मैले निरन्तररुपमा मैले एउटा रेफ्रीजस्तो रहेर पनि विभिन्न घटकहरुका बीचमा मिलाउने प्रयत्न गरेर आएकै हो र अहिलेसम्म पनि मेरो प्रयत्न जारी छ ।
......... मैले सत्य र न्यायको पक्षधरता लिएको हो, कुनै व्यक्ति र गुट समूहको पक्षधरता लिएको छैन । अहिले पनि सही बाटोमा आएर पार्टी एकतावद्ध होस् भन्ने मेरो चाहना छ । निरपेक्ष ढंगले एकताको पक्षमा म होइन । तर, सत्य, न्याय र ठीक कुराको पक्षमा एकतावद्ध हुनुपर्छ भन्ने मान्यता राख्छु । यदि त्यसो हुन सकेन भने अनावश्यक ढंगको गलफ्त्ती र कचिंगल गरेर पार्टीलाई धुजाधुजा पार्नुको साटो बरु सरसल्लाह गरेरै आ–आफ्नो बाटो लाग्नु सही हुन्छ । किनकि, पार्टी भनेको त स्वेच्छिक संगठित संस्था हो । कसैलाई पनि बलजफ्ती बस्न जोडबल गर्नुहुँदैन भन्ने मान्यता म राख्छु । ..........कुनै शिकारीले कुनै चरालाई मार्नु छ भने चारो फाल्छ । तर, चरालाई थाहा हुँदैन कि मलाई मार्नका लागि यो चारो फालेको हो । प्रधानमन्त्री ओलीले केही मुद्दा फिर्ता गरेर जसपामाथि चारो फ्याल्नुभएको हो ।
प्रधानमन्त्री ओलीको सरकार गइसकेको, तर सरकारमा टिक्नका लागि अनेक जालसाजी गर्दैछन् । त्यसमा दृश्य, अदृश्य शक्तिको चलखेल छ । त्यो कुरा हामीले बुझिराखेका छौं । यस्तो अवस्थामा वैकल्पिक शक्तिजस्तो हाम्रो पार्टीले बहकावमा परेर बदनाम भइसकेको सरकारले मेरो माग पूरा गर्छ भनी पछि लाग्नु, यो भन्दा नमिल्ने तर्क अरु के हुन सक्छ ? .......... आफैंले नेतृत्व गरेर, आफैं सबै समस्या हल गर्ने अवस्था थियो । के ओलीले तराई मधेस, हिमाल, पहाडका समुदायका लागि पहिचानसहितको संघीयता दिन सक्नुहुन्छ ? उहाँ यसलाई सैद्धान्तिक रुपमा पनि स्वीकार गर्न सक्नुहुन्न । त्यसैले, आफैंले लगाएका मुद्दा आफैंले फिर्ता गर्नु कुनै ठूलो कुरा होइन । आफैंले तीन वर्षदेखि अड्काएर राखेको नागरिकता विधेयक अहिले सत्ता धरापमा परेपछि एउटा चारो फ्याँकेका छन् । भोलि त्यो अध्यादेशलाई संसदले स्वीकार गर्ने हो कि होइन, त्यो थाहा छैन । भनेपछि, उहाँको चालबाजी हो र सत्ता लम्ब्याउने खेल हो भन्ने प्रष्ट छ । यस्तो भ्रममा पर्नुहुँदैन जस्तो मलाई लाग्छ । ........ओलीकै निकटकै नेताको पहलामा भक्तपुरको रिसोर्टमा बास बस्ने अवस्थासम्म सिर्जना भएपछि दालमा कालो छ भने बुझ्न अप्ठ्यारो छैन नि ।
....... नेपालमा एमाले र काँग्रेसको विकल्प दिनुपर्छ भनी मान्यता राख्ने हाम्रो पार्टी हो । ........अलिकति अडानमा बसेको भए बाध्य भएर जसपाको नेतृत्वमा सरकार बनाउने अवस्थामा काँग्रेस वा एमाले आउथे ।
.......... अब चुनाव भएन भने के हुन्छ ? ........ यो कोरोना कहिलेसम्म जान्छ भन्ने पनि थाहा छैन, अब तेस्रो लहर आउँछ भन्ने कुरा छ । चुनाव पनि हुन सकेन , जनप्रतिनिधिको संख्या पनि रहेन भने लोकतन्त्र त मर्ने अवस्था हुन्छ नि । ........ भ्रष्टाचारको बिगबिगीबाट सबै आक्रान्त छन् । हिजोका राजनीतिक दलमा पनि कमीकमजोरी छन्, त्यसलाई सच्याउनु छ । आर्थिक विकास र समृद्धिको सिंगो अभियान बाँकी छ । यो भूराजनीतिक द्वन्द्वको भुमरीबाट देशलाई बचाएर सार्वभौमसत्ता जोगाउनु छ । यस्ता अहम् मुद्दामा बहस र छलफल हुँदै जान्छ र विचार मिल्ने शक्तिहरु निकट आउन सक्छन् भन्ने मलाई लाग्छ । ............ आवश्यक प¥यो भने निर्वाचनसम्म पनि हामी एकजुट भएर जानुपर्छ भन्ने लाग्छ । .......पार्टी भनेको कुरा बन्छन् भत्कन्छन् ।
