Wednesday, October 19, 2022

19: Rishi Sunak



डा. प्रसन्न जो घरदैलोको क्रममा गर्छन् बिरामीको चेकजाँच
खर्बको ठेक्का लगाएर एक अर्ब कमिशन असुल्दै मन्त्री राई ! काम सम्पन्न भएपछि बिलको पेमेन्ट हुँदा भने ५ देखि १० प्रतिशतसम्म कमिशन दिने गरेको बताइन्छ ।
आफ्नो अन्तर्आत्माको आवाज सुनेर मतदाताले मतदान गर्नुपर्छ : ई.सत्यनारायण साह
‘मधेशको सम्मानका लागि जनमत पार्टी एक्लै उभिएको छ’

निर्वाचन कसले जित्छ? दलहरूले यस पालि प्रत्यक्षतर्फको उम्मेदवार छनोटको मापदण्ड तय गर्दा जित्न सक्नेलाई सिफारिस गर्नका लागि आफ्ना तल्ला निकायहरूलाई निर्देशन दिएका थिए । आखिर यो जित्न सक्ने भनेको के हो ? ........ पहिलो, दलित समुदायका उम्मेदवारहरूले अपवादबाहेक निर्वाचन जित्दा रहेनछन् । दोस्रो, अत्यन्त थोरै सङ्ख्याका महिलाहरू मात्र विजयी हुने रहेछन् । यी दुवै कुरा पञ्चायतकाल र प्रजातान्त्रिक कालमा उस्तै रहेको पाइयो भने, तराई र पहाडका जिल्लाबीच पनि भिन्नता पाइएन । तेस्रो, मधेशी नेताहरूले मधेशी समुदायको बाहुल्य भएका जिल्लाहरूबाट मात्र निर्वाचन जित्दा रहेछन् । थारू, मुसलमान र धेरै हदसम्म जनजाति समुदायका नेताहरूले तत्तत् क्षेत्रबाट मात्र जित हासिल गर्दा रहेछन् जहाँ यिनै समुदायको जनसाङ्ख्यिक बाहुल्य रहेको हुन्छ । चौथो, बाहुन–क्षत्री समुदायका पुरुष नेताहरूले हिमाल, पहाड, तराईका जुनै जिल्लाबाट पनि निर्वाचन जित्ने गरेका प्रशस्तै उदाहरण छन् । पाँचौं, पञ्चायतकालभरि राष्ट्रिय पञ्चायतमा क्षत्री र ठकुरीहरूको प्रतिनिधित्व अधिक थियो भने, प्रजातान्त्रिक काल (२०४८, २०५१ र २०५६ साल) मा भएका निर्वाचनहरूमा बाहुनको प्रतिनिधित्व बढी थियो । छैटौं, २००४ सालदेखि २०५६ सालसम्मका विधायिका (राष्ट्रिय पञ्चायत र प्रतिनिधिसभा) मा सामुदायिक प्रतिनिधित्वको कोणबाट हेर्दा लगभग दुईतिहाइ (६५ प्रतिशत) खस–आर्य र बाँकी एकतिहाइमा जनजाति र मधेशीको प्रतिनिधित्व हुने गर्थ्यो । सातौं, २०६४ सालमा समानुपातिक निर्वाचन प्रणाली अपनाइएपछि पहिलो पटक पहिलो संविधानसभामा एकतिहाइ मधेशी र एकतिहाइ जनजाति प्रतिनिधित्व भएको थियो । साथै, नेपालको इतिहासमा पहिलो पटक खस–आर्यको प्रतिनिधित्व घटेर एकतिहाइमा समेटिएको थियो । खासमा यो सबै समुदायको जनसङ्ख्याको