सिलिकॉन वैली (Silicon Valley) को कथन हो प्रविधि को क्षेत्रमा यति तीव्र गतिले विकास भइरहेको छ कि रोबोट र कृत्रिम बोध (Artificial Intelligence) संसारका अधिकांश जागीर खाइदिन्छ। त्यसैले न्युनतम आम्दानी (Universal Basic Income) एक मात्र उपाय हो। त्यो उसको तर्क होला।
नेपालको सन्दर्भमा अर्कै तर्क लागु हुन सक्छ। नेपालमा भ्रष्टाचार हुने नंबर एक तरिका के हो भने बजेट पास गर्ने, १० महिना काम नगर्ने, अनि अंतिम दुई महिना गर्ल्यामगुरलुम मिलीजुली खाइदिने। दोस्रो चुहावट हुने तरिका हो पास भइसकेको बजेट पनि खर्च नहुने।
हुन त यो लागु गर्नु अगाडि नागरिकता समस्या समाधान गर्नु पर्ने हुन्छ। मोदी ले भारतमा गरे जस्तो प्रत्येक को बैंक खाता खोल्नुपर्ने हुन्छ। नेपालमा पनि डिजिटल आधार चाहिन्छ। प्रत्येक नागरिक को स्थापित परिचय चाहियो। जुन कि आधारभुत मानव अधिकार नै हो।
त्यति गरिसकेपछि गरीबी को रेखा मुनि रहेको प्रत्येक व्यक्ति लाई मासिक नगद दिएर गरीबी समाप्त गर्ने। जनताले तिरेको करको पैसा ठुला ठुला कर्मचारी ले गर्ल्यामगुरलुम मिलीजुली खाइदिने भन्दा त्यो बढ़ी राम्रो उपाय हो कि?
गरीबी समाप्त भएर मान्छे अल्छी हुने होइन। गरीबी रेखा माथि को विश्व समुदाय उदाहरण हो।
बजेटको एक तिहाई सम्म यसमा लान मिल्छ कि?
भ्रष्टाचार विरुद्ध जनता मा जागृति ल्याउने यो अचुक उपाय हुन सक्छ। यी कर्मचारी र नेता ले हाम्रो पैसा पो खाइरहेका रहेछन भन्ने हुन्छ।
No comments:
Post a Comment