एउटा हुन्छ नेपाल को नागरिक जो विदेश गएको छ। अर्को हो नेपाली ओरिजिन (origin) को व्यक्ति। आज उ जहाँ सुकै को नागरिक भए पनि पुर्ख्यौली नेपाल नै हो। त्यसमा पहाड़ी पनि पर्छन, मधेसी पनि। नेपाल एकीकरण गर्ने पहिलो राजा त राजा जनक हो। पृथ्वी त ख्याल ख्याल को राजा। राजा जनक को संतति नेपाली हो कि होइन भन्ने बहस नै बेकार, पुर्वाग्रही, र विद्वेषपुर्ण छ।
मैले भेटेको छु, कहाँ को मान्छे भन्दा त्रिनिडाड भन्छ, तर उसको पुर्खा केही सय वर्ष अगाडि बिहार को, अझै बिहार बिर्सेको छैन। त्यो मान्छे ले बिहार आफ्नो भन्न पाउने कि नपाउने?
र यो आर्थिक क्रांति सँग सम्बन्धित छ। डेंग सयाओपिंग ले जब चीन मा आर्थिक क्रांति गर्ने अठोट गरे, माओ को पागलपन पुग्यो, असह्य भो, अब देश विकास गरौं भन्दा चीन मा पुँजी हाल्ने प्रथम लहर प्रवासी चिनिया। नेपाल ले नेपाल बाहिर रहेका तीन करोड़ नेपाली लाई अँगालो हाल्नुपर्ने कारण आर्थिक क्रांति हो। पुँजी र प्रविधि चाहिएको छ। प्रवासी नेपाली ले प्रथम पाइला चाले पछि अनि सारा दुनिया आउने हो।
प्रवासी नेपाली पनि संगठित हुनु पर्यो। अचेल संगठित हुनु भनेको प्रत्येक भुगोल को आफ्नो आफ्नो फेसबुक पेज। प्रत्येक तहको कमिटी को आफ्नो व्हाट्सप्प ग्रुप।
प्रवासी नेपाली जो नागरिक छ उसले आफ्नो फोन मा नै भोट खसाल्न पाउनुपर्यो। त्यो गर्न सजिलो छ। नियत अहिलेसम्म ठीक ठाउँ मा नभएर मात्र हो। एक करोड़ मतदाता त नेपाल बाहिर छन। रोज समाचार पढेर बसेका हुन्छन्। अचेल त गाउ र टोल को समेत समाचार आइरहेको हुन्छ। आफ्नै साथी भाइ ले फेसबुक मा राखिदिएका हुन्छन्।
मेरो हाई स्कुल क्लास को सबैभन्दा बढ़ी पैसा कमाउने मान्छे ले अमेरिका छोडेर नेपाल गयो, त्यो पैसा नेपालमा कमाएको हो।
No comments:
Post a Comment