Friday, September 03, 2021

"क्यासेटको आम्दानीले घर बनाए"

बैंकेश्‍वरबाट यमलोक हुँदै नेवारबहादुर र बाहुनबहादुर... मित्रता भर हो, घर हो, डर हो : मदनकृष्ण श्रेष्ठ ........... सहयात्राको सुरुवातका वर्ष सम्झँदा मदनकृष्णलाई भने कति काम पूर्वजन्ममा गरेझैं लाग्न थालेको छ । जन्मनु अगाडि नै हरिवंशसँग चिनाजानी भएर कार्यक्रम गर्दै हिँडेको कल्पन्छन् उनी हिजोआज । ......... कतिपय सहयात्राहरु आम्दानीमा अडिएका हुन्छन् । तर 'मह'को सहयात्रा आम्दानीभन्दा माथि बन्यो । मदनकृष्ण भन्छन्, 'पार्टनरहरु सुरुमा आम्दानी नभएसम्म खुब दु:ख गर्छन् । एकले अर्कालाई माया गर्ने, एक कप चियासँगै खानलाई कुर्ने गर्छन् । तर जब आम्दानी हुन थाल्छ । तब मनमा कुरा खेल्छ, उसले भन्दा मैले बढी पाउनुपर्छ, ऊ भन्दा म राम्रो । अनि झगडा सुरु हुन्छ । त्यस्तो दिनहरु हाम्रो यात्रामा आएन । मैले हरिवंशलाई एक पैसा पनि गद्दारी गरेको छैन । हरिवंशले पनि मलाई कहिल्यै गद्दारी गरेन ।' ............ हास्यव्यंग्य भनेको बाहिरको विपक्षी संसद् हो । ........ 'मह'भन्दा अगाडिको जोडी 'हाडापाल'को हास्यव्यंग्यको अवशेष भेटिन गाह्रो पर्छ । 'मह'ले भने क्यासेट, रेडियो, टेलिभिजन, युट्युबमा आफ्नो व्यंग्यको रेकर्ड राख्न पाए । यसमा आफूलाई भाग्यमानी ठान्छन् उनीहरु । 'हामीभन्दा पहिलाको पुस्ताले पनि व्यंग्य गर्नुहुन्थ्यो । उहाँहरुले गरेको हास्यव्यंग्य रेकर्ड भएन । बिलाएर गए । तर हामी यति भाग्यमानी भयौं कि हामीले हाम्रो हास्यव्यंग्य रेकर्ड गर्न पायौं,' हरिवंशले भने, '४० वर्ष अगाडि हामीले गरेको हास्यव्यंग्यलाई अहिलेका बालबालिकाले हेर्न पाएका छन् । हामीले गरेको हास्यव्यंग्यले दर्शकलाई आकर्षित गर्नसक्यो । त्यो बेलाको पुस्तादेखि अहिलेका बालबालिकासम्मले हामीलाई चिन्छन् । यो हाम्रो उपलब्धि हो ।' .......... 'एक्लै हिँडेको भएँ सेलाइसक्थें, थाकिसक्थें । एकजना साथीको सहयोग पाएकोले म अझै पनि हिँड्न सक्दै छु,' उनले मुसुक्क हाँस्दै सुनाए । .......... 'मैले मदन दाइलाई जानेर बुझेर केही कुरामा बेइमानी गरिनँ । उहाँले पनि मसँग बेइमानी गर्नुभएन । काँचको भाँडा जस्तै हामीले सम्बन्धलाई ख्याल गरेर बोकेर हिँड्यौं । खसालेनौं । खस्यो भने फुट्छ भन्ने कुरा मनमा रहेकाले यो यात्रा निरन्तरता हुनसकेको हो,' हरिवंश सुनाउँछन् । ........... त्यतिबेला मदनकृष्ण नेवारी समुदायमा चर्चित बनिसकेका थिए । उनी 'दबु प्याखँ'मा गीत गाउँथे, जोक सुनाउँथे । 'मदनकृष्णले हँसाउँछ, मीठो गीत गाउँछ' भन्ने तारिफ सुनेका थिए हरिवंशले । उनलाई पनि हास्यव्यंग्यमा रुची । हास्यव्यंग्य सिक्दै थिए त्यतिबेला । 'दबु प्याखँ'मा मौका पाइएला कि ? भन्दै उनी कार्यक्रम हेर्न जान्थे । 'दबु प्याखँ'मा मदनले जोक सुनाउँदा भीड हाँसिरहेको हुन्थ्यो । उनी नेवारी भाषा आधामात्र बुझ्थे । सबै हाँसेको देखेर उनलाई पनि व्यंग्यमै लाग्ने रहर जाग्यो । .......... त्यतिबेला एउटै मञ्चमा मदनकृष्णले पनि प्रस्तुति दिए । त्यो वर्ष हरिवंशले मेडल जिते । दुईबीच सामान्य चिनाजानी भयो । .......... २०३७ मा नेपाल राष्ट्र बैंकको रजतजयन्ती समारोहमा व्यंग्य प्रस्तुत गर्न गायक रुवी जोशीले मदन र हरिलाई छुट्टाछुट्टै बोलाए ।

राजाले हेर्ने भनेपछि कार्यक्रमको समय छोट्याइयो । रुवीले नै उनी दुईलाई मिलेर एउटै प्रस्तुति दिन लगाए ।

............ दुईले पहिलोपटक एउटै मञ्चमा 'बैंकेश्वर' शीर्षकमा व्यंग्य प्रस्तुत गरे ।

बैंकको पैसा सापटी लिएर भैंसी किन्ने तर, पैसा नतिर्ने विषयवस्तुमा व्यंग्य गरे ।

'घरचाहिँ कहाँ नि ? बानेश्वर । ससुराली कहाँ नि ? ज्ञानेश्वर । मामाघर कहाँ नि ? त्रिपुरेश्वर' भन्ने संवादहरुले दर्शक हँसाएको सम्झना उनीहरुसँग अझै बाँकी छ । ............ दुईले 'यमलोक' भन्ने प्रहसन देखाए । यमलोकलाई क्यासेटमा रेकर्ड गराए । यमलोक ३० मिनेटको भयो । त्यसमा 'प्यारालाइसिस' भन्ने अर्को कार्यक्रम थपे । क्यासेट निकाल्दा नेपालमा यस्तो व्यंग्य हुन्छ भनेर कसैले कल्पना गरेका थिएनन् । क्यासेटले दर्शकमा अत्यधिक प्रभाव छोड्यो ।

१ लाख ५० हजार क्यासेट उनीहरुले बेचे । त्यही क्यासेटको आम्दानीले घर बनाए ।

त्यसपछि उनी दुई एक्लिन सकेनन् । दर्शकले उनीहरुलाई एक्ला-एक्लै देख्न रुचाएनन् । आफूहरु बाँधिनुमा उक्त क्यासेटको बिक्रीलाई पनि महत्वपूर्ण ठान्छन् महजोडी । ............ त्यतिबेला उनी दुई ६ बजे अफिस पुगेर ९ बजेसम्म स्क्रिप्ट लेख्थे । ९ बजेपछि जागिरे हुन्थे । 'एकदम जोकर थियो हरिवंश । बोल्यो कि हँसाउने । मुख नै हाँसोउठ्दो । ........... '२ जना भएपछि शक्ति बढ्यो । २ बुद्धिको सदुपयोग गर्न पायौं । काम गर्न सजिलो भयो । म थाक्ने बेलामा हरिवंशले घिसारेर लान्छ मलाई,' मदन सुनाउँछन् । ....... त्यतिबेला जिल्ला जिल्लामा कार्यक्रम हुन्थ्यो । उनी दुई स्क्रिप्ट लेख्ने, अभ्यास गर्नेमात्र होइन कार्यक्रम देखाउने समूहलाई पनि सम्पर्क गर्थे । बस रिजर्भ गरेर साउन्ड स्पीकर आफैं लोड गर्थे । कार्यक्रम गर्ने स्थल पुगेर सामान अनलोड गरेर स्टेज आफैँ बनाउँथे । आफैंले गेटअप/मेकअप लगाएर स्टेजमा उत्रन्थे ।

प्रस्तुति दिइसकेपछि स्टेज भत्काउने काम पनि आफैं गर्थे ।

....... त्यो बेला स्क्रिप्ट सरकारलाई बुझाउनुपर्थ्यो । सेन्सर कडा हुन्थ्यो । उनी दुईको कार्यक्रम भनेपछि त सीडीओले सोझै कार्यक्रम हेर्थे । व्यवस्थालाई व्यंग्य गर्न पाइँदैन थियो । उनी दुई सरकारलाई एउटा स्क्रिप्ट दिन्थे अर्को स्क्रिप्टमा प्रस्तुति दिन्थे । 'व्यंग्य गर्‍यो कि आउँथ्यो । भाग्नुपर्थ्यो त्यसैले हामी क्यासेटमा त्यसलाई रेकर्ड गरिहाल्थ्यौं । सरकार र हामीबीच टम एन्ड जेरी जस्तो लुकामारी चल्थ्यो,' हरि पूराना दिन सम्झँदै सुनाउँछन् । ............. 'ठाक्कठुक्क दिनका दिन पर्छ । हरिले एउटा भन्छ, म अर्को भन्छु । सकारात्मक कुराका लागि ठाक्कठुक्क परेको हो । नराम्रो कुरालाई हामीले वास्तै गरेनौं,' मदनले भने, 'मैले हरिवंशबाट राम्रो के पाएँ भनेर सोच्छु । सानो कुराहरु झिनामसिनोमा जान्छ । हामी पनि मानिस हौं । हामीबाट पनि गल्ती हुन्छ । आवेश हुन्छ, सबै गुण हामीसँग । सकारात्मक पक्षलाई हेर्ने आँखा छ हामीसँग, त्यो नै बलियो पक्ष हो ।' ........... राजारामले पहिलोपटक उनी दुईलाई 'मह' भनेर सम्बोधन गर्दा मदनलाई त सुरुमा लागेको थियो, 'हामी यहीँ छौं, हाम्रै अगाडि अर्कैको नाम लिइदियो ।' तर राजारामले 'मह'को पूरा नाम सुनाएपछि दर्शक गललल हाँसे । ......... जब उनीहरुको टेलीफिल्म प्रसारणको समय हुन्थ्यो । हरिवंश डिल्लीबजारको गल्लीगल्ली विस्तारै बाइक लिएर जान्थे । त्यसरी दर्शकको हाँसोले उनीहरुलाई प्रतिक्रिया र उर्जा दिन्थ्यो ।




जेबीका जीवन–आलापहरू हाम्रो गीतिप्रभावबाट अताल्लिएर अन्य पार्टी र पञ्चायती मान्छेहरू बरोबर भन्थे, ‘बामे बजियाहरूले गीतैले नै देशमा डढेलो लाए... गीतैले सिध्याउने भए अरू पार्टीहरूलाई... !’ ........

लाखौंका लागि उजाड छ यो देश, मुट्ठीभरलाई त स्वर्ग छ’

........ युगले आज भन्दछ नारी पनि मान्छे हो ........ हामी झापाली प्रभावबाट बनेको कोर्डिनेसन केन्द्रमा प्रवेश गर्दै नेकपा–माले पार्टी निर्माण गर्ने भित्री अभियानमा थियौं । जेबीजी पनि त्यही अभियानमा जोडिनुभएको रहेछ । ........ हाम्रो गीतिप्रभाबबाट अताल्लिएर अन्य पार्टी र पञ्चायती मान्छेहरू बराबर भन्थे, ‘बामे बजियाहरूले गीतैले नै देशमा डढेलो लाए... गीतैले सिध्याउने भए अरू पार्टीहरूलाई...तेरिमा हो... !’ ........ २०३९ सालतिर नै नेताजीहरूका बानी–व्यहोरामा आएको परिवर्तनबाट आजित भएर म ‘अब यिनले देश बनाउँदैनन्, आफूलाई बनाउनतिर लाग्छन्’ भनेर पार्टी छोडिसकेको थिएँ । .......... एमालेमा रहेर बाँच्न पनि कठिन भो, माओवादीतिर छिर्दा जिउन क्यै सजिलो हुन्थ्यो कि जस्तो लागेर त्यतैतिर पो छिरेँ म त । तलका कमरेडहरूलाई गरिब, निर्धन, दरिद्र बनाउँदा पैसावाल कमरेडहरूलाई तिनलाई खेलाएर आफ्नो स्वार्थ सिद्ध गर्न सजिलो हुने रैछ । त्यसैले पार्टीभित्र स्वतन्त्र र सजिलो भएर बाँच्न सजिलो नहुने कुरा मैले प्रस्टै बुझेँ । नेताका निगाह भए सांसदको इज्जतसम्म पाइने । सांसद हुँदा हामीजस्ता सोझासाझाहरूले अरूले जस्तो धन कमाउन पनि आफ्नो नैतिकताले नदिने । यत्रो जीवन यसरी नै सिध्याएँ रामेशजी मैले । यस्तै दिन ल्याउन हामीले त्यत्रो त्याग तपस्या गरेका हौं त ? देश त खै केही पनि फेरिएन । जनताले त्यत्रो साथ दिए, त्यत्रो ज्यान दिए, उनीहरूले पनि खै के पाए ? कहिलेकाहीँ त हाम्रो कारणले पनि जनताले धोका पाएको हो कि जस्तो लाग्छ


No comments: