The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Monday, April 25, 2022
Janamat Party: April 25
‘नैतिकता अझै बाँकी छ भने जनकपुरका मेयरले राजीनामा दिनुपर्छ’ जानकी राम साह, वडाध्यक्ष, जनकपुरधाम उपमहानगरपालिका–७, धनुषा हाम्रा थुप्रै मुद्दाहरू छन्, तर सरसफाइ मुख्य हो । ..... नगरपालिकामा भ्रष्टाचारका फाइलको चाङ्ग नै छ, अख्तियारले लगेको छ । सरसफाइमा अर्बौं रूपैयाँ खर्च भएको छ, तर सरसफाइ भएको छैन ।
मधेशीको मत कांग्रेस–एमालेलाई नै बुझाउने हो भने उतै किन नजाने ? : संजय यादव आन्दोलनको क्रममा दुई पटक जेल बसिसकेको छु, पाँच पटक टाउको फुटेको छ । युवाहरूलाई अवसर दिनु र आन्दोलनमा युवाहरूको जुन योगदान थियो त्यसलाई गप्राथमिकतामा राख्न पार्टीका शीर्ष नेताहरूलाई बारम्बार आग्रह गर्दै आइरहेका थिएँ । तर उहाँहरू पार्टीको गतिविधि नै नगरी सांगठनिक कार्यहरू नै बन्द गर्नुभयो । शीर्ष नेताहरूले कुनै वास्ता गर्नु भएन । यदि कोही पैसावाला छन्, आन्दोलनको उसको लगानी होस् नहोस् कुनै मतलब छैन, त्यस्ताहरूले बढी प्राथमिकता पाउँछन् । पार्टी अध्यक्ष जुन जातिका छन्, उसले प्राथमिकता पाउँदै गए । समग्रमा भन्ने हो भने मधेशको राजनीति जातिवादमा फँसेको छ । ...... हाम्रा मधेशका पार्टी अध्यक्षहरू आफूलाई भगवानभन्दा कम ठान्नु हुन्न । हाम्रा अध्यक्षहरूका अगाडि हामी कार्यकर्ता होइनौं, लठैत मात्रै हौं । लठैतको रूपमा मात्रै हामी प्रयोग हुँदै आएका छौं । त्यसैले अब आगामी राजनीतिक यात्रा नयाँ तरिकाले सुरूआत गर्नेछौं । ...... आजको दिनमा सडक, पुल निर्माणभन्दा पनि गुणस्तरीय शिक्षाको आवश्यकता छ । ......... हाम्रो मुद्दा सम्बोधन गर्ने स्थितिमा मूलतः कांग्रेस र एमाले हो । कांग्रेस, एमाले र जसपासँग कुरा भइरहेको छ । तर जुन पार्टीले मधेशको मुद्दालाई विगतमा अलि सहज ढंगले हेरेका छन्, त्यो पार्टी नै रोज्ने हो । यस अघिको केपी ओलीको सरकारले कम्तीमा नागरिकता मुद्दा, आन्दोलनकारीहरूमाथि लगाइएका झुठ्ठा मुद्दा फिर्ता भयो, घाइतेहरूलाई सम्बोधन ग¥यो । तर अहिलेको सरकारको करिब १० महिना हुन लाग्यो, तर मधेशका कुनै पनि मुद्दा सम्बोधन गर्ने तिर अघि बढेको छैन । जबकि स्वयम् मधेशका मसिहा भन्ने पार्टीका मन्त्रीहरू छन् । कम्तीमा केपी ओलीको सरकारमा लोसपा १३ दिनमै केही मुद्दाहरू सम्बोधन गरायो तर जसपाले अहिलेसम्म विभिन्न भागवण्डामा मात्रै सीमित छ । ...... हिजो र आजका एमालेमा धेरै परिवर्तन भइसकेको छ । हिजोको केपी ओली र आजको केपीमा धेरै परिवर्तन भएको छ । आजको दिनमा केपी ओली प्रति जुन झुकाव छ, यदि यस्तै रहिरह्यो भने हामी मात्र होइन, मधेशका अन्य युवाहरू पनि सोच्न बाध्य हुन्छन् । ........ यो जतिको पीडाको घडी हाम्रो लागि केही हुँदैन । जीवनमा यस्तो समय आउँछ भनेर मैले सपनामा पनि सोचेको थिइनँ । मैले रोएर लोसपा परित्याग गर्ने निष्कर्षमा पुगेको हुँ । मैले कहिल्यै सोचेको थिइनँ कि मधेशवादी पार्टी छोडेर कांग्रेस–एमालेतिर मेरो झुकाव हुन्छ । तर हाम्रा नेताहरूको गतिविधिका कारण परिस्थिति निर्माण भयो हामी जस्ता युवा सोच्न बाध्य भयौं । हामी आन्दोलन ग¥यौं, केपी ओली मुर्दावादको नारा लगायौं । तर कसका लागि आन्दोलन ग¥यौं ? हाम्रा नेताका आफन्तहरूलाई समानुपातिक सांसद बनाउनका लागि? भोट बेचेर नेताको घरमा पैसा थुपार्नका लागि? ती सबका लागि हामीले आन्दोलन गरेको अनुभव भयो । .......... हामी जति आन्दोलन गरेर मधेशी जनताको भोट लिएर आउँछौं तब हाम्रा नेताहरू ती भोट त्यही कांग्रेस र एमालेलाई बुझाउने गरेका छन् । आफूलाई मधेशको मसिहा भनाउने एउटा टिम केपी ओलीलाई नेता मानेको छ भने अर्को टिमले शेरबहादुर देउवालाई नेता मानेको छ । मधेशमा नेता देखा परेका छैनन्, ठूला दलका पिछलग्गु मात्र हुन् । ........ मैले सामाजिक सञ्जालमार्फत् लोसपा परित्यागको घोषणा गरेदेखि धन्यवाद र स्वागत बाहेक कसैले पनि नकारात्मक टिप्पणी गरेका छैनन् । यहाँ सम्म कि अहिलेसम्म हाम्रा अध्यक्षमण्डलबाट किन परित्याग गर्नुभयो, आएर कुरा गर्नुस् भनेर भनेको छैन । जिल्ला–जिल्लाबाट मलाई फोन आइरहेको छ कि राम्रो गर्नुभयो, अब सबैले यस्तै गर्नेछन् । यसबाट मलाई यो अनुभव भयो कि म अहिलेसम्म अन्ध्यारोमा थिएँ । म मात्रै पीडित छैन, मजस्ता कैयौं आन्दोलनकारी युवाहरू पीडित छन् । मधेशका पार्टी केही नेताहरूको सिन्डिकेटबाट चल्छ । जसले जति गणेश परिक्रमा गर्न सक्छ, उसले त्यति बढी अवसर पाउँछन् । तर हाम्रो जीनमै छैन कसैको चाप्लुसी गर्ने । इतिहास साक्षी छ कियादवको छोराले कहिल्यै पनि कसैको चाप्लुसी गर्दैन । ........ आजसम्म रेकर्ड हेर्ने हो भने हृदयेश त्रिपाठी जस्तो मधेशको हस्ती जसको मधेशप्रति लगानी अहिलेसम्म कसैको छैन, उहाँले पनि छोड्नुभयो । उनीजस्ता धेरै नेताहरू पीडित भएर मधेशको राजनीतिक पार्टी छोडेका छन् । आज पनि छोड्ने क्रममा छन् । मधेश र देशको राजनीतिमा यदि कसैलाई सबभन्दा बढी सम्मान गर्छु भने त्यो व्यक्ति महन्थ ठाकुरजी हुनुहुन्छ । उहाँजस्तो व्यक्ति मधेशले पाउनु धेरै ठूलो भाग्यको कुरा हो । ........ नेता महन्थ ठाकुर साँच्चिनै शालीन, बौद्धिक, नेतृत्व क्षमतालगायत सबै गुण भएको व्यक्ति हुनुहुन्छ । तर उहाँलाई काम गर्न दिने टिम राम्रो भएन । त्यसैले अब म आफ्नो राजनीतिक यात्रा कुनै राष्ट्रिय पार्टीबाट सुरूआत गर्नेछु ।
India Might Not Buy Nepal's Electricity: Deuba
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment