Saturday, November 19, 2022

19: Russia



मौन अवधिमा फुर्सदिला ओली, पत्नीलाई भान्सामा सघाउँदै
जब इन्दिरा गान्धीले अमेरिकी राष्ट्रपतिसँग नाच्न अस्वीकार गरिन्
प्रदर्शनकारीद्वारा इरानमा आयतोल्लाह खोमेनीको घरमा आगजनी
रुसले मिसाइल आक्रमण तीव्र बनाएपछि युक्रेनका आधा विद्युत प्रणाली निस्प्रभावी
के संसार तेस्रो विश्वयुद्धको संघारमा पुगेकै हो? पहिलो प्रश्न, के ताइवान र युक्रेनको आत्मरक्षाको अधिकारका पक्षमा तेस्रो विश्वयुद्धको खतरा लिनु उचित छ (यदि यो उचित हो भने त्यसका लागि के विश्व समुदाय तयार छ) ? दोस्रो, के विश्व प्रेस÷मिडियाद्वारा युद्धका लागि ‘सहमति निर्माण’ कानुनी र नैतिक रूपमा उचित छ ? तेस्रो, नोबेल शान्ति पुरस्कार विजेताहरू शान्तिको पक्षमा किन बोल्दैनन् ? ......... युक्रेनमा रुसी आक्रमण अवैध छ, जसरी इराकमा २००३ मा अमेरिकी आक्रमण अवैध थियो । इराकसँग आमविनाशकारी हतियार छन् भन्ने बहानामा इराक युद्ध गरिएको थियो । ...... वास्तवमा, अमेरिका र रुसले नै सबैभन्दा बढी अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खलल पु¥याइरहेका छन् । समग्रमा बढ्दो विश्वव्यापी असुरक्षा सुरक्षा परिषद्को असफलताको कारण र परिणाम हो । ....... धेरै विज्ञ चीन–ताइवान र रुस–युक्रेन अवस्थालाई सन् १९६२ को क्युवाली मिसाइल संकटसँग तुलना गर्छन् । त्यतिवेला र अहिलेको फरक यत्ति हो कि अहिले संकट रुस र चीनको ढोकामा छ । त्यसवेला क्युवामा रुसी मिसाइल अमेरिकाको ढोकामा थियो । ....... परमाणु युद्ध यस्तो चरम परिदृश्य हो, जहाँ कसैको पनि बाँच्ने कुनै ग्यारेन्टी हुँदैन । ......... अमेरिकाको तुलनामा चीन आर्थिक रूपमा शक्तिशाली हुँदै गएकाले अमेरिकी ‘औद्योगिक सैन्य–कम्प्लेक्स’ले चीनसँग लड्न तयारी गरिरहेको छ । ताइवानका सन्दर्भमा केभिन रुड (‘द अभाइडेबल वार’, २०२२) लेख्छन्, ‘चीन र अमेरिकाबीचको युद्ध घातक र विनाशकारी हुनेछ ।’ चीन र अमेरिकाको भूराजनीतिक संकट अझै पनि टाढिन सक्नेछ र दुवै मुलुकले ‘रणनीतिक प्रतिस्पर्धाको माध्यमबाट आफ्नो मूल स्वार्थलाई धोका नदिई सह–अस्तित्वको बाटो खोज्नुपर्छ ।’ ......... दोस्रो प्रश्न हेर्दा आज विश्वमा वस्तुनिष्ठ, स्वतन्त्र र तटस्थ मिडिया फेला पार्न दुर्लभ बन्दै गएको छ । एडवर्ड हर्मन र नोम चोम्स्कीको ‘सहमति उत्पादन’ युद्धहरूका लागि सहमति सिर्जना गर्ने वास्तविकता भएको छ । केही सम्मानजनक अपवादबाहेक अधिकांश पश्चिमी मिडियाले युद्धलाई वैधानिकता दिइरहेका छन् । ........ नोबेल शान्ति पुरस्कारलाई ‘राजनीतिक रूपमा उत्प्रेरित, समयपूर्व वा शान्ति भनेको के हो भन्ने गलत परिभाषाद्वारा निर्देशित भएको’ आदि आरोप छन् । महात्मा गान्धीलाई कहिल्यै यो पुरस्कार दिइएन । जाँ–पल सात्र्रले १९६४ मा साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरे । ......... अहिले शान्ति र निःशस्त्रीकरणका लागि बोल्ने बट्र्रान्ड रसल र जाँ पल सात्र्र छैनन् । नोम चोम्स्कीले रुस–युक्रेन युद्धको सुरुवातदेखि नै शान्तिको आह्वान गर्दै आएका छन् । हेनरी किसिंगर भरपर्दा छैनन्, जेफ्री साक्स र केभिन रुड उपयोगी ज्ञान बताइरहेका छन् । शान्तिको आवाज पहिलेभन्दा बढी महत्वपूर्ण हुँदै गइरहेको छ । .

नजिकिँदो निर्वाचन र जनतामा व्याप्त निराशा संसदीय व्यवस्था, आमचुनाव र मुलुकको उन्नति र समृद्धिबारे जनतामा व्याप्त निराशाले चुनावमा भोट दिएर के नै हुन्छ र भन्ने परेको छ

No comments: