मानिस हामी रहौंला कहाँ, प्रकृति नरहे ! मधेसदेखि हिमालसम्म आफ्नै पैतालाले नापेर नेपाली भूगोल, प्रकृति, जनजीवन र पर्यावरण चिनेका विज्ञ हुन् श्रेष्ठ । काठमाडौं उपत्यकाको नेवारी समुदायमा जन्मे–हुर्केका उनले उपत्यकाको संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध जति मसिनोसँग बुझेका छन्, त्यति नै गहिराइमा सिंगो नेपाली जनजीवनसँग यहाँको पर्यावरणको भूमिका पनि केलाएका छन् । नेपालको आकाशमा मडारिने बादल, विभिन्न उचाइमा उम्रने वनस्पति, त्यो पर्यावरणमा हुर्कने–खेल्ने जीवजन्तु र तीसँगै हुर्किएको विविधतायुक्त नेपाली समाज उनको अध्ययनको विषय हो । ........ उनी विज्ञानका मसिना विषय खोज्छन् र आममान्छेले बुझ्ने भाषामा लेख्छन् । ....... २०१७ देखि २०४७ सम्म वनस्पति विभागको सरकारी सेवामा रहेका उनले फ्रान्सको ग्रिनवल विश्वविद्यालयबाट विद्यावारिधि (कर्णाली क्षेत्रको वन–वनस्पति र पर्यावरणमा शोधकार्य–२०३४) गरेका छन् । ........ बजेट भाषणको साँझदेखि म ढुंगा–गिट्टी, बालुवाको निकासीबाट व्यापार घाटा न्यूनीकरण भएको दिन नेपालको स्वरूप कस्तो होला भनेर सोच्न थालेको छु । सोचिरहँदा
मेरो मस्तिष्कमा चुरे र भावरको लासमाथि लुछाचुँडी गरेर गिद्धले छाडेको लासको कंकालको रूप आउन थाल्यो ।
गिट्टी–बालुवा, ढुंगा नवीकरणीय स्रोत हुँदै होइन । ......... अहिलेको बजेट भाषणको जुन निर्णय छ, त्यो त नेपालको देह–व्यापारजस्तो भयो । एउटा यस्तो व्यापार, जसले देशलाई कंकाल बनाउँछ र जनतालाई कंगाल बनाउँछ । ........ सरकारको यो निर्णयले रूखको आफैं बसेको हाँगा छिमल्न थालेको कालीदासको सम्झना दिलाउँछ । सुन्दरलाल बहुगुणाको चिप्को आन्दोलनमा प्रत्येक रूखलाई अंगालो मारेर बसेका जनताझैं हामीले पनि समर्पित भएर सडकमा लम्पसार परि गिट्टी, बालुवाका ट्रक र ट्र्याक्टरलाई रोक्न सक्नुपर्छ ।हाम्रो पर्यावरणीय स्थिरताको साङ्लोमा सातवटा कडी छन्– तराई, भावर, चुरे, मधेस, महाभारत, हिमाल र भोट । तीमध्ये सबैभन्दा कमजोर कडी चुरे हो । त्यो कडी चुँडियो भने सम्पूर्ण नेपाल भत्किन्छ ।
......... पूर्वराष्ट्रपति रामवरण यादवबाट थालनी भएको ‘राष्ट्रपति चुरे संरक्षण’ कार्यक्रमले पनि संरक्षणको कुनै चुरो भेट्टाउन सकेन । वर्तमान अवस्थामा चुरेकै थाप्लो–थाप्लोबाट राजमार्गको सडक चलाउने काममा ‘कमरेड मदन भण्डारी राजमार्ग’ क्रियाशील हुँदा वातावरणको महत्त्व कहाँ व्यक्त गर्ने, कसरी व्यक्त गर्ने भन्ने रनभुल्लमा छु । ....... थुप्रै कडी जोडिएर बनेको कुनै पनि साङ्लोको शक्ति त्यहाँको सबैभन्दा निर्वल कडीले निर्धारण गर्छ । त्यस अर्थमा नेपालको वातावरणीय सन्तुलनको शक्ति चुरेले निर्धारण गर्छ । भौगोलिक अवस्थितिले गर्दा मनसुन वर्षाको पहिलो प्रहार वा पश्चिमी वायुको पहिलो झोंक्का चुरेले नै थाप्नुपर्छ । ........चुरेलाई संरक्षण दिने दक्षिणतिरको चारकोसे झाडी एवं उत्तरतिरको भित्री मधेसका वनजंगल विगत ५०/६० वर्षदेखि मानव अतिक्रमणले गर्दा अधिकांश रूपमा नष्ट भइसकेका छन् । तिनका अतिरिक्त चुरेको अनियन्त्रित उत्खननको रूप कहालीलाग्दो छ ।
....... नेपालको अन्नको ढुकुटी भनी कहलिएको तराई र मधेस पानीको अभावमा मरुभूमीकरणको दिशामा चल्दै छ । ....... चुरेलाई गरिएको अपहेलना र दोहनले हाम्रा समृद्धिका आधारहरू भत्कने पूर्णतया निश्चित छ । यसबाट केही स्थानीय जनशक्तिले तत्काल रोजगारी र व्यवसायीले मुनाफा प्राप्त गरे पनि अन्ततः त्यसले सम्पूर्ण नेपाललाई कंगाल बनाएर छाड्नेछ । ......... पछिल्ला दिन हाम्रा सेता हिमाल कालाम्मे हुँदै गएका छन् भनिन्छ । नदी–नाला सुक्दै गएका छन् । घना जंगल पातलिएका छन् । यस्तो किन भयो ? ........ ‘विकास’ भन्दै अहिले भइरहेका अव्यवस्थित सहरीकरण र अनियन्त्रित प्रदूषणले विनाश पारेको वातावरण–पर्यावरणबारे हामीले खास चिन्ता लिएकै छैनौं । मानिसले अब अत्यन्त गम्भीर भएर सोच्नुपर्छ– प्रकृति नरहे हामी पनि रहन्नौं ! ....... यहाँको वायु प्रदूषणलाई प्रथम कोटीमा राख्नुपर्छ भन्ने कुरा हालैको चैते तुँवालोले प्रस्टाएको छ ।मानिसको स्वास्थ्यमा अक्सिजनको महत्त्व कस्तो छ भन्ने पाठ कोभिड–१९ ले उजागर गर्दै छ ।
