The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Wednesday, July 21, 2021
Mahesh Basnet's Youth Force
कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए पदबाट राजीनामा
बालुवाटारमा पार्टीको बैठक नराख्न गगनले अनुरोध गरेपछि देउवाले दिए यस्तो जवाफ
Saturday, July 17, 2021
सबैभन्दा बढ़ी उठापटक एमाले भित्र
‘No One Is Safe’: Extreme Weather Batters the Wealthy World https://t.co/TXDxrjrQUH
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
विजय गच्छदारजी हाम्रो लोकतन्त्र र अग्रगमनको प्राण हो, मोहम्मद अफताब आलम नेपाली कांग्रेसको मेरुदण्ड हो । उहाँहरुलाई जेलमा राख्न मेरो नैतिकताले दिँदैन । त्यसैले सम्पादकजीहरुलाई मेरो आग्रह छ - यसलाई लोकतान्त्रिक कदम भनेर लेख्नुस्, अोलीको दम्भ पराजित गर्नु पर्छ ।
— Sher Bahadur Deuwa (@deubasherbddr) July 17, 2021
Here is an authentic twitter id of our PM. Whosoever is this, plz stop misleading in a wrong manner. pic.twitter.com/y5SugYSTa5
— DB Sunar (@sunardb1) July 17, 2021
विजय गच्छदारले भ्रष्टाचार गरेकाे प्रमाण पुग्छ भने वा पुगे भ्रष्टाचारी कसरी लाेकतन्त्रकाे र अग्रगमनकाे प्राण हुन्छ? ज्यानमाराहरु कहिले देखि कंग्रेसकाे मेरुदण्ड भयाे? कंग्रेस र देउवाहरु फरक फरक हुन,मुख छ भन्दैमा कंग्रेस भजाएर जे मन लाग्छ तै नभन अष्पस्ट बाेल्नेले चुप लाग्दा राम्रो।
— कमल प्रसाद नेउपाने (@KamalPrasadNe10) July 17, 2021
यो साइवर स्यालहरुले बनाएको फेक एकाउन्ट हो ।
— Basanta ranabhat🇳🇵 (@Branabhat135) July 17, 2021
फेरि पतन को बाटो तिर निश्चित रुपमा लम्किएको भान भयो । यस्ता कुख्यात भ्रष्टाचारी , हत्यारा हरु लाई संरक्षण गर्यो भने भोलि कम्युनिस्ट भनाउँदा हरु को जस्तो हालत प्रष्ट रूपमा देखिन्छ । पहिला यस्तो गद्दारी काम गरेर त हेर्नुहोस 🖕
— Guru (@Guru06434443) July 17, 2021
आउलास शेरे चुनाबमा खोलेर देखाइदिन्छौ।
— @rjun Rana (@rana_rjun) July 17, 2021
म पिटे जस्तो गर्छु तिमी रोए जस्तो गर भनेर मिलेर नै देशको सोझा जनताको आखामा धुलो छरेको छन् । जस्ले जे भने पनि यी सेर बहादुर पहिले पनि मन्त्री भका हुन के नै नापे ओलि आए के नापे। जुन जोगि आउँछ कानै चिरेको। देश र जनताको हितको लागी कोही आएको छैनन् यहाँ । युवा हरु बोल्छन् बोल्ने मात्रै
— Bharat (@Bharat99294608) July 17, 2021
यदि यो देउवाले नै लेखेका हुन र उहाँकै आधिकारिक पेज हो भने यो गलत छ उनले सबैररुपले पतन निश्चित छ
— सचिन लामिछाने🇳🇵 (@lamichhane2050) July 17, 2021
फेक आइ डी भए पनि गच्छेदार छुटेको त सहि नै हो नी ।
— Bharat Budhathoki Magar (@BharatBmagar) July 17, 2021
जुन अदालतको अादेशमा तपाईं प्रधान मन्त्रि बन्नु भयो त्यहि अदालतले दोषि ठहर्याएकोलाई रिहा गर्ने भन्ने प्रधान मन्त्रि पद त्यागेर बुढा निलकण्डमा बस्नुस ।
— भाग्य मगर (@Bhagyamgr) July 17, 2021
Friday, July 16, 2021
एमाले र जसपा एक नरहेको राजनीतिक यथार्थ
बालकोटमा पनि कमजोर छैनन् ओली - बालुवाटारबाट बहिर्गमन भए पनि सिंहदरबारमाथि पर्याप्त दबाब बनाउन सक्ने शक्ति अझै ओलीसँग छ - राष्ट्रिय सभा, प्रतिनिधिसभा, सडक, राष्ट्रपति कार्यालय र संवैधानिक नियोगहरूको बलमा सरकारमाथि दबाब बढाउने ओली रणनीति ....... सरकारले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत पाउनैपर्ने हुन्छ । प्रधानमन्त्री देउवाले विश्वासको मत नपाउँदा आफूले चालेकै कदमलाई पुष्टि गर्ने गरी मुलुक चुनावकै बाटोमा जाने भएकाले पनि सुरुदेखि नै सडकबाट पनि दबाबमा राख्ने ओलीको रणनीति देखिन्छ । ..... अघिल्लो सरकारले ल्याएका अध्यादेश, राजनीतिक नियुक्ति, प्रदेश प्रमुखहरूको नियुक्तिलगायत खारेज गर्ने संकेत देखाएको छ ....... राष्ट्रपतिलाई महाभियोग लगाउँछु भन्छन्, तर संसद्मा संख्या छैन ।
राज्यका सबै अंगमा एमालेको प्रभावकारी उपस्थिति छ । अधिकांश व्यक्ति एमालेले प्रमोट गरेका छन् । त्यसैले स्थायी सरकार भनिने हैसियत एमालेसँग छ
........... ‘सडक त एमालेसँग एकलौटी छ ....... दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले एक्लैको एक सय २१ सिट छ । माधव नेपाल समूहमा रहेका २३ सांसदमध्ये अन्तिमसम्म कति अडिन्छन् निश्चित छैन । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहका २० सांसदको मत पनि विपक्षमै हुने हो भने संसद्मा सत्ता पक्षभन्दा विपक्षी बलियो हुनेछ । यो अंकगणितलाई भत्काएर विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई चुनौती छ । ........ दोस्रो तहका नेताहरूको प्रयासमा तयार भएको एकता प्रस्ताव र पार्टीमै रहेर अन्तर्संघर्ष गर्ने प्राथमिकता तय गरेका नेपालको साथ देउवाले खुलेरै पाइहाल्ने अवस्था भने बनिसकेको छैन ....... परिस्थिति फेरिएको र पार्टीभित्र एकता प्रक्रिया बढेको बताएर नेपालले सोमबारै विपक्षी गठबन्धनसँग सम्बन्धविच्छेद गरिसकेका छन् ...... संसद्बाट कानुन निर्माणमा भने असहज हुने देखिन्छ, खास गरेर राष्ट्रिय सभामा । राष्ट्रिय सभामा अर्थ विधेयकबाहेक सबै विधेयक पारित हुनुपर्छ । राष्ट्रिय सभामा बहुमत पुर्याउनु पनि सरकारको चुनौती हो । ..... ५९ सदस्यीय राष्ट्रिय सभामा मतदान हुँदा ...... एमालेसँग अध्यक्षबाहेक ३२ सांसद छन् । ...... जसपाका तीनमध्ये एक सांसद महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा छन्, यसलार्ई पनि जोड्ने हो भने राष्ट्रिय सभामा विपक्षीसँग ३३ सांसद रहन्छन् । ....... माओवादीका १५, कांग्रेसका सात, जसपाको उपेन्द्र यादव पक्षका दुई र एक स्वतन्त्र गरी २५ सांसद छन् । ........ एमाले एकढिक्का रहेको अवस्थामा सरकारले राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सम्भव छैन । ....... नेपाल समूहले राष्ट्रिय सभामा नौ सांसद रहेको दाबी गरेको छ । यस्तोमा सरकार पक्षको २५ र नेपाल पक्षका नौ सांसद एकै ठाउँ आए भने ३४ सांसद हुन्छन् ....... सत्तारुढ गठबन्धनले संसदीय सुनुवाइविना नै अध्यादेशबाट गरिएका नियुक्त खारेज गर्ने घोषणा गरेको छ ...... ओली सरकारले अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर दुई चरणमा विभिन्न संवैधानिक आयोगमा ५२ पदाधिकारी र ११ देशका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइविना गरिएका सिफारिस खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेका थिए ........ विधेयक र अध्यादेशहरू अध्ययन गर्छु, सल्लाह गर्दै छु भनेर अल्झाउन सक्छिन् वा पुनर्विचार गर्नुस् भनेर एकपटक मन्त्रिपरिषद्मा फर्काइदिन सक्छिन् । संवैधानिक र राजनीतिक नियुक्तिमा पनि ढिलाइ गरिदिन सक्छिन् । माधव नेपाललाई पार्टी विभाजन गर्ने बाटो खोल्न अध्यादेश चाहिन्छ, त्यसमा राष्ट्रपतिले केही समय अलमल्याउन सक्छिन् । .......... विश्वासको मतपछि पनि प्रतिनिधिसभामा ओलीको बलियो हैसियतले सरकारमाथि दबाब बनाइरहनेछ । ........ देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएसँगै सडकमा उत्रिएका एमालेका युवाले मुठभेडको संकेत दिइसकेका छन् । स्वयं ओलीले पनि सडकमा मोर्चाबन्दी गर्दै सर्वोच्चको आदेश र सरकारका विरुद्ध देशव्यापी अभियान चलाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । अदालतका हकमा आन्दोलन सजिलो नभए पनि सरकारविरुद्ध भने एमालेले सडकमा आक्रामक उपस्थिति जनाउने देखिन्छ ।सत्ता गठबन्धनबारे नेपाल समूहभित्रै विवाद कार्यदलमा रहेकासहितका केही नेताले ‘जे–जस्तो अवस्था भए पनि’ पार्टी एकतामै जानुपर्ने मत राखेका छन् । ......... ओलीले निषेधको नीति लिएपछि सम्बन्धविच्छेदपछि पनि आफ्नो समूहले गठबन्धनमा सांकेतिक उपस्थिति जनाएको नेपालनिकट नेताहरूको भनाइ छ । ‘पहिला औपचारिक रूपमै गठबन्धनसँग सम्बन्धविच्छेद गरेकै हो, तर माधव नेपाललाई एमालेमा कुनै स्थान नहुने केपी ओलीको अभिव्यक्तिले गर्दा गठबन्धनसँग सम्पूर्ण रूपमा सम्बन्धविच्छेद गरिहाल्ने अवस्था देखिएन,’ एक नेताले भने, ‘त्यसकारण उहाँले प्रतिनिधि पठाउनुभएको हो ।’ ........... कार्यदलमा सहभागी नेपालतर्फकै नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्तसहित ६ नेता र कार्यदलबाहिरका योगेश भट्टराई र अष्टलक्ष्मी शाक्यलगायत नेताहरू १०बुँदे सहमति प्रस्तावमा आधारित भएर अगाडि बढ्नुपर्ने पक्षमा छन् । उनीहरूमध्ये अधिकांशले सत्तागठबन्धनसँग पूर्ण सम्बन्धविच्छेद गर्नुपर्ने धारणा राखेका छन् । ........ कार्यदल सदस्यहरूको अनौपचारिक छलफलमा भुसालले आफूहरूकै अडानअनुसार संसद् पुनर्स्थापना भएकाले अब पार्टीले बोलाउने संसदीय दलको बैठकमा पनि भाग लिनुपर्ने मत राखेका छन् । उता, नेपाल समूहकै तेस्रो तहका केही केन्द्रीय सदस्य र सांसदहरूले भने ओली र नेपालबीचको संवाद तथा सहमतिविना बोलाइने बैठकमा सहभागी नहुने मत राखिरहेका छन् । ..........
