बहुदल आए पछि पाउनुपर्ने समृद्धि नेपाल ले अहिले सम्म पाएको छैन। गणतंत्र आए पछि पाउनुपर्ने समृद्धि नेपाल ले अहिले सम्म पाएको छैन। गृह युद्ध समाप्त भए पछि पाउनुपर्ने समृद्धि नेपाल ले अहिले सम्म पाएको छैन। देश मा संघीयता आए पछि पाउनुपर्ने समृद्धि नेपाल ले अहिले सम्म पाएको छैन।
नेपाल ले नया शुरुवात खोजेको छ। देश मा लोकतंत्र त आयो तर समृद्धि अझै आएको छैन। सुशासन र समृद्धि चाहियो।
लोक्तन्त्र एउटा औजार हो। त्यो औजार को प्रयोग गरेर नया पुस्ता ले सुशासन र समृद्धि ल्याउने हो।
बालेन शाह ले भने म ९०,००० भोट ल्याएर जित्ने वाला छु। म देखिरहेको छु एक लाख नब्बे हजार। त्यो भनेको बालेन गलत म सही होइन। बालेन को तथ्यांक केही महिना पुरानो हो। धरातलीय यथार्थ बदलिएको छ र अझ रोज बदलिरहेको छ। काठमाण्डु मा ३० वर्ष मुनि का ७०% मानिस मा बालेन बाहेक अरु कसैले भोट पाउछन जस्तो नै लागेको छैन।
१५०० सक्रिय वालंटियर र २०० त कोर, दैनिक स्ट्रेटेजी बनाउने हरु। त्यो भनेको संगठन हो। त्यो संगठन चुनावी विजय पछि विस्फोट हुनेवाला छ। बालेन ले चाहेर पनि रोक्न सक्ने कुरा होइन त्यो। रोक्नु पनि हुँदैन। सुशासन र समृद्धि चाहियो भनिरहेका युवा युवती लाई रोकने अधिकार बालेन लाई पनि हुने छैन। (काठमाण्डु को स्वतंत्र मेयर ले देश नै बदल्न सक्छ)
वास्तविक लोकतंत्र मा संगठन विस्तार को काम गर्ने नै त्यो स्वयंसेवक ले हो।
मेयर मा जिते पछि बागमती प्रदेश को प्रत्येक सीट मा लड्ने गरी, केंद्रीय चुनाव मा काठमाण्डु उपत्यका को प्रत्येक सीट मा लड्ने प्रत्येक सीट मा जित्ने गरी एउटा पार्टी खड़ा हुन्छ स्वतःस्फुर्त किसिम ले। त्यो उपत्यका मा सीमित रहने नरहने कुरा, त्यो बागमती प्रदेश मा सीमित रहने नरहने कुरा बालेन एक जना ले निर्णय गर्ने कुरा हुँदै होइन। त्यो नया पिढ़ी ले निर्णय गर्ने कुरा हो। देश भरि निर्णय गरिने कुरा हो।
सारा नेपाल दिल्ली हो। सारा नेपाल पंजाब। (त्यो नेपाल को झण्डा बोकेको मान्छे को हो त्यो?)
डिजिटल बाटो बिना पैसा खर्च गरेर संगठन विस्तार गर्न सकिन्छ। तर पैसा पनि चाहिन्छ। हिसाबकिताब पुर्ण पारदर्शी मात्र राख्नुपर्छ सारा प्रवास ले अहिले बालेन लाई हेरिरहेको अवस्था छ। यो प्रदीप थापा न्यु जर्सी मा फार्म चलाएर बसिरहेको मान्छे हो। (बालेन शाह को दशक पुरानो रैप बैटल (Rap Battle))
अहिले नै काठमाण्डु को प्रत्येक टोल मा एउटा एउटा नेपाल का लागि बालेन (Balen For Nepal) पब्लिक फेसबुक पेज शुरू गरिदेउ। टोल टोल मा फ़्लैश मॉब। प्रत्येक कमिटी का लागि व्हाट्सप्प ग्रुप। अनि सदस्य संख्या बढाउँदै जाने। दिन दुना रात चौगुना। चुनाव पछि त्यसै लाई उपत्यका भरि लाने, प्रदेश भरि लाने, देश भरि लाने।
देश को प्रत्येक पालिका का लागि एउटा पब्लिक फेसबुक पेज। प्रत्येक तहको प्रत्येक कमिटी का लागि व्हाट्सप्प ग्रुप। तर अंततः भेटघाट हुनुपर्छ। सँगै बसेर छलफल गर्ने हुनुपर्छ। ऑनलाइन ले ऑफलाइन को मार्गप्रशस्त गर्ने हो।
पैसा प्रवास बाट माँगे जति आउँछ। पुराना लुच्चा लफंगा नेता हरु ले देश बर्बाद पारि सके। (बालेन शाह केशव स्थापित जस्तो मान्छे होइन, सही कुरा)
सुशासन दिएर प्रवासी नेपाली लाई लगानी गर्न सजिलो बनाइदिने हो। चीन मा समृद्धि को शुरुवात त्यसरी भएको हो। प्रवासी चिनिया को लगानी बाट।
अचेल त दुनिया मा नया पार्टी को नाम एक शब्द को राख्ने चलन आएको छ। नेपाल किन भनिरहनुपर्यो? पार्टी किन भनिरहनुपर्यो? सिर्फ नवजागरण भने हुँदैन? अर्थात त्यस्तै कुनै पॉजिटिव शब्द। (काठमाण्डु का कांग्रेसी ले #MeToo स्थापित लाई विस्थापित किन नगर्ने? केशव Stop It)
डॉक्टर को श्रीमती डॉक्टर भएको त हुन्छ कतै कतै तर डॉक्टर हुनु अघि डाक्टरी पढाई पढेको हुन्छ, डिग्री लिएको हुन्छ। श्रीमती सिंह को मेडिकल डिग्री कुन चाहिं मेडिकल स्कुल को पर्यो खोइ कुन्नि! त्यसरी छोरी बुहारी श्रीमती लाई टिकट दिने लाई टिकटॉक दिनुपर्छ। त्यो महिला अधिकार हुँदै होइन। त्यसको ठीक उल्टो हो।
सुशासन मात्र दिने हो भने बढ़ी पैसा कमाउन का लागि नै बेलायत अमेरिका ऑस्ट्रेलिया मा रहेको नेपाली नेपाल आइपुग्छ। प्रति व्यक्ति आय कम भएको देश जब लिक मा आउँछ र द्रुत गतिको विकास शुरू हुन्छ अनि त उद्यमी लाई पैसा गनेर साध्य हुँदैन।
आज काठमाण्डु मा आर्थिक क्रांति का लागि आन्दोलन शुरू भएको छ।
Lee
Deng
No comments:
Post a Comment