सानैदेखिका विद्रोही बालेन शाहमा अहिले जुन विद्रोह भनुहोस् वा सनक जागेको छ, त्यो काठमाडौंको मेयरमा रोकिने छैन। मेयर उनको पहिलो खुड्किलो हो, बालेनका आँखामा त्योभन्दा ठूलो सपना छ। पेटमा अहिले देखिएकोभन्दा ठूलो आगो छ।
— Setopati (@setopati) May 25, 2022
By @sudeepshreehttps://t.co/KLW3xazl5N
काठमाडौंले पर्खिरहेको मेयर बालेन शाह हामीले देखेको तर बुझ्न बाँकी अति आत्मविश्वासी तर अधीर बालेन ....... होटलको ढोकामा पुगेपछि हामीले कुमार व्यञ्जनकार उर्फ कुमार बेनलाई फोन गर्यौं। ....... कुमार र बालेन आठ वर्षयताका साथी हुन्। बालेनको सांगीतिक समारोहदेखि सामाजिक अभियानहरूमा उनी एक सहयात्री मात्र होइन, अभिन्न साझेदारकै रूपमा सँगसँगै हिँड्छन्। यसपालि चुनावी अभियान क्रममा बालेनको सामाजिक सञ्जाल व्यवस्थापनदेखि मिडिया संयोजन, सर्वसाधारणसँग भेटघाट र टोलटोलमा चुनावी कार्यक्रमहरू आयोजना गर्ने जिम्मेवारी कुमारले नै सम्हालेका थिए। .......... ‘हाम्रो कोर टिम भन्नु नै हामी दुई जना हो, बालेन र म।’ ...... चुनावी दौडादौडले केही सातादेखि राम्ररी सुत्न नपाएको र खानपिनको टुंगो नभएको सुनाए। ........ काठमाडौं महानगरका ‘मेयर इन वेटिङ’ बालेन शाह भित्र छिरे, हलुकासँग हात मिलाए र हाम्रो सामुन्नेको सोफामा बसे। ...... विषयवस्तुमा प्रवेश गर्न हामीले आफ्नो मोबाइल झिक्यौं र कुराकानी रेकर्ड गर्न खोज्यौं। ....... ‘म नरदेवीमा जन्मेँ, त्यहीँ हुर्केँ। त्यति बेला मैले देखेको काठमाडौं अहिले पनि मेरो सम्झनामा झल्झल्ती छ। म त्यस्तै काठमाडौं पुनर्जीवित भएको देख्न चाहन्छु।’ ........ बालेनले एक अन्तर्वार्तामा आफ्नो परिवार नरदेवी आयुर्वेदिक अस्पतालको क्वार्टरमा बस्ने गरेको बताएका छन्। .......... ‘पूरै फेरिएछ। पहिले त अगाडि झ्याम्म झाडी थियो। घरहरू एउटै थिएनन्। बाहिर सडकबाटै स्कुल देखिन्थ्यो। अहिले त पूरै छेकिएछ।’ ........ विकासका नाममा भएका ती विनाश पन्छाएर काठमाडौंलाई मौलिक स्वरूपमा फर्काउने योजना नै बालेनले कोर सिटीको परिकल्पनाका रूपमा अगाडि सारेका छन्। ........ आठ वर्षअघिदेखि सँगसँगै हिँडेका कुमार नै यस्ता व्यक्ति हुन् जसले बालेनको बहुआयाम राम्ररी नियालेका छन्। उनको भोगाइ र त्यो भोगाइले निर्माण गरेको उनको व्यक्तित्व बुझेका छन्। ......... भेट्नुअघि नै एक र्याप गायकका रूपमा उनी बालेनलाई चिन्थे। कुमार आफैं पनि सांगीतिक लगायत अन्य विभिन्न समारोह व्यवस्थापनको काम गर्थे। उनीहरूको भेट त्यही सिलसिलामा भएको थियो। ......... ‘ऊ लोकल मान्छे हो। त्यसैले काठमाडौंलाई माया गर्छ। यहाँका गल्लीहरू घुम्न, जात्रा, पर्व मनाउन र यहाँका नेवार परिकारहरू खान एकदमै रूचाउँछ। ऊ फुर्सदमा काठमाडौं र पाटनका गल्लीहरू घुमेर ह्याङआउट गर्न मन पराउँछ।’ .......... ‘मैले भेट्दादेखि नै उसमा राजनीतिक प्रणालीप्रति असन्तुष्टि थियो। ऊ सिस्टममा फैलिएको भ्रष्टाचार, नेताहरूको गुटतन्त्र र नातावादले चिढिन्थ्यो। त्यही भुटभुटी ऊ गीतको माध्यमबाट व्यक्त गर्थ्यो।’ ....... ऊ अरूजस्तो मनोरञ्जनको गीत मात्र गाउँदैन। उसका गीतहरूमा मायाप्रेम र रमाइलो भाव एकदमै कम हुन्छ।
उसको र्याप भनेकै सिस्टमप्रतिको असन्तुष्टि र विद्रोहको अभिव्यक्ति हो।’
........... ‘राजनीतिको गुटतन्त्र देखेर ऊ एकदमै फ्रस्ट्रेट थियो। नेताहरू स्वार्थमा भुल्दा हुनसक्ने काम पनि आलटाल भइरहेको र देश विकास हुन नसकेको कुरा गर्थ्यो।’ ........ चिकित्सा शिक्षामा व्याप्त भ्रष्टाचारविरूद्ध डा. गोविन्द केसीले सुरू गरेको आन्दोलन क्रममा उनले धेरैचोटि माइतीघरको प्रदर्शनमा भाग लिए। राजनीतिक दलहरूको खिचातानीले संविधान जारी गर्न ढिलाइ भएपछि प्लेकार्ड बोकेर सडकमा निस्किए। नेपाल बन्द र चक्का जाम हुँदा उनी चिढिन्थे र त्यसको विरोध गर्थे। ....... यति मात्र होइन, २०७२ को भुइँचालोपछि उनी इञ्जिनियरका रूपमा मात्र होइन, एक सामाजिक अभियन्ताका रूपमा समेत विभिन्न ठाउँको पुनर्निर्माणमा हिस्सेदार भए। पाँचखालमा दुई हजार पाँच सय घर र नागार्जुनमा दुई सय घर पुनर्निर्माणमा प्रत्यक्ष संलग्न रहेको कुमार बताउँछन्। ........ ‘भुइँचालोपछि त उसले आफ्नो र्याप करिअरलाई चटक्कै माया मारेर ४०–४५ वटा जिल्लामा बसेर काम गर्यो,’ कुमारले भने, ‘त्यो बेला बालेन कहाँ हरायो भनेर उसका धेरै प्रशंसकले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्। समाचारधरि लेखिएका छन्।’ ......... ‘भुइँचालो पुनर्निर्माणमा काम गर्दा उसले सिस्टमलाई नजिकबाट चिन्ने मौका पायो। असन्तुष्टि त पहिलेदेखि नै थियो, सँगसँगै काम गर्न थालेपछि उसले यो सिस्टम कसरी विकृत भइसकेको रहेछ र त्यसलाई छिट्टै सुधार गरिएन भने हाम्रो देश कहिल्यै उँभो लाग्दैन भन्ने बुझ्यो।’ ......... भ्रष्टाचार र अक्षमताले जड भएको सिस्टमलाई हल्लाउन बाहिरबाट प्रश्न गरेर मात्र हुँदैन, सिस्टमभित्रै छिरेर सुधार ल्याउनुपर्छ भन्न थाले। ......... ‘हामीले बाहिरबाट सोध्ने प्रश्नलाई सिस्टमले एक कानले सुन्छ, अर्को कानले उडाइदिन्छ। हामी कराएका करायै हुन्छौं, देश झन् झन् पछाडि धकेलिँदै जान्छ। भित्रै घुसेर हल्लाउन सके मात्र जड सिस्टमले गति समात्छ,’ बालेनमा आएको राजनीतिक चेतबारे बुझाउँदै कुमारले भने। .......... यसरी भित्रभित्रै भुट्भुटिरहेका बालेन स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गर्न भारत गए। .......... त्यसैबीच उनले आजभन्दा पाँच वर्षअघि, २०७४ वैशाख ३१ गते, स्थानीय निर्वाचनकै दिन आफ्नो फेसबुकमा लेखेका थिए– ‘मैले आज भोट हालिनँ। म उम्मेदवार पनि छैन। मैले सिभिल इञ्जिनियरिङमा स्नातक गरेको छु र स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गर्दैछु। देश कसरी बनाउनुपर्छ भन्ने मलाई थाहा छ। त्यसैले म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु। म मेरो देश आफैं विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन।’ ............... बालेनले भने आफ्नो सपनामा हरदिन पखेटा हालिरहे। ......... उनी सुरूमा विवेकशील पार्टीप्रति आकर्षित देखिन्छन्। उनले विवेकशील पार्टीबाटै राजनीति गर्ने चाहना पनि राखेका थिए। ............ उनले यसपालि चुनावमा विवेकशीलबाटै मेयर उठ्ने चाहना राखेको विवेकशीलका नेता मिलन पाण्डे बताउँछन्। तर र्यापरका रूपमा मात्र चिनिएका बालेनलाई विवेकशीलले पहिले पार्टीको सदस्यता लिएर आउन र पार्टीमा सक्रिय भएर संलग्न हुन सुझाव दियो। बालेनले विवेकशीलको सदस्यता लिएनन्। मेयरमा उठ्ने सपना पनि छाडेनन्। ........... कुमार आफू व्यक्तिगत रूपमा सक्रिय राजनीतिमा नरहे पनि उनी एक राजनीतिक परिवारका सदस्य हुन्। उनका बुवा नरसिंह व्यञ्जनकार ललितपुर महानगरपालिका वडा नम्बर १० का निवर्तमान अध्यक्ष हुन्। व्यञ्जनकारले २०२९ सालदेखि अनवरत वडाध्यक्षको चुनाव लडे र सधैं जिते। उनी यसैपालि मात्र आफ्नै भतिजबाट पराजित भएका छन्। यी सबै चुनाव उनले स्वतन्त्र हैसियतमा लडेका थिए। ............. चुनाव बेला उम्मेदवारहरूको अतीतलाई हरकिसिमले खोतल्ने प्रयास गरिन्छ। झन् स्वतन्त्र उम्मेदवारलाई त दलहरूले चौतर्फी आक्रमण गर्न कुनै कसर छाड्दैनन्। यस्तोमा बालेनको अतीतको कुरा पनि उठ्छ। ......... पछिल्लो पाँच–सात वर्षमा इञ्जिनियरिङ कन्सल्टेन्सी र गीत गाएर चौध–पन्ध्र लाख रूपैयाँ जम्मा गरेको छु। चुनाव आउन अझै पाँच महिना बाँकी छ। यसबीच म अरू शोहरू गर्न सक्छु। कलेजहरूमा बोल्न बोलाइरहेका हुन्छन्। त्यहाँ पनि जान सक्छु। सबै गरेर थप चौध–पन्ध्र लाख कमाउन सक्छु।’ ........... ‘बालेनले मोटामोटी तीस लाख रूपैयाँ बन्दोबस्त गर्न सक्ने हिसाब निकाल्यो,’ कुमारले भने, ‘यति भए पर्याप्त हुन्छ भनेर हामी चुनावी अभियानमा जुट्यौं।’ उनले जति हिसाब निकालेका थिए त्यसको एकचौथाइ पनि खर्च गर्नु नपरेको कुमार बताउँछन्। ............ ‘हाम्रो अहिलेसम्मको जम्माजम्मी खर्च साढे चार लाख हो,’ उनले आफ्नो औंला भाँच्दै खर्च विवरण सुनाए, ‘डेढ लाख फ्लेक्समा खर्च भयो। डेढ लाखको टिसर्ट बनायौं। एक लाख जति पर्चा, पम्प्लेटमा गयो। त्यसबाहेक अहिलेसम्म चुनावी अभियानमा हिँड्दा र साथीभाइलाई खाजा खुवाउँदा ५०–६० हजार खर्च भयो होला। त्यत्ति हो।’ .......... ‘एक जनाले हामीलाई ८० हजार रूपैयाँ दिएका थिए। अहिले उनले दिनको तीनपटक मेरो पैसा कसरी खर्च भयो, कहाँ खर्च भयो भनेर सोधिरहन्छन्। हामी उनको खर्चको हिसाब दिँदै बस्ने कि आफ्नो काम गर्ने?’ ............... ‘हाम्रो टिम सानो छ। कोर टिम भनेकै हामी दुई जना हौं— बालेन र म। अरू साथीहरू त बालेनको भिजनबाट आकर्षित भएर स्वतस्फुर्त जोडिँदै गएका हुन्,’ कुमारले भने, ‘बरू हामीसँग नारा लगाउँदै हिँड्ने मान्छे नहोस्, मतदानको बुथमा बस्ने प्रतिनिधि पनि नहोस्, तर धेरै मान्छे पछि लगाउने होइन भन्ने हामीले निधो गरेका थियौं। हाम्रा दलका नेताहरूले सयौं कार्यकर्ता पछि लगाउँछन्। ती कार्यकर्ता खुसी राख्न भोलि आफू पदमा पुगेपछि उनीहरूको केही न केही काम गरिदिनुपर्छ। ती काममा देशको स्वार्थभन्दा मान्छेको व्यक्तिगत स्वार्थ हाबी हुन्छ। त्यस्तो गल्ती हामीले गर्नु हुँदैन भन्ने बालेनको विचार थियो। मलाई पनि ठिक लाग्यो। मेरो बुवा पनि एक्लै चुनावमा होमिनु हुन्थ्यो, कोही उहाँको साथ होस् कि नहोस्।’ .......... ‘सबैको चुनाव प्रचारप्रसार गर्ने छुट्टै अफिस हुन्छ। बालेनको त त्यो पनि थिएन। साथीहरूले धेरै कर गरेपछि दस–पन्ध्र दिनअघि मात्र हामीले मध्यबानेश्वरमा एउटा फ्ल्याट लिएर सम्पर्क कार्यालय खोलेका थियौं। त्यो ठाउँ पनि साथीहरू जम्मा हुने थलो मात्र हो। हामी त्यहाँ विरलै पुग्छौं।’ ........... ‘हामी पाँच महिना अगाडिदेखि नै दिनको डेढ–दुई सय मान्छे भेट्थ्यौं। पाँच महिनामा हामीले तीस–हजार मान्छेलाई प्रत्यक्ष भेट्यौं होला,’ उनले भने, ‘कहिले कुन टोलमा पुग्थ्यौं, कहिले कुन चिया पसलमा जान्थ्यौं। त्यहाँ बसेर स्थानीय युवाहरूसँग घन्टौं कुराकानी गर्थ्यौं। बालेन ती युवाहरूलाई आफ्नो भिजन सम्झाउँथ्यो।’ ........... ‘बालेन र्याप गायक भएकाले युवा पंक्तिमा त्यसै पनि लोकप्रिय थियो। ऊ आफैं गफ गर्न अघि सरेपछि युवाहरू उसको कुरा सुन्न झुम्मिन्थे। यसबाट हामीलाई काठमाडौंको स्थानीय समुदाय, खासगरी युवा पंक्तिमा आफ्नो कुरा पुर्याउन सजिलो भयो।’ ............... ‘मलाई अरू नेताहरूप्रति कुनै भरोसा छैन। बालेन शाहको कुरा सुनेर मात्र यो वर्ष विदेश नगएको। बालेन शाहले जितेन भने म नेपालमा बस्दिनँ।’ ........ बालेनलाई यसबीच दर्जनभन्दा बढी कलेजले अतिथि वक्ताका रूपमा पनि बोलाए। त्यहाँ गएर पनि उनले आफ्नो काठमाडौं परिकल्पना सुनाए। ती विद्यार्थीहरू बालेनका कुरा सुनेर उत्साहित हुन्थे। उनीसँग फोटो खिच्थे र त्यो फोटो आफ्नो फेसबुकमा पोस्ट गर्थे। ........... ‘यसले बालेनको चर्चालाई काठमाडौंका घरघरमा, मान्छेका हातहातको मोबाइलमा पुर्यायो। यो हाम्रो निम्ति प्लस प्वाइन्ट भयो,’ कुमारले भने, ‘हामी कसैसँग पनि सिधै बालेनलाई भोट हाल्नुस् भनेर भन्दैन थियौं। ऊ आफ्नो योजना सुनाउँथ्यो, मान्छेहरूको उसको त्यही योजना सुनेर आकर्षित हुन्थे।’ ......... विवेकशीलसँग निकट युवा मोर्चाले त औपचारिक वक्तव्य नै जारी गरेर बालेनलाई सहयोग गर्ने घोषणा गरेको थियो। .......... ‘हामीले समाजका प्रबुद्ध वर्गलाई बालेन शाहको पक्षमा बोल्न अनुरोध गर्यौं,’ उनले भने, ‘लगातार मान्छेलाई जुटाउँदै, सम्झाउँदै, बुझाउँदै गरेपछि चुनावको दुई दिनअघि बालाजु क्षेत्रमा करिब पाँच सय जनाको र्याली निकाल्न हामी सफल भएका थियौं।’ ........... गीत तथा फिल्म क्षेत्रका थुप्रै सेलेब्रिटीले सामाजिक सञ्जालका माध्यमबाट बालेन शाहको पक्षमा खुलेर बोल्नुले पनि उनको प्रचारप्रसारमा धेरै फाइदा पुगेको देखिन्छ। यसमा खासगरी अभिनेता तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री प्रियंका कार्की, स्याडोज ब्यान्डका गायक स्वप्निल शर्मा लगायत छन्। ............. अभिनेता तथा निर्देशक निश्चल बस्नेत बालेनका बारेमा सोध्दा उनले भने, ‘मैले उनलाई र्यापरको रूपमा चिनेको हुँ। उनी र्याप ब्याटलमा सहभागी हुँदादेखि नै हामी कुराकानी गथ्र्यौं। उनी गीतका माध्यमबाट सामाजिक बेथिति उजागर गर्छन् र परिवर्तनको सन्देश दिन्छन्।’ ........... यसरी कोही आफ्नो नियमित छाडेर परिवर्तनको निम्ति अगाडि सर्छ भने उसलाई साथ दिनु हाम्रो कर्तव्य हो। त्यस्तो व्यक्तिलाई पनि साथ नदिनु भनेको हामी आफैंमा केही समस्या छ भन्ने संकेत हो।’ ........ ‘हामी सबै सिस्टमबाट असन्तुष्ट छौं। आधारभूत सेवा पनि नपाउने अवस्थाले दिक्क छौं। बालेनले त्यो सिस्टम सुधार्ने योजना ल्याएका छन्। मेरो समर्थन उनको त्यही योजनामा हो .......... चुनावी दौडाहाकै क्रममा बालेनले पटकपटक कुमारका बुवा नरसिंह व्यञ्जनकारलाई पनि भेटे। उनी व्यञ्जनकारलाई आफ्नो ‘राजनीतिक गुरू’ मान्छन्। व्यञ्जनकारले कुन दलबाट को उम्मेदवार उठ्न सक्छन्, कसको सामथ्र्य के हो र कमजोरी के हो भनेर बालेनलाई बुझाएका थिए। उम्मेदवारी घोषणा भइसकेपछि उनीहरूले उठाउने प्रश्नमा कसरी जवाफ दिने भनेर तयार पनि गराए। ............ यही सरसल्लाहबाट कुनै पनि दल र दलका प्रतिस्पर्धी उम्मेदवारप्रति नमीठो बचन नबोल्ने, गालीगलौच नगर्ने, पुरूष उम्मेदवार भए बुवा भन्ने र महिला उम्मेदवार भए आमा भनेर सम्बोधन गर्ने तय भएको कुमार बताउँछन्। हुन पनि बालेनले चुनावभरि एक शब्द नमीठो बोलेनन्। नमीठो टिप्पणीमा पनि मीठो जवाफ फर्काए जसमा उनको व्यंग्य चेत मिसिएको हुन्थ्यो। ठाउँको ठाउँ जवाफ फर्काउने र्याप ब्याटलको अनुभवले सायद उनलाई धेरै सहयोग गर्यो। उनले नेपाली कांग्रेसकी सिर्जना सिंहलाई ‘आमा’ भनेर सम्बोधन गरे भने नेकपा एमालेका केशव स्थापितलाई ‘बुवा’ भने। ............... केशव स्थापितलाई त उनी चुनावभन्दा धेरै अगाडि नै घरैमा भेट्नधरि गएका थिए जुन प्रसंग स्थापितले पनि आफ्ना केही अन्तर्वार्ताहरूमा उल्लेख गरेका छन्। स्थापितसँग झन्डै साढ दुई घन्टा नगर विकासका विविध विषयमा कुराकानी भएको कुमार सम्झन्छन्। ............ बालेनले कहिले व्यावसायिक इञ्जिनियरका रूपमा त कहिले एक स्वतन्त्र सामाजिक अभियन्ता वा मेयरको भावी उम्मेदवारका रूपमा सयवटाभन्दा बढी नगरपालिकामा गएर उनीहरूको काम गर्ने तौरतरिका, शैली र ढाँचा मिहिन अध्ययन गरेको कुमार दाबी गर्छन्। .......... काठमाडौंको संस्कृति र सम्पदादेखि शिक्षा, स्वास्थ्य, जल व्यवस्थापन, ट्राफिक व्यवस्थापन र फोहार व्यवस्थापनसम्मका विभिन्न सरोकारवाला र विज्ञहरूलाई भेटेर, पचासौं घन्टा उनीहरूका कुरा सुनेर त्यसै आधारमा सुन्दर काठमाडौंको खाका कोरेको .......... बालेनले व्यक्तिगत भेटघाट गरेर परामर्श लिएकामा भक्तपुर नगरपलिकाका मेयर सुनील प्रजापति, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे, काठमाडौंका ढुंगेधारा विशेषज्ञ सन्ध्या खनाल, आँखा विशेषज्ञ डा. सन्दुक रूइत, महावीर पुन लगायत प्रमुख छन्। ........... ‘हामीले घोषणापत्र लेख्दा पनि धेरै विशेषज्ञसँग राय मागेका थियौं। ती सबै राय सुनेर र उहाँहरूले पठाइदिनुभएको मस्यौदा आधारमा बालेन आफैंले रातभरि बसेर घोषणापत्र लेखेको हो ............ ‘उहाँ पेसाले स्ट्रक्चरल इञ्जिनियर हुनुहुँदो रहेछ। गीत पनि गाउनु हुँदो रहेछ। मैले चाहिँ नामै सुनेको थिइनँ। ........ त्यस दिन बालेनले पछिल्लो पाँच वर्षमा भक्तपुर नगरपालिकाले लागू गरेका विकास निर्माण कार्यक्रम र नीतिहरूबारे गम्भीर रूचि देखाएको उनी सम्झन्छन्। ............ बालेनले खासगरी सम्पदा संरक्षणका तौरतरिका, सामुदायिक शिक्षा सुधार्ने विधि र भक्तपुरले जस्तै टोलटोलमा स्वास्थ्यकर्मीको टोली खटाएर प्राथमिक सेवा दिने शैलीबारे प्रश्नहरू सोधेका थिए। .......... प्रजापतिले भनेका थिए, ‘भ्रष्टाचारविरूद्ध हामीले शून्य सहनीलताको नीति लिएका छौं। भ्रष्टाचारको भएको थाहा भयो भने ठाउँको ठाउँ कारबाही गर्छौं भनेर सबैलाई भनेका छौं। मेयरले आफू एक पैसा भ्रष्टाचार गर्दिनँ र अरू कसैले गरेको पनि सहन्न भनेर सन्देश दिने हो भने आधा समस्या त्यसै हल हुन्छ। ........... ‘तपाईंले लप्पनछप्पनवाला कुनै योजना स्वीकार नगर्ने, त्यस्ता योजना ल्याउनेलाई नगरपालिकामा घुस्न पनि नदिने र त्यस्तो कार्य गर्न उक्साउने कर्मचारी र वडाध्यक्षहरूलाई सुरूदेखि नै निरुत्साहन गर्ने हो भने तपाईं पाँच वर्ष निर्धक्क काम गर्न सक्नुहुन्छ। तपाईंको काममा कसैले अवरोध पुर्याउँदैन।’ ........... उनी यही पदचिह्न पछ्याउँदै काठमाडौंको टुँडिखेललाई सैनिक अतिक्रमणबाट मुक्त गरेर खुला सार्वजनिक पार्कका रूपमा परिणत गर्न सक्छन्। ............ कतिपय सन्दर्भमा कर्मचारीहरूले नै नानावली कुरा गरेर घुमाइदिन सक्छन्। वडाध्यक्षहरूको तीव्र दबाब थेग्न पनि गाह्रो हुन्छ। बुझेका मान्छेले भने त्यस्तो परिस्थितिको चलाखीपूर्वक सामना गर्न सक्छ। ..........बालेन ‘दह्रो इच्छाशक्ति भएका मान्छे हुन्’
............. उनले काठमाडौंका सकभर प्रत्येक वडा र नभए कम्तीमा तीनवटा वडामा एउटा दक्ष जनशक्ति, प्रयोगशाला र नर्सिङ सुविधासहितको सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने भनेका छन्। ती स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारका सेवाहरू दिने, महिलाहरूको स्तन क्यान्सर लगायत अरू विभिन्न किसिमका क्यान्सर स्क्रिनिङ गराउने उनको उद्देश्य छ। ......... ‘हामीकहाँ पैंचोको राजनीति धेरै भयो। केही लिएर पछि केही दिने राजनीतिमा देश रूमल्लिरह्यो। यो चक्र तोड्नु जरूरी छ। बालेन शाह जसरी तयारी गरेर राजनीतिमा आएका छन्, उनले थोरै भए पनि परिवर्तनको सुरूआत ल्याउँछन् भन्ने मलाई आशा छ।’ ............ ‘काठमाडौंले सधैं परिवर्तनको नेतृत्व गर्छ। राजनीतिमा देखिएको यो परिवर्तन पनि भोलि देशैभरि अनुकरण हुनसक्छ। यसले यथास्थितिको राजनीतिमा ड्यांग्रो ठोकेको छ।’ ............ बालेन शाहले छलफल गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर सन्ध्या खनाल ढुंगेधारा विशेषज्ञ हुन्। उनले भने बालेनलाई व्यक्तिगत रूपमा अहिलेसम्म भेटेकी छैनन्। दुईचोटि मेसेन्जरमा संवाद गरेकी हुन्। .......... पहिलो संवाद २०७८ माघ १८ गते भएको थियो जुन लगभग सवा दुई घन्टा चलेको उनी बताउँछिन्। ......... ‘राजकुलो पुनर्स्थापना गर्न सकिन्छ कि सकिँदैन र खासगरी काठमाडौंका ढुंगेधाराहरूमा फेरि पहिलेजस्तै कलकल पानी आउने बनाउन सकिन्छ कि सकिँदैन भनेर उहाँले सोध्नुभयो।’ ......... ‘राजकुलो त अब मरिसक्यो। पाटनको राजकुलो ब्युँताउन सकिन्छ, काठमाडौंको चाहिँ गाह्रो छ। पहिले बुढानिलकण्डदेखि मध्य–काठमाडौंसम्म जुन बाटो हुँदै राजकुलो बग्थ्यो, अहिले त्यहाँ घना बस्ती बसिसकेको छ। त्यो बस्ती उजाडेर राजकुलो पुनस्र्थापना गर्नु भनेको असम्भव कार्य हो’ ........... काठमाडौंमा प्रचुर रूपले बोरिङको पानी तान्ने प्रवृत्तिले पनि जमिनमा पानीको मात्रा घट्दै गएको र यसले ढुंगेधाराहरू सुकेको ........... ‘काठमाडौंका ढुंगेधारा भनेका आजका संरचना होइनन्। यीमध्ये धेरै मल्लकालीन छन्, कतिपय लिच्छविकालदेखिका पनि छन्। ............ ‘उहाँ जुन रूपमा योजना बनाएर, विषयवस्तुहरू बुझेर आउनुभएको छ, त्यो हेर्दा उहाँले राम्रो गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ प्राध्यापक खनालले भनिन्। ........... बालेनले यसरी विषयवस्तु बुझ्नमा र सन्ध्या खनालले भनेजस्तै सटिक प्रश्नहरू सोध्न सक्नुमा उनको आफ्नै अध्ययन र मिहिनेत पनि देखिन्छ। उनले पछिल्लो पाँच महिनामा काठमाडौंका दर्जनजति ढुंगेधारा आफैं घुमेको र सुन्धारामा त झन्डै तीन घन्टा बिताएर पानीको स्रोत र निकासबारे जानकारीहरू लिएको कुमार बताउँछन्। ........... उनले काठमाडौंको संस्कृति, सम्पदा, जात्रापर्वदेखियहाँको प्रमुख समस्या फोहोर व्यवस्थापनबारे गहिरो अध्ययन गरेको
कुमारको भनाइ छ। ......... ‘यो पाँच महिनामा उसले काठमाडौंको बारेमा जति धेरै किताब पढ्यो, त्यति किताब यति कम समयमा सायदै कसैले पढेको थियो। जति धेरै मान्छेलाई भेटेर सूचना बटुल्यो, त्यति सूचना यति कम समयमा सायदै कसैले बटुलेको थियो’ .............. उनी सबैसँग सरसल्लाह गर्दै टिम बनाएर काम गर्न चाहन्छन् भन्ने झल्किन्छ। ......... कोठामा दोस्रोचोटि बालेन शाहसँग भेट भयो। यसपालि उनले न्यानोसँग हात मिलाए। स्वास्थ्यमा केही सुधार आए पनि थकान बाँकी रहेको बताए। .......... ‘म नौ कक्षा पढ्दादेखि नै राजनीतिक रूपले सचेत थिएँ। त्यही राजनीतिक चेतनाले नै म हिपहप संगीततिर आकर्षित भएको हुँ।’ ............ संसारभरि कसरी विद्रोहको भाकाका रूपमा हिपहप संगीतको उदय भयो र यसले कसरी काला र गोराबीचको विभेदलाई र्याप शैलीमा उजागर गर्यो भनेर विस्तार लगाए, भने, ‘हिपहप भनेकै क्रान्तिकारी गीत हो। यसमा कुनै न कुनै रूपले सामाजिक बेथितिविरूद्धको असन्तुष्टि लुकेको हुन्छ। हिपहप भनेकै एक किसिमले राजनीतिक गीत हो। मैले यस्तो गीत गाउनु नै मेरो राजनीतिक झुकावको संकेत हो।’ ............. ‘मैले आफ्नो राजनीतिक र सामाजिक चेतना अभिव्यक्त गर्ने हिपहप संगीत रोजेँ। गीतको माध्यमबाट सामाजिक रूपान्तरणको वकालत गरेँ। मैले सिभिल इञ्जिनियरिङ गर्नु र पछि स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातक गर्नु पनि एक किसिमले भन्दा राजनीतिक क्षेत्रमा आउने तयारी नै थियो।’ .......... ‘म राजनीतिलाई राजनीति भन्न रूचाउँदिनँ। म यसलाई विकास भन्न चाहन्छु। ........... ‘म गीतका माध्यमबाट समाजका बेथितिमाथि प्रश्न गर्दै थिएँ र सँगसँगै इञ्जिनियरका रूपमा देश विकासको प्रक्रियामा संलग्न हुँदै गएँ। यी दुवै कर्मले मलाई समाजसँग नजिक ल्यायो। बेथितिविरूद्ध वकालत गर्न सिकायो र विकासका विभिन्न चरणहरूको प्रत्यक्ष अनुभव गरायो। एक समयमा पुगेपछि मलाई बाहिरबाट गरिने वकालतले भन्दा सिस्टममै प्रवेश गरेँ भने म देश विकासमा ठूलो योगदान गर्न सक्छु भन्ने लाग्यो।’ ............ उनी सानैदेखि अत्यन्तै धेरै प्रश्न गर्थे। कक्षामा पनि प्रश्न सोधेर शिक्षकहरूलाई हायलकायल पार्थे। त्यही स्वभावका कारण कतिपय स्कुलले झिँझो मानेर उनलाई निष्कासन पनि गरे।२०६३ सालमा बानेश्वरको अलायन्स एकेडेमीबाट एसएलसी दिँदासम्म आठवटाभन्दा बढी स्कुल फेरेको उनी बताउँछन्।
........... ‘मैले स्कुल धेरैपटक फेरें। नरदेवीको जलजलामै तीनपटक भर्ना हुँदै निस्कदै गरें। त्यहाँ ६ कक्षासम्म पढेँ,’ उनले भने, ‘एकै शैक्षिक वर्षमा तीनवटा स्कुलसम्म फेरेको रेकर्ड छ।’ ......... तीमध्ये धेरैजसो स्कुल फेर्नुको कारण आफ्नो प्रश्न गर्ने स्वभाव नै हो भनेर उनी बताउँछन्। त्यसबाहेक बुवाको सरूवाले पनि कतिपय स्कुल फेर्नुपरेको उनको भनाइ छ। .......... सानै कक्षाको कुरा हो। विज्ञानका शिक्षकले पृथ्वी लगायत ग्रहहरू सूर्यको वरिपरि लगातार घुमिरहेका हुन्छन् भनेर पढाए। बालेन छक्क परे। आफू बसेको धर्ती सधैं स्थिर देखिरहेका बालेनले शिक्षकको कुरा नपत्याएर सोधे, ‘सर तपाईंले कसरी पृथ्वी सूर्यको वरिपरि घुम्छ भनेर भन्नुभयो। के तपाईंले आकाश उडेर पृथ्वीले सूर्यलाई घुमेको हेर्नुभएको हो? होइन भने यस्तो हावा कुरा कसरी भन्नुभयो?’ ............ ‘हेर्नुस् त हाम्रो शिक्षा प्रणाली कस्तो छ? मैले सोधेको प्रश्न अत्यन्तै सामान्य थियो। आज मैले त्यो कुरा बुझेको छु। ती शिक्षकले सही कुरा पढाएका थिए भन्ने मलाई आज थाहा छ। तर त्यति बेला त्यही कुरा उनले मलाई राम्ररी बुझाउन सकेनन्। उल्टो मेरो प्रश्नलाई पन्छाएर मेरो बाल जिज्ञासालाई नकारेँ,’ बालेनले भने, ‘यसले पढाइलेखाइप्रति नै मेरो रूचि घटेको थियो। म धेरैचोटि फेल भएँ। कहिलेकाहीँ त आठवटा विषयमध्ये पाँचवटामा फेल हुन्थेँ। पास हुँदा पनि बल्लतल्ल पास भएँ। मलाई लाग्छ, विद्यार्थी फेल हुनु भनेको उसको असफलता होइन, उसको भन्दा बढी असफलता शिक्षकको हो। विद्यार्थी असफल हुनुमा सत प्रतिशत शिक्षकको दोष हुन्छ।’ ............. स्कुलमा शिक्षकलाई मात्र होइन, घरमा आमाबुवालाई पनि प्रश्न गरेर उनी र्याखर्याखती पार्थे। .......... ‘बच्चा कसरी जन्मिँदो रहेछ भन्ने कुरा हरेक बालकको मनमा आउँछ। मैले एकचोटि यही प्रश्न आमाबुवालाई सोधेको थिएँ। उहाँहरूले भगवानले आशीर्वाद दिएर जन्मन्छ भन्नुभयो। मलाई पत्याएर लागेन। यस्तो हावादारी कुरा पनि गर्ने भनेर भनेँ,’ बालेनले भने। ......... जिज्ञासाले नै प्रश्न जन्माउँछ। हाम्रो शिक्षा प्रणालीले भने जिज्ञासालाई बोधो बनाइरहेको छ, प्रश्नमा छेकबार लगाइरहेको छ।’ ............ बाल्यकालको यही अनुभवका आधारमा बालेनले आफ्नो कार्यकालको सुरूदेखि नै सामुदायिक शिक्षा सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन्। .......... काठमाडौं महानगरभित्र रहेका सामुदायिक स्कुलहरूको शिक्षा प्रवर्द्धन गरेर त्यसलाई नमूना स्कुलका रूपमा विकास गर्ने उनको एजेन्डा छ। यसको निम्ति उनले शिक्षकहरूको तालिममा विशेष जोड दिएका छन्। पहिलेका अन्तर्वार्ताहरूमा उनले सामुदायिक स्कुलका शिक्षकहरूलाई कोरिया र जापानमा तालिम लिन पठाउने योजना सुनाएका थिए। यसपालि हामीसँग चाहिँ विदेशी प्रशिक्षकहरू नै नेपाल डाकेर यहीँ तालिम दिने कुरा सुनाए। ........... बालेन आफूलाई चुनौती मोल्ने स्वभावको पनि मान्छन्। सानो उमेरमै ठूल्ठूलो काममा हात हाल्ने गरेको उनी सुनाउँछन्। .......... उनले तीन कक्षा पढ्दा नै मोटरसाइकल हाँक्न सिकेका थिए। त्यो उमेरमा मोटरसाइकल हाँक्दा उनको खुट्टाले भुइँ छुँदैन थियो। त्यसैले उनी अलि अग्लो कदका साथीलाई पछाडि राख्थे। मोटरसाइकल अचानक रोक्नुपरे, उनी अगाडि ब्रेक दबाउँथे, पछाडि बसेका अग्ला साथी खुट्टा टेक्थे। ........ ‘पहिलोचोटि गाडी चलाउँदा म छ कक्षामा पढ्थेँ। मलाई लाग्छ, मेरो छिमेकमा कसैसँग हेलिकप्टर भइदिएको भए म त्यो पनि उडाउन सिक्थेँ होला।’ ........... इञ्जिनियरिङ पढ्न उनलाई आफ्ना बुवाको इच्छाधरि मारेका छन्। उनका आयुर्वेदिक डाक्टर बुवा बालेनले एमबिबिएस पढोस् भन्ने चाहना राख्थे। बालेनलाई पनि बुवाको चाहनाअनुसार एमबिबिएस पढूँ भन्ने लागिसकेको थियो। तर एमबिबिएसका फारम भर्ने अन्तिम घडीमा उनले आफ्नो निर्णय फेरे र इञ्जिनियरिङतिर लागे। ............ ‘इञ्जिनियरिङ पढ्नुको अर्को कारण पनि छ,’ उनले भने, ‘म पहिले गणितमा कमजोर थिएँ। बायोलोजीमा ८७ ल्याउँदा गणितमा ४२ आउँथ्यो। तर जुन विषयमा म कमजोर थिएँ, मैले पछि त्यही विषयलाई आफ्नो शक्तिमा बदलेँ। आउने विषय त के पढ्नू, नआउने विषय पनि पढ्नुपर्छ भनेर गणितमा बेस्कन मिहिनेत गरेँ।’ ......... इन्जिनियरिङको चारवर्षे बिई कोर्स पास गर्न पनि आठ वर्ष लागेको उनले सुनाए।भारत गएर स्ट्रक्चरल इञ्जिनियरिङको स्नातकोत्तरमा भने आफूले सबभन्दा बढी अंक ल्याएको उनले बताए।
......... ‘नेपालमा राम्रो शिक्षक नभएर नै बिई पढ्न कठिन भएको मैले भारत गएर थाहा पाएँ ............. बिई पढ्दापढ्दै दुइटा कलेज फेरेको बताउँछन्। यसमा पनि उनी शिक्षकलाई नै दोष दिन्छन्। .......... शिक्षकहरू उत्तर दिन नचाहँदा नचाहँदै लगातार प्रश्न सोधिरहने, आफ्नो कदभन्दा अग्लो बाइक हाँक्ने र जुन विषयमा कमजोर छ त्यही विषय रोज्ने स्वभावले उनी कति जिद्दी रहेछन् भन्ने देखाउँछ। मन लागेको काम गरेरै छाड्ने बानीको झलक दिन्छ। यही स्वभाव उनले मेयर उम्मेदवारीमा पनि देखाए। ............. म आफू इमानदार भएसम्म अरू कसैले मलाई गलाउन सक्दैन,’ उनले यहाँ भक्तपुरका मेयर सुनील प्रजापतिकै शब्द बोले, ‘अर्को ठूलो शक्ति भनेको मेरो इञ्जिनियरिङ पृष्ठभूमि हो र मैले लामो समयदेखि गर्दै आएको कन्सल्टेन्सी काम हो।’ ......... ‘इञ्जिनियरका रूपमा कस्तो ठाउँमा कस्तो पूर्वाधार बनाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। कुन योजना सम्भव छ र कुन असम्भव छ भन्ने पनि म राम्ररी बुझ्छु। कुनै योजना असफल भयो भने त्यो प्राविधिक कारणले असफल भयो कि मानवीय त्रुटिले असफल भयो भन्ने पनि मलाई थाहा हुन्छ। त्यसैले कुनै सडक राम्रो बनेन वा पुल कमजोर भयो भने त्यसमा ठेकेदार र प्राविधिकहरूको बदमासी छ कि छैन भन्ने म तुरून्तै थाहा पाउँछु। मलाई कसैले मुर्ख बनाउन सक्दैन। झुक्याउन सक्दैन।’ ............. ‘महानगरको ७० प्रतिशतभन्दा बढी काम सिभिल इञ्जिनियरिङसँग जोडिएको हुन्छ। म आफैं इञ्जिनियर भएकाले ती सबै काम म राम्ररी बुझ्छु। त्यसैले अहिले भइरहेका कम्तीमा ७० प्रतिशत काम म पूर्ण दक्षतासाथ गर्न सक्छु। त्यसमा मलाई कसैले बाटो अल्मल्याउन सक्दैन।’ ............ महानगर मेयरका रूपमा बालेनको सबभन्दा ठूलो चुनौती फोहोर व्यवस्थापन नै हो। उनी बर्खाको मुखमा मेयर भएर आउँदैछन्। उनले कार्यकाल सम्हालेको केही सातामै मनसुन सुरू हुनेछ। त्यसपछि काठमाडौंमा थुप्रिने फोहोरलाई सिसडोल वा बञ्चरेडाँडाको ल्यान्डफिल साइटसम्म ढुवानी गर्न गाह्रो पर्छ। बाटो बन्द भएर ढुवानी रोकिन्छ। .............. काठमाडौं महानगरमा दैनिक ६ सय टन फोहोर निस्कन्छ। तीमध्ये ७० प्रतिशत कुहिने खालका फोहोर हुन्। त्यसबाट जैविक मल बनाएर धादिङ र काभ्रे पठाउने उनको योजना छ। यसबाहेक अन्य फोहोर जलाउन इन्सिनेरेटर मेसिन जडान गर्ने उनले भनेका छन्। बञ्चरेडाँडामा पहिले नै यो योजना कार्यान्वयन गर्ने भनिएको थियो। ............ बालेनले फोहोरमैलाको उचित व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने खालका फोहोर अलगअलग राख्ने प्रणाली विकास गर्ने बताएका छन्। महानगरले पनि यी दुई खालका फोहोर उठाउन फरक–फरक दिन गाडी पठाउने पनि उनको योजनामा छ। यो पनि त्यति सहज छैन। आजसम्म प्रायः कुनै घरमा पनि फोहोर अलगअलग राख्ने चलन छैन। एकाएक यो बानी बसाल्न गाह्रो छ। ............. ‘हाम्रा नागरिकहरू एकदमै भनेको मान्छन्। गाडीको हर्न नबजाउनू भन्दा कसैले पनि बजाएनन्। त्यस्ता मान्छेलाई कुहिने र नकुहिने फोहोर अलग राख्नू भन्यो भने पक्कै मान्छन्। यहाँ समस्या फोहोरको होइन, त्यसलाई व्यवस्थापन गर्न नसक्ने हाम्रो कमजोरीको हो।’ ........... उनी काठमाडौं कोरसिटीको सम्पदा र संस्कृतिलाई पुरानै स्वरूपमा फर्काउन चाहन्छन्। न्यूरोड र वसन्तपुरदेखि ठमेल र थँहितिसम्मका भित्री बस्तीका सडकमा ढुंगाको सट्टा इँटा बिछ्याउन चाहन्छन्। यसरी इँटा बिछ्याउँदा त्यसले बर्खाको पानी सजिलै सोस्छ। बाटोमा जम्दैन। भूमिगत पानीको सतह पनि कायम रहन्छ। भक्तपुरले यस्तै गरेको छ। ............. भित्री बस्तीमा सवारी साधन निषेध गर्ने र त्यहाँका प्रत्येक घरपरिवारलाई आफ्नो अगाडि स्थानीय परिकारहरूको व्यवसाय गर्न प्रोत्साहित गर्ने उनको योजना छ। स्थानीय जात्रापर्व मनाउन पैसाको कमी भएकाले सबै जात्रापर्व र गुठीहरूलाई जाने खर्च बढाउने र यहाँका जात्राहरूमा सिंगो काठमाडौं सरिक हुने वातावरण बनाउने उनी बताउँछन्। .......... ‘काठमाडौंको विशेषता भनेकै यहाँका जात्रापर्व, रहनसहन र भित्री बस्तीका गल्लीहरू हुन्। सयौं वर्षदेखिका यी सम्पदाहरूले काठमाडौंको परिचय बोकेको छ। नेपाल आउने पर्यटक यिनै सम्पदा हेर्न आउने हुन्। तर हामीले पर्यटकलाई काठमाडौंको यो अमूल्य रत्न देखाउन जानेका छैनौं। त्यसैले अधिकांश पर्यटकको काठमाडौं बसाइ एकदमै कम छ। यहाँका सम्पदा, संस्कृति संरक्षण गर्ने र संसारभरि त्यसको प्रचारप्रसार गर्ने हो भने पर्यटनबाटै काठमाडौंले ठूलो आर्थिक लाभ लिन सक्छ ............ उनी यहीँका गल्लीमा हुर्केकाले उनलाई ती गल्लीसँग मोह छ। यहाँका परम्परा र रिवाजसँग प्रेम छ। उनी भन्छन्, ‘मैले बच्चा बेला जुन काठमाडौं देखेँ, त्यो अहिलेका बच्चाहरूले देख्न पाएका छैनन्। काठमाडौंको अलग्गै बासना छ। यहाँका मन्दिरहरूमा हुने आरती, घन्टीको आवाज र जात्रापर्वको रौनकले काठमाडौंमा सधैं संगीत गुञ्जिरहेझैं लाग्छ। म अहिलेका केटाकेटीलाई हामी केटाकेटी हुँदा देखेको त्यो काठमाडौं देखाउन चाहन्छु। काठमाडौंको मौलिक बासनासँग संसारलाई परिचित गराउन चाहन्छु।’ ........... घाटामा चलिरहेका डिपार्टमेन्ट स्टोर र मलहरू भाडामा लिएर तिनलाई बहुतले पार्किङ स्थलमा परिणत गर्ने उनको योजना छ। विभिन्न अफिसहरू खुल्ने र बन्द हुने समय पनि अदलबदल गर्ने उनी बताउँछन्। ......... अहिले काठमाडौं एकैचोटि जाग्छ, एकैचोटि सुस्ताउँछ। यो समय तालिका फेरेर बिहान ८ बजेभित्र सबै स्कुल खुल्यो भने त्योभन्दा अगाडि नै स्कुलका गाडीहरू विद्यार्थी छाडेर आ–आफ्नो ठाउँमा फर्किसक्छन्। त्यसको दुई घन्टापछि सरकारी कार्यालयहरू खुल्छ। त्यसपछि बजार, सपिङ कम्प्लेक्स, न्यूरोडका सुन पसल, कपडा पसलहरू दिउँसो १२ बजेतिर मात्र खोल्ने हो भने ट्राफिक समस्या केही हदसम्म हल हुने उनी बताउँछन्। त्यस्तै आइटी कम्पनीहरू र त्यस्तै किसिमका अरू कार्यालयहरू दिउँसो २–३ बजेतिर मात्र खुल्ने हो भने पनि सवारी चाप खुकुलो हुने उनको भनाइ छ। यसले राति अबेरसम्म सहर जागा रहन्छ। सहरलाई जागा राख्न नगर प्रहरीहरू थपेर सुरक्षाको प्रबन्ध मिलाउने र सहरभरि दसौं हजार सिसिटिभी जडान गरेर चौबीसै घन्टा निगरानी गर्ने उनले बताएका छन्। .............. सबै सार्वजनिक गाडीहरूलाई एउटा कम्पनी मातहत ल्याउने र त्यही कम्पनीले एउटै ब्रान्डका रूपमा गाडी चलाउने उनको विचार छ। यसो गर्दा प्रिपेड कार्ड प्रणाली पनि लागू गर्न सकिन्छ। दैनिक, साता वा महिनावारी पैसा तिरेर एउटै कार्डले सहरभरि यात्रा गर्न सकिन्छ। ............ काठमाडौंको भित्री बस्तीलाई सवारी निषेध गर्ने योजना महानगरको कार्यालयमा अहिले पनि थन्किएर बसेको छ। उक्त योजनाअनुसार न्यूरोडलाई नमूनाका रूपमा सवारी निषेधित क्षेत्र घोषणा गर्ने र त्यो सिंगो सडकलाई नै मान्छेहरू घुमफिर गर्ने पार्कका रूपमा विकास गर्ने योजना थियो। बालेनले कार्यकाल सम्हालेपछि त्यही योजनाको फाइल खोलेर न्यूरोडलाई नमूना सवारी निषेधित क्षेत्र घोषणा गर्न सक्छन्। ............ धरहराको मुनि, जसलाई बालेन धरहरा होइन, ‘सेतो टावर’ भन्न रूचाउँछन्, त्यहाँ पनि करिब हजारवटा गाडी र मोटरसाइकल राख्ने क्षमताको पार्किङ बन्दैछ। त्यो निर्माण पूरा भएपछि न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन सकिन्छ। ........... सवारी निषेध गर्दा स्थानीय व्यापारमा कुनै समस्या पर्दैन, उल्टो व्यापार बढ्छ भन्ने सबैले बुझेपछि यो योजनालाई भित्री बस्तीभरि लागू गर्न सजिलो हुनेछ। ............. ‘महानगरमा मेयर नै कार्यकारी हो। उसले सबैसँग मिलेर र सबैले ऊसँग मिलेर काम गर्ने हो। मलाई असफल बनाउनु भनेको वडाध्यक्षहरू आफैं असफल हुनु होइन र?’ .............. ‘मैले अहिलेदेखि नै निर्वाचित भएर आएका वडाध्यक्षहरूले मलाई काम गर्न दिँदैनन् भनेर शंका गर्न थालेँ भने त म अहिल्यै असफल भइहालेँ नि। म मात्र होइन, उहाँहरू पनि र मलाई निर्वाचित गरेर पठाउने सबै मतदाता असफल भइहाल्यो नि। सिंगो काठमाडौं महानगर नै असफल भइहाल्यो नि। मैले त उहाँहरू सबैसँग मिलेर काम गर्ने हो र मलाई विश्वास छ, उहाँहरू पनि मसँग मिलेरै काम गर्नुहुनेछ।’ ........... ‘जहाँसम्म कर्मचारीतन्त्रप्रतिको शंका छ, त्यसमा मलाई बिल्कुलै विश्वास छैन। मेयर आफैं भ्रष्टाचारी छ भने एउटा कुरा, नभए स्वच्छ छवि भएको मान्छे पर्यो भने कर्मचारीहरूले त्यसै सहयोग गर्छन्।’ ............ ‘मैले काठमाडौं महानगरबाटै हजारवटाभन्दा बढी घरका नक्सा पास गरेको छु। वर्षौंदेखि उनीहरूसँग सहकार्यमा काम गर्दै आएको छु। झन् आफूले पहिल्यैदेखि चिनेको मान्छे मेयर भएर आए भनेर उहाँहरूले पूर्ण सहयोग गर्नुहुनेछ भन्ने मलाई लाग्छ।’ ......... उनी हरेक प्रश्नको उत्तर नअलमलिकन दिन्छन्। .......... 'मेयरमा उत्तराधिकारीको विकास गरिहाल्ने हो। काम गर्दागर्दै अर्को मान्छे तयार गर्ने हो।' ......... ‘म भविष्यमा कुनै दलमा छिर्ने छैन।’ ......... ‘हो, नयाँ दल खोल्ने हो।’ .......... मेयर उनको पहिलो खुड्किलो हो, बालेनका आँखामा त्योभन्दा ठूलो सपना छ। पेटमा अहिले देखिएकोभन्दा ठूलो आगो छ। ......... यसपालि पनि केशव स्थापितजीले म मधेसको हो भनेर भनेपछि मात्र यो कुरा उठेको हो। त्यसपछि धेरैले मलाई मधेसको तेली साह भने। मैले खुसीखुसी स्वीकारेँ। कतिले जुम्लाको ठकुरी भने, त्यो पनि मैले खुसी खुसी स्वीकारेँ।’ .......... ‘म मधेसको तेली साह होइन। जुम्लाको ठकुरी शाह पनि होइन। पूर्वराजा ज्ञानेन्द्रजस्तो शाह पनि होइन। म सूर्यवंशी शाह राजपरिवारको सन्तान हुँ।' .......... 'यो हाम्रो वंशावलीमा छ।'@sudeepshree write a biography of @ShahBalen in English for the global audience, self-publish on Amazon, interview 100 of his family, friends, and colleagues. you will make a lot of money
— Paramendra Kumar Bhagat (@paramendra) May 25, 2022
Firearms became the leading cause of death for American children and teenagers in 2020 https://t.co/ieSuvzaNWd
— TIME (@TIME) May 25, 2022
No comments:
Post a Comment