‘पार्टीको अधिवेशन आन्तरिक चुनाव हो । पार्टीको चुनावमा राज्यशक्तिको प्रयोग नगर्नुहोला । सदस्यताको विवाद समाधान गरेर मात्रै अधिवेशन गरौँ ।’
.......... तर, सभापति देउवा भने पछि हटेनन् । उनले गृहजिल्ला डडेलधुरामा सदस्यताको विवाद र जिल्ला सभापतिकै असहमतिबीच वडा अधिवेशन गराएका छन् । .........कतिपय ठाउँमा त नेपाल प्रहरी र शशस्त्र प्रहरीसमेत परिचालन गरेर अधिवेशन गरिएको छ । शुक्रबार ५० वटा वडामा अधिवेशन भएको छ ।
......... डडेलधुराबाट बाँकी २० जिल्लामा पनि सदस्यताको विषयमा देउवा पक्ष यसैगरी अघि बढ्नसक्ने संकेत गरेको छ । ‘अहिलेसम्म अधिवेशन भएका जिल्लामा क्रियाशील सदस्यताको विवाद त्यति धेरै थिएन । अब जहाँको सदस्यता सार्वजनिक हुन बाँकी छ, विवाद त त्यहाँ पो छ,’ एक केन्द्रीय सदस्यले भने । ...........क्रियाशील सदस्य कांग्रेसको वडा अधिवेशनका मतदाता हुन् ।
त्यहीकारण नेताहरूले आफूअनुकुल सदस्य थप गर्ने प्रयास गर्छन् । देउवाले डडेलधुरामा त्यही गरेका छन् । ....... नयाँ सदस्य थप गर्न कम्तिमा चार तहको सिफारिस हुनुपर्ने व्यवस्था छ । तर, जिल्ला सभापति मल्लले चार तहबाट सिफारिस गरेर विधानअनुसार पठाएको ४६० जनाको नाम काटेर अरु नाम थपिएको गुनासो गरेका छन् । .........‘मान्छे छानी–छानी नाम काटिइएको छ । यतिसम्म कि वडासभापति र रुख चिन्हबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको समेत नाम काटिएको छ ।
समायोजनका नाममा पाँच सय हाराहारीको नाम थपिएको छ,’ जिल्ला सभापति मल्लले इकान्तिपुरसँग भने, ‘यस्तो अवस्थामा हामी कसरी अधिवेशनमा भाग लिने ?’ ........... मल्लले जिल्लामा खटिएका निर्वाचन अधिकृतले समेत एकतर्फी ढंगले जिल्ला कार्यसमितिसँग परामर्श नै नगरी अलग्गै प्रहरीको सुरक्षा घेरामा बसेर अधिवेशन गराएको आरोप लगाए । ........‘हरेक वडामा प्रहरी खटिएका छन् । निर्दलीय व्यवस्थामा पनि यस्तो चुनाव हुँदैन थियो । यो त पार्टीको चुनाव हो, तर शाहीशासनमा कमल थापाले गराएको चुनावभन्दा कम छैन,’ उनले भने ।
...... ‘मैले विधिको कुरा उठाएँ । तर, उहाँले बिधिविपरीत अधिवेशन गराउन स्थानीय तहको टिकट समेत बाँडिसक्नुभएको छ, यसरी पार्टीको हालत के हुन्छ ?,’ मल्लले प्रश्न गरे । ......... पौडेलले भनेका छन्, ‘पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’ ......... केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले सामूहिक विज्ञप्ति जारी गर्दै डडेलधुरामा भएको वडा अधिवेशनको विरोध गरेका छन् । ......... कांग्रेसले मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।यो मर्यादित संसद् हो?
चिनी–चियामा डुबेको राजनीति गिरीबन्धु टी स्टेट रियल स्टेटमा बदलिने बाटो खुला भएका दिन हदबन्दी छुट लिएर चिया बगान गरिरहेका अरू धेरै मालिक रमाउनेछन् । गिरीबन्धुको नजिर पछ्याउँदै उनीहरू पनि अन्यत्र सस्ता पाखाबारी खोज्न लागिपर्नेछन् र राजमार्गले भेटेका सुगम जग्गालाई प्लटमा रूपान्तरण गर्न अघि सर्नेछन् । ........... विसं २०२९ मा कानुन बनाई जग्गा हदबन्दी छुट लिएर सयौं बिघामा सञ्चालित निजी चिया बगान र कारखाना नष्ट नगरी ‘अत्याधुनिक समृद्धि’ सम्पन्न नहुने सम्भवत: यस भेगका शक्तिशाली नेता र दलको ठहर छ । त्यसैले दमकबाट निर्वाचित पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारबाट बहिर्गमन हुनुभन्दा ठीक पहिले जग्गा हदबन्दीसम्बन्धी कानुन संशोधन गरी झापाको गिरीबन्धु टी स्टेटलाई हाल बगान रहेको जग्गा अन्य प्रयोजनका लागि उपयोग गर्न दिने व्यवस्था मिलाए । बिर्तामोड र अर्जुनधाराका जग्गाको सट्टामा कतै दुर्गममा खरिद गर्न मिल्ने सुविधा सृजना गरिदिए । पर कतैका पाखाबारी लाखौंमा खरिद गर्ने, यता हातलागेको सयौं बिघा सरकारी जग्गा कट्ठाको ‘प्लट’मा रूपान्तरण गरी अर्बौंमा बेच्ने सुविधा । ....... कानुन संशोधन गराउन दशकौं मिहिनेत गरेर ओली सरकारका पालामा सफल भएका व्यापारीका योजना सार्वजनिक हुन बाँकी छन् । चल्तीको बजार केको छ, त्यसैका आधारमा सामान्य अन्दाज गर्न सकिन्छ । सम्भवत: अहिले चियाका बुटा उभिएका ठाउँमा भोलि पक्की घरका पंक्तिहरू खडा हुनेछन् । साना बाटा चौडा हुनेछन् र कालोपत्रे पोतिनेछ । त्यहाँचिल्ला गाडी कुद्नेछन् । ....... गिरीबन्धु टी स्टेट रियल स्टेटमा बदलिने बाटो खुला भएका दिन हदबन्दी छुट लिएर चिया बगान गरिरहेका अरू धेरै मालिक रमाउनेछन् । ......... बगान सञ्चालन गर्नु अप्ठ्यारो काम हो । मजदुरसँगको सम्बन्ध सधैं जटिल हुन्छ, कारखाना सुचारु राख्न मिहिनेत उत्तिकै गर्नुपर्छ । चियाको बजार ठूलो भए पनि प्रतिस्पर्धामा खरो उत्रन र अब्बल ठहरिन सजिलो छैन । अन्तर्राष्ट्रिय बजारमा पकड राख्न हम्मे पर्छ नै । त्यसैले चिया उद्योग काउसो भएको छ । ......... अवैध बाटो समातेर सस्तैमा अर्बौं कमाउने प्रपञ्च त्यस कारणले रचियो । ......... काँकरभिट्टा नाका तरेर बंगाल जाँदा सिलिगुडी सहर क्षेत्र प्रवेश गर्नुअघि ठूलो क्षेत्रफलमा चिया बगान देखिन्थ्यो । अहिले त्यहाँ सयौं अत्याधुनिक घर छन् । राजमार्गसँग जोडिएको फराकिलो फलकमा ठूलो सपिङ मल छ । करिब ४ सय एकडमा फैलिएको जग्गालाई १,०८० प्लटमा विभाजन गरी नयाँ सहरको निर्माण गरिएको छ । हिजो हरिया चियाका बुटा र रूख उभिएका ठाउँमा आज रंगीन भवनहरू खडा भएका छन् । ..........
बंगालको यथार्थ, नेपाली व्यापारीको बिकाउ सपना भयो ।
......... हुकुमी शासनले पनि आँट्न नसकेको काम, जनताका प्रतिनिधिले मुठीभर व्यापारीको मिलेमतोमा फत्ते गरिदिए । झापाली सहरमा खुलेका नयाँ कफी सपहरूमा गफीहरू हिसाब लगाउँछन्, ‘सबै कुरा भनेजस्तो भए गिरीबन्धुको जग्गामा करिब ३५ अर्बको कारोबार हुने पक्का छ, भनेपछि स्थानीय दलपतिहरूका भागमा २–४ करोडभन्दा माथि परेको हुनसक्छ । अनि मुख्य जिम्मेवारको हातमा ?सामान्य क्यालकुलेटरले भ्याउँदैन ।