पार्टी विवाद समाधानका लागि गठित कार्यदलका दश नेताले एकता जोगाउन शीर्ष नेतामाथि दबाब र हस्तक्षेप बढाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
............. नेपालतर्फका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले दोस्रो पुस्ताको दबाब र हस्तक्षेपविना पार्टी एकता जोगिने सम्भावना कम देखिएको बताए ।जेलमा आलमलाई भेटे कारागार व्यवस्थापन विभागका महानिर्देशकले
सत्तारुढ गठबन्धनको पहिलो बैठक : विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार ! विश्वासको मत लिएर सरकारको कार्यकाल सुनिश्चित गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने ....... अध्यक्ष यादवले प्रधानमन्त्रीले चाहेको बखत विश्वासको मत लिन सक्ने र त्यसको आधार तय भइसकेको बताए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत लिन समस्या छैन । उहाँले चाहेको बखत लिन सक्नुहुन्छ । हामीले दिन्छौँ । माधव नेपालजी पनि सँगै हुनुहुन्छ । ...... जसपा र एमाले दुवै पार्टीमा आन्तरिक विवाद रहेकाले मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा पहिल्यै विश्वासको मत लिनुपर्नेबारे छलफल भएको थियो । ......... देउवाले भने दुवै पार्टीलाई पहिले सरकारमा सहभागी हुन आग्रह गरेका थिए ....... प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा यो सरकार बचाउनेभन्दा पनि प्रतिनिधिसभा बचाउने कुरा हो ....... अबको सरकारले विश्वासको मत नपाएको खण्डमा संविधानतः स्वतः प्रतिनिधिसभा विघटन भएर मुलुक चुनावतिर धकेलिने
देउवाको बानी र स्वभावबारे पत्नी आरजुलाई १०१ प्रश्न
Wednesday, July 14, 2021
एमाले दोस्रो पुस्ता ओली र माधव सँग सती किन जाने?
ओली माधव को घम्साघम्सी मा बित्ने ३० दिन
"बहुला कुकुरले टोक्या छ र ?"
यो भांडभैलो संविधान
३० दिन भित्र के के हुन सक्छ?
कति दिन?
सत्ता और जसपा
माधव गठबंधन छोड़ेर हिडे पछि के हुन्छ?
अदालत में बड़ा अन्याय कर दिया
एउटा प्रतिगमन सच्चिन बाँकी छ: संवैधानिक निकाय का असंवैधानिक नियुक्ति हरु
दुर्घटना को बाटो नया संविधान सभा सम्म पुग्ने बाटो राम्रो बाटो होइन
नेपाल का लागि उपयुक्त चार पाँच दलीय शासन
उपधारा (५) बाट फर्केर उपधारा (२) मा जानै मिल्दैन भन्ने छैन
अचम्म को संविधान को अचम्म को व्याख्या
एमाले दोस्रो पुस्ता ओली र माधव सँग सती किन जाने? https://t.co/PV4Qq1fFpK #nepal @yogeshuml55 @Jhakri_didi @SampreshanUSA @Tpgaire @dhbhanu
— Paramendra Kumar Bhagat (@paramendra) July 14, 2021
Monday, July 12, 2021
एउटा प्रतिगमन सच्चिन बाँकी छ: संवैधानिक निकाय का असंवैधानिक नियुक्ति हरु
सियान, साइकल र साम्यवाद https://t.co/q1fsfoq12I @dambarkhatiwoda Read with utmost interest. जसपा को एक रखिए। @brb1954 @HisilaPost @upendrayadavjee @Rmahto_Rjp @dipjha @tulashah
— Paramendra Kumar Bhagat (@paramendra) July 12, 2021
अदालतको मुद्दाबारे मौन बस्न ओली पक्ष तयार, सहमतिको भाका आइतबार ‘सुवास नेम्वाङजीले पहिलेबाटै भन्दै आउनुभएको छ, अदालतको विषयमा केही बोल्नु हुँदैन । कार्यदलमा मैले भन्ने गरेको छु, ‘तपाईंले कानूनको विद्यार्थी भएकाले अदालतमा विचाराधीन मुद्दामा केही पनि बोल्नु मिल्दैन भन्नुहुन्थ्यो । त्यसैले यो पनि अदालतमा विचाराधीन मुद्दा छ, केही नबोल्नु राम्रो हुन्छ ।’ ....... अहिलेसम्म पावर शेयरिङबारे छलफल नै भएको छैन ।
ओलीका असंवैधानिक र प्रतिगमनकारी कदमलाई अदालतले पुनः ब्रेक लगाइदियो - भट्टराई 'अब देउवाजीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेर संसदबाट विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउनुपर्छ '
सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई सर्वोच्चको आदेशपछि एमाले सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत स्वागत गरेका हुन् । उनले प्रतिनिधिसभाको पाँच वर्षको कार्यकालको सुनिश्चितता गर्न पनि आग्रह गरेका छन् । ....... 'सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन: स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु,' भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा (एमाले)को एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।' ....... एमाले कार्यदलले आइतबार गरेको १० बुँदे सहमतिलाई इमानदारिका साथ कार्यान्वयन गर्नुपर्ने पनि भट्टराईको भनाइ छ । 'हिजो भएको १० बुँदे सहमतिलाई इमन्दारिताकासाथ कार्यान्वयन गर्दै एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु,' भट्टराईले लेखेका छन् ।
सर्वोच्च अदालतले लोकतन्त्र जोगायो : देउवा 'अब पाँच दल मिलेर सरकार बनाउँछौं'
सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकटमा : मुख्यमन्त्री राई
संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : मुख्यमन्त्री पोखरेल मुख्यमन्त्री पोखरेलले अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि नै गम्भीर आघात पुग्ने फेसबुकमा लेखेका हुन् । आदेशले नेपाली राजनीतिमा दीर्घकालसम्म अस्थिरता बढाउने पनि उनको दाबी छ ।
अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दियो : महेश बस्नेत बस्नेतले सर्वोच्चको फैसलाले मुलुकमा नयाँ 'खिलराज रेग्मी' जन्माउने डिजाइनका साथ आएको आरोप लगाए । ........ सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराइएको छ,' उनले भने। ....... उनले कुनैपनि दलहरुसँग एकल चुनाव लड्ने हैसियत नभएको बताए । ....... उनले सर्वोच्चको फैसलाले मुलुक द्वन्द्वमा प्रवेश गरेको दाबी गर्दै राजनीतिक द्वन्द्व निम्त्याउने फैसला आम जनताले नमान्ने बताए ।
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
विभेदका लागि संसदीय क्षमायाचना सदियौंदेखि राज्य र समाजबाट भएका जातीय, लैंगिक, वर्गीय, क्षेत्रीय, धार्मिक लगायतका सबै विभेद र अन्यायका निम्ति राष्ट्रपतिबाट संसद्मार्फत क्षमायाचनाको उद्घोष हाम्रो समाजका लागि यस्तो कोसेढुंगा साबित हुन सक्छ, जसले करोडौं नेपालीको आक्रोशित मनलाई न्यायको अनुभूति दिलाउनेछ ।
उपधारा (५) बाट फर्केर उपधारा (२) मा जानै मिल्दैन भन्ने छैन
यो व्याख्या अब स्थापित भो। उपधारा (५) मा व्हिप नलाग्ने। दाबी प्रस्तुत गरेको आधार मा एउटा लाई नियुक्त गर्यो। ३० दिन पछि त्यो भीड़ बिभिन्न कारण ले तितरबितर भयो भने के हुन्छ? अथवा विश्वास को मत दिने तर त्यस पछि त व्हिप नलाग्ने भन्ने त हुँदैन। र एक पटक विश्वास को मत पाए पछि दुई वर्ष ढुक्क। तर त्यो दुई वर्ष का दौरान नीति कार्यक्रम पास गर्न नसक्ने भयो भने के हुन्छ? यो सुधारिएको संसदीय व्यवस्था हुँदै होइन। कुकुर को मासु हटाएर संसद मा खसी को मासु राख्ने यो प्रयास ले कदम कदम मा दुर्घटना दिन्छ। हेर्दै जाऊँ।
उपधारा (२) बाट फर्केर उपधारा (१) मा पुगेको नजिर छ। उपधारा (५) बाट फर्केर उपधारा (२) मा जानै मिल्दैन भन्ने छैन। अहिले पनि एमाले-जसपा सरकार को संभावना लाई नकार्न सकिँदैन। तर ओली को नाम मा शायद त्यो संभव नहोला। (रेड कार्ड देखाउनुपर्ने प्रधान मंत्री) त्यस का लागि एमाले ले सुभाष नेमबांग लाई अगाडि सार्नुपर्ला। (एमाले रथ) त्यस अगाडि अदालत ले ओली को संवैधानिक निकाय का असंवैधानिक नियुक्ति सबै बदर गरेर मार्ग प्रशस्त गर्नुपर्ला।
देश लाई मधेस बाट बचाउने जिम्मा लिएका सम्भ्रान्त वर्ग ले हतार हतार निधि पो आउन लाग्यो भनेर झस्केको सन्देश पनि आएको छ। तर निधि जी खुश देखिनुहुन्छ। (निधि, सिंह, कोइराला, थापा: समायोजन को एक रेखा)
अचम्म को संविधान को अचम्म को व्याख्या
कांग्रेस ले महाधिवेशन गर्न नसक्ने संभावना पनि टडकारो छ। गरेन भने सबै कांग्रेसी स्वतंत्र हुने भए। विश्व को संसदीय इतिहास मा त्यो एउटा नया प्रयोग नै हुनेछ। Be careful what you wish for.
