Saturday, July 03, 2021

प्रचंड ले २००५ बारे झुठ बोले

कहिले काहीं याददास्त ले नै बदमाशी गर्छ। जानी जानी झुठ नबोलेर याददास्त ले नै दिमाग मा खेल खेल्छ। त्यो पनि हुन सक्छ। तर इतिहास साक्षी छ। 

माओवादी ले सन २००५ को मध्य पछि एकतर्फा युद्द विराम को घोषणा गरे पछि (युद्ध त राजा पक्ष सँग भैराखेको थियो) बल्ल १२ बुँदे को वार्ता अगाडि बढेको हो। भारतीय पक्ष लाई चकमा दिएर सुटुक्क दिल्ली मा गिरिजा लाई भेटें भन्ने न्यारेटिव हास्यास्पद हो। प्रचंड भुमिगत होला तर दिल्लीमा गिरिजा कोइराला कति बेला कहाँ छ भन्ने कुरा भारतीय खुफिया एजेंसी हरु लाई थाहा हुँदैन? भारतीय खुफिया एजेंसी ले प्रचंड र बाबुराम लाई देखा अनदेखा गरेको चाहिं हो। १२ बुँदे गरेको सात पार्टी र माओवादी ले नै हो तर दुबैलाई होस्ट गरेको दिल्ली ले हो। त्यसमा लाज मान्नुपर्ने कुरा के छ? छ भने बीपी र पुष्पलाल ले बनारस मा पार्टी स्थापना किन गरेको? प्रचंड का सेफ हाउस हरु दिल्ली मा किन राखेको? दिल्ली यथार्थ हो। 

नेपाल का तीन शक्ति राजा, माओवादी र सात पार्टी मध्ये दुई एक ठाउँ मा आउँदा त्यसको पलड़ा भारी भएको हो, त्यसैलाई १२ बुँदे भनिएको हो। तीन शक्ति तीन ठाउँ मा रहिरहे प्यारलाइसिस कायम रहने र ज्ञानेंद्र कायम रहने स्थिति थियो। 

१२ बुँदे मा सही गरे पछि पनि  सात पार्टी ले शाकाहारी आंदोलन गर्दै गए, हामीले मांसाहारी आंदोलन गर्दै गयौं भन्ने ठुलो झुठ हो। माओवादी ले एकतरफा युद्ध विराम नगरेको भए १२ बुँदे वाला वार्ता नै हुने थिएन। १२ बुँदे को शर्त नै थियो माओवादी ले युद्ध विराम कायम राख्ने। माओवादी ले राखे पनि। होइन भने १२ बुँदे टुटथ्यो। बरु अप्रिल २००६ को १९ दिने क्रांति को रापताप शुरू भए पछि माओवादी ले एक पटक फेरि बन्दुक उठाउने कुरा गरेका हुन। सात पार्टी सहमत भएन। 

बन्दुक ले गणतंत्र ल्याएको माओवादी को अडाण हो। सात पार्टी को कथन हो माओवादी ले बन्दुक बिसाए पछि बल्ल गणतंत्र को संघर्ष सफल भएको हो। र हो पनि। 

त्यो एउटा पाटो हो। र यो अहिले पनि समस्या यस मानेमा हो कि प्रचंड जबज नमान्ने जज मानने अड़ान मा छन। त्यो बहुदल र समाजवाद नमान्ने अड़ान होइन भने के हो? त्यो वैचारिक समस्या हो। सानो पार्टी माओवादी ले ठुलो पार्टी एमाले सँग एकीकरण गर्ने अनि पार्टी भित्र का गुट हरु सँग खेलेर प्रचंड ले पार्टी र सरकार कब्ज़ा गर्ने र ५० वर्ष नेपाल भित्र कम्युनिस्ट पार्टी को शासन चलाउने नै उद्देश्य त हो नि। घोषित उद्देश्य। पुरा नहुने उद्देश्य। तर देश लाई लथालिंग पार्ने उद्देश्य। प्रचंड को सोंच अचम्म होइन। देउबा को साथ कसरी पाए त्यो अचम्म हो। 

प्रचंड ले जबज मानन करै लाग्छ होइन भने १२ बुँदे प्रचंड ले गरेको बेइमानी थियो भन्ने पुष्टि हुन्छ। माओ ले चियांग काइशेक सँग पनि सम्झौता गरेकै हो तर त्यो रणनीतिक मात्र थियो। बहुदलीय संसदीय व्यवस्था सँग को शान्ति सम्झौता नेपाल को गोंजालो ले त्यस्तै रणनीतिक रुपमा गरेका हुन त? 

गिरिजा राष्ट्रपति भएको भए कटुवाल प्रकरण मा मलाई साथ दिन्थे भन्ने हिन्ट हास्यास्पद हो। कटुवाल प्रकरण ले प्रथम संविधान सभा समाप्त पारेको हो। दोष प्रचंड को हो। देश लाई संविधान सभा दिएको प्रचंड ले होइन। देश ले पाएको संविधान सभा हरण गरेको प्रचंड ले हो। 

अब त ढिला पनि भयो। उमेर बाँकी छैन। संगठन गैसक्यो। बादल पानी पार्न एमाले छिरिसक्यो। तर बहुदलीय संसदीय व्यवस्था ले गारंटी गर्ने वाक स्वतंत्रता को खुबी यो नै हो कि प्रचंड लाई शांतिपुर्वक जनता को जनवाद को पक्षमा वकालत गर्दै आफ्नो बाँकी जीवन व्यतीत गर्ने पुर्ण छुट छ। 

बरु प्रचंड ले बाबुराम लाई जनता को जनवाद सिकाउने, बाबुराम ले बाँकी जीवन प्रचंड लाई नया समाजवाद सिकाएर बस्ने गरे हुँदैन? जसपा को एकता जोगि पो हाल्थ्यो कि? प्रचंड ले बाबुराम लाई अल्झाएर राखे? 

जसपा को एकता जोगिनु भनेको यो संसद पुर्ण अवधि चल्नु हो। महामारी को समय मा चुनाव गराउने प्रयास नहुनु हो। 


गिरिजाबाबुसँगको पहिलो भेट, संक्रमणकालको भित्रीकथा जब बाह्रबुँदे समझदारीमा हस्ताक्षर भयो । हामी त भुमिगत नै थियौं । हामी युद्धमै थियौं । हामी फौजी आक्रमण र राजनीतिक आक्रमण दुईटै भन्थ्यौं त्यतिबेला । र, सात राजनीतिक दल शान्तिपूर्ण आन्दोलनको स्थितिमै थिए । जब बाह्रबुँदे समझदारीमा हस्ताक्षर भयो, देशभरि जनतामा एउटा उत्साहको सन्देश त गइ नै हाल्यो ।  अब शान्ति पनि हुन्छ, अब परिवर्तन हुन्छ भन्ने रक्तसञ्चार र आत्मविश्वास जनतालाई भयो । किनभने, ग्रामीण इलाका करिब– करिब हाम्रो कन्ट्रोलमा थियो । देशैभरि यो कुरा सबैले मानेकै कुरा हो । हामीले देशभरिका जनता, कार्यकर्ताहरुमा सर्कुलर गरेका थियौं कि काठमाडौंको प्रदर्शनमा अब सक्रियतापूर्वक सहभागी हुने । .........  मेरो र गिरिजाबाबुको प्रायः बिहान र बेलुका दैनिक फोनमा कुराकानी हुन्थ्यो । म नेपाल भएका बेलामा, रुकुम–रोल्पामा भएको बेलामा गिरिजाबाबुलाई फोन गर्न स्याटेलाइट फोन प्रयोग गर्थें । दिल्लीमा भुमिगत भएका बेलामा टेलिफोनबाट नै कुराकानी गर्थें । बिहान–बेलुका नै कुरा हुन्थ्यो । हामीले फौजी आक्रमण यहाँ–यहाँ गर्दैछौं, यो–यो ठाउँमा हाम्रो हमला हुन्छ भनेर मैले भन्ने गर्थें । सर्लाहीको सदरमुकाममा हमला हुँदैछ भन्ने कुरा भनेको छु । तौलिहवामा हमला हुँदैछ, पाल्पामा यसरी हमला हुँदैछ भन्ने कुरा मैले सबै गिरिजाबाबुलाई रिपोर्ट गरिराखेको हुन्थें । माधवजीलाई रिपोर्ट गरिराखेको हुन्थें । उहाँहरुले आन्दोलनका कार्यक्रमका बारेमा आज यो, भोलि यो भन्ने कुरा पनि भनिराख्नुहुन्थ्यो । त्यसकारण नेपालमा यो एउटा विचित्रको भएको हो । यस्तो संसारमा कमै हुन्छ । शान्तिपूर्ण आन्दोलन र युद्ध सँगसँगै मिलेर, तालमेल गरेर गर्ने भनेको यो संसारमा विरलै देख्न पाइन्छ । यो हिम्मतचाहिँ गिरिजाबाबुले गरेकै हो । सात राजनीतिक दलहरुले पनि गरेकै हो ।





No comments: