नेपाली समाज, राजनीति र राजसत्ता मा भ्रष्टाचार यति सारहो गहिरो सँग जड़ा गाडेर बसेको छ कि यसले द्रुत गतिको आर्थिक प्रगति हुन नै दिँदैन। गरीबी को कारक तत्व नै भ्रष्टाचार हो। राज्य ले बिभिन्न जात जाति लाई शोषण गरेको कुरा पनि भ्रष्ट सत्ताधारी हरु ले आम जनता लाई वास्तविक मुद्दा बाट आफ्नो ध्यान अन्यंत्र केंद्रित गर्न का लागि हो। अर्थात सत्ता कब्ज़ा गरेर बसेका हरु को मधेसी समुदाय प्रति घृणा नहुन पनि सक्छ। तर मधेस विरोधी कुरा गर्दिए आम जनता ले भ्रष्टाचार बारे होहल्ला गर्ने भयेनन।
अरु मुद्दा मा जस्तै सिद्धांत को कुरा आउँछ र रणनीति को कुरा आउँछ। रणनीति को हिसाब ले भ्रष्टाचार माथि बलियो सँग प्रहार गर्ने तरिका शायद हो आर्थिक क्रांति को मुद्दा माथि लेजर फोकस। शिक्षा, स्वास्थ्य, पुर्वसंरचना (infrastructure) र उद्यमी का लागि सहज वातावरण (Ease Of Doing Business) प्रमुख चार क्षेत्र मा देखिने काम तत्काल गर्ने जनमत पार्टी ले सत्ता मा आएपछि।
डेंग स्योपिंग ले सत्ता मा आए पछि भनेको, पहिलो काम गर रेल बनाउ। जबकि डेंग लाई राम्रो सँग थाहा थियो चीन मा भ्रष्टाचार व्यापक छ।
मधेस आंदोलन को दोस्रो संस्करण गजेंद्र नारायण सिंह, तेस्रो फोरम र उपेंद्र यादव। गजेंद्र नारायण सिंह को बाटो थियो संसदीय संघर्ष को बाटो। उपेंद्र यादव को बाटो सड़क आंदोलन को बाटो। चौथो संस्करण सीके राउत र जनमत पार्टी। संगठन निर्माण को बाटो।
मधेस आंदोलन को प्रथम, द्वितीय, र तृतीय संस्करण बाट चौथो संस्करण ले सिक्नुपर्ने सबक के भने मधेस आंदोलन को मुद्दा मात्र लाई समातदा सिद्धांत को हिसाब ले राम्रो देखिन्छ तर रणनीति को हिसाब ले असफल रह्यो। शुरुवाती विन्दु मधेस आंदोलन का मुद्दा हरु हो नै तर रणनीति को हिसाब ले भ्रष्टाचार को मुद्दा जोड़ले समातेर देशव्यापी संगठन निर्माण गर्ने तर प्रथम फोकस आर्थिक क्रांति र व्यापक रोज़गार सिर्जना मा राखेर सत्ता आफ्नो हातमा लिने ताकि अधिकार अरु सँग माग्नु नपरोस। गर्नु पर्ने काम आफैले सत्ता मा पुगेर गर्ने।
नेपाल मा ठुलो संख्या मा कम समय मा रोजगारी सिर्जना गर्ने नंबर एक तरिका हुन सक्छ विश्व बाजार का लागि तरकारी खेती।तराई को प्रत्येक खेत मा १२ महिना सिंचाइ को सुविधा, पुर्व पश्चिम रेल को निर्माण, जनकपुर कोलकाता रेफ्रिजरेटेड रेल को बाटो दुबई देखि शंघाई सम्म तरकारी पुर्याउने। अनि त पहाड़ बाट शत प्रतिशत मानिस नै तराई झरे फरक पर्दैन। मलेसिया कतार को महिना को १०-१५ हजार तलब तरकारी खेत ले नै दिन्छ। झरेका लाई बस्ने ठाउँ चाहियो, जागीर चाहियो, जंगल फाडेर जग्गा दिनु परेन। चुरे मा ड्रोन को प्रयोग को बाटो छोटो समय मा व्यापक वृक्षारोपण गर्नु पर्ने भो।
कम्युनिस्ट पार्टी हरु सोवियत संघ जस्तै गरी त्यही त्यही कारण ले आफै ढलिरहेका छन। कांग्रेस फुटने ढलने पार्टी नै होइन। कांग्रेस भित्र त्यस्तो किसिम को अनुशासन नै छैन कि त्यो फुटोस अथवा ढलोस। कांग्रेस मैनबत्ती जस्तै पग्लिएर बगिजाने एउटा अनुशासनहीन संगठन हो। कांग्रेसी हरु बड़ा गर्व साथ भन्ने गर्छन, म कुनै संगठित राजनीतिक पार्टी को सदस्य होइन, म त कांग्रेसी हो। हामी विधि विधान अनुसार चल्ने पार्टी नै होइन, हामी त लोकतान्त्रिक पार्टी हो। अराजक पार्टी कांग्रेस।
२१ वर्षपछि अमेरिकाबाट फर्केर गाउँमै खेतीपाती https://t.co/3opntjvvn3
— Paramendra Kumar Bhagat (@paramendra) August 29, 2021
No comments:
Post a Comment