Friday, May 14, 2021

ज्येष्ठ सांसद महंथ को नेतृत्वमा सर्वदलीय सरकार हो निकास



ज्येष्ठ सांसद महंथ को नेतृत्वमा सर्वदलीय सरकार हो निकास 

महन्थ ठाकुर लाई जसपा को प्रधान मंत्री को रुपमा बुझ्नु हुन्न। महामारी को विकराल अवस्था र अत्यंत असहज राजनीतिक अवस्थाको द्वैध मार बाट मुलुक गुजरिरहेको अवस्था हो। अब बन्ने सरकार भनेको चुनावी सरकार नै हो। ओली को बहुमत त पुगेन पुगेन, ओली को नेतृत्वमा चुनावी सरकार मान्ने अवस्था छैन। निष्पक्ष निर्वाचनको कुरा आउँछ। देउबा ले बहुमत नपुर्याएको भर्खर हो। अब उपाय के? 

छ जना ओली पक्ष का मंत्री, तीन जना माधव पक्ष का, कांग्रेस का पाँच मध्ये देउबा पक्षका दुई, दुई रामचंद्र, एक सिटौला, माओ पार्टीका पाँच, जसपा मा दुई उपेंद्र पक्ष, दुई राजेंद्र पक्ष, र एक जना हृदयेश को स्वतंत्र राजनीतिक समुह। स्वास्थ्मा कायम राखे भो। बिभिन्न नेगोसिएशन हरु चलिराख्या छ। २५ भन्दा कम मंत्री। 

संविधान संसोधनको राजनीतिक मुद्दा र महामारी को सामना तत्काल को एजेंडा, अनि चुनाव गराउने त छँदैछ। तत्काल एउटा संविधान संसोधन आयोग बनाएर चार महिना भित्र फ़ास्ट ट्रैकमा संविधान संसोधनको रोडमैप ल्याउनुपर्छ। 


No comments: