जनता ले बहुदल का लागि आन्दोलन गरे, देश मा गृहयुद्ध समाप्त गर्न क्रान्ति गरे, गणतंत्र र संघीयता का लागि क्रान्ति गरे, प्रत्येक चुनाव मा मतदान गर्दै गए, तर त्यो प्रत्येक पटक आकांक्षा एउटै रह्यो: आफ्नो परिवार को आर्थिक प्रगति। जनता लाई यो राजनीतिक व्यवस्था त्यो राजनीतिक व्यवस्था सँग मतलब थिएन र छैन। आफ्नो परिवार को आर्थिक प्रगति को आकांक्षा आकाश को फल आँखा तरि मर।
आर्थिक क्रान्ति भएको छ। १०,००० नेता, कार्यकर्ता, कर्मचारी, व्यापारी, माफिया, ठेकेदार को आर्थिक क्रान्ति भएको छ। राणा शासन मा देश को सम्पत्ति सय दुई सय राणा हरु ले उपभोग गर्थे। अहिले त्यो दायरा फराकिलो मात्र भएको छ। १०,००० सम्म पुगेको छ। नेपाल मा लोकतंत्र आइसकेको छैन। लोकतंत्र को नाम मा नेताराज आएको छ। जनता राज आउन बाँकी छ। गाउँ गाउँ मा स्वराज आउन बाँकी छ।
देश मा भ्रष्टाचार समाप्त नगरेसम्म आर्थिक क्रान्ति संभव नै छैन। अर्थात यी १०,००० को राजनीतिक सफाया। दाढ़ी खौरिये जस्तै खौरिने। नव राणा हरु देश लुटेर बसेका छन।
मोदी न आफु भ्रष्टाचार गर्छन न आफ्नो कैबिनेट लाई गर्न दिन्छन। त्यति मात्र गर्दा देश बाट ५०% भ्रष्टाचार समाप्त हुन्छ। देउबा, ओली, झाले, दहाले, माकुने को ठाउँ मा एक जना नचोर आए राम्रो हो तर बहुदल मा भ्रष्टाचार ले जरो गाड़ेको सन्त नेता कृष्ण प्रसाद को पालामा। The left hand does not know what the right hand is doing को अवस्था। घुस त मनमोहन सिंह पनि नखाने तर मौनमोहन को कैबिनेट बेलगाम।
५०% भ्रष्टाचार पहिलो दिन मैं समाप्त गर्ने, बाँकी ५०% पनि टैकल गर्ने स्वराजी चाहिएको छ। शत प्रतिशत त मृत्युदण्ड भएको चीन मा पनि भएको छैन।
No comments:
Post a Comment