धारा ७६ भनेको संसद ले आफ्नो सम्पुर्ण कार्यकाल सरकार हरु बनाउन मैं बिताउने मार्गप्रशस्त गरेको छ।
देउवाको प्रधानमन्त्रीकाल : १ महिना कि १७ महिना ? संसद् पुनर्स्थापनापछि अबको बाटो के ? तर ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको अवस्थामा राष्ट्रपतिसमक्ष दुई वटा विकल्प रहने पोखरेलको दाबी छ । पहिलो विकल्प भनेको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम संसद् विघटन गरी निर्वाचनको मिति तोक्ने वा फेरि एक पटक धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आव्हान गर्ने । ........ सांसदबाट प्रधानमन्त्री चयन हुनसक्ने अवस्था भएसम्म संसद् विघटन गर्न नपाइने भन्दै राष्ट्रपतिले एक पटक फेरि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आव्हान गर्न सक्नेछिन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार संसद्मा प्रतिनिधित्व रहेका दलमध्ये कुनै एक दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलका समर्थन लिएर प्रधानमन्त्रीमा दाबी गर्न सक्ने व्यवस्था छ । ....... राष्ट्रपतिले फेरि पनि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आव्हान नगरेमा वा त्यसबाट पनि प्रधानमन्त्री चयन हुनसक्ने अवस्था नभएमा शेरबहादुर देउवा अबको कम्तीमा ७ महिना प्रधानमन्त्री बन्नेछन् । सांसदबाट विश्वासको मत लिएको अवस्थामा भने प्रतिनिधिसभाको बाँकी कार्यकाल अर्थात् १७ महिना (२०७९ मङ्सिरसम्म) काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा आसीन हुनेछन् ।
माधव नेपालको नजरमा सर्वोच्चको फैसलाका ४ सन्देश
सांसदले स्वतन्त्र विवेक प्रयोग गर्दैमा निर्दलीयता जन्मन्छ भन्न मिल्दैन : संवैधानिक इजलास ‘संविधानको धारा १०० को उपधारा ९४० तथा धारा १०१ का व्यवस्थाहरूले पनि सांसदहरूको स्वतन्त्र विवेकलाई नै सङ्केत गर्दछन्, धारा ११० ले सांसदहरूले व्यक्तिगत हैसियतमा विधेयक पेस गर्ने अनुमति दिन्छ ।’ ...... ‘सांसदहरूलाई दलीय ह्वीपको अधीनस्थ राखेमा मात्र दलीय व्यवस्था मजबुत बन्दछ, अन्यथा निर्दलीय अभ्यास हुन जान्छ भन्नु वस्तुवादी दृष्टिकोण हुँदैन ।’
गगन थापाले भने– फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन। उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम ।’
Sunday, July 11, 2021
एमाले रथ
कांग्रेस महाधिवेशन अधिवेशन सुरु हुन १५ दिन बाँकी हुँदासम्म टुंगिएन सदस्यता विवाद नेताहरू नेतृत्व हत्याउने तयारीमा, नीति र योजनामा छैन चासो
अकण्टक नेतृत्व ओगट्ने आकांक्षाले दलकै वैधानिकता समाप्त पार्ने जोखिम विधान तथा संगठनप्रतिको प्रतिवद्धता र अनुशासन अभावले अकर्मण्यता फस्टाउँदैछ : प्राध्यापक कृष्ण खनाल
एमाले विवाद मिल्ला त आज ? आज पनि कार्यदल बैठक बस्दै
नेपालमा सुरुङमार्ग : नागढुङ्गाको गौरव गर्न लायक प्रगति, अन्य कहाँ–कहाँ बनाइँदै छ सुरुङमार्ग ?
नेता साँच्चै नै खराब हुन् त ?
How a struggling salesperson with Rs 5,000 salary turned to farming and built a Rs 2.5 crore turnover company
Decolonising creative writing: It’s about not conforming to techniques of the western canon The universal rules of ‘good’ or ‘bad’ writing are turning out to be colonial relics.
The rise and fall of the world’s largest lake
Saturday, July 03, 2021
CPN UML: Corruption Per Nepal United Mitra Leninvadi
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र सम्पन्न हुने
आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।
महेश बस्नेतको प्रस्ताव : सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गरौँ, शासकीय स्वरूप पनि फेरौँ सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्नुपर्ने ८ बुँदे प्रस्ताव अघि सारेका छन् । आगामी चुनावको घोषणा–पत्रमा समेत यो विषयलाई समावेश गरिनुपर्ने बस्नेतको माग छ । ....... प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने ....... दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संवैधानिक व्यवस्था कायम गरौँ। ....... पार्टी अध्यक्ष २ कार्यकाल पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गरौँ । ....... पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरूको ४० प्रतिशत सुनिश्चित गरौँ ।
‘वर्तमान व्यवस्थाको विकल्प खोजौँ, संविधानको पुनर्लेखन गरौँ’ ‘संसदीय व्यवस्थाले निकास दिँदैन, खिचडी व्यवस्थाको अन्त्य गर्नैपर्छ’ ....... प्रधानमन्त्रीको निर्वाचन, नियुक्ति र पदमुक्तजस्ता विषयमा महिनौँदेखि देश गोलचक्कर काटिरहेको छ । दलीय प्रणाली स्वाभाविक ढङ्गले अगाडि बढ्न सकेको छैन । दलीय अनुशासन, दल त्याग एवम् दलीय सम्बन्धजस्ता विषयले गर्दा करिब सबै राजनीतिक दलहरू प्रभावित छन् । शक्ति पृथकीकरण एवम् सन्तुलनको सिद्धान्तमा निर्मित संवैधानिक निकायहरूबीच असमझदारी बढ्दो छ । .......... राज्यका विभिन्न तह र निकायबीच क्षेत्राधिकारको विषयमा व्यापक विवाद छ । राज्यको महत्त्वपूर्ण निकायहरूको कार्यसम्पादनमा अस्पष्टता एवम् द्वन्द्व देखिएको छ । ....... राज्यको सर्वोच्च संस्थाका रूपमा रहेको राष्ट्रपति अहिले विवादमा छ । न्याय निरूपण गर्ने सर्वोच्च अदालतमा समेत विवाद उजागर हुन थालेको छ । सार्वभौम संसद् आज तमासा बनेको छ । दलीय प्रणाली एवम् निर्वाचनलाई नियमन गर्ने संवैधानिक निकाय निर्वाचन आयोगसमेत आलोचित हुन थालेको छ । ........ राज्यका विभिन्न तहमा द्वन्द्व, कलह एवम् विग्रह व्याप्त छ । स्थानीय तहमा प्रमुख, उपप्रमुखको विवाद र सदस्यहरूको अस्वाभाविक गुटबन्दी बढ्दो छ । प्रदेश सरकारभित्रको अस्वस्थ अन्तर्विरोध, प्रदेश प्रमुख र मुख्यमन्त्रीबीचको तनाव, सत्ताधारी पार्टीहरूभित्रको कचिङ्गल तथा सरकार गिराउन र बनाउन बिनाकारण सांसदलाई पदमुक्त गर्ने, दलीय अनुशासन विपरीत फ्लोर क्रस गर्ने, कीर्ते हस्ताक्षर गर्ने, पार्टी फुट्ने–फुटाउने, सांसद किनबेच तथा अपहरण गर्ने, बिनाकारण अस्पताल भर्ना हुने, मन्त्रीले नै सरकारविरुद्ध मतदान गर्नेजस्ता अस्वाभाविक, गैरकानुनी एवम् फोहोरी खेल प्रायः दिनहुँ प्रदेशमा भइरहेको छ । ......... सङ्घको अवस्था झन् दयनीय छ । वर्षौंसम्म संवैधानिक निकायमा नियुक्ति गर्न नसक्ने, राष्ट्रपतिको निर्णय अदालतले उल्ट्याउने, सरकारी विधेयकलाई सांसदले रोक्ने जस्ता अस्वाभाविक गतिविधि देखापरेका छन् । सरकार टिकाउन, गिराउन र बनाउन आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने, पार्टी मिलाउने र फुटाउने, आफ्नै पार्टीको सरकारलाई विश्वासको मत नदिने, सत्तापक्षको सांसदले प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने, दल नेता एकातिर सांसदहरू अर्कोतिर हस्ताक्षर गर्ने जस्ता फोहोरी संसदीय खेल जारी छ । ...........
कतिसम्म भने सरकारले विधिवत् ढङ्गले ल्याएको अध्यादेशलाई कार्यान्वयन नगर्न अदालतले आदेश दिने र सरकारका मन्त्रीहरूलाई समेत बर्खास्त गर्नेजस्ता असंवैधानिक क्रियाकलापसमेत भइरहेको छ ।
........ प्रदेश र स्थानीय तहको पनि क्षेत्राधिकारको विवाद चर्को छ । केन्द्र सरकारको अनावश्यक हस्तक्षेपले कार्य गर्न नसकेको आरोप स्थानीय तहले निरन्तर लगाइरहेको छ । ........ राज्यका तीनै तहका बीच क्षेत्राधिकार सम्बन्धी विवाद तनावपूर्ण छ । राज्यका विभिन्न सरकारी निकायबीचको विरोधाभाषपूर्ण कार्यले सरकारी सेवा प्रवाहमा अस्तव्यस्तता ल्याएको छ । ........देश जटिल एवम् सङ्कटग्रस्त अवस्थामा छ
......... यी सङ्कटहरू राजनीतिक नेतृत्वको अयोग्यताको उपज हो वा संवैधानिक त्रुटि, छुट्याउन जरुरी छ । विवादको चरित्र हेर्दा नेतृत्वको कार्यशैलीसँग मात्र सम्बन्धित छैन, सीधै संवैधानिक प्रावधानसँग जोडिएको छ । .......... नेपालको संवैधानिक व्यवस्था सिद्धान्तविहीन विकृत व्यवस्था हो । हेर्दा सबैथोक देखिने, तर स्वाद केही पनि नआउने एक ढङ्गको खिचडी व्यवस्था हो । आज यसैको कारण देशमा नयाँ–नयाँ सङ्कट उत्पन्न भइरहेको छ । ......... गणतान्त्रिक व्यवस्था समस्या हो कि गणतन्त्रभित्रको खिचडी संसदीय व्यवस्था ........ अर्को दृष्टिकोण हो, वर्तमान संविधान र संवैधानिक व्यवस्था सबै ठीक छ, यसको कार्यान्वयन गर्ने नेतृत्वबाट गलत ढङ्गले भइरहेको छ ........प्रतिपक्षले सत्तापक्षको भूमिकाको कारण यी तमाम सङ्कट उत्पन्न भएको हेर्दछ भने सत्तापक्षले अरू पार्टीहरूको गलत बुझाइ एवम् भूमिकाले समस्या पैदा भएको आरोप लगाउँछ ।
.......... तीनै तह गरी देशका ७६१ वटा सरकारमा कुनै न कुनै रूपमा प्रमुख राजनीतिक पार्टीहरू नै सत्तापक्ष छन् । यसर्थ सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई दोष देखाएर उम्किने स्थिति छैन । .......... आफूले पाएको संविधान निर्माणको तक्मा खोसिने डरले यी संसदीय पार्टीहरूले समस्याको दोष संवैधानिक व्यवस्थालाई दिन सकेका छैनन् । ..........देशमा विद्यमान सङ्कटको प्रमुख कारण गलत संवैधानिक व्यवस्था हो । यस व्यवस्थामा आवश्यक परिमार्जन नगरी उत्पन्न सङ्कटको समाधान सम्भव छैन । त्यसैले वर्तमान संवैधानिक व्यवस्थाको गम्भीर समीक्षा गर्नैपर्छ ।
........... संविधान निर्माणताका देखिएका भागबण्डाको राजनीतिक परिवेश अहिले बदलिएको छ । आम जनतामा स्पष्टता एवम् सचेतना गुणात्मक ढङ्गले बढेको छ । तसर्थ, वर्तमान सङ्कट निवारणका लागि हाम्रा छलफललाई संवैधानिक व्यवस्थाको स्तरमा उठाउन जरुरी छ । ........ भागबण्डाका आधारमा बनेको यस खिचडी व्यवस्थाको अन्त्य गर्नैपर्छ । तसर्थ वर्तमान संविधानको पुनर्लेखन गरौँ, समाजवादी नयाँ व्यवस्था स्थापना गरौँ ।जनकपुरका अधिकांश स्थान डुबानमा
‘काँग्रेस पार्टी हाँक्न सक्छु ’ त्यो त्याग कसैले बुझेन, चित्त दुखेर आउँछ ........ २०६२÷०६३ को जनआन्दोलनमा सभामुखको हैसियतले सडकबाटै विघटित प्रतिनिधि सभाको बैठक सञ्चालन गरेकी थिइन् । ...... उनी अब हुने नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा माथिल्लो तहमा आउने कसरतमा छिन् । परिआए नेपाली काँग्रेस हाँक्न सक्ने यादव बताउँछिन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापति वा महामन्त्री दाबी गर्ने तयारीमा रहेकी चित्रलेखा यादव ......... सो समय साथीहरुलाई म दौडेर गएर दरबारभित्रबाट प्रजातन्त्र खोसेर ल्याउँछु भन्थेँ । ........ म अहिले समानुपातिकबाट सांसद भएकी छु ...... जिल्ला शिक्षा कार्यालय र स्कुल कहीँकतै खबर नगरेर सीधै कक्षाकोठामा निरीक्षणका गर्ने नेपालको पहिलो शिक्षा मन्त्रीमै होला । त्यसो गर्नुको उद्देश्य नियमित निरीक्षण र निगरानी भयो भने शिक्षा सुध्रिन्छ भन्ने थियो । .........
पार्टीको सभापति वा महामन्त्री अहिले मेरो दाबी रहन्छ ।
........ साथीभाइले जे उपयुक्त ठान्छन् त्यही गर्न तयार छु भन्ने गरेको छु । साधारण सदस्य भएर पनि पार्टीमै रहने मेरो कटिबद्धता हो । ...... विषयवस्तुमै केन्द्रित भएर सीधा भाषण गरेको मनपर्छ । ........ म रचनाात्मक काम गर्ने,कतै नअल्झिने,कसैलाई गालीगलौज नगर्ने,राम्रो काम गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताको मानिस हुँ । तर राजनीतिमा यस्तो धारणा राम्रो मानिँदो रहेनछ । सक्षम,योग्य र सरल भएको कारणले पार्टीभित्र पछाडि पार्नका लागि षड्यन्त्र बुनिँदा रहेछन् । त्यो देख्दा दुःख लाग्छ । ...........विश्व संसदीय इतिहासमा म पहिलो सडक सभामुख हो ।
....... मलाई सभामुख दिएको भए पहिलो महिला सभामुख हुने देशमा नेपालको नाम लेखिन्थ्यो । त्यो अवसरबाट नेपाल चुक्यो । ........ म पढाइमा राम्रो विद्यार्थी थिए । सबैसँग राम्रो मित्रता थियो । सबैलाई पढ्न सिकाउँथे । ........मैले जीवनमा नगरेको एउटै काम भनेको पकाउने हो ।
........ मैले अहिलेसम्म आफ्नो लागि पहिरन किनेको छैन । हाम्रो समुदायमा माइत,मावली,आफन्तको जहाँ गए पनि पहिरन दिने चलन छ । त्यसैले पुगेको छ । ....... विदेशका करिब ४०÷४५ देश पुगेँ होला । देशको पनि करिब करिब सबै जिल्ला टेकेकी छु । ...... अहिले घुम्न जान मन लागेका ठाउँ थुप्रै छन् । ती मध्ये चार धाम एक हो । ....... केही न केही अपर्झट काम आइपरेकै हुन्छ । जनताको सेवा गर्छु भनेर राजनीतिमा आएपछि पव्लिकले भनेको नाइँ भन्न पनि नसकिने रहेछ । त्यसैले फुर्सद नै हुँदैन । ........... पढाइ होस् वा खेलकुद म सेकेन्ड भएको रेकर्ड छैन । जुनै खेलमा पनि भाग लिन्थेँ र भाग लिएको खेलमा फस्ट नै हुन्थेँ । खेलकुदबाट थुप्रै पुरस्कार जितेकी छु । .......पहिले धेरै समयसम्म मैले मोबाइल बोकिनँ । साथीभाइ सबैले यस्तो पनि हुन्छ भनेर गिल्ला गर्न थालेपछि बोक्न थालेँ । मेरा साथी भाइमध्ये सबैभन्दा पछि मोबाइल बोक्ने मै होला ।
....... स्कुलले जीवनमा एक पटक गीत गायन र कविता प्रतियोगितामा पनि प्रथम भएकी थिएँ । ......... भगवान हुनुहुन्छ,जे दिने हो उहाँले दिनुहुन्छ भन्ने सानैदेखि लाग्नेगथ्र्यो । त्यो विश्वास उमेरसँगै झन् गाढा भएको छ । मेरो भगवान प्रतिको विश्वास कहिल्यै घटेन ।Thursday, July 01, 2021
पार्टी ले पाँच पाँच वर्षमा महाधिवेशन गर्नै पर्ने
Tuesday, June 29, 2021
निकास: सुभाष
Saturday, June 26, 2021
के जसपा फुट्नु जरूरी छ?
ठाकुर-महतो पक्षमा भागाभाग : कोही उपेन्द्रतिर, कोही काँग्रेस प्रवेशको तयारीमा पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् । ....... पार्टी आधिकारिकताबारे विवाद चलिरहेको र उपेन्द्र समूहले आधिकारिता पाए र संसद् पुनस्र्थापना भए आफूहरूको सांसद पद नजोगिने भएकाले समानुपातिक तर्फका सांसदहरू उपेन्द्र समूहमा जाने विश्लेषण जसपाभित्र भइरहेको छ । ....... सर्वोच्चको निर्णयबाट पदमुक्त भएका निवर्तमान मन्त्री उमाशंकर अरगरियाले अब काँग्रेसमा जान सक्ने बताएका थिए । शरदसिंह भण्डारीले काँग्रेसमा जान विगतदेखि नै खुट्टा उचालेर बसेका छन् । जसपाको औपचारिक विभाजन भएको अवस्थामा ठाकुर पक्षमा भुकम्प जाने पक्का छ । अब केही दिनमै ठाकुर पक्षमा भागाभाग सुरु हुने देखिन्छ ।
प्रचण्डले भने: हु इज केपी ओली ? अध्यक्ष प्रचण्डले ओलीले अदालतलाई कहिले महान्यायाधिवक्ताबाट त कहिले आफैले थर्काउने गरेको पनि बताए। । एक अर्को प्रसङ्गमा प्रचण्डले भने ‘हु इज केपी ओली ?’
राष्ट्रपतिको भुमिका पार्टीको कार्यकर्ता जस्तो देखियो: देउवा अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर १ महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास आफुहरुको रहेको बताए। देउवाले पाँच दलिय गठबन्धन देश र जनताको हितका लागि भएको भन्दै माधव नेपालको प्रशंसा समेत गरे। उनले भने ‘माधवजी लडाकु मित्र हो । उहालाई हाम्रोबाट कुनै धोका हुदैन । उहाकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ।’
ओलीले आफुलाइ प्रधानमन्त्री बन्न अफर गरेको एमाले नेता माधव नेपालको दाबी ओलीले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव पठाएको तर आफूले स्वीकार नगरेको बताए । ....... एमाले नेता नेपालले भने ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । ओलीले मलाई शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् ।’ भन्ने प्रस्ताव पठाएको खुलासा गरे। ....... ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । यतिमात्र होईन, हस्ताक्षर फिर्ता लिने पक्षमा पनि छैन ।’ ...... ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन,’ उनले भने, ‘प्रचण्ड र हामीबीच फुट ल्याउन उहाँले नेकपामा हुँदा पनि अनेक चाल खेल्नुभएको हो । उहाँ यस्तो खुवी भएको मान्छे हो ।’ ....... ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई पनि यही भएको हो ।’ विश्वमा निर्वाचनबाट पनि तानाशाही जन्मिएको र नेपालमा ओलीको नाममा नयाँ चरित्र पाएको भन्दै उनले भने, ‘केपी ओलीलाई सत्ता भएपछि उहाँले अरु केहिपनी देख्नुहुन्न ।’