............ जाडो याममा यस उपत्यकामाथि चिसो हावाको तहले बिर्को लगाइदिएर ‘थर्मल इन्भर्सन’ को अवस्था सृजना हुन सक्छ । त्यस अवस्थामा मानिस, पशुपन्छी निसास्सिएर अक्सिजनको अभावमा मर्नुपर्ने हुन्छ । ......... गत वर्षको तुँवालो र डढेलोले काठमाडौं उपत्यका प्रदूषित वायुको विष–प्याला बन्न पुग्यो । यसले संसारका प्रदूषित सहरमध्ये शीर्ष स्थान ओगट्यो । ......... तीन हजारभन्दा बढी ठाउँमा डढेलो सल्केको देखियो । डढेलोले राष्ट्रिय विपत्तिको रूप लियो । ............कवि भूपि शेरचनसँग निकै गफगाफ चल्थ्यो । गफगाफमा मैले उहाँसँग सोधें, ‘राजनीति के हो र कसरी गरिन्छ ?’ उहाँले भन्नुभयो, ‘हेर्नोस् तीर्थजी त्यो सजिलो छ । बाँचेका नेताहरूलाई मुर्दावाद र दिवंगत नेतालाई जिन्दावाद भन्दै हल्ला गर्ने– भैगयो राजनीति ।’
........ ‘हिमाल’ खबरपत्रिकामा ‘विज्ञान–विचार’ स्तम्भ लेख्न थालेपछि पाठकको धेरै माया पाएको छु । सरकारी सेवाका प्राविधिक कर्मचारीलाई प्रकृति संरक्षणको पक्षमा दह्रोसँग उभिन केही लेखहरू सहयोगी बनेको पनि मैले अनुभव गरेको छु । ......... स्वामित्वबिनाको सहभागिता र सहभागिताबिनाको स्वामित्वले प्राकृतिक सम्पदा र वातावरणको संरक्षण हुन सक्दैन । सामूहिक स्वार्थको पक्षमा जनसहभागिता सजिलै जुट्छ । निजी स्वार्थको पक्षमा जनसमर्थन र सहभागिता खोज्नु व्यर्थको अभ्यास साबित हुन जान्छ । वातावरण जोगाउने विषयमा हाम्रो निजी काम, कर्तव्य र व्यवहारले अहं भूमिका खेल्न सक्छ । निजी वन, निजी वाटिका वा कृषि फर्म, माछापालन, फलफूल खेती तथा यस्तै गरी निजी होटेल, रेस्टुराँ, रिसोर्ट, आवास क्षेत्रले पनि वातावरणलाई हरियो–भरियो बनाउने काम गर्न सक्छ ।योगेश भट्टराईले भने - एकताको प्रयासमार्फत् पार्टी कब्जा गर्ने नीतिलाई आत्मसमर्पण भन्न मिल्दैन ‘एकता आत्मसमर्पण होइन। एकता ओलीको स्वेच्छाचारिता स्वीकार गर्नलाई पनि होइन, विधिबाट र प्रक्रियाबाट संगठन चलाउन पार्टी कब्जा गर्नका लागि हो।’ ...... ओली पक्षसँगको वार्तामा सहभागी अर्का नेता विष्टले वार्ताको प्रयासलाई कमजोरीका रुपमा बुझ्न नहुने बताएका थिए।
एन्टिजेन परीक्षणको पोजिटिभ दर पनि ३१ प्रतिशत विज्ञ भन्छन्– ‘समुदायमा परीक्षण गर्दा एन्टिजेन पोजिटिभ आउनु गम्भीर विषय हो’
शीर्ष नेतामाथिको कारबाही फिर्ता नलिएसम्म नेपालसमूहले ओलीपक्षसँग औपचारिक वार्ता नगर्ने
The Straw Man of Tibet-Xinjiang Equivalence: A Response the experience of ordinary Tibetans, who are routinely deprived of their freedom of expression, movement, religion and assembly. .......... Freedom House has ranked Tibet as one of the least free places in its 2021 “Freedom in the World” report, assigning it a combined score of 1 out of a possible 100 for civil liberties and human rights –– by comparison, Syria scored 1/100 and North Korea scored 3/100 ......... Chen Quanguo, the architect of the Uyghur internment camps, was deploying against the Uyghurs the tools of tyranny he had sharpened in Tibet ......... Tibet served as a laboratory of repression for Chen’s dystopian vision ........ In the voluminous literature on the strategy of conflict, coercion is said to operate when the threat of retaliation plays a role in getting someone to do something against their will. The direct use of brute force is not necessary for coercion to obtain; the threat of punishment often lurks in the shadows without ever appearing onstage. ...........
No comments:
Post a Comment