सन २०१९ मा म गर्मी याम मा न्यु यॉर्क को क़ुईन्स को कोरोना पार्क मा मधेसी संगठन को पिकनिक मा पुगेको थिएँ। त्यहाँ प्रथम पटक नजर पर्यो जयजी माथि। यस्तो घघरान इंटरप्रेन्योर तर अहिले सम्म मलाई सुइँको पनि नभएको जस्तो लाग्यो।
कल्किवादी घोषणापत्र जो पुस्तक छ अहिले बजारमा त्यो प्रकाशित नहुँदै मैले हेर्ने मौका पाएको हुँ।
इंटरनेट मा जो सुकै ले हेर्न सक्छन। मेरा १०,००० भन्दा बढ़ी ब्लॉग पोस्ट छन। नेपाल को, भारत को, अमेरिका को, दुनिया भरि को शायदै त्यस्तो कुनै राजनीतिक, सामाजिक, आर्थिक समस्या होला जस बारे मैले जिज्ञासा देखाएको छैन होला। ती समस्त समस्या को समाधान मैले पाएँ। कहाँ पाएँ? कल्किवादी घोषणापत्र मा।
त्यो लागु हुन लागेको प्रथम भाग्यशाली देश हुन गइरहेको छ नेपाल।
कल्किवादी घोषणापत्र मा पैसारहित समाज र अर्थतंत्र को परिकल्पना छ। तर त्यसलाई चरणवद्ध रुपमा लागु गर्नुपर्ने छ। अहिले चर्चा मा आएको विषय छ नगद बिनाको अर्थतंत्र र त्यसको बाटो भ्रष्टाचार शुन्य देश, दहेज़ प्रथा समाप्त हुने देश, र सम्पुर्ण नेपाली का लागि मुफ्त मा शिक्षा र स्वास्थ्य।
यसका लागि नेपाल को युवा पिढी जाग्नुपर्छ। अर्को बाटो छैन। भ्रष्टाचार मा चुर्लुम्म डुबेको नेपाल को राजनीतिक वर्ग माथि मलाई आशा छैन। भ्रष्टाचार को अरबौं को डसना बनाएर सुत्ने नेता हरुलाई त्यो डसना खरानी बनाइदिने योजना किन मन पर्नु?
नेपाल का मात्र एक लाख युवाले समस्त नेपाली का लागि निशुल्क शिक्षा र स्वास्थ्य विषय को पक्ष मा दैनिक एक मिनट मात्र आफ्नो सोशल मीडिया मा बोल्न थाल्ने हो भने त्यो सपना साकार हुन्छ।
No comments:
Post a Comment