पार्टी जीवनकै ठूलो संकटमा एमाले नेकपा (एकीकृत समाजवादी) ....... एमालेबाट ५८ केन्द्रीय सदस्य अलग हुँदै माधव नेपालको नेतृत्वमा ११५ सदस्यीय केन्द्रीय कमिटी रहेको दल आयोगमा दर्ता भएको छ । दर्ता प्रक्रियामा रहेको नयाँ दलको संगठन, सिद्धान्त र राष्ट्रिय राजनीतिक भूमिका तय गर्ने दौडधुपमा नेता नेपाल लागिपरेका छन् । नयाँ बानेश्वरस्थित एक पब्लिकेशनमा नयाँ पार्टीको संरचना बनाउन नेपाल निकट नेताहरू सक्रिय छन् । ‘पार्टी दर्ता गराउने प्रयोजनका निम्ति प्रारम्भिक केन्द्रीय कमिटी बने पनि पूर्णता दिन सकिएको छैन । केही दिन संगठन, कार्यक्रम जस्ता काम हुन्छ’, खतिवडा भन्छन् । ...... २०५४ पछिको यो दोस्रो ठूलो विभाजन हो । हुन त २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईको नेतृत्वमा पनि एमाले विभाजित भयो । २०७० को निर्वाचनमा यो विभाजनले असर गरे पनि २०५४ को विभाजन जतिको असर परेन । ‘यसपटकको विभाजन चाहिं एमाले पार्टी जीवनकै ठूलो छ । किनभने यसपटक एमाले दुई टुक्रा मात्रै भएको छैन’, पुराना नेता प्रदीप नेपाल भन्छन् । ........ हुन पनि वैधानिक हिसाबले एमाले दुई वटा भए पनि राजनीतिक रूपमा चार भन्दा बढी टुक्रा बनेको छ । अहिले चार वटै समूह पूरा सामर्थ्यका साथ एकअर्काेलाई परास्त गर्ने गरी सक्रिय छन् । ‘एमाले अहिले जतिको संकटमा कहिल्यै परेको थिएन । तर नेतृत्वको अकर्मण्यताका कारण नसोचेको परिस्थिति आइलाग्यो’, प्रदीप नेपाल भन्छन् । ....... माधव नेपालले अलग पार्टी दर्ता गरेपछि उनलाई साथ दिंदै आएकाे प्रभावशाली पंक्ति अलग बन्यो । तीन उपाध्यक्ष (युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल), एक उपमहासचिव (घनश्याम भूसाल), तीन सचिव (गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई), स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त नयाँ पार्टीमा गएनन् । उनीहरु ओली नेतृत्वको कमिटीमा पनि गएका छैनन् । अर्का उपाध्यक्ष वामदेव गौतमले १४ माघदेखि आफ्नै नेतृत्वमा अलग्गै संगठन चलाउँदै आएका थिए । ......... माधव नेपालको निजी सचिवालयमा काम गरेका यादव शर्मा बागमतीको प्रदेश प्रमुखमा सिफारिश हुनुले पनि देउवा र प्रचण्डसँग सत्ता साझेदारीबारे सम्वाद भएको तथ्य लुकेन । ......... ‘पहिले एमाले एकता र पछि वाम एकतालाई जोड दिने हो । हाम्रो प्रयास त्यही हुन्छ’, गौतम निकट नेता हरि पराजुली भन्छन् । गौतमले भने बैठकलाई सम्बोधन गर्दै माधव नेतृत्वको बैठकमा गएर आफूलाई एकताको जिम्मा दिन प्रस्ताव गर्ने बताएका थिए । ......... कांग्रेस, माओवादी र बाहिरी शक्ति विभाजन गराउन उद्यत छन्, त्यो हामी रोक्छौं’, एक नेता भन्छन् । .......... ‘यी त देखिने गतिविधि भए । कतै नखुलेको र म जस्तै चुपचाप हेरिरहेका कैयौं नेता–कार्यकर्ता रनभुल्लमा छन्’ प्रदीप नेपाल भन्छन्, ‘पार्टी मार्क्सवादी हुन सकेन । ठूलो बलिदानबाट बनेको पार्टी सिध्याउन नेताहरु लागिपरे ।’ ............ एमालेले अहिले खेपिरहेको संकट ‘मुटुमाथि ढुंगा राखी हाँस्नु…’ जस्तै रहेको अखिलका पूर्वअध्यक्ष ठाकुर गैरे बताउँछन् । ‘२०५४ सालको विभाजनकै कारण एमाले पहिलो दल बन्न २० वर्ष कुर्नुपरेको थियो । तर नेताहरुले यतातिर नसोच्दा पार्टी टुक्रा–टुक्रा हुन पुग्यो’, उनी भन्छन् । .............. २०५६ को शर्मनाक पराजय पछि एकता भयो । २०६९ मा अशोक राईले संविधानका अन्तर्वस्तु माथि असहमति जनाएर विभाजन गरेका थिए । ‘त्यसबेला पार्टी दुई समूहमा विभाजित भयो । तर अहिले त समूहभित्र पनि उपसमूह छ, एमाले सिसाको घरझैं फुट्दैछ’, नेता गेरै भन्छन् । .......... ‘राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओली समूह छँदैछ । अझ माओवादी छोडेर आएका नेताहरुसँग मन मिल्न सकेको छैन’, एमालेका एक नेता भन्छन् । अध्यक्ष ओली र राष्ट्रपति भण्डारी समूह बीचको बेमेल त देखिनेगरी प्रकट हुने गरेको छ । ........... ‘नेताहरुले अझै गम्भीर भएर नसोच्ने हो भने एमाले चार वटा मात्रै होइन, त्योभन्दा बढी हुन सक्छ’, ओली निकट ती नेता भन्छन् । ........ २०७४ को निर्वाचनमा ७५३ मध्ये २९४ स्थानीय तह जितेको, सात मध्ये ६ प्रदेश र संघ (राष्ट्रियसभा र प्रतिनिधिसभा) को सबैभन्दा ठूलो दल एमाले अहिलेको दुर्गतिमा आइपुग्नुको कारण भने नेतृत्व नै रहेको नेताहरू बताउँछन् । ‘पार्टी एकताबद्ध बनाएर लैजाने भूमिका पार्टी अध्यक्षले देखाउनुपर्ने हो । कसैसँग प्रतिस्पर्धा गर्ने होइन । अनि लामो समय पार्टी नेतृत्व गरेका माधव नेपालले पनि एमाले जोगाउनेबारे सोच्नुपर्थ्याे’, प्रदीप नेपाल भन्छन् । ......... नेकपाभित्रको शक्ति समीकरण बदलिंदै प्रचण्ड र माधव नेपाल मिल्न पुगे । पार्टीभित्र अल्पमतमा परेपछि ओलीले असंवैधानिक कदम चाल्दै संसद् विघटन गरे । उक्त संसद् विघटनको निर्णय पछि अलग हुन पुगेका ओली र नेपाल अन्ततः अलग–अलग पार्टीका अध्यक्ष बन्न पुगेका छन् ।
माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो : राजेन्द्र पाण्डे ‘माओवादीसँग एकता भएर नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो,’ उनले भने, ‘माओवादीसँगको एकतापश्चात मात्र प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकसहित १२१ सिट जित्न सफल भएका हौं ।‘ नेता पाण्डेले भने, ‘पार्टी एकताबाट नै थप शक्तिशाली बनेको तथ्य ओलीले कहिल्यै महसुस गरेनन् ।’
सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : प्रकाशमान नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी गरे । ....... उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए
नेपाली साहित्यमा रोयल्टी : कतिले मृत्युपछि पनि पाइरहे, कति जीवित छँदै ठगिए नेपाली साहित्यमा सर्वाधिक बिक्री रेकर्ड बनाएको ‘मुनामदन’ तथा अन्य पुस्तकका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको ५० वर्षसम्म उनको परिवारले रोयल्टी पाइरहे । ....... विश्वेश्वरप्रसाद कोइरालाका पुस्तकको रोयल्टी ‘जननायक बीपी कोइराला मेमोरियल ट्रष्ट’मा जाने गर्दछ । ...... अघिल्लो साता लेखक नीलम कार्की निहारिकाले अनलाइनखबरको अन्तर्वार्तामा आफ्ना कृतिहरूको वाषिर्क कमाइ नेपालको शाखा अधिकृतसरह रहेको बताएकी थिइन् । ........ अघिल्लो महीना विवेकशील साझा पार्टीका नेता एवं लेखक रवीन्द्र मिश्रले पनि उनको ‘राजनीतिसँगै राजकाज’ पुस्तकबाट सुरुमा १० लाख र दोस्रो पटक २ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए । मिश्रले उक्त रकमको कर चुक्ता गरेको पनि सार्वजनिक गरेका छन् । ........... फाइनप्रन्ट, बुकहिल, नेपालय, फिनिक्स, किताब पब्लिसर्स, रत्न पुस्तक भण्डार लगायत प्रकाशकहरूले केही लेखकलाई नियमित रोयल्टी दिने गरेको पाइयो । कुमार नगरकोटी, बुद्धिसागर, नारायण वाग्ले, सुविन भट्टराई, नीलम कार्की निहारिका, कृष्ण धरावासी, नयनराज पाण्डे, नारायण ढकाल, खगेन्द्र संग्रौला, रवीन्द्र मिश्र लगायत लेखकले मासिक तलब जसरी नै रोयल्टी पाउने गरेका छन् । ......... "भन्दा अघि अध्यक्ष भएका डोलेन्द्रप्रसाद शर्मा र उनीअघिकी अध्यक्ष ममता झाले साझा प्रकाशनको जग्गासमेत बैंकमा राखेर पैसा झिकेका रहेछन् । जेजति सम्पत्ति थियो सबै उनीहरूले आफ्नो हितमा प्रयोग गरे ।............. ०७७ माघदेखि म अध्यक्ष बनेको हुँ । अहिले सम्पूर्ण रूपले साझा ऋणमा छ । ७७ जना कर्मचारीलाई पोहोर असारदेखि तलब खुवाउन सकेको छैन । म आएपछि पछिल्ला १० वर्षको लेखा परीक्षण गर्न र प्रत्येक सम्पत्तिको विवरण राख्न थालिएको छ । यस्तो विकराल अवस्थामा रोयल्टी दिने कुरा सोच्नसम्म सकिंदैन । कहाँबाट पैसा ल्याएर कसलाई रोयल्टी दिने ?"
‘प्रचण्डले अब सक्दैनन्, हटाउनुपर्छ भन्ने त छैन नि !’ एकले अर्काे सिध्याउने गरी लड्नुपर्छ भन्ने छैन, संयुक्त मोर्चा बनाएर सत्ता गठबन्धन गर्न सकिन्छ : पुन
गैरआवासीयको कमाइ विविधीकरण गर्न जन्मभूमि नै सुरक्षित सन् १९९१ मा सोभियत संघ ‘कोल्याप्स’ भयो । रुसले राज्य नियन्त्रित अर्थ व्यवस्थालाई त्यागेर उनीहरू खुला बजार अर्थतन्त्रमा प्रवेश गरे । ........ म व्यापारिक ब्याकग्राउन्डको नभए पनि बिजनेसमा प्रवेश गरेको हुँ । ......... सन् २००३ मा गैरआवासीय नेपाली अभियान सुरु भयो । २०४६ सालको परिवर्तनपछि नेपालीहरू विदेशमा जाने परम्परा सुरु भएको हो । वास्तवमा ब्रिटिस गोर्खामा २ सय वर्षअघिको इतिहास भए पनि ठूलो संख्यामा १९९० को परिवर्तनपछि नेपाली जान थालेका हुन् । ...... सन् २०१० मा विश्व बैंकबाट ‘माइग्रेसन एन्ड डेभलपमेन्ट’ भन्ने एउटा रिपोर्ट आएको थियो । त्यसमा त्यहाँ डेभलपिङ कन्ट्रीहरूको माइग्रेन्टहरूको सेभिङ चार सय बिलियन डलर भनेर लेखिएको थियो । ........... एक बिलियन डलर सेभिङ नेपालीहरूसँग छ भनिएको थियो । ......... पछिल्लो एक डेढ वर्षमा नेपालको पुँजी बजारमा आम मानिसको जुन आकर्षण देखिएको छ, त्यसले के बताउँछ भने पैसा यहाँ पनि छ । यहाँ भएको पैसा आम मानिससँग पनि छ । अहिले कुनै एउटा कम्पनीले उत्पादनमूलक क्षेत्र होस् वा फाइनान्सिङ, आईपीओ अफर गर्यो भने २० गुणा, ३० गुणासम्म बढी प्रस्ताव भएको पनि देखेका छौं । पुँजी बजारमा असाध्यै आकर्षण बढ्दो छ । ........ धिरुभाइ अम्बानीले सर्वसाधारणसँग पैसा मागे । संकलन गर्न उनले आईपीओ जारी गर्दा दसौं हजारले उनलाई पत्याए । रिलायन्सको आईपीओमा १९७७ मा १ हजार रुपैयाँ लगानी गरेको मान्छेलाई त्यसले २०१९ को डिसेम्बरमा आउँदा २१ लाख बनाएको छ । ....... धेरैजसो स्टार्टअपहरूको असामयिक मृत्यु हुन्छ । ९५ प्रतिशतसम्म स्टार्टअप सुरुमै मर्छन् । लगानी नपाएर मात्र होइन, अरू कतिपय कारणले पनि । यसको अर्थ यो होइन कि स्टार्टअप सफल हुँदैनन् भनेर लगानी गर्न छाड्नु हुँदैन । उनले भनेका थिए– प्रे एन्ड प्रे । थुप्रै स्टार्टअपमा पैसा छर्नुस् र प्रार्थना गरेर बस्नुस् । मेरो पैसा नडुबोस् भनेर । एउटा मात्र प्रार्थना काम लाग्यो भने पनि त्यसले हजारौं गुणा प्रतिफल दिन सक्छ । ......... म आफैं पनि कन्जर्भेटिभ इन्भेस्टर भएकाले ५/७ वटा स्टार्टअपमा लगानी गरेको छु । प्रार्थना गरिरहे पनि अहिलेसम्म मेरो प्रार्थना काम लागेको छैन ।
No comments:
Post a Comment