अनुपातसँग ठ्याक्कै मिल्दोजुल्दो थियो । आठौं, समानुपातिक निर्वाचन प्रणालीकै कारण पहिलो संविधानसभामा दलित समुदायका ५१ जना र लगभग २ सय महिलाको प्रतिनिधित्व सम्भव भएको थियो । नवौं, तथ्याङ्कको मसिनो विश्लेषणले भन्छ— पञ्चायतकालदेखि प्रजातान्त्रिक कालसम्म तराई मधेशको राजनीतिमा यादव, वैश्य र थारू समुदायका थोरै उम्मेदवारले निर्वाचन जित्थे भने, पहाडे समुदाय र मधेशी उच्च जातका अधिकांश उम्मेदवारहरूले जित्नुका साथै राजनीतिमा नियन्त्रण पनि कायम राखेका थिए । दसौं, २०६४ सालको निर्वाचनयता राजनीतिक समीकरणमा केही फेरबदल भएको छ । कोर मधेश क्षेत्रमा (अहिलेको मधेश प्रदेशमा) निर्वाचन जित्ने पहाडे समुदायका उम्मेदवारहरूको सङ्ख्या घटेको छ । मधेशी उच्च जातका मानिसहरूको वर्चस्व कम भएको छ । यादव र वैश्य समुदायको प्रतिनिधित्व बढ्नुका साथै तिनले राजनीतिमा नियन्त्रणकारी भूमिका पाउँदै गएका छन् । तर, अहिले पनि दलितले निर्वाचन जित्न असम्भवप्रायः छ । राजनीतिमा महिलाको पहुँच बढेको देखिए पनि सीमित सम्भ्रान्त परिवारका महिलाहरूले मात्र त्यसको फाइदा लिन सकेका छन् । मुसलमान समुदायको प्रतिनिधित्व अत्यन्त सीमित छ । ......... ग्रामीण समाजमा आम मानिसले कसैलाई किन मत दिन्छन् भने सन्दर्भमा भारतीय राजनीतिशास्त्री भी. लालनीको तर्क मधेशी समाजमा ठ्याक्कै लागू हुँदो रहेछ । लालनीले भारतको ग्रामीण समाजले कसलाई र केका आधारमा नेता छनोट गर्छन् भन्ने विषयमा विद्यावारिधि गरेर पुस्तक प्रकाशन गरेका छन्, जसमा उनले भारतको ग्रामीण समाजलाई मूलतः सामन्ती समाज भनेका छन् । त्यहाँ मानिसहरूबीचको सम्बन्ध बराबरीमा होइन, बरु संरक्षक र संरक्षित (प्याट्रोन–क्लाइन्ट) प्रकारको हुन्छ भन्दै त्यस्तो समाजमा आम मानिसले मूलतः पाँच आधारमा मतदान गर्ने गरेको उनको तर्क छ । पहिलो, आम मानिसले संरक्षक व्यक्तिलाई भोट दिन बढी रुचाउँछन् जो स्वाभाविक रूपमा धनी परिवारका हुन्छन् । दोस्रो, उच्च जातका मानिसलाई । तेस्रो, स्थानीय अदालत र प्रहरी कार्यालयहरूमा सम्पर्क भएका वा काम गराउन सक्नेलाई । चौथो, आफ्नो घरमा हुने विवाह, व्रतबन्ध, जन्म र मृत्युजस्ता पारिवारिक कार्यक्रमहरूमा उपस्थित हुने व्यक्तिलाई । र पाँचौं, स्थानीय मिडियामा देखिइरहने अनुहारलाई । ..........

मधेशमा नेताले सबैभन्दा बढी गर्नुपर्ने काम भनेकै स्थानीय प्रहरी–प्रशासनमा भनसुनको हुँदो रहेछ ।

प्रहरी–प्रशासनमा भनसुन गर्न सक्ने क्षमता दुई प्रकारका मानिसमा बढी हुँदो रहेछ । पहिलो, केन्द्रीय सत्तामा पहुँच भएको जसमा कांग्रेस वा एमालेका नेताहरू पर्छन् । दोस्रो, बाहुन–क्षत्री समुदायका मानिसहरू जसको प्रहरी–प्रशासनमा सामाजिक कारणले राम्रो सम्बन्ध रहेको हुन्छ । मधेशमा यी दुई कारणले नेताहरूको प्रभाव जताततै देख्न सकिन्छ । ............ भारतमा निर्वाचन जित्नलाई विभिन्न छ पक्षको बराबर भूमिका हुन्छ । पहिलो, उम्मेदवारको जात र धर्म । दोस्रो, पारिवारिक पृष्ठभूमि । तेस्रो, स्थानीय सार्वजनिक एवं जनकल्याणका कार्यमा ती परिवारको योगदान । चौथो, सत्तामा रहँदाका बेला उसको पार्टीले महँगी नियन्त्रणमा खेलेको भूमिका । पाँचौं, उम्मेदवार आफैं वा उसको पार्टी भ्रष्टाचारमा मुछिएको छ वा छैन । र छैटौं, सत्तामा रहँदा उम्मेदवार वा उसको पार्टीले विकास–निर्माण कस्तो गरेको थियो । यी पक्षहरूलाई जाँचको विषयजस्तो मान्ने हो भने सबैमा कम्तीमा उत्तीर्णांक ल्याउनेले मात्र निर्वाचन जित्ने गरेको उनको तर्क छ । ........... सन् १९८० यताका विभिन्न मुख्यमन्त्रीका कार्यकालको तुलनात्मक अध्ययन गर्दा आफ्नो कार्यकालमा आठ प्रतिशतभन्दा बढी वृद्धिदर कायम गर्न सफल भएका २७ मुख्यमन्त्रीमध्ये आधाले लगत्तैको निर्वाचन हारेको तथ्याङ्क पनि उनी बारम्बार उल्लेख गर्छन् । उनको तर्क छ— केवल विकास गरेकै कारण निर्वाचन जित्न नसकिने रहेछ । ........ अहिले मधेशको राजनीतिमा डा. सीके राउतको जस्तो चर्चा छ, राष्ट्रिय राजनीतिमा डा. स्वर्णिम वाग्ले, डा. विश्व पौडेलको पनि उस्तै चर्चा छ । विगत तीन दशकदेखि डा. बाबुराम भट्टराई, डा. रामशरण महतहरू चर्चित रहिरहनुमा अन्य कुराका साथै उहाँहरूको पीएचडी डिग्री पनि एउटा महत्त्वपूर्ण पक्ष रहिआएको छ । पञ्चायतकालमा प्रकाशचन्द्र लोहनी, पशुपति राणा, यादवप्रसाद पन्त आदि त्यस्तै नेता हुन् जो डिग्री र पढेका विश्वविद्यालयका कारण पनि चर्चामा हुन्थे, छन् । ........ सामाजिक पुँजी, सांस्कृतिक पुँजी र साङ्केतिक पुँजी । ...... सामाजिक पुँजीको अर्थ समाजमा व्यक्तिको जनसम्पर्कलाई लिइन्छ । सांस्कृतिक पुँजी भनेको निजी र सार्वजनिक जीवनमा गर्ने व्यवहार, कुराकानी, अन्तर्वार्तामा प्रस्तुति; पोसाक लगाउने तौरतरिका; राजनीतिक खेलको नियम बुझ्ने क्षमताजस्ता संस्कारगत पक्षहरूलाई लिइन्छ । साङ्केतिक पुँजी व्यक्तिविशेषको मानपदवी, पदप्रतिष्ठा र शिक्षादीक्षा, पढेको विश्वविद्यालयजस्ता कुराहरूसँग जोडिएको हुन्छ । यदि कुनै व्यक्ति कुनै ठूलो पदमा छ, धेरै पढेलेखेको छ वा विदेशको विख्यात शिक्षालयमा पढेको छ भने उसको साङ्केतिक पुँजी बलियो मानिन्छ । .......... विश्वासको कालखण्ड, आक्रोशको कालखण्ड र सुझबुझको कालखण्ड । ........ सन् २००२ यता भारतीय मतदाताहरूले बडो सुझबुझका साथ मतदान गर्न थालेका छन् । राम्रो काम गरेको सत्तापक्षले निरन्तरता पाउँछ भने कमजोर प्रदर्शन गर्ने सरकार फेरिन्छ । सुझबुझको यो कालखण्डमा राष्ट्रिय लहरभन्दा पनि प्रान्तीय सरकारहरूको प्रदर्शनका आधारमा गठबन्धनले मत पाउने गरेको रोयको तर्क छ ।


