प्रमुख चुनौती नै राजनीति हो। काठमाण्डु मा गरेको काम अब को चुनाव मा सारा देशमा गर्नुपर्छ। पुराना पार्टी हरु माकुरा को जालो हो प्रत्येक। फाल्नुपर्छ। दिवाली त्यसै मनाउन पाइन्छ?
प्रथम कदम चुनावी विजय हो। स्वीप गर्नुपर्छ।
न्यायपालिका मा क्रान्ति चाहियो। संसद मा दुई तिहाई छ भने सकिन्छ। प्रत्येक न्यायधीश लाई महाअभियोग लगाएर हटाउने। त्यस पछि मेरिट का आधार मा पुगेका हरु को पुनर्नियुक्ति। राजनीतिक भागबण्डा, यो पार्टी त्यो पार्टी भन्दै पुगेका हरु सब फाल्ने। भ्रष्ट न्यायपालिका भएको देशमा विधि को शासन हुन्छ? विधि को शासन बिना आर्थिक क्रांति हुन्छ?
सेना लाई फेरि गृह युद्ध अगाडि को ३०,००० मा लानुपर्छ। सेना को काम रोड बनाउने होइन। त्यसका लागि कंस्ट्रक्शन कंपनी हरु खोल।
सशस्त्र प्रहरी बाई बाई। बोर्डर मा आतंक मचाएर बसेको छ।
दुई तिहाई कर्मचारी लाई एक वर्ष तलबी विदा दिएर बाई बाई। सरकारी सेवा फोन फोन मा डिजिटल सेवा। उद्यमी लाई काम गर्न सजिलो बनाउने। रोजगारी सिर्जना गर्ने तरिका त्यही हो।
सरकारी हिसाबकिताब पुर्ण पारदर्शी।
संविधान संसोधन गरेर केंद्र र प्रदेश मा सांसद को संख्या घटाउने। भारत जस्तो ठुलो देश मा ५५० जति सांसद, नेपाल मा भने ३००? किन चाहियो? अनावश्यक खर्च।
देश लाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति मा लाने।
No comments:
Post a Comment