’ यसो भन्दै गर्दा कोही आक्रोशित छैन, बरु नेताहरूको ‘सफलता’ बाट उल्टै वशीभूत भएझैं देखिन्छन् । .......... दमकको सफा औद्योगिक पार्कमा भने चिनियाँ उद्योगहरू ओइरिने सपना बुनिँदैछ । चालीस वर्षसम्म चीनका बहुराष्ट्रिय कम्पनीहरूलाई मोबाइल फोन, अन्य विद्युतीय सामग्रीहरू तथा मोटर उत्पादनका लागि कारखाना राख्न रतुवा खोला वारिपारिको जमिनमा औद्योगिक पार्क बनाउन लागिएको बताइँंदैछ । पूर्वाधार विकासको तीव्र आकांक्षालाई सम्बोधन गर्न यस्ता रंगीन आयोजनाहरू धेरैजसो प्रदर्शनका सस्ता वस्तु भएका छन् । साँचो अर्थमा उत्पादनमा सरिक भएका उद्योगको प्रवद्र्धन गर्नुको साटो धराशायी बनाउने काममा वैधता र नैतिकतासमेतका सबै सीमा भत्काइएका छन् । क्लिन इन्डस्ट्रियल पार्क र अग्ला अवलोकन धुरीको मोहमा फसेको आमवृत्तलाई गिरीबन्धु काण्डले उद्वेलित बनाउन सकेको छैन । ........... काठमान्डुका अखबारले मन्त्रालयका स्रोतबाट सूचना टिपेर समाचार लेखेपछि मात्रै स्थानीय अनलाइनले सुइँको पाए, केन्द्रीय खबरको सारांश यता छापे । नाम चलेका स्थानीय पत्रकारले सुहाउँदिलो बन्न फेसबुकमा दुई–चार पोस्ट लेख्न भ्याए । बगान काण्डबारे खोजी गरेर लेख्न सकिने दर्जनौं कथा छन्, ती कहिल्यै लेखेनन् । ......... स्थानीय सञ्चारमाध्यम मौन छन् । वस्तुगत सूचनाको खडेरी छ, आमवृत्तमा आवश्यक विमर्शको निसासलाग्दो अल्पता छ । ........यस्तो अवस्था किन छ ? उत्तर सरल छ— स्थानीय पत्रकारिताको चाबी जिल्लास्तरीय दुई–चार दलपति र व्यापारीका हातमा छ । नाफाखोरी र अपराधको दलीयकरण, दलीयकरणको दलदलमा पत्रकारिता ! न भरपर्दा संस्था छन्, न जोखिम मोलेर काम गर्ने पत्रकार ! अपवाद एकादुईले गरेका काम सीमान्तमै बिलाउँछन् । त्यसो त को पत्रकार र को गुट–कार्यकर्ता, को सञ्चारकर्मी र को नेताका गोजीको मान्छे — छुट्याउन महाहम्मे छ । दिनहुँ दर्ता भइरहने स्थानीय अनलाइन पोर्टलहरू व्यक्ति–पत्रकारका निजी जेब हुन् । समाचार केवल स्वाङ हो, उद्यम जेबको पुर्ताल मात्रै हो । त्यसैले स्थानीय आमवृत्तमा ठोस सूचनाका आधारमा हुनुपर्ने कुनै विमर्श छैन, प्रतिरोधी आवाज विलुप्त छ ।
............ अमूल्य सरकारी सम्पत्तिमा ठाडै मच्चाइएको लुटको बरु ढाकछोप र कताकति प्रशंसा पो छ ! ........ प्रदेशप्रमुखबाट बिदा भएको साता पनि नबित्दै उनले झापाली टीभीमा अन्तर्वार्ता दिए । भविष्यमा राजनीति गर्ने कि नगर्ने भन्ने प्रश्नको जवाफमा उनले भने, ‘अब राजनीति नगरी कसरी हुन्छ ? बीसौं साथीहरू घरमा आउँछन्, तिनलाई चिनी हालेको चिया ख्वाउनुपर्छ । सरकारले प्रमुख भइन्जेल मात्रै खान दियो, सकिएपछि निस्केर जा भन्यो । छेउमा ठिङरिंग पीएसओ पनि उभ्याइदिँदैन ।’उनको भनाइबाट बुझिन्छ— राजनीति गरेकै खानका लागि हो र खाएको देखाउनका लागि हो ।
......... मूल्यहीनताको गुलियो दूध चियामा चुर्लुम्म डुबेको राजनीति र पत्रकारितालाई समाज रूपान्तरणको ऊर्जामा बदल्ने कसरीे ?राष्ट्रनीतिमा जेल डायरीहरूको गुरूत्व राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न सुरू गरेका हुन् । नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणी यसमा परेका छन् । ........