कस्तो सहर बनाउने बालेन? नेवाः सभ्यताको मर्म, सभ्यता अनुसार बनेका बस्ती र सहरको विशिष्टतालाई बेवास्ता गर्दै नवधनाढ्य गाडीवाला, गाडीका व्यापारी र लगानीकर्ता बैंक समूहको हित साधन गर्ने गरी भएको सडक विस्तारले हाम्रा नीति–निर्माताहरूको सांस्कृतिक दरिद्रता र हेपाहापनलाई नै उजागर गरेको छ ।

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित दलित समुदायका खड्गे कर्नाटका राज्यका बासिन्दा हुन् । ८० वर्षका खड्गे ...... उनले पार्टीलाई पुनर्संरचना गर्ने बताएका छन् । केन्द्रमा कम्तीमा आधा नेताहरू ५० वर्षभन्दा कम उमेरका हुने पनि बताएका छन् ।
नारायणकाजीको टिप्पणी- 'कहिलेकाहीँ कांग्रेस एउटा हैन, ३ पार्टीजस्तो लाग्छ'
पञ्चायतदेखि गणतन्त्रसम्म सूर्यबहादुर कसरी सर्वस्वीकार्य? ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ ........ त्यहाँ उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र स्वर्गीय थापाको प्रशंसा गरेनन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लोपटक राजनीतिक अभिभावकको अनुभूति गरेको सुनाउन भ्याए। ....... पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियाको पछिल्लो कालखण्डमा संवाद र सहमतिका सन्दर्भमा थापालाई राजनीतिक गुरु नै मानेको बताए। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि थापाको मुक्तकण्ठले प्रशंसा गरे। पञ्चायतदेखि गणतन्त्रसम्म नेपाली राजनीतिको शीर्ष स्थानमा रहेका र सधैँ परिवर्तनलाई आत्मसात् गरेका, उदारवादी सोचका हिमायती थापालाई उनको निधनपछि मात्र होइन, उनी जीवित छँदा पनि राजनीतिक वृत्तले आत्मसात् गरेको थियो । उनी यस्ता सर्वस्वीकार्य राजनीतिक पात्र थिए, जसको निमन्त्रणामा राजनीतिका चार दिशातिर फर्केका दलका नेता सहज रूपमा मालीगाउँ पुग्थे र राजनीतिक दीक्षा लिन्थे। ........ डेढ दशक लगाएर तयार भएको पुस्तक उनका छोरा सुनीलबहादुर थापा, नाति सिद्धार्थ थापाको अनवरत जोडबलमा प्रकाशित भएको छ। ...... किताब लेखनमा संलग्न भएका लेखकले ०६५ बाट करिब चार वर्ष तीन सय १० घन्टा कुराकानी गरी पुस्तक तयार भएको थियो। ....... थापाले राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको कार्यकालमा पाँचपटक प्रधानमन्त्री बन्ने अवसर पाए। उनले दोस्रोपटक निर्वाचित संविधानसभाको पनि ज्येष्ठ सदस्यका हैसियतले अध्यक्षता गर्न भ्याए। उनी राप्रपाको संस्थापक नेता थिए। पञ्चायतकालमा पनि उदार छवि बनाएका थिए। उनी जीवनको आखिरीसम्म भारतीय संस्थापन पक्षले विश्वास गरेका शीर्ष नेपाली नेता थिए। जानकारहरूका अनुसार राजा महेन्द्रले ‘देशलाई अप्ठेरो पर्दा सूर्यबहादुरलाई सम्झिनु’ भनी छोरानातिलाई भनेका थिए जसका कारण राजा वीरेन्द्र र ज्ञानेन्द्रको संकटको अवस्थामा उनको साथ लिएका थिए। तर, पञ्चायतमा राजा वीरेन्द्रले उनलाई जेलमा राखेका थिए भने ०६१ माघ १९ को सक्रिय कदमपछि राजा ज्ञानेन्द्रले थापालाई घरमै नजरबन्दमा राखेका थिए। ........ ०१७ सालमा राजाले निर्दलीय व्यवस्था लागू गरेपछिको मन्त्रिपरिषदमा उनी मन्त्री बनाइए। किताबमा थापाले नै राजा महेन्द्रको शाही सम्बोधन मस्यौदा गरेर बुझाएको उल्लेख छ। पञ्चायत र बहुदल समयमा थापा सत्तामा जाने र बाहिरिने क्रम चलिरह्यो। ०३६ को जनमतसंग्रहमा निर्दललाई विजयी गराउने उद्देश्यका लागि राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बनाएका थिए। थापाले आफ्नो मिसन पूरा गरेका थिए। त्यतिवेला निर्दलीय पञ्चायत जिताउने उनको अभियानमा स्वर्गीय नेता गजेन्द्रनारायण सिंह तथा हालका पूर्वमन्त्रीहरू हृदयेश त्रिपाठी, राजेन्द्र महतोलगायतले साथ दिएका थिए। .......... ०४६ मा आन्दोलन सुरु भएपछि फागुन २४ गते थापाले कांग्रेस र वाममोर्चासँग सरकारले वार्ता गर्नुपर्ने सुझाव राजालाई दिएका थिए। ०३५ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलालको अस्तु शोभाभगवतीमा ल्याउँदा थापा त्रिभुवन विमानस्थलदेखि शोभाभगवतीसम्म शवयात्रामा सहभागी भएका थिए। ०२८ सालमा सुधारिएको पञ्चायतका पक्षमा काठमाडौंको इटुम्बहालमा भाषण गर्दा थापाले १४ महिना जेल बस्नुपर्‍याे। ........ ०४२ मा राजा वीरेन्द्रले राजीनामा दिन आग्रह गर्दा थापाले अस्वीकार गरेका थिए। राष्ट्रिय पञ्चायतबाट निर्वाचित भएर आएका थापाले प्रक्रियाबाटै सरकार ढाल्न राजारानीलाई चुनौती दिएका थिए। ........ ०५४ सालमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका थिए। ०६० सालमा उनले राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री पद स्वीकार गरे। ......... त्यतिवेला थापाले राणालाई सार्वजनिक रूपमा ‘राणाको छोरा हो भने सात दल (नेपाली कांग्रेस, एमालेसहित)सँग मिलेर सरकार ढाल्नुस्’ भनेका थिए। राणाले पनि सार्वजनिक रूपमा थापा बगाले थापा होइन भन्ने टिप्पणी गरेका थिए। ........... थापाका नाति सिद्धार्थले बताएअनुसार ०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकार गठन भएपछि अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल गर्न धेरैपटक कांग्रेस नेता गिरिजाप्रसाद कोइराला मालीगाउँ पुगेका थिए। गिरिजाबाबुले त्यहाँ ५५५ चुरोट पिएका थिए। गिरिजाबाबुबारे सूर्यबहादुरको टिप्पणी हुनेगर्थ्याे, ‘गिरिजाबाबुसँग राजनीतिक एड्भेन्चर गर्ने क्षमता छ। .............. पञ्चायतमा दुई धार थियो– एउटा डा. तुल्सी गिरी, अर्को सूर्यबहादुर थापा। डा. गिरीको भनाइ थियो, ‘राजा प्रजातान्त्रिक वा संवैधानिक हुँदैनन्, उनी राजा नै हुन्छन्। जनताप्रति जिम्मेवार हुन्छन्। पञ्चायतमा राजाको सक्रियताभन्दाबाहेक विकल्प छैन।’ थापाको भनाइ थियो, ‘पञ्चायत भनेको राजनीतिक प्रणाली हो। त्यसअन्तर्गत राजतन्त्र हो। अर्थात् प्रणालीअन्तर्गत हो राजतन्त्र। राजा सिस्टमभन्दा माथि हो।’ .......... ०१७ को कदमका मस्यौदाकार थापालाई ०६१ माघमा राजा ज्ञानेन्द्रले दरबारमा निम्ता गरे। त्यतिवेलासम्म राजाले सक्रिय शासन सुरु गरिसकेका थिएनन्। त्यसवेला राजाले टेकओभर गर्ने हल्ला चलिरहेको थियो। तर, राजा ज्ञानेन्द्रले थापालाई आश्वासन दिएका थिए, ‘म टेकओभर गर्दिनँ।’ .......... दरबारबाट फर्केपछि जिज्ञासामा उनले नाति सिद्धार्थलाई सुनाए, ‘राजाबाट टेकओभर हुँदैन।’ ........ शाहीघोषणा भइरहँदा झ्याल नभएका निजी नम्बर प्लेटका प्रहरीका दुईवटा भ्यान रोकिए। सिद्धार्थका अनुसार इन्स्पेक्टरले थापालाई भन्यो, ‘हजुरलाई नजरबन्दको आदेश छ।’ उनी १४ दिन घरमा नजरबन्दमा बस्नुपर्‍याे। ........... राजाको प्रत्यक्ष शासनकै बीचमा थापा भारत भ्रमणमा गए। साथमा नाति सिद्धार्थलाई पनि उनले लगेका थिए। राजाले शासन लिएपछिको अवस्थामा अरू राजनीतिक पार्टी र माओवादीसँगै आउन सक्ने विश्लेषण भारतीय नेतृत्वलाई सुनाएका थिए। ......... राजा मोटर चढ्न लाग्दा सूर्यबहादुरले भन्न भ्याए, ‘एक–दुई दिनमा सत्ता छाडिदिने हो भने सरकारलाई केही स्पेस होला। ढिलो भयो भने म सिस्टम कोल्याप्स हुने अवस्था देख्दै छु।’ राजाको रेस्पोन्स केही रहेन। अन्ततः कांग्रेसले पनि राजा छाडिदियो। गणतन्त्र आयो। ......... राजसंस्था गइसकेपछि पनि पूर्वराजासँग थापाको कुराकानी हुन्थ्यो। थापाको सधैँ सल्लाह थियो, ‘विवादमा नआईकन चुपचाप बस्नु राम्रो हुन्छ। .......... पूर्वराजालाई सूर्यबहादुरको सधैँ सन्देश हुन्थ्यो, ‘समयको विपक्षमा कोही नजाऔँ। समयले सबै कुरा तय गर्छ।’ ......... उनको विश्लेषणमा राजा महेन्द्र तीक्ष्ण बुद्धि, परिस्थिति बुझेका राजा थिए। ‘एउटै कुरामा सधैँभरि अडान लिने बानी थिएन। परिस्थितिअनुसार अडान पनि परिवर्तन गर्थे। पौराणिककालमा रामचन्द्र र कृष्णको पनि पक्ष र विपक्ष छन्। ........ उनको नजरमा राजा वीरेन्द्र भद्र, सुसंस्कृत थिए। ‘राजा वीरेन्द्र डेमोक्य्राट थिए। उनी नवयुवक भएका वेला दरबारमा कर्मचारीका बीचमा मैले काम गरेँ। त्यस्तो वातावरणमा पनि उनी असल र प्रजातान्त्रिक विचारका थिए,’ थापाले भनेका थिए। राजा ज्ञानेन्द्रलाई क्षमतावान्, तर कुरा नबुझ्ने राजाका रूपमा उनले चित्रण गरेका थिए। ज्ञानेन्द्रबारे थापाको भनाइ थियो, ‘मान्छे इन्टेलिजन्ट छन् उनी। राजप्रतिनिधि परिषदमा प्रस्तुत हुने सबै एजेन्डाका बारेमा उनी पूर्वतयारी गरेर आउँथे। उनलाई भेट्न गएका प्रधानमन्त्री तयारी नगरी जाने हो भने पटकपटक बेबकुफ हुनेपर्ने थियो। मलाई पनि अप्ठेरोमा पार्थे ज्ञानेन्द्रले। जब कि म धेरै तयारी गरेर गएको हुन्थेँ।

निर्वाचनपछि पनि राजनीतिक स्थिरता हुनेमा शङ्का !
महानगरभित्रको जग्गाको वर्गीकरण वडाले गर्ने
मेयर बालेनप्रति फुटपाथ व्यवसायीले पोखे आक्रोश
महिलामा पुरुषमाभन्दा बढी धाराप्रवाह बोल्ने क्षमता हुन्छ : अध्ययन

No comments: