3 Idiots (TV series) (Photo credit: Wikipedia) |
मोदी ले शीत युद्ध को mindset त्यागेर नया किसिमले सम्बन्ध निर्माण गर्न खोजेको। ए, १९५० संधि असमान भए जस्तो लाग्यो तपाइँ हरु लाई? ठीक छ त्यस को ठाउँ मा नया सन्धि बनाऊँ भनेको। अरु पनि कुनै त्यस्ता संधि छन जसले तपाइँ हरु लाई अप्ठेरो पारेको छ भने भन्नोस, हामी पुनर्लेखन गरौं, मिलेर गरौं भनेको। कमिटी नै बनाएको। त्यो कमिटी का लागि आखिर नेपाल ले मान्छे नै भेजेन।
मोदी संसारको सबैभन्दा व्यस्त मान्छे। त्यो मैले भनेको होइन, ओबामा ले भनेको। भारतीय हरुले मोदी लाई वोट दिनुपर्यो। अनि मोदी पाए। नेपाल ले मोदी लाई वोट नै नदिएर मोदी पदमा बसेको फाइदा पाउन लागेका थिए। मोदी को इच्छा दिल खोलेर नेपाल लाई दिउँ भन्ने।
त्यो सबै अवरुद्ध पारे नेपालका 3 Idiots ले। नेपाली जनता ले आगामी २० वर्ष सम्म 3 Idiots सँग त्यस कुराको हिसाब मागिरहनु पर्छ। मोदीले नेपाल सँग नया शुरुवात का लागि पहल गर्दा तिमीले किन व्यवधान हालेको भन्दै तीन बाहुन लाई तीन सीट मा झार्नु पर्छ।
आखिर मधेस आंदोलन को माग पुरा गरेर संविधान संसोधन हुन्छ, यो नाटक को अर्को कुनै अन्त्य संभव छैन। त्यहीँ पुग्नु छ भने 3 Idiots ले देश लाई आखिर १५ खरब को चुना किन लगाए? नेपाली जनता ले आगामी २० वर्ष सम्म 3 Idiots सँग त्यस कुराको हिसाब मागिरहनु पर्छ। तीन बाहुन लाई तीन सीट मा झार्नु पर्छ।