नेपालमा कतै पात हल्लियो भने भारतले हल्लायो भंदिने गरिन्छ। जाबो एउटा पात आफैले हल्लाउन नसक्ने देश एउटा राष्ट्रियता नभएको देश हो। जसरी नेपालमा बुलेट ट्रेन छैन, त्यसै गरी नेपालमा राष्ट्रियता छैन। राष्ट्रियता निर्माण गर्न बाँकी रहेको प्रोजेक्ट नै हो।
पृथ्वीले नेपाल एकीकरण गरेको होइन। सामन्ती ले "आर्जन" गरेको हो। जमीन्दार ले जग्गा हडपेको जस्तो। त्यहाँ राष्ट्रियता खोज्न सकिँदैन। जंगे लाई हीरो मानने गरेकोले नै अहिले नेपाली हरु दुनिया को कुना कुनामा गएर नोकर भएर बसेका छन। जंगे हीरो ले कोत पर्व मच्चायो। जंगे हीरो बेलायत गयो। रोमांटिसाइज गर्यो बस्यो। महेंद्र राष्ट्रवाद भनेको एक भाषा, एक भेष, एक राजा, एक धर्म, एक देश। त्यसबाट राजा मात्र झिकेर बाँकी राख्ने प्रयास जारी छ। नेपाल जस्तो विविधताले भरिएको देशमा महेन्द्र राष्ट्रवाद फिट नै हुँदैन। एउटा साढ़े पाँच फ़ीट को मान्छे लाई साढ़े पाँच इंच को कमीज फिट हुँदैन।
नेपालमा अहिलेसम्म कहिले राष्ट्रियता निर्माण भएकै छैन। जुन देशमा बुलेट ट्रेन छैन त्यहाँ ओली सँग मागेर मान्छे ले चढ्ने बयलगाडा नै हो। पहिलो संविधान सभाले धारा धारा उपधारा उपधारा मा बहस र मतदान गर्दै संविधान सभामा दुई वर्षमा संविधान बनाएको भए देशमा राष्ट्रियता निर्माण गर्ने प्रोजेक्ट बल्ल शुरू हुन्थ्यो। त्यो संविधान सभा बिफल पारेको प्रचण्डले।
नेपालमा राष्ट्रियता भनेको सम्पुर्ण नेपाली लाई समेट्ने किसिमको मात्र हुन सक्छ। मैले त्यसैले भन्ने गरेको नेपालको राजनीतिमा आज राष्ट्रवादी भनेको मधेसी मात्र छन। अरु कसैले सबैलाई समेट्ने प्रयास गरेकै छैन।
सम्पुर्ण नेपाली लाई समेट्ने कुनै एउटा भाषा, कुनै एउटा धर्म, कुनै एउटा भेष, कुनै एउटा संस्कृति छैन। भने पछि सबै लाई समेट्ने राष्ट्रियता के हुन सक्छ त? मानव अधिकार। सबै नेपाली को मानव अधिकार सुरक्षित गर्नु नै नेपाली राष्ट्रियता हो। तर त्यो मानव अधिकार त नेपाल मा सीमित हुँदैन। भारतको राष्ट्रियता पनि त्यही हो तर भारतीय परिवेशमा। अनि त्यो स्वस्थ समावेशी राष्ट्रियता को निर्माण पछि नेपाल भित्र उल्लु कुरामा जनता उछालने नौटंकी बंद हुन्छ। देशको प्रगतिमा फोकस गर्न कर लाग्छ। नेपालमा भारतले पात हल्लायो भन्न छोड्छन बल्ल।
मधेसीले खोजेको संविधान संसोधन त्यही राष्ट्रियता निर्माणको प्रयास हो।
No comments:
Post a Comment