......... २००७ सालदेखि लड्दै आएको काँग्रेस संकटमा छ । पञ्चायती व्यवस्थाविरुद्ध लडेर आएको एमाले संकटमा छ । देशमा गणतन्त्रका निमित्त लडेको माओवादी पनि संकटमा छ । अर्कोतिर, मधेस आन्दोलन, थरुहट तथा आदिवासी जनजाति आन्दोलन गरेर आएको जसपा पनि संकटमा छ । त्यसैले म के निष्कर्षमा पुगेको छु भने एकप्रकारले दलहरुको विघटन नै हो । नेताहरुमा मूल्य मान्यता र उर्जा सिद्धियो र स्वतः उनीहरु विघटनको क्रममा गइरहेका छन् । ........... पछिल्लो विज्ञान प्रविधिले जनतामा जुन चेतना आएको छ, त्यसले नयाँ राजनीतिक निकास खोजेको हो जस्तो मलाई लाग्छ । देशमा नयाँखालको ध्रुवीकरण हुन्छ । तर, कुन नामबाट हुन्छ, त्यो म भन्न सक्दिनँ । देशमा एउटा अग्रगामी शक्ति निर्माण हुन्छ । ......... त्यो कस्तो बन्छ, त्यसको नाम के हुन्छ, झण्डा कस्तो हुन्छ, लगायतका केही कुरा अहिले भन्न सकिँदैन । देश नयाँ ध्रुवीकरणतिर जान्छ भने मेरो ब्रह्मले भन्छ । ........... पहिला टुक्रा– टुक्रा भइसकेका दललाई नयाँ दल बनाउन सकिन्छ भन्ने मान्यता म राख्दिनँ । काँग्रेस, कम्युनिस्ट पुरा दलहरु त्यसका नेताहरु पुराना हुन् । म पनि पुरानै नेतामा पर्छु । .......... हाँडी फुटेपछि त्यसलाई टाकटुक पारेर पुनः त्यसमा मकै भुट्यौं भने त्यो त भुटिँदैन । त्यसको सट्टामा नयाँ हाँडी बनाउनु जस्तै नयाँखालको ध्रुवीकरण, यही पार्टीका टुक्रा–टुक्रा जोडेर हुँदैन । नयाँ विचारमा आधारित नयाँ ध्रुवीकरण हुन्छ र हुनुपर्छ जस्तो लाग्छ । .................... प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टी त एकदम पुरातन सोचको पार्टी हो । त्यतिकै मार्क्सवादी, लेनिनवादी राख्ने तर उसको कामचाहिँ कुनै निश्चित व्यक्ति वा वस्तुलाई पोस्ने काम मात्र गर्छन् । त्यहाँ समावेशिता पनि देखिँदैन । त्यही भएर त्यो पार्टी अगाडि बढ्छ जस्तो लाग्दैन । निरंकुश र अलिकति प्रतिगामी चरित्र बोकेका मान्छेहरुको त्यो संस्था बन्ला । तर, अग्रगामी सोच भएकाहरु त्यहाँ टिक्न सक्दैनन् । .............. तत्काल सर्वाेच्च अदालतबाट नै संसद पुनःस्थापना हुनु नै हाम्रो माग हो । यदि त्यस्तो भएन भने देश अँध्यारो सुरुङमा पस्छ । योबेलामा हामीले सबै दलगत स्वार्थ त्यागेर जनताको जीउज्यान जोगाउने काम गर्नुपर्छ । र देशलाई नयाँ विकल्प दिनुपर्छ जस्तो लाग्छ । ........... दोस्रो विश्वयुद्धपछि बनेका काँग्रेस ब्राण्ड गरेका उदारवादी लोकतन्त्र पक्षधर र कम्युनिस्ट नियन्त्रित समाजवादको सकारात्म पक्ष लिने नकारात्मक पक्षलाई फ्याँक्ने र अहिलेको नयाँ युगको आवश्यकताका कार्यक्रम जोडेर नयाँ विचारसहितको शक्ति नै बनाउने नै मेरो भनाइ हो । ............पुराना पार्टीहरु आफ्नै कारणले विघटनको अवस्थामा पुगेका हुन् । पुँजीवाद र साम्राज्यवाद भनेर हुँदैन ।
........ हिजोको पुरानै धङधङी हामी सबैमा बाँकी छ । पुराना पार्टीहरुमा पनि र हामीले बनाउन लागेको वैकल्पिक पार्टीहरुमा पनि पुरानै पार्टीका धङधङी बोकेर आउनुभएको छ । ........... पुरानो सोच परित्याग गर्न नसकेको र नयाँ बन्न नसकेको मुख्य समस्या हो । ......... अहिले चाहिँ स्पष्टीकरणको जुन श्रृंखला चलेको छ, यो चाहिँ बाटो फाट्ने प्रक्रियाको सुरुवात हो । ....... अहिले बदनाम बनिसकेको केपी ओली सरकार, जो अवैध पनि बनिसक्यो, संविधानमाथि यति ठूलो घात पनि गरिसक्यो र मधेसी, जनजाति र संघीयताको पक्षमा ओली सधैं अनुदार मान्छे पनि हो, त्यस्तो मान्छेको पछि लागेर त उहाँहरुले ठूलो गल्ती गरिहाल्नुभयो । ......... केपी ओलीजी कसैको पनि कुरा नसुनी हठपूर्ण ढंगले अध्यादेशले शासन चलाउँदै आउनुभएको छ, उहाँले कति सुन्नुहुन्छ, मलाई त्यति विश्वास लाग्दैन । ........ अहिलेको आर्थिक वर्ष त असार मसान्तसम्म चल्छ । ........... मेरो प्रधानमन्त्रीकाल मात्र यस्तो थियो, जतिबेला दुई वर्षसम्म बजेट ल्याउन दिइएन । र, मैले त्यसलाई अन्यथा पनि मानिनँ । ....... हाम्रो बजेट प्रणालीमै त्रुटी छ, बजेट प्रणालीलाई नै सुधार गर्थें । कतिपय अर्थतन्त्रका हाम्रा संरचनात्मक समस्या छन्, जस्तो–हाम्रो सम्पत्तिको अभिलेखीकरण छैन । कसको कति सम्पत्ति र कसलाई कति ट्याक्स लाग्ने भन्ने पनि टुंगो छैन । जमिनमाथिको निजी स्वामित्वले गर्दा हामीले विकास निर्माणका थुप्रै कामहरु गर्न सकेका छैनौं । त्यसैले हाम्रो सबै सम्पत्तिको अभिलेखीकरण गर्ने, सम्पत्ति सार्वजनिकीकरण गर्ने, जमिन–प्राकृतिक स्रोतजस्ता कुरा राज्यको स्वामित्वमा लिएर जनतालाई भोगाधिकार दिनेजस्ता संरचात्मक सुधार मैले पहिला गर्र्थें भन्ने लाग्छ । अनि, कर असुलीको कुरा जहाँ आउँछ, सुरुमा करको दर अलि कम गर्ने, बरु दायरा बढाउने । गर्दै गएर एउटा प्रगतिशील कर लगाएर कर प्रणालीलाई मैले जुनबेला सुरु गरेको थिएँ, त्यसलाई अझै व्यवस्थित गरेर, सुशासन कायम गरेर राजस्व संकलन वृद्धि गर्ने र आफ्नै खुट्टामा उभिने ढंगले काम गर्थें । जुन विदेश भार बढ्दै गएको छ, त्यसलाई घटाउने ढंगले मैले लिएर जान्थें । ............ हाम्रोजस्तो कृषि प्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा लानको निम्ति सुरुको चरणमा हामीले ध्यान दिने पूर्वाधार नै हो । मैले राष्ट्रिय गौरवका योजना भनेर रणनीति महत्वका पूर्वाधार सडक, जलविद्युत, सिँचाई, हवाई यातायतजस्ता जुन क्षेत्र मैले छनोट गरेको थिएँ , त्यसलाई पूरा गर्नका निम्ति मैले पहिलो प्राथमिकता दिन्थें र त्यो दिनुपर्छ भन्ने मलाई लाग्छ । त्यो नगरी निजी लगानी, बाहिरको लगानी र देशभित्रको अर्थतन्त्रको आधुनिकीकरण हुँदैन । यसबाहेक तत्काल ध्यान दिनुपर्ने भनेको शिक्षा र स्वास्थ क्षेत्र नै हो । ........... शिक्षा क्षेत्रमा व्यापक लगानी गर्ने र शिक्षा क्षेत्रको गुणस्तर वृद्धि नगरी सार्वजनिक शिक्षालाई नै गुणस्तरीय नबनाएसम्म दक्ष जनशक्ति नबनाएसम्म देश सम्पन्न कहिल्यै बन्दैन । ............. स्थानीय तहलाई बलियो बनाए, वित्तिय संघीयतालाई अझ व्यवस्थित गरेरसबैभन्दा बलियो स्थानीय तह, त्यसपछि बलियो प्रदेश र त्यसपछि केन्द्र
गरेर यस मैले सुधार गर्थें जस्तो लाग्छ । .......... हिजो आन्दोलनमा लाग्दा पनि राजनीति भनेको ठीक र बेठीकबीचको द्वन्द्व व्यवस्थापन गर्ने एउटा नीति हो भन्ने मेरो बुझाइ हो । त्यसैले ठीक र बेठीकबीचको द्वन्द्व हुँदा ठीकको पक्ष लिनेले तपाईलाई ताली दिन्छ । बेठीकको पक्ष लिनेले गाली दिन्छ । त्यसैले म त्यसबाट कहिल्यै विचलित हुन्नँ । ........... तपाईले मेरो आँखा फोडिदिने, मैले तपाईको आँखा फोडिदिने गर्दा हामी सबै नेत्रविहीन हुन्छौं । त्यस्तो अवस्थामा जानुहुँदैन ।Congress Must Spend $50 Billion And Take The Covid-19 Vaccine To Every Human Being
No comments:
Post a Comment