राणा शासन मा चोरी हुँदैनथ्यो। राज्य को सम्पुर्ण ढुकुटी राणा हरु को निजी सम्पत्ति मानिन्थ्यो। आफ्नो सम्पत्ति आफैले चोरेको भन्ने हुँदैन। राज्य को सम्पुर्ण ढुकुटी नेता, कर्मचारी, व्यापारी, ठेकेदार लाई आफ्नै लागिरहेको हुन्छ अचेल पनि।
नेपाल मा १०,००० नेता र कार्यकर्ता लाई लागिरहेको छ राज्य को सम्पुर्ण ढुकुटी आफ्नो निजी सम्पत्ति हो। प्रधान मंत्री सँग बजाप्ते एउटा कोष नै हुन्छ। दशैं आयो खाउँला पिउँला। आफ्ना कार्यकर्ता लाई दशैं खर्च बांडिरहेको हुन्छ। कोष को नाम चाहिं आपदविपद कोष।
प्रधान मंत्री ले मंत्री सँग पैसा लिन्छ। मंत्री ले आफुले नियुक्त गर्ने मान्छे सँग। राणा कालमा हुन्थ्यो। ल ज्वाईं साब लाई बर्दिया को बड़ा हाकिम।
पृथ्वी नारायण शाह ले नेपाल एकीकरण गरेको होइन, जमीन्दार ले जग्गा थपेको। निजी संपत्ति।
अर्थात जसलाई हामी भ्रष्टाचार भन्छौं त्यो त नेपाल मा शासक वर्ग को विरासत हो। समस्या के भयो भने नेपाल को संविधान ले सार्वभौमसत्ता जनता मा निहीत भनिदियो। त्यो ठुलो समस्या भएको छ।
पुष्पकमल चाहिं आफ्नो लडाकु को नाम मा आएको अरबौं अरबौं सिंगापोर मा लगेर लुकाए। स्विट्ज़रलैंड को बाटो थाहा नभएको। त्यो बैंक खाता फ्रीज भएको छ। नेपाल मा एमसीसी पास नहुने कारण त्यो हो।
देश मा सार्वभौमसत्ता जनता बाट लुछेर पार्टी अध्यक्ष हरु को मा लगेर राखिदिने हो भने भ्रष्टाचार छुमंतर।
दशैं आयो खाउँला पिउँला। नेपाली जनता बुढ़ी औंला बन्ने बेला आएको छ। झट्ट पापी उतै बस।
No comments:
Post a Comment