंगल मास्ने हरुले संविधान लेख्दै छन। एक भाषा एक भेष मनस्थिति का मानिस हरु। बाहुनले च्याउ खाओस न स्वाद पाओस्।


नेपाली भाषामा राज्य (State) ले खरबों लगानी गरेको छ

खरबों लगानी गरे जुन सुकै भाषा लाई पनि विकसित भाषा बनाउन सकिने कुराको प्रमाण नेपाली भाषा हो। मैथिलि भाषा मल्ल राजा हरुको दरबारमा प्रयोग हुने भाषा भएको बेला नेपाली भाषा एउटा छेउ न टुप्पो को भाषा थियो। न साहित्य को राम्रो विकास भएको थियो न केही। आदिकवि भनेको पहिलो कवि। नेपाली भाषा को आदिकवि भानुभक्त भर्खर अस्ति जन्मे मरेको होइन?

नेपाली भाषा मा राज्य स्तर बाट नै त्यति चासो लिने नेपालका अरु भाषामा चासो नलिने? कारण के हो? कारण हो नेपालको राज्य व्यवस्था (state) माथि खस हरुले जमाएको एकाधिकार।

नेपाली भाषामा राज्य (State) ले खरबों लगानी गरेको छ। नेपालका अरु भाषा हरुमा पनि राज्य (state) ले त्यसरी नै लगानी गर्नु पर्छ।



Wednesday, July 15, 2015

हिन्दी भाषा मधेसी अस्मिता के केन्द्र में है

हिन्दी भाषा को नेपाली भाषा के समकक्ष जगह नहीं मिलता तो मधेसी को नेपाल में समानता नहीं मिलेगी। मधेसी को नेपाल में समानता न मिलने का प्रमाण है वो। वंशज/अंगीकृत वाला नौटंकी खत्म नहीं होता तो मधेसी को नेपाल में समानता नहीं मिलेगी। मधेसी को नेपाल में समानता न मिलने का प्रमाण है वो। पहले महेन्द्र ने कु किया, देश पर पंचायत व्यवस्था लादा, और उसके बाद एक जात का राज्य बनाने के प्रयास में ये वंशज/अंगीकृत वाला नौटंकी लाया। उससे पहले नहीं था। उस नौटंकी को ये लोग कायम रखना चाहते हैं।

हिन्दी भाषा मधेसी अस्मिता के केन्द्र में है। मधेसी पहचान के अंतर्गत बहुत किस्म के लोग हैं। उन सबको एक सुत्र में बांधने का काम हिंदी भाषा करती है। हिन्दी नहीं तो मधेसी पहचान नहीं, हिन्दी नहीं तो मधेसी अस्मिता नहीं। हिन्दी भाषा ही तो है जो हमें मधेसी बनाती है। ये भाषा से ज्यादा है, ये तो हमारा धर्म जैसा है।

हिन्दी भाषा को नेपाली भाषा के समकक्ष जगह नहीं मिलती तो वो इस देशमें मधेसी को समानता न मिलने का सबुत है। जिस देशमें मधेसी को समानता न मिले उस देशमें मधेसी को रहना नहीं

हिन्दी भाषाको स्थान के हुने?
हिन्दी भाषा को पहाड़ी हरु लाई महत्त्व
हिन्दी भाषा र नेपाल
वीपी कोइराला र नेपालमा हिन्दी भाषा
राज्यका भाषाहरु
प्राथमिक भाषा र हिंदी भाषा
दुई गाउँ को कथा

Sunday, July 12, 2015

खस हरुको पहिचान को शब्द ले सारा देश को नाम

नेपाली भाषा खस हरुको भाषा हो। नेपाल शब्द त्यो नेपाली भाषा सँग मिल्दोजुल्दो छ। जब खस हरुले "नेपाली मुल" भन्छन त्यो विश्व भरि छरिएका खस हरु बारे भनेको हो। अर्थात खस भन्नु र नेपाली भन्नु एउटै हो जातीयता को हिसाबले। हामी नेपाली भनेर संसार भरिका खसले भन्ने गर्छन।

नेपाली भाषा जनजातिहरुको भाषा होइन यद्यपि नेपाली भाषा पहाड़ मा लिंक भाषा भएको छ। तर जनजाति को आफ्नै पहिचान छ। २०० वर्ष अगाडि को नेपाली भाषा र अहिलेको नेपाली भाषा मा धेरै को फरक छ। राज्य (state) ले काखा गरेर अरबों खरबों को लगानी गरे पछि जुन सुकै भाषा पनि विकसित भाषा बन्न सक्छ भन्ने कुराको उदहारण हो नेपाली भाषा।

मधेसी समुदाय बिभिन्न उप समुह हरु भएको समुदाय हो। खस समुदाय मा पनि चार पाँच स्पष्ट फरक पहिचान संस्कृति रीती रिवाज बिहेबारी भएका समुदाय हरु छन। जनजाति मा पनि त्यही हो। दलित मा पनि पहाड़ी दलित र मधेसी दलित मा धेरै फरक छ।

नेपाल भन्ने शब्द खस हरुको शब्द ले सारा देश लाई नाम दिन सक्छ भने, मधेसी जनजाति सबै रहेको देश को नाम खस हरुलाई पाइक पर्ने शब्द ले दिन सक्छ भने, त्यो कुरा मधेसी र जनजाति लाई समस्या छैन भने, त्यस पछि को जुन लेवल छ संघीय प्रदेश हरुको लेवल ---- तिनका नाम मा खस, मधेसी, जनजाति लाई मिल्ने नाम प्रयोग गर्न नहुने अडान हेपुवा अडान हो।

लोकतंत्र एक व्यक्ति एक मत नै हो, अर्को परिभाषा छैन। त्यसैले प्रतिनिधि सभा मा पनि र राज्य सभामा पनि प्रत्येक प्रदेश को जनसंख्या समानुपातिक प्रतिनिधित्व मा सहमति गर्दै आठ राजयको सीमांकन को सवाल मा र नामांकन को सवालमा यो नक्शा push गर्नु पर्ने जस्तो लाग्छ। तर बाहुन संग गफ हुने पछि हो। पहिला मधेसी जनजाति ले आफु एकीकृत पार्टी निर्माण गरेर यस नामांकन सीमांकन मा आफु आउनु पर्यो। अहिले त तिमीहरुले नामांकन सीमांकन चाहेको नक्शा के भनेर सोध्दा मधेसी जनजाति सँग एउटा उत्तर नै छैन। त्यो त बाहुन बाट शक्ति खोस्ने मनस्थिति भएन, बाहुनलाई आफ्नो शक्ति दिने, बाहुनको मा गएर लम्पसार पर्ने मनस्थिति भयो। पहिला आफ्नो होमवर्क गर्ने हो।

अलिकति give and take त हुन्छ। ठीक छ तिमी बाहुन हरु को संख्या आठ सँग लव पर्यो तर ती आठको नामांकन र सीमांकन यस किसिमको नै हुनुपर्छ भनेर भन्न सक्नुपर्यो नत्र भने जनतालाई छले जस्तो मात्र हुन्छ। विरोध का लागि विरोध गरे जस्तो हुन्छ। आफ्नो कैंप मा पहिला स्पष्टता ल्याउने।


खस हरुको पहिचान को शब्द ले सारा देश लाई नाम दिन मिल्छ भने त्यस पछि अर्को लेवल प्रदेश हरु को नाम मधेसी र जनजाति को पहिचान झल्किने नै हुनुपर्छ। होइन भने देशको नाम फेरौं, कुनै neutral नाम राखौं।

Monday, June 29, 2015

हिन्दी भाषाको स्थान के हुने?

नया नेपालमा हिन्दी भाषाको स्थान के हुने?

हामी पनि हिन्दु नै हो, पशुपति पशुपति भन्दै काठमाण्डु का बाहुन ले एकै साथ नेपालका मधेसी लाई पेल्ने र दिल्ली का लाई ठग्न भ्याई राखेका हुन्छन्।

हिन्दी भाषाको मुद्दा लाई चर्काउनु त्यसैले जरुरी छ। नीलो स्याल माथि पानी छ्याप्नु जरुरी छ।

हिन्दी भाषा को नेपाली समकक्ष स्थान हुनुपर्यो। And that is it.

केन्द्र को कुरा गरेको। सरकारी कामकाजको भाषा सबै स्तरमा नेपाली र हिन्दी दुबै हुनुपर्यो। संसद मा दुबै भाषा चल्नुपर्यो। मंत्रालय हरु मा।

मस्यौदामा मैले हिन्दी को ह पनि देखेको छैन


मस्यौदामा मैले हिन्दी को ह पनि देखेको छैन

के हो यो? Missing elephant in the room? मधेसी दलले पनि यस बारे केही बोलेका छैनन्।

हिन्दी भाषा को पहाड़ी हरु लाई महत्त्व
दुई गाउँ को कथा
हिन्दी भाषा र नेपाल
वीपी कोइराला र नेपालमा हिन्दी भाषा
राज्यका भाषाहरु
प्राथमिक भाषा र हिंदी भाषा

खस को दौरा सुरुवाल --- मधेसी को धोती कुर्ता
खस को नेपाली भाषा ---- मधेसी को हिंदी
एक व्यक्ति एक मत लोकतंत्र
स्वायत्त मधेस प्रदेश वाला संघीयता
जनसंख्या समानुपातिक प्रतिनिधित्व
प्रत्येक मधेसी लाई नागरिकता र मताधिकार

यो त bottom line हो ----- होइन भने देश टुट्छ

Saturday, June 13, 2015

दुई गाउँ को कथा



एक देशमा दुई वटा गाउँ थियो। एउटा गाउँ मा सबै मान्छे ले हाफ पाइंट मात्र लाउने। अरु केही पनि नलाउने। अर्को गाउँ को मान्छे ले पाइंट पनि लगाउने अनि शर्ट पनि लगाउने। त्यसै देशमा एउटा बाजार थियो। दुबै गाउँ का मानिस त्यहाँ किनमेल गर्न पुग्थे महिना मा एक दिन। त्यहाँ मात्र भेटघाट हुन्थ्यो। गफसफ हुन्थ्यो।

पहिलो गाउँ को मान्छे लाई सधैं अचम्म लाग्थ्यो। अर्को गाउँ को मान्छे ले शर्ट किन्थ्यो। त्यो किन किनेको? त्यो के हो? त्यो के को लागि किनेको? भनेर सोध्ने। जवाफ दियो बुझ्दै नबुझ्ने।

नेपाल भनेको त्यो दुई गाउँ को कथा। खस हरुको एउटा भाषा नेपाली। पहिला त मधेसी हरुको मैथिलि भोजपुरी जस्ता भाषा पनि दबाएर राखेको। अहिले आएर त्यसमा ठुलो विवाद त छैन --- तर तिमी हरु लाई हिन्दी फेरि किन चाहियो भनेर भन्छन।

तिमीले शर्ट किन किनेको?


Friday, June 12, 2015

NRN America

नेपाली हरु ----- अमेरिका जस्तो देशमा पनि चुनाव मा धाँधली गर्न भ्याएको!

Shesh Ghale Tells It Like It Is

Saturday, January 31, 2015

भुटानमा तराई छैन त

भुटानको दक्षिणमा रहेको समथर भाग भारतमा छ। पृथ्वी नारायण शाहले उसको गोरखा राज्य विस्तारको क्रममा काठमाण्डुका मल्लहरुमाथि पटक पटक आक्रमण गर्यो तर मधेसमाथि आक्रमण गर्ने दुस्साहस कहिले गरेन। १८१६ र १८६० मा ब्रिटिशले जुन बदमाशी गर्यो त्यो नगरेको भए नेपालको तराई भारत देशको अंग हुन्थ्यो। हामी भारतीय होइनौं हामी भारतीय होइनौं भन्ने मधेसीहरु देखेर मलाई वाक्क लाग्छ। मधेसीहरु नेपाली नागरिक हुन सक्छन तर गिन्ती गरेर एक एक मधेसी भारतीय हुन। फिजीमा पनि छन -- फिजीका नागरिक छन तर गर्वका साथ आफुलाई भारतीय भन्छन।

संस्कृति मिल्छ, भाषा मिल्छ। सब थोक मिल्छ। बेटी रोटी को सम्बन्ध छ। भारतीय मुलको भएर पनि भारतसँग त्यसरी भौगोलिक रुपले टाँसिएर बसे पनि नेपालको मधेसीले आफ्नो अधिकार लिन नसक्नु बड़ो शर्मनाक कुरो हो। जब कि नेपाल एउटा भूपरिवेष्टित होइन भारत-परिवेष्टित देश हो। चीन धेरै टाढा छ। तिब्बत चीनको होइन मधेसको हो। तिब्बत सबैभन्दा प्रख्यात दुई मध्ये एक मधेसी गौतम बुद्धको हो।

केपी ओली र सुशील कोइरालालाई दिल्ली नधाइ भात पचदैन, तर मधेसी नेताहरु तिमीभन्दा बढ़ी नेपाली म भन्ने अनावश्यक होड़बाजीमा लाग्छन्। उपेन्द्र यादव intelligent, एउटा पढ़े लेखेको मान्छे हो। तर कहिले काही मुर्ख गोवार व्यवहार गरिराखेको हुन्छ। दिल्लीबाट मान्छे भेट्न आयो भने उ काठमाण्डु बाट भागेर सुनसरी गएर बस्दिन्छ, भेट्नु नपरोस भनेर। हुटिट्याउँले आकाश थामे जस्तो। उ सुनसरी भागदा देशको सार्वभौमिकता जोगिए जस्तो। मान न मान मैं तेरा मेहमान भने जस्तो। केपी ओलीले स्याबास भनेको छैन त। बरु केपी बाजे मैं भेट्छु भनेर ताक परेर बस्छ, बकुल्ला तलाउ छेउ बसे जस्तो।

दिल्ली दक्षिण एशियाको शक्ति केंद्र हो। त्यो मधेसी पर्वते सबैले बुझ्ने हो। कसैले नबुझ्दैमा त्यो यथार्थ गायब भइ जाने होइन। तपाईंले बुझेन भन्दैमा तपाइँ गुरुत्वाकर्षण को पकड़ बाट उम्कीजाने होइन, नत्र वामे कहिले चन्द्र लोक पुगिसकेको।

भुटानमा तराई छैन त।

नेपाल देशमा हिंदी भाषालाई नेपाली भाषाको बराबरीमा नराखेको संविधान मान्य हुने छैन। आधा जनसंख्याको सम्पर्क भाषाको सवाल छ। पुरा जनसंख्याको शिक्षाको सवाल छ। भारतीय अर्थतन्त्रको महत्वको सवाल छ। भारतको ग्लोबल सुपरपावर बन्ने महत्वाकांक्षाको सवाल छ।

सीके राउत सँग मेरो कुरा मिल्दैन त। सीके राउतलाई मधेस अलग देश चाहिएको, मलाई काठमाण्डुमाथि मधेसीको शासन चाहिएको।



Monday, November 24, 2014

सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण (२)

सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण

एउटा टेक स्टार्टअप ले राउंड २ मा जान का लागि राउंड १ मा २०-३० हजार डॉलर ले पनि पुग्ने बाटा हरु छन, ५० हजार देखि एक लाख डॉलर सम्म चाहिने बाटा पनि छन, मैले न्यु यर्क को नेपाली समुदाय का २-४ जना सँग विगत केही महिना गफ गर्दा एउटा टीम लाई दुई लाख डॉलर राउंड १ मा चाहिने जस्तो एस्टीमेट भएको थियो। साढ़े तीन देखि पाँच लाख लाग्ने बाटा पनि छन।

तर राउंड १ मा ३०-५० हजारले पुग्ने यदि छ भने पनि सफल भएको खण्डमा आखिर त्यसै स्टार्टअप ले पनि राउंड २ मा गएर ५ लाख डॉलर, एक मिलियन डॉलर fundraising गर्ने र खर्च गर्ने हो।

So it really is a matter of scheduling. कुनै स्टार्टअप २०-३० हजार मै हुने, कसैलाई ५-१० लाख चाहिने भन्ने होइन। सबै सफल स्टार्टअप त्यो मिलियन डलरको बाटो बाट जाने नै हो। नौबिसे हो त्यो रोड मार्कर।



Friday, November 14, 2014

सगुनको पहिलो र दोस्रो राउंड बीच फरक

सगुन सँग सम्बन्ध

केही घण्टा अगाडि कोलोराडो बाट एक जना साथीले कॉल गर्नु भो। "तपाईंले सगुनको fundraising मा रोल खेल्ने कुरा रै छ, मलाई पनि ५ हजार हाल्न मन लाग्यो" भनेर भन्नु भो।

सगुनका दुई जना फाउंडर हरुसँग म सम्पर्कमा छु। वहाँ हरुले आंट गरेकै हो। मान्नु पर्छ। मेरो आफ्नै एउटा pre launch tech startup छ। त्यसैले हामीलाई एकले अर्काको कुरा बुझ्न सजिलो हुन्छ। सगुन अहिले राउंड १ मै छ। 350K fundraising गरिसकेको, 150K गर्ने प्रयासमा रहेको अवस्था छ।

मैले सगुनको राउंड २ fundraising मा lead role लिने कुरामा हाम्रो छलफल भइ राखेको छ। निर्णय शायद त्यसै किसिमको हुन्छ होला।

तर मैले साथीलाई भनें ---- तपाइँ राउंड २ मा आउन पाउनु हुन्न। क़ानूनले नै दिँदैन। राउंड २ मा venture capitalist हरु, लाइसेंस प्राप्त एंजेल इन्वेस्टर हरु मात्र हो आउन पाउने।

आउने भए राउंड १ मा आउनुस् भनेर मैले भनें र गोविन्द गिरी र कवीन्द्र सिटौला सँग मैले संपर्क गराई दिएँ टेक्स्ट मेसेज मार्फ़त।

सगुन का १००,००० user छन --- त्यो early stage मा धेरै हो।