प्रचण्डको चाहना : एमाले आफैं बाटो लागोस् घटनाक्रमले पनि प्रचण्डको चाहना एमालेसँगको सहकार्य बलियो बनाउने भन्दा पनि कांग्रेस रिझाउनेतिर केन्द्रित रहेको देखिन्छ । त्यसको थालनी भने विश्वासको मत माग्न २५ पुसमा प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेबाट भयो । ..... राप्रपाबाट मन्त्री बनेकाहरुलाई त प्रचण्डले संसदबाटै राजतन्त्रबारे बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका थिए । ‘हामी कुन राजनीतिक विचारधारा बोक्छौं र कसरी आएका छौं भन्ने त सरकार बनिरहँदा नै प्रष्ट थियो नि’, राप्रपाका एक पदाधिकारी भन्छन्, ‘अहिले सत्ता सहकार्यमा अप्ठ्यारो पार्ने काम कसैबाट पनि हुनुहुन्न ।’ ........ १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक विदा दिने निर्णय प्रचण्डले मन्त्रिपरिषद् बैठकबाट गरे । गणतन्त्र स्थापनाको डेढ दशकपछि सत्ता साझेदारबीच सामान्य छलफलसमेत नगरी यस्तो निर्णय लिएको भन्दै राप्रपा असन्तुष्ट बन्यो । ....... माओवादी नेताहरु भने एमाले नेतृत्वप्रति अझै विश्वास गर्ने वातावरण नभएकाले राष्ट्रपतिमा सहमतिको प्रस्ताव आएको बताउँछन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइरहँदा संसदबाटै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय पुष्टि गर्न खोजेकाले राष्ट्रपतिमा सहमति खोज्नुपरेको उनीहरुको तर्क छ । ....... ‘सभामुखमा एमालेभित्र सार्वजनिक रुपमा स्वीकार्य व्यक्तिहरुकै चर्चा थियो । तर केपी ओलीले फुत्त एउटा नाम दिनुभयो’ उनी भन्छन्, ‘भोलि राष्ट्रपतिमा त्यसै गर्नु होला ।’ संविधान र प्राप्त उपलब्धि जोगाउने प्रतिवद्धता भएका व्यक्ति राष्ट्रपतिमा बनाउन गठबन्धन नै बदल्न पनि प्रचण्ड तयार रहेको ती नेता बताउँछन् ।
राष्ट्रपति पदमा कसिलो अडान : कांग्रेस भन्छ- हाम्रैबाट, एमाले भन्छ- आफ्नैबाट पत्रकार सम्मेलन होस् या सार्वजनिक कार्यक्रममा दिने अभिव्यक्ति एमाले र कांग्रेस नेताका लागि राष्ट्रपति पद मसला हुने गरेको छ ।
र्यापर मेयरको रफ राजनीति बालेनको नौ महिने वासलात कालो चस्मा, भाद्गाउँले टोपी, सेतो दौरा-सुरुवालमाथि कालो कोट । २०७९ जेठ १६ गते काठमाडौँ महानगरपालिकाको मेयरको कुर्सीमा बसेर पहिलोपल्ट बालेन्द्र शाह (बालेन)ले भनेका थिए- यो सेलिब्रेसन होइन, शोक मनाउने बेला हो । फोहोर व्यवस्थापन नभएसम्म म खादा र माला लगाउँदिनँ । सेलिब्रेसन गर्दिनँ । अन्तर्वार्ता दिन्नँ । ........ उनले यो पनि भनेका थिए- हाम्रो पहिलो प्राथमिकता फोहोर व्यवस्थापन हुनेछ । काठमाडौँबासीले गरेको ‘पाप’ सिसडोलबासीले भोगिरहेका छन् । हामीले गर्दा उनीहरू क्यान्सर पीडित र छाला रोगी भएका छन् । उनीहरू दिनदिनै मरिरहेका छन् । उनीहरूलाई पनि स्वच्छ हावा र पानीको अधिकार छ । सिसडोलबासीले स्वस्थ जीवन बाँच्न पाउने अधिकार पूरा नभएसम्म अरु केही गर्दैनौँ । ....... झिँगा भन्किरहेको फोहोरको थुप्रोमाथि बसेर मेयर बालेनले यो पनि भनेका थिए, ‘म स्वतन्त्र व्यक्ति हुँ । कुनै पार्टीको केही लाग्दैन । कसैसँग साँठगाँठ गरिरहनु पर्दैन । म मेयर बन्नुपर्दैनथ्यो । पत्रिकामा देख्नु नै भयो होला, मसँग ७०-८० बिघा जमिन भएको के-के कुरा आइरहेको थियो । म इन्जिनियर हुँ । महिनाको साढे तीन लाख रुपैयाँ तलब खाने मान्छे हुँ । मलाई काम गर्न दिनुस् ।’ उनको यो प्रतिबद्धतामा स्थानीयहरूले खुसी हुँदै ताली पिटेका थिए । ......... महानगरको पहलमा बानेश्वर, बागबजार, बौद्ध, मैतीदेवी, दरबारमार्ग लगायतका पार्किङ हट्यो । फुटपाथ व्यापारीहरू सडकबाट बढारिए । ....... जनप्रतिनिधि बालेन यसको जवाफ दिन जरुरी ठान्दैनन् । उनी फोन उठाउँदैनन्, अन्तर्वार्ता दिँदैनन् । ........ दुई वर्षलाई भनेर फ्याँक्न थालिएको फोहोर १७ वर्षसम्म फ्याँकियो । सिसडोलमा फोहोरको पहाड बनेको छ । फोहोरका गाडीहरू बञ्चरेलाई दोस्रो सिसडोल बनाउने यात्रामा गुडिरहेका देखिन्छन् । सिसडोलमा फोहोर फ्याँक्न छाडेको नौ महिना बितिसिक्दा पनि पहाडबाट लिच्चड चुहिन छाडेको छैन । गाउँ गन्हाउन बन्द भएको छैन । सिसडोलबासीलाई झिँगाले छाडेका छैनन् । ......... फोहोरको बाफले आगो लगाएसरि डढेको छ । जे रोपे पनि उब्जिँदैन । त्यत्रो वर्ष फालेको फाहोरले हामीलाई यत्तिकै कहाँ छाड्ला र ?’ ........ फोहोर फ्याँक्न पाइँदैन भन्दै यहाँ बेला-बेला आन्दोलन चर्किन्छ । स्थानीयहरू गुलेली बोकेर बाटो छेक्न थाल्छन् । लाठी र बन्दुक बोकेका सुरक्षाकर्मीको स्कटिङमा फोहोरको गाडी आउँछ । दुईबीच झडप हुन्छ । झडप हुने केन्द्र स्थान लक्ष्मी र रत्नबहादुरकै घर हो । आन्दोलन चर्किंदा उनीहरूको घरको छानामा ढुङ्गा बर्सिन्छ । ढुङ्गाबाट जोगिन सुरक्षाकर्मीहरू उनीहरूकै घरमा ओत लाग्छन् । चारैतिरबाट उनीहरूप्रतिको आक्रोश घरको छानामा पोखिन्छ । .......... जाडो महिना भए पनि जताततै झिँगा भन्किएका छन् । गाडी एकछिन जाममा पर्दा लिच्चड चुहिन्छ । गन्हाएर बस्नै नसक्ने हुन्छ । ‘धुलो उड्यो भने कहिलेकाहीँ यसो पानी हाले जस्तो गर्छन्,’ उनले सुनाए, ‘कर्मचारी त आउँछन्, तलब पकाउँछन्, जान्छन् । सास्ती हामीले भोग्नुपरेको छ । ........ दिनको तीनपटक औषधी हाल्दा पनि झिँगाले छाड्दैन । पालेका कुखरा रोगाएर खत्तम भइसके । बोटबिरुवा र जीवजन्तुलाई त्यति असर गरेको छ भने हामी मान्छेलाई केही भएको छैन होला ?’ ......... त्यसबेला कम लगानीमा लक्ष्मीले गर्न सक्ने एउटै काम थियो, फुटपाथमा तरकारी व्यापार । तर, केही महिनाअघि महानगरले सडक बढार्दा, उनीहरू पनि बढारिए । उनीजस्ता थुपै फुटपाथ व्यापारी बेरोजगार बने । ........ सटरमा तरकारी महँगो होला भनेर ग्राहकहरू हत्तपत्त छिर्दैनन् ....... ‘तरकारीमा सटरको भाडा पनि जोडेको होला भनेर मान्छेहरू खासै किन्न आउँदैनन्,’ उनले भनिन्, ‘अरुको त के कुरा गर्नु हामीलाई डन्डा लगाएर लखेट्ने तिनै महानगरका प्रहरीहरू सटरमा तरकारी किन्न आउँदैनन् । उनीहरू आफैँ सडकपेटी र ठेलागाडा खोज्दै हिँड्छन् ।’....... काठमाडौँ महानगरपालिकामा यसपटक भने युवा उम्मेदवारलाई देखेर लक्ष्मी जस्ता थुप्रै फुटपाथ व्यापारीमा एक किसिमको आशा पलाएको थियो । तर, त्यो आशा बेच्न राखेको तरकारी महानगर प्रहरीले सडकभरि असरल्ल पारेसँगै मर्यो । ‘चोरेर ल्याएको सामान जसरी घिसारेर, लतारेर लैजाँदा दु:ख लाग्छ,’ लक्ष्मीले दुखेसो पोखिन्, ‘हामीलाई यो देशको मान्छे नै होइन जस्तो व्यवहार गर्छन् । सडक छाडेर यो उमेरमा जागिर खोज्न कहाँ जानु ?’ .......... लक्ष्मीलाई लाग्छ- गरिबको व्यथा बुझ्ने नेता जनताले कहिल्यै पाएनन् । उनका थुप्रै साथी गरिखान नपाएर डिप्रेसनमा गएका छन् । उनी आफैँ कुनै समय निकै अप्ठ्यारोमा थिइन् । ‘कति दिन त निद्रै परेन,’ उनले सम्झिइन्, ‘कहाँ जाने, के खाने भन्ने पीडाले सताइरहन्थ्यो । धनीहरू त भाटभटेनी जालान्, होलसेल धाउलान् । गरिबहरू कहाँ जाने ?’ फुटपाथ हटाएपछि धेरैले लक्ष्मी र उनका फुटपाथ व्यापारी साथीहरूलाई भने, ‘काठमाडौँमै किन बस्नु ? गरिखान नसके आफ्नै गाउँ फर्किनु नि ।’ उनीहरूलाई लक्ष्मीहरूको साझा प्रश्न छ- राजधानी तिमीहरूको मात्रै हो र ? ......... ‘आफूजस्तो अनपढ बच्चालाई बनाउनु भएन भनेर सहर आइयो,’ उनले भनिन्, ‘उनीहरूलाई कापी र सिसाकलकम किन्दिन सकिएला कि भनेर दु:खजिलो गरेका हौँ । गाउँमा दु:ख गरे पेट मात्रै भरिन्छ, पैसाको मुख देखिँदैन ।’ ........ महानगरलाई कौशिलाको प्रश्न छ- बानेश्वरको फुटपाथ हटाएर के परिवर्तन भयो ? के सुधार भयो ? हामीलाई हटाएर बानेश्वर अब अमेरिका हुन्छ कि स्विट्जरल्यान्ड ? फुटपाथ त त्यहाँ पनि हुन्छ नि हैन र ? ...... ‘समात्ने नै भए चोर, डाँका, गुण्डा र लफङ्गालाई समात । देश बेचुवालाई समात । सुन तस्करी गर्नेलाई समात । बलात्कार गर्ने र मान्छे मार्नेलाई समात, गरिब गुर्जालाई समातेर के हुन्छ ?,’ उनी थप्छिन् । ........ मंसिर १२ गते महानगरको डोजर थापाथलीको सुकुम्बासी बस्तीमा छिर्दा पवित्रा श्रीमान्को काजकिरियामा व्यस्त थिइन् । आठौँ दिनको ‘पुण्यतिथि’का लागि घरमा पुरेत आएका थिए । दु:खमा साथ र समवेदना प्रकट गर्न आएका आफन्त र शुभचिन्तकहरूले घर भरिएको थियो । श्रीमान् गुमाउनुको पीडा एकातिर थियो । त्यही बेला अकस्मात् बस्तीमा डोजर छिरेपछि के गर्ने, उनले सोच्नै सकिनन् । मंसिर १२ गते महानगरको डोजर थापाथलीको सुकुम्बासी बस्तीमा छिर्दा पवित्रा श्रीमान्को काजकिरियामा व्यस्त थिइन् । आठौँ दिनको ‘पुण्यतिथि’का लागि घरमा पुरेत आएका थिए । दु:खमा साथ र समवेदना प्रकट गर्न आएका आफन्त र शुभचिन्तकहरूले घर भरिएको थियो । श्रीमान् गुमाउनुको पीडा एकातिर थियो । त्यही बेला अकस्मात् बस्तीमा डोजर छिरेपछि के गर्ने, उनले सोच्नै सकिनन् । ............ आफ्नो कमाइले घर धान्न र भाडा तिर्न मुस्किल भएपछि पवित्रा थापाथलीको सुकुम्बासी बस्तीमा बस्न थालिन् । ‘जग्गा किन्ने पैसा थिएन,’ उनले सुनाइन्, ‘सबै परिवार एकै ठाउँमा बस्ने भनेर श्रीमान्ले विदेशबाट ल्याएको पैसाले यहीँ सानो बास बनायौँ ।’ ........ यसपटक काठमाडौँमा युवा मेयर पाएर उनलाई आफ्नो कुरा सुन्ने मान्छे पाएजस्तो भएको थियो । तर, उनले पनि गरिब र दु:खीको कुरा नसुनेको पवित्राको गुनासो छ । ‘चुनावका बेला भोट दिनुभयो भने सुकुम्बासीलाई राम्रो गर्छौं, लालपुर्जा दिन्छौँ भन्छन्,’ उनले भनिन्, ‘यसपटक त झन् युवक मेयरप्रति धेरै आशा थियो । नयाँ मान्छले केही गर्ला भनेर लौरोमा भोट हाल्यौँ । अहिले त्यही लौरोले हामीलाई लखेटिरहेको छ ।’ ......... उनले थपिन्, ‘मेयरसापले हामीलाई हटाएर सहर सफा बनाउन खोज्नुभएको होला । मान्छेबिनाको सफा सहर कस्तो हुन्छ ? आफू जस्तै सधैँ कालो चस्मा र कोट लगाएर हिँड्नेलाई मात्र उहाँले मान्छे गन्नुभयो । जनतालाई कसरी सफा र कसरी खुसी राख्ने उहाँले सोच्नुभएन । हामीलाई गन्नुभएन ।’ ........... ‘जाडो महिना भएकाले एउटा सिरक चाहिँ राति ओड्न चाहिन्छ भनेर निकालेँ,’ उनले सुनाइन्, ‘अरु सामान निकाल्न नसकेपछि जेसुकै होस् भनेर छाडिदिएँ ।’ ......... ‘उता जग्गा-जमिन थिएन,’ उनले भनिन्, ‘मेलापात गरेर जीवन धान्नै मुस्किल थियो । यहाँ पनि मजदुरी गरेको पैसाले भाडा तिर्न र छोराछोरी पढाउन गाह्रो भएपछि सुकुम्बासी बस्तीमा बस्न थाल्यौँ ।’ ........ सुकुम्बासी बस्तीमा बस्नु आफ्नो रहर नभई बाध्यता भएको उनले बताइन् । ‘नत्र यस्तो गन्हाउने खोलाको छेउमा बस्ने रहर कसलाई नै हुन्छ र,’ उनले सुनाइन्, ‘नयाँ नेताले दीगो बास दिलाउलान् भनेको उठिबास चाहिँ लगाउने भए ।’ ............ जय नेपाल हलको प्रांगण खनेर उत्खनन गरिएको टुकुचा खोला अलपत्र छ । त्यहाँ वरपरको जमिन भासिन थालेको छ । खोलाको वरिपरिको क्षेत्र भासिँदै जाँदा फुटपाथ प्रयोग गर्न नमिल्ने भएको छ । .......... ‘अहिले नै यसरी भासिँदै गइसक्यो, बर्खामा के होला ?,’ उनी भन्छन्, ‘बाढी आउला, रोड भासिएला, वरपरका घर बस्नै नसकिने बन्लान्, यसको जिम्मेवारी कसले लिने ?’ ....... ‘भत्काउनुपर्छ भनेर डोजर पठाउनेले भत्काइसकेपछि के गर्ने भनेर योजना पनि त बनाउनुपर्यो नि,’ उनी थप्छन्, ‘यहाँ सवारी दुर्घटना भयो, कोही मान्छे चिप्लिएर लड्यो भने त्यसको जिम्मा महानगरले लिनुपर्छ ।’ ......... उच्च अदालत पाटनले टुकुचामाथि बनेका संरचना भत्काउने महानगरको काममा रोक लगाएको छ । महानगरविरुद्ध परेको रिटमा उच्च अदालतले ‘स्टे अर्डर’को आदेश दिएको छ । त्यसको पूर्णपाठ भने आइसकेको छैन । ............. उनले बालेन्द्र निर्वाचित भएपछि ‘द न्युयोर्क टाइम्स’ र एक दुईओटा अन्य मिडियामा मात्रै अन्तर्वार्ता दिएको प्रसंग निकाले । काममा डिस्टर्ब नहोस् भनेर अन्तर्वार्ता नदिएको भन्ने उनको आशय थियो । यसलाई प्रस्ट्याउँदै उनले भने, ‘मेयरको काम धेरै हुँदो रहेछ । अन्तर्वार्ताले काम गर्नै भ्याइँदो रहेनछ । एउटालाई दिएपछि सबैलाई दिनुपर्यो । उहाँ मिडियामा खर्चिने समय काममा लगाइरहनुभएको छ ।’ ............... स्थानीय सरकार सञ्चालन ऐनले खोला छेउको बस्ती हटाउने अधिकार महानगरलाई दिएको छ,’ उनले भने, ‘हाम्रो काम अनधिकृत संरचनामा डोजर लगाउने हो । महानगरले त्यहाँका मान्छे हटाएर व्यवस्थापन गर्न तयार छ । सम्बन्धित मन्त्रालयसँग कुरा भइसकेको छ ।’ महानगरले उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता विकाससँग मिलेर करिडोर खोल्ने, छेउमा पार्क बनाउनेलगायतका काम गर्न लागेको उनले बताए । ............ बस्तीले गर्दा सडकमा जामको समस्या बढेको छ,’ उनले सुनाए, ‘ढल रोकिएको छ । बेतिथि छ । बिजुली बत्ती चोरेर लगेका छन् । त्यो बाटो सामान्य मान्छे बिहान-बेलुका हिँड्नै डरमर्दो छ । विभिन्न समस्याबाट वडा आजित छ ।’ ........... ‘कुनै पनि नगरपालिकामा फुटपाथ व्यवसाय गर्नु गैरकानुनी काम हो,’ उनले भने, ‘अहिले आएर यसलाई किन मुद्दा बनाइयो, थाहा छैन । अन्य नगरपालिकाले फुटपाथमा व्यापार गर्न दिएका छन् भने त्यो गैरकानुनी हो ।’ फुटपाथ व्यापारीलाई हटाएपछि महानगरका सडकपेटी हिँड्न लायक भएको स्वीकार्न उनले आग्रह गरे । ......... भूपदेवलाई हामीले महानगरले गरिबका बस्ती र व्यवसाय उठाउनेबाहेक के काम गरिरहेको छ ? जिज्ञासा राख्यौँ । उनले महानगरले गरिरहेको दर्जनभन्दा बढी कामको फेहरिस्त सुनाए- हेल्प डेस्क, साना गल्लीहरूका लागि वाटर हाइड्रेन्ट, सडक बत्तीबारे सम्झौता, सडक र फुटपाथ मर्मत, पार्किङ र ट्राफिक व्यवस्थापन, स्वास्थ्य क्लिनिक, स्मार्ट ट्वाइलेटलगायतमा पहल भइरहेको बताए । ......... डिजिटलाइजेसन, सार्वजनिक जग्गा संरक्षण र होर्डिङबोर्ड व्यवस्थापनबारे पनि उनले खुलेरै प्रस्तुत भए । . ...... ‘अबको केही समयमै तपाईंहरूले महानगरको भित्ता-भित्तामा एकता, समानता, सहरको मौलिकता झल्किने पेन्टिङ देख्नु हुनेछ ।’ ........ आफू स्वयं बालेनसँग जोडिएको धेरै नभएको उनले बताए । विवेकशील साझाबाट अलग्गिएर बसिरहेको बेला उनको भेट बालेनसँग भएको रहेछ । सोही सिलसिलामा उनीसँग सहकार्य गर्न पुगेका रहेछन् । ....... उनले बालेनको पृष्ठभूमि बुझ्न एउटा बायोडाटा पठाइदिए । त्यसमा बालेनले विगतमा गरेका २७ वटा कामको लिस्ट थियो । त्यसमा उनले बनाएका भवन र पुलको लिस्टसँगै डिजाइन गरेका हस्पिटल, कलेज र पालिकाको भवनको नाम थियो । .......... बालेनलाई जिताउन उनका साथीहरू कुमार बेन, भिक्टर पौडेल, रविन भारती, गणेश कार्कीलगायतले नजिकबाट सहयोग गरका थिए । बालेनले दशकौँ लगाएर पार्टी संगठन बनाएका दलका नेतालाई बिनासंगठन हराउँदा धेरै आश्चर्यचकित भएका थिए । ........ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालमै लेखेका थिए, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर, संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन । अत: निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’ .........
No comments:
Post a Comment