नया नया लोकतंत्र मा राजनीतिक पार्टी हरु बन्ने क्रम मा रहनु आश्चर्य को कुरो होइन। अमेरिका का दुई पार्टी नफुट्लान। ब्रिटेन का दुई पार्टी नफुट्लान। भाजपा नफुट्ला। यद्यपि कांग्रेस पटक पटक फुटेको हो। इंदिरा कांग्रेस थियो एक समय। तर आज को भारतीय कांग्रेस फुट्ने देखिँदैन।
ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस!
— Baburam Bhattarai (@brb1954) August 17, 2021
महन्थहरूले पार्टी बनाउने भए भन्ने टेन्सन हो बुढोलाई,,,देउवाको ले अब न तिमीहरूको विश्वास गर्छन न त अरूकै,देउवाले अब परिपक्क राजनिती गर्छन! एमाले र जसपा फुटेको भोलीपल्ट चुनावको घोषणा गर्छन!ढुक्कले अर्को पाँचवर्ष शासन गर्छन!यो जस्तो चुनावमा जाने स्वर्णिम मौका काङ्ग्रेसलाई आउन्न फेरी
— Sushma (@sushmaa_123) August 17, 2021
अहिले ठुटे नेताहरु सबैलाई संसदीय प्रणाली नै घाडो भयो, त्यहि भएर प्रचन्डले राजा भएकै ठिक हो भनेर अभिव्यक्ति दिएका रहेछ।संसदमा छलफल गर्नु नचाहेर संसद अन्त्य गर्दै अध्यादेश बाँट असबैधानिक क्रियाकलाप गर्छ भने मापसे सरकार ले निरकुंस सासन लगाउदैछ।
— सपनामा हराको मान्छे (@Heart6464) August 17, 2021
ओलीलेअध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छ्लेर पोहोर भन्दा फोहोर ढंगले (२०%संख्याले)दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए
— Rabi Lamichhane (@hamrorabi) August 17, 2021
दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?
— Dr. Bhim Rawal (@BhimRawal179) August 17, 2021
यो तस्वीरलाई पछिल्लो पुस्ताको शानदार हस्तक्षेप मान्छु म चैं ।
— Sarita Tiwari (@saritatiwari36) August 18, 2021
कतिपय कुरामा रामकुमारीजीको आलोचक हुँ तर पुस्तान्तरको हस्तक्षेपको सन्दर्भमा कुनै 'माईका लाल'(आमाको सुपुत्र) सँग नभएको हिम्मत यिनले देखाइरहेकी छिन् ।त्यस अर्थमा यिनको प्रशंसा गर्छु ।
गजब ! pic.twitter.com/wluHz7IuMH
केपी ओलीले आफ्नो स्वार्थको लागी अध्यादेश ल्याएका थिए, तर देउवाको अध्यादेश त्यस्तो हैन। यो अध्यादेश देशको हितमा छ।
— Dil Nisani Magar (@dil_nisani) August 17, 2021
मुसाहरू pic.twitter.com/3EkUrMSmgO
— Gajendra S. Budhathoki ♿ (@gbudhathoki) August 18, 2021
राजनितीक बिचार र आश्था को मलाई मतलव भएन..तर मलाई @Jhakri_didi जी को राजनीतिक अडान र राजनितीक परिपक्वता मन पर्यो ..तपाईको भविष्य उज्जवल होस ..शुभकामना 🙏
— Sirjana Singh (@Sirjana_Singh) August 18, 2021
ओख्खो !#cartoon @NAYA_PATRIKA #nepalicartoon #rabimishracartoon pic.twitter.com/8jqOIZb6TT
— Rabi Mishra (@rabimishra) August 18, 2021
भाग्यमानी नेताहरु। मुलुकमा न रोजगारी सृजना गर्नु पर्ने चिन्ता, न डेढ बर्ष देखि घर बस्न बाध्य बिध्यार्थीको मतलब, न बजारभाउ बारे चासो, न सामानको आपुर्ती र गुण्स्तरले पोल्छ। बस, बिहान देखि रातिसम्म आफ्नै दौतरिको खोइरो खन्यो, तिक्डम गर्यो, राज्य दोह्यो, नेता बन्यो, वाह! क्या आनन्द।
— madhukar upadhya (@madhukaru) August 18, 2021
जसपामा अलमल : बाबुराम भन्छन्– अध्यादेश गलत, राजेन्द्र भन्छन्– ठीकhttps://t.co/1xDeahi0DK
— Paramendra Kumar Bhagat (@paramendra) August 18, 2021
बाबुराम जी, तपाईं सत्ताधारी नेता हो। यस अध्यादेश को पुर्ण स्वामित्व तपाईं को पनि हो। जनता ठग्ने कुरा नगरौं होला।
— Paramendra Kumar Bhagat (@paramendra) August 18, 2021
माधवकुमार नेपालकोे पार्टीमा ३१ सांसद
No comments:
Post a Comment