News: September 26
किताबी कुराकानी
बाजुरामा स्कुल पढ्दा कोर्सबाहिरका कुनै किताब पढेको याद छैन ट्वीटर र इन्स्टाको जमाना, छोटो–छोटो पढेर धारणा बनाउने ! ...... अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि डाक्टरीतिर तयारी गर्दागर्दै उनले बाटो मोडे, त्रि–चन्द्र कलेजबाट अर्थशास्त्र र गणित विषय लिएर स्नातक टप गर्दै अमेरिकाको थिंक ट्यांक र्यान्ड कर्पोरेसनअन्तर्गतको ग्य्राजुएट स्कुलबाट डाक्टरी उपाधि लिए । आर्थिक नीति विश्लेषणमा विद्यावारिधि गरेका तिमिल्सिना हाल संयुक्त राष्ट्र संघअन्तर्गत रहेर ४० भन्दा बढी देशको चिन्ता–चिन्तन गर्छन्, एक सयभन्दा बढी देश डुलिसकेका छन्। अंगराजले झन्डै दुई तिहाइ दुनियाँमा नीतिगत सल्लाहकार भई राज गरेका छन् तर नेपालमा भने उनको रजगज खासै देखिँदैन । ......... ‘फिफ्टी सिक्रेट्स् अफ सिंगापुर्स सक्सेस’ ........ मैले त्यो किताब पढिसकेर नेपाली कांग्रेसका नेता गगन थापालाई दिएँ .......... सन् १९६५ मा पाँच सय डलरभन्दा अलि बढी प्रतिव्यक्ति आय भएको सिंगापुर सन् २०१८ मा आइपुग्दा झण्डै ६५ हजार डलरको आयमा पुग्नुमा खास ‘सिक्रेट्’ के हो ? ......... एक चोटि किताब पढ्न थालेपछि अक्सर पढेरै सिध्याउँछु । किताब पढेर सकेपछि म सकेसम्म त्यो किताब अरुलाई दिन्छु, ‘होर्डिङ्’ गर्ने बानी छैन । .......... म अहिले किताब ‘आइप्याड्’मा ‘डाउनलोड्’ गरेर पनि हेर्ने गर्छु । केही किताब त साइकल चलाउँदा, हिँडडुल गर्दा वा ‘एक्ससाइज’ गर्दासमेत ‘अडिओ’मा सुन्ने गर्छु । अनलाइनबाट पाइने किताब ‘पेपर ब्याक’भन्दा सस्ता पनि हुन्छन् । .......... पछि काठमाडौंमा पढ्न आएपछि बीपी कोइरालाका सबै किताब धेरैचोटि पढेको छु । त्यो बेला जतिचोटि पढे पनि धीत नमरे जस्तो हुन्थ्यो, विशेष गरी उनका मनावैज्ञानिक साहित्यका किताब । ........ अक्सर म यात्रा गर्ने भएकाले विमानस्थलका किताब पसलतिर किन्छु ............. मैले धेरै किताब सायद सन् २००० देखि सन् २००७ सम्म पढेँ । मैले विद्यावारिधि गर्ने बेला आफ्नो कोर्सका किताब पढ्दा झ्याउ लाग्यो भने पुस्तक पसलतिर गएर नयाँ किताब ‘सेल्फ’बाट तानेर त्यही पसलको छेउछाउमा घण्टौं बसेर किताब पढेर सिध्याउँथे । इच्छा छ भने किताबै किन्नुपर्छ भन्ने छैन । पढ्नका लागि लाइब्रेरी वा किताब पसल पनि जान सकिन्छ । ............. पुस्तकालयसँगको मेरो पहिलो साक्षात्कार चाहिँ हाम्रै त्रिभुवन विश्वविद्यालयको पुस्तकालय हो । ......... आफूले पढिसकेपछि ती पुस्तक अरुलाई दिने गर्छु । त्यो पनि कुन किताब कसलाई मन पर्छ होला भन्ने आँकलन गरेर दिन्छु । .............. यात्रा गर्दा प्लेनमा कि त किताब पढ्ने कि ‘मूभी’ हेर्ने बानी छ, तर