सन्न्यासी पूर्व प्रधानन्यायाधीश
हामी पनि सम्पन्न हुन सक्छौं हामी यो विश्वमा प्रतिस्पर्धामा ढिलोचाँडो पुग्नैपर्छ नत्र विदेशमा सबैभन्दा तल्लो तहको जागिर खाने र प्रकृति प्रकोप वा महामारी आउँदा विदेशीसँग हात फैलाएर माग्ने जातका रूपमा आउने शताब्दियौंसम्म रहनेछौं र हाम्रो भविष्य वर्तमानभन्दा राम्रो हुनेछैन । .......... छिमेकमा केही अघिसम्म हामीभन्दा पिछडिएका भनेर चिनिने भुटान, बंगलादेश हामीभन्दा अगाडि बढ्दा र हिमालयमा हामीसँग टाँसिएर बसेका सिक्किम र तिब्बतको प्रतिव्यक्ति आय अहिले हाम्रोभन्दा पाँच गुणाभन्दा बढी हुँदा .......... मुलुकभित्रको शिक्षा पद्धति खराब भएकाले यसले आर्थिक प्रगतिको स्वत: प्रत्याभूति गरिहालेको भने छैन । ...... माओको चिनियाँ समाज च्याङ काइसेकको ताइवानी समाजभन्दा आर्थिक रूपले धेरै असमान छ । ........ नेपालभन्दा थोरै जनसंख्या भएको ताइवानमा खासै प्राकृतिक स्रोतहरू छैनन् र पनि गएको वर्ष ताइवानको सेमिकन्डक्टर उद्योग चर्चामा रह्यो । चीन तथा अमेरिका दुवै मुलुकले ताइवानको ताइवान सेमिकन्डक्टर (टीएसएमसी) कम्पनीलाई चिप बनाउने उद्योगमा मुख्य प्रतिस्पर्धी ठान्छन् भने इकोनोमिस्ट पत्रिकाको हालै प्रकाशित एक खबरअनुसार उक्त कम्पनीको प्रविधि चीन र अमेरिकाको भन्दा एक दशकले अगाडि छ । ......... महाभारतमा समेत ‘राजाको दायित्व राज्यकोष बलियो बनाउनु हो, सानो कोष भएको राजालाई मानिसले हेप्छन्’ भनिएको थियो । साना राजाले ठूला राजालाई वार्षिक कर बुझाउँथे । ........... राम शाहको केही कानुनी सुधारबाहेक त्यो बेलाको गोर्खालाई अरूले राज्य मान्नुपर्ने कुनै कुरा देखिँदैन । लगभग १२ हजार घर भएको गोर्खासँग तनहुँको तुलना गर्दा पनि गोर्खा तल पर्छ । ............ देशैदेश भएको त्यो बेलाको नेपालमा गोर्खाको वरीयता सम्भवत: निकै तल थियो ......... यस्तो कमजोर मुलुकले कसरी काठमाडौं उपत्यकाजस्तो समृद्ध र ठूलो मुलुक हात पार्यो ? ........... पहिलो, प्रविधिमा लगानी ....... पृथ्वीनारायण शाहले विसं १७९९ मा राजा हुनेबित्तिकै नयाँ प्रविधिका हतियार किन्न बनारसको यात्रा गरेका थिए । यात्राको अन्तमा पृथ्वीनारायणले बनारसबाट तीन जना हतियारविज्ञ प्राविधिकहरू (शेख जोरावर, मोहम्मद ताकी र भेषा सिंह) लाई गोर्खा ल्याएका थिए भने, विसं १८१९ मा कासिम अली खानसँगको लडाइँमा दुई तोप र पाँच सय बन्दुक गोर्खालीले हात पारेका थिए । क्याप्टेन किनलकको सेनालाई सिन्धुलीमा हराउँदा पनि सम्भवत: केही बन्दुक हात परेका हुँदा हुन् । यसैले भक्तपुर र काठमाडौं विजयमा उनीसँग प्रयोग गर्न निकै बन्दुक उपलब्ध भए । तत्कालीन भारतको बजारमा महँगो (६० रुपैयाँ प्रतिगोटा) मानिने बन्दुक किन्न र प्रयोग गर्न पृथ्वीनारायणजत्तिको उत्सुक अन्य पहाडी राजा देखिँदैनन् । .................. दोस्रो, युद्धका लागि चाहिने स्रोत परिचालनमा दक्षता । ........ विसं १८१३ मा तिब्बतमा रहेका आफ्ना प्रतिनिधि हरिदेव उपाध्यायमार्फत पृथ्वीनारायण शाह १२–१५ हजार तोलासम्म सुन किन्ने बार्गेनिङ गरिरहेका थिए । एकैचोटि २ लाख ५० हजार रुपैयाँको सुन किन्न सक्ने क्षमता उनले कसरी र किन बनाए होलान् भन्ने प्रश्न महत्त्वपूर्ण छ किनकि उनी त्यसअघि स्थानीय कुलीनसँग जग्गा बन्धकी राखेर केही सय रुपैयाँ सापटी माग्ने आर्थिक स्थितिका राजा थिए । ............. ‘विद्रोही’ हरू सबै ठाउँमा जसरी हुन्छ स्रोत जुटाउने कसरत गर्छन् नै, गाँजा बेच्ने अफगान विद्रोहीदेखि हीरा बेच्ने अफ्रिकाका विद्रोहीसम्म अहिले पनि यसका उदाहरण देखिन्छन् । ......... त्यो बेला पृथ्वीनारायणले ५० हजार सेना प्रयोग गरेको र तीमध्ये ३० हजारलाई काठमाडौं नाकाबन्दीमा प्रयोग गरेको ......... तेस्रो, क्रूरताको रणनीतिक प्रयोग । .......... एक पटक गाउँमा शिक्षक काटेको खबर आएपछि माओवादीले चन्दा माग्दा नदिने शिक्षक कमै भए होलान् । ........... चौथो, सूचना संकलनमा चुस्तता । ........... काठमाडौंमा २ हजार ब्राह्मण लगाएर गोर्खालीहरूले सूचना संकलन गरेका थिए । ............ पृथ्वी आफैं पनि भक्तपुर बसेका थिए अनि जयप्रकाश मल्ल र रणजित मल्ल दुवैसँग नजिकको परिचय भएका व्यक्ति थिए । काठमाडौंको कमजोरी र शक्ति दुवैसँग उनी निकै परिचित थिए र यहाँका भारदारहरूलाई एकअर्कासँग लडाउन वा एकअर्काविरुद्ध प्रयोग गर्न सक्ने क्षमता राख्थे । .............. भारतीय बजारमा यदि विद्युत् बेच्ने हो भने हाम्रा कम्पनीहरू मुम्बई वा त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय केन्द्रमा सूचीकृत भएर स्रोत जुटाउन सक्ने स्थिति हुनुपर्छ । दुर्भाग्यवश, अन्तर्राष्ट्रिय बजारको ‘बिग पिक्चर’ देख्न नसक्ने केही मानिस लहडमै जलविद्युत्मा विदेशी लगानी आवश्यक छैन भनिदिन्छन् । तर यदि हामी ५० हजार मेगावाट बिजुली भारतमा बेच्ने सपना देख्छौं भने त्यो भनेको ८० अर्ब डलरभन्दा बढीको तात्कालिक लगानी हो जुन हामीसँग छैन र भए पनि त्यो स्रोतको लगानी अन्य क्षेत्रले पनि मागिरहेका छन् । हाम्रो क्षमता त त्यतिखेर देखिनेछ जब हाम्रा कम्पनीहरू भारतीय बैंकसँग ऋण लिएर, भारतीय जनतासँग सेयर बजार वा अन्य माध्यमबाट सेयर इक्विटी उठाएर उनैलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् । ............ तेस्रो, क्रूरता अथवा रुथलेसनेस ......... केबल अपरेटरहरूदेखि बस अपरेटरहरूसम्म सिन्डिकेट गरेर, मिलीजुली गरेर पैसा कमाउन उद्यत हुने हाम्रो संस्कृति छ । ....... भारत र चीनसँगको हाम्रो अबको वाणिज्य सम्झौताको मूल केन्द्रमा हामीले हाम्रा कम्पनीहरू भारत र चीनमा गएर व्यापार गर्न कति सहयोग गर्न सक्छौं भन्ने नै हुनुपर्छ । ............ विदेशबाट सामान ल्याएर, यहाँ आयात तथा व्यापारमा एकाधिकार जमाई बेचेर पैसा कमाउने नेपाली चलनले कहिल्यै व्यावसायिक दुनियाँले खोजेको जस्तो ‘रुथलेस’ कम्पनी जन्माउन सक्दैन ।
भारत वा चीनको बजारमा एकएक इन्च जमिनका लागि युद्ध गर्न तयार भएर बसेको व्यावसायिक फौज भने हामीलाई चाहिसकेको छ । .......... हामीले मुख्य निर्यात हुने भनेर आशा गरेको बिजुलीका बारेमा समेत हामीलाई थाहा छैन । धेरै भारतीय त तिमीहरूले हामीलाई बिजुली बेचेर पैसा कमाउने ‘ट्रेन मिस गरिसक्यौ’ भन्छन् । ........... बंगलादेशलाई अति कम विकसित राष्ट्रका रूपमा उपलब्ध सुविधाहरू प्रयोग गरेर निर्यातमुखी बनेको मुलुकका रूपमा चिनिन्छ, किनकि अहिले उसको ७० प्रतिशतजति निर्यातले त्यो सुविधा प्रयोग गरेको छ । हामी भने उक्त सुविधा पाएर पनि निकै कम प्रयोग गर्ने मुलुकमा पर्छौं । .......... गोर्खाली शासकहरूले आफ्नो राज्यलाई लगभग कम्पनीकै रूपमा चलाएका थिए । ...... हामी यत्ति कुरामा विश्वास भने गरौं— यदि हरितन्नम गोर्खाले पहाडमुनिका पचासौं राज्यमा आधिपत्य जमाउन सकेको थियो भने अहिले हामी पनि सही खालको विशेषज्ञताको विकास र प्रयोगले सम्पन्न हुन सक्छौं ।
सन्न्यासी पूर्व प्रधानन्यायाधीशसँग संसद् विघटनबारे जिज्ञासा राख्दा लोकतान्त्रिक परिपाटीमा विकल्प रहुन्जेल संसद् विघटन गर्नु उचित होइन, तर धेरै किचलो हुँदा जनता नै सार्वभौम शक्ति भएकाले जनताकैबीच गएर निर्णय लिऊँ भन्नु कुनै अपराध होइन।’ ..... ‘खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा उहाँ कायममुकायम प्रधानन्यायाधीश हुनुभएको रहेछ। रेग्मी सेवानिवृत भएपछि उहाँ प्रधानन्यायाधीश बन्नुभएको रहेछ।’ देवघाटका बासिन्दाका लागि उहाँले गरेको मुख्य योगदान हो– सरकारी लगानीको आयोजना पारेर खानेपानी व्यवस्था गर्नु। सुवेदीजीले भन्नुभयो, ‘आज हामीले उहाँले गर्दा सरकारी पानी खान पाएका छौं।’
No comments:
Post a Comment