पञ्चायत प्रणालीले बीपीका बारेमा ‘मिसइन्फोर्मेसन क्याम्पेन’ नै चलाएको थियो ।
......... बीपीकै वरिपरि उनको विचारलाई निस्क्रिय पार्ने राजनीतिक अनुयायीहरूको सक्रियता रहेको उनको जेल डायरीका सम्पादक गणेशराज शर्माको स्पष्टोक्ति छ । बीपी स्वयंले आफ्नो मृत्युपछि नेपाली काङ्ग्रेसमा आफ्नो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुने तथा घटनाहरूलाई बङ्ग्याएर इतिहासको व्याख्यागरिने सम्भावनातर्फ औंल्याएको जेल–जर्नलको भूमिकामा स्पष्टरूपमा उल्लेख गरिएको छ । ........ हो ची मीन्हको चिनियाँ भाषामा लेखिएको ‘प्रिजन डायरी’ तथा हिटलरको ‘मेन क्याम्फ’ लाई उदाहरणका रूपमा लिन सकिन्छ । हो ची मीन्हको डायरी प्रसिद्ध छ । उनी भियतनामका सबैभन्दा प्रसिद्ध मार्क्सवादी–लेलिनवादी राजनीतिज्ञ हुन् । उनी फ्रेन्च पनि बोल्दथे । भियतनामलाई लामो संघर्षद्वारा फ्रान्सबाट स्वतन्त्र गराएका उनको दर्जनौ छद्म नाउँ थिए । दक्षिणी भियतनामको व्यापारिक सहर साइगनलाई आजकल ‘हो ची मीन्ह सिटी’ भनिन्छ । ........ बीपीकाझैँ मण्डेलाका डायरीले पनि राजनेताका रूपमा उनको बौद्धिक विकास क्रमशः कसरी हुँदै गएको रहेछ भन्ने देखाउँछन् । मार्टिन लुथर किङले अमेरिकाको अलावामास्थित बर्मिङ्घम जेलबाट लेखेका चिठीहरू जेल डायरीको एउटा अर्को बलियो उदाहरण हो । ..........सोल्झेनित्सिनको भनाइमा मार्क्सवादी, लेनिनवादी सिद्धान्तले जहिले पनि ‘लेबरक्याम्प’कै सिर्जना गर्ने हो । लेनिनले यसको सुरूवात गरे । स्टालिनको समयमा अर्थात् सन् १९३० देखि १९५० सम्म यसको भयानक रूप देखियो । ....... सोल्झेनित्सिनको भनाइमा सोभियत सरकारको बल जसरी गुलागको उत्पादकत्वमा टिकेको छ, त्यसैगरी त्यसको शक्तिको आड पनि गुलागको त्रास नै हो ।
......... राजनीति गर्नेलाई सोल्झेनित्सिनको यो पुस्तकले आत्मबल निर्माण गर्न मद्दत गर्दछ । ......... बीपी भन्छन्, ‘२००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गर्यौं, तर हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुरा मैले सधैंभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु– .......... जुन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्ने छ, यो निरर्थक भएर जानेछ रजुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’
........... जब म भन्छु बाहिरियाबाट हाम्रो देशमा यो खतरा छ तब ती मेरा वाक्यहरूमा कहिले हिन्दुस्तानका कुरा आउँछ, कहिले रूसको कुरा आउँछ, कसैले यो अनभिज्ञ भएर भनोस् यी शक्तिहरू बडो इमानदार भएर हाम्रो निम्ति (काम) गर्छन् त्योचाहिँ हाम्रा निम्ति पत्याउने कुरा छैन । ......... हामीले याद गर्नुपर्छ हिन्दुस्तानसँग मिल्दैमा चीन विरोधी हुनुपर्छ भन्ने जरूरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने हामीले भारत विरोधी हुनुपर्ने हुँदैन । .........कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संस्थाहरू विकसित हुने, देश विकास हुने, त्यो हुनै सक्दैन । हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि । जस्तोसुकै बुद्धिमानले पनि त्यो गर्नै सक्दैन ।
........ राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न शुरू गरेका हुन् । यसमा आफ्नो यथार्थ उनले आफ्नी पत्नी सुशीलालाई सम्झेर व्यक्त गरेको देखिन्छ । ......... ३० डिसेम्बर १९७६ का दिन करिब ८ वर्ष लामो प्रवास त्याग गरी राष्ट्रिय मेलमिलापको आहृवानका साथ स्वदेश फर्किएका दिनदेखि दोस्रो डायरीमा'परराष्ट्र सम्बन्ध राष्ट्रिय हितमा भन्दा लाभहानीका मुद्दामा अल्मलिएको छ' 'बीपीले देशका राष्ट्रिय शक्तिहरूलाई एकत्रित गर्न चाहने हाम्रो पार्टी र त्यसभन्दा बाहिरकालाई पनि सम्बोधन गर्नसक्ने नेता हुनुपर्छ भनी बृहत् सामर्थ्यको कुरा गर्नुभएको थियो'.......
No comments:
Post a Comment