कुनै किताब राम्रो लागे नसकिन्जेल पढेर सिध्याउँछु । ........... अर्थशास्त्रका पुराना किताबलगायत मसँग झन्डै १० हजार जति किताब छन् । विभिन्न ठाउँमा स्टोर गरेर राखिएका छन् मेरा किताब । यी किताब म नेपालको कुनै पुस्तकालयलाई दिने पक्षमा छु । ........... २१ सौं शताब्दीको नेतृत्व कस्तो हुनुपर्छ ? विश्वको शक्ति सन्तुलनमा देखिएको परिवर्तनका अतिरिक्त चौथो औद्योगिक क्रान्ति भनेको के हो ? नेतृत्वमा सफल व्यवस्थापन र ‘टीम वर्क’ कस्तो हुनुपर्छ ? ‘इमोसनल इन्टेलिजेन्स’ (भावुक बुद्धिमता) भनेको के हो ? आदि बारेको जानकारी हुन जरुरी छ । हेनरी किसिन्जरको ‘वल्र्ड अर्डर’, मार्टिन जाकको ‘ह्वेन चाइना रुल्स द वल्र्ड’, क्रिस्टोफर कोनर्सको ‘इमोसनल इन्टेलिजेन्स फर द मोडर्न लिडर’, मेट्रका र गाजेस्कीको ‘द फ्युचर अफ पलिटिकल लिडरसिप इन द डिजिटल एज’ र ब्लानचार्ड र जोनसनको ‘द वान मिनट म्यानेजर’ पढ्दा यो नयाँ प्रविधि र नयाँ शताब्दीमा कस्तो नेतृत्व आवश्यक छ त भन्ने धेरै कुरा थाहा हुन्छ । ........... आफैँले एउटा च्याप्टर लेखेको सन् २०२० मा आएको ‘ह्यान्डबुक अन करप्सन, इथिक्स एन्ड इन्टिग्रिटी इन पब्लिक एडमिनिस्ट्रेसन’ किताबको एउटा प्रति निःशुल्क पाइयो भने अर्को प्रति २५२ अमेरिकी डलर तिरेर किनेको छु । ........... नियमित रुपमा फरेन पोलिसी म्यागजिन, दी इकोनोमिस्ट र अरु पपुलर न्युज पेपरका विचार लेख पढ्ने गरिन्छ ........... पहिलेको जस्तो किताब जम्मा गरेर बस्नुपर्ने अवस्था पनि छैन । त्यही भएर किताबदेखि पत्रपत्रिकासमेत अहिले डिजिटल रुपमा पाइन्छन । धेरै सूचना र ज्ञान त अनलाइन भइयोे भने निःशुल्क पनि पाइन्छ, पैसा तिरेर ग्राहक पनि बनिराख्नु पर्दैन । .......... फिक्सनमा ह्यारी पोर्टरका सबै किताब र नन–फिक्सनमा युभल नोहा हरारीको ‘स्यापियन्स ः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ अनि जेरी डायमन्डको ‘गन्स, जम्र्स एन्ड स्टिल’ । आत्मकथामा बीपीको आत्मवृत्तान्तदेखि नेल्सन मन्डेलाको ‘लङ वाक टु फ्रिडम’ । ........ ‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ लेखेर चर्चा कमाएका फ्रान्सिस फुकुयामा पछि मेरो विद्यावारिधिको सल्लाहकार बनेका थिए । उनीसँगै म पनि सह–लेखक भएको दुई–तीनवटा किताब पनि छापियो । ........... (१) नेपाल आफ्नो ‘पोटेन्सियल’अनुसार किन बनेन ? (२) मैले देखेको संसार : मेरो १०२ देशको यात्राको संस्मरण (३) मेरो जिन्दगी : बाजुरादेखि ब्रुकलिन हाइट्ससम्म । ................ विश्व प्रख्यात वैज्ञानिक आइज्याक न्युटन क्याम्ब्रिजमा पढ्दा खासै मेधावी छात्र थिएनन् । उनले बीए पास गर्दा कुनै ‘अनर’ वा ‘डिस्टिङ्सन’ (विशिष्ट श्रेणी) मा पास गरेका थिएनन् । ............ न्युटनको आफ्नो व्यक्तिगत जीवन भने नीरस जस्तै थियो ......... ५३ वर्षको छोटो उमेर मात्रै बाँचे पनि कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको कलम वा लेखाइमा यति बल थियो कि उनका चिठी वा लेखले जोसुकैलाई अहिल्यै क्रान्तिमा होमियौँ जस्तो हुन्थ्यो । सन् १९१७ मा बोल्सेभिक क्रान्तिको सफलतापछि आफ्नो काम के हो भन्ने उत्तरमा लेनिनले लेखेका थिए, ‘चिठी लेख्नु’ । यथार्थमै लेनिनको कलम कति बलियो थियो भने चाहे पत्रिकामार्फत सम्प्रेषित उनका विचार होऊन् या पार्टीका कमरेडहरूलाई लेखेका चिठी, यिनले आगो पैदा गर्थे र उनका विचार पढ्ने जोसुकै क्रान्तिमा होमिन तत्पर हुन्थे । बोल्सेभिक क्रान्तिका बेला बगेको रगतको खोलोबारे धेरैले यसो पनि भन्छन्– ‘त्यो लेनिनको थिएन, उसको कलमको खराबी थियो ।’
ऋग्वेदको नेपाली अनुवाद पढेपछि भाषाले, संकेतले, ध्वनिले सञ्चारको विकास गरेको हो । सायद ध्वनिको महत्व धरै नै थियो, भाषाको विकासमा । यो ध्वनिको रूपलाई डिकोड गर्ने काम भने शिवको डमरुले गरेको हो भनेर हामी मान्दछौं । रुद्र, आदित्य, वसु अनि अग्निको उत्पत्तिसहित त्यसै समयबाट वेदको पनि प्रादुर्भाव भएको हुनुपर्दछ । ........ ऋग्वेदको अध्ययन गर्दा निर्धन ऋषिहरू धनका लागि इन्द्र, वरुण, आदित्य, मरुतहरूसँग अनुनय–विनय गरेको देखिन्छ । तिम्रो प्रशंसामा हामी स्तोत्रहरू बनाउँछौं र सामगान गर्दछौं भन्दै हामीलाई धन प्रदान गर, स्वर्ण प्रदान गर, गाई र घोडा प्रदान गर, हाम्रो रक्षा गर भनेर भनिएको देखिन्छ । पूरै वेदभरि आफू र आफ्नो वंशको रक्षाका लागि प्रार्थना गरेको देखिँदा त्यस बेलाको समाज प्राकृतिक विपद्बाट बच्नका लागि, अनपेक्षित शक्तिबाट संरक्षित रहनका लागि परा–अपरा, देखिने–नदेखिने प्राकृतिक शक्तिको आह्वान गरेको हो भन्ने लाग्दछ । ऋग्वेद पढ्दै जाँदा धेरै स्थानमा यी यी देवशक्तिहरूले ऐश्वर्य प्रदान गरून् भनेर कामना गरिएको छ । खानका लागि अन्न, गाई, घोडा, स्वर्ण आदिको कामना गरिएको छ । यसले के देखाउँछ भने वेद कृषि युग सुुरु हुनुभन्दा अघिदेखि नै यसका मन्त्रहरू बन्न थालिसकिएको देखिन्छ । वेदमा गाईलाई रुद्रकी माता र अवध्य भनेको छ । यज्ञमा घिउको प्रचुर मात्रामा प्रयोग हुनु र घिउ प्रशोधनको प्रक्रिया समेतको विकास भएको देखिँदा यो युग कृषि पेसामा निकै अगाडि बढेको र विकास भएको देखिन्छ । ......... असुर अर्थात यज्ञ नगर्ने, अनिश्वरवादी । ........ चक्रको अनुसन्धान, रथको निर्माण, युद्धमा रथको प्रयोग जस्ता आविष्कारले आर्यनहरूको महत्वपूर्ण उपलब्धि देखिन्छ । त्यसैले ऋग्वेदभरि जहाँजहाँ इन्द्रको प्रशंसा गरिएको छ, त्यहाँत्यहाँ हरि नामको दु्रतगामी घोडा चडेर आउन आह्वान गरिएको छ । .......... जसरी सिन्धु सभ्यता भनेर हालको सिन्ध प्रान्त जानिन्छ त्यसैगरी हरप्पन सभ्यता भनेर हालको पञ्जाबलाई जानिन्छ । त्यस समयमा १ हजार बस्ती थिए भनेर भनिन्छ । इन्द्रले नष्ट गरेरको ९९ पुरहरू यिनै मध्येको हुनुपर्दछ । ............ ऋग्वेदमा उल्लिखित नदीहरू गङ्गा, जमुना, सरस्वती, सप्तसिन्धु, गोमती नामका नदीहरूले वेदको लेख्य परम्परा ईसापूर्व १५ सयतिर यही नदी सिञ्चित क्षेत्रमा भएको हो भन्ने मान्यता धेरै विद्वान्हरूको रहेको छ .............. वेद जतिखेर लेखियो त्यो समयमा सरस्वतीको जलप्रवाह वेगवान र कृषि प्रयोजनका लागि सर्वथा उपयोगी रहेको हुनुपर्दछ भन्ने कुरो सप्तसिन्धु र सरस्वतीको प्रशंसामा लेखिएका ऋचाहरूले प्रस्ट पार्दछन् । अहिले सरस्वती नदीको लुप्त अवस्थामा रहेको अनुमान गरिन्छ । .............. इन्द्रलाई ऋग्वेदमा सर्वशक्तिमान देवताका रूपमा दर्शाइएको छ । ............. वेदमा अग्नि, इन्द्र, आदित्य, वरुण, मरुत, अश्विनीकुमारहरूको अति नै धेरै गुणगान गरिएको छ । इन्द्रलाई जलप्रवाह रोकेर राख्ने वृत्तासुरलाई वज्र प्रहार गरी संहार गरेको कथासहित वृतहन्ता भनिएको छ । त्यसैगरी इन्द्रले असुरहरूको ९९ पुरलाई नष्ट गरेको भनेर लेखिएको छ । सम्भवतः आर्यनहरू आफ्नो गाई र घोडा लिएर अहिलेको बलुचिस्तान आइपुग्दा त्यहाँको नगर सभ्यतासँग परिचित भएको तर त्यहाँको नगरवासी आसुरी प्रवृत्तिको यज्ञ अनुष्ठान नगर्ने र आर्य संस्कृतिका विरोधी असुरहरू थिए कि भन्ने संकेत गरिएको छ । ........ इन्द्रलाई भौतिक र अभौतिक शक्तिका रूपमा प्रस्तुत गरिएको देखिन्छ । त्यो कसरी भने ९९ नगर नष्ट गर्ने इन्द्र सोमपान गरेर, रथारोहण भई युद्ध गरेर शत्रु पराजित गर्ने शक्तिका प्रतीक राजा हुनुपर्दछ भने वज्र प्रहार गरी वृत्तसुर वध गर्ने इन्द्र अभौतिक तर प्राकृतिक तत्व सम्मिलित आध्यात्मिक शक्ति हुनु पर्दछ । ................. वेद हाम्रो मानव सभ्यताको साक्षी हो । वेद समस्त ज्ञान, विज्ञान, आचार, विचार र दर्शनको योग हो ।
माओवादी केन्द्रले तीस लाख सदस्य बनाउँदै शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीतिसहित ३० लाख सदस्य पुर्याउने रणनीति सार्वजनिक गरेको हो । ..... ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्यको नीति कार्यान्वयन गरे तीस लाख संगठित सदस्य सहिलै बनाउन सकिन्छ,’ शर्माले दाबी गरे । ....... १० असोजमा देशका सबै सेल कमिटी र टोल भेला सम्पन्न गरेर २० असोजमा वडा, गाउँपालिका र नगरपालिकाको सम्मेलनसमेत गर्ने ........ ३० कात्तिकमा जिल्ला सम्मेलन र १५ मंसिरमा प्रदेश सम्मेलन गर्ने
No comments:
Post a Comment