Thursday, March 18, 2021

गलती त बीपी कोइराला र मदन भण्डारी को हो





बीपी कोइराला ले आजीवन राजतन्त्र छोडेनन। अहिले हामीलाई अचम्म पनि लाग्न सक्छ। तर एक्काइसौँ शताब्दी को शुरुवात सम्म एमाले ले पनि त्यही मनस्थिति भने बनाएर राखेको हो। बीपी कोइराला ले कम्युनिस्ट सँग सहकार्य गरेको भए पंचायत अझ चाँडै ढल्थ्यो कि भन्ने हरु छन। तर सोवियत संघ को विगठन ले मात्र गणेशमान आदिलाई कम्युनिस्ट सँग सहकार्य गर्ने हिम्मत दिएको हो। सात सालमा राजतन्त्र बड़ा बलियो। जंग बहादुरले सबै लाई फाले। पाए राजतन्त्र पनि फालथे होला। फालेनन। जड़ा गाडेर बसेको त्यसरी राजतन्त्र। अहिले त राजा आउ देश बचाउ को नारा लाग्छ आककल झुक्कल। बीपी सँग संविधान सभाको माग गर्ने परिस्थिति शायद थिएन। नेपालको राजतन्त्र त्यो बाँदर हो जसलाई संवैधानिक राजतन्त्र नामको नाच सिकाउन सकिँदैन भन्ने सोच सम्म बीपी शायद पुग्न सकेनन। तर शक्ति संतुलन को पनि कुरा आउँछ। एक त अति बलियो संस्था। जड़ा गाडेर बसेको। अर्को कांग्रेस लाई शीत युद्ध भरि के डर थियो भने पायो भने कम्युनिस्ट ले पहिला राजा लाई सिध्यौंछ र लगत्तै हामी लाई। जब कि यथार्थ यो थियो कि थुप्रै कम्युनिस्ट राजा सँग घाँटी जोडेर बसेका थिए। 

सोवियत संघ को विगठन सँग कम्युनिस्ट को हार भयो भन्ने लाइन आयो। मदन भंडारी ले तर हामी बहुदल मानने कम्युनिस्ट भन्दिए। कम्युनिस्ट विचार को इतिहासमा त्यो नया प्रयोग थिएन। लेनिन को पाला मैं त्यो लाइन कम्युनिस्ट प्रकट भएका थिए। लेनिन ले मार झपारे। यो त विचलन हो भनेर। मदन भंडारी को भन्नु यति मात्र थियो कि हाम्रो पसल बंद गर्नु जरूरी छैन। गैर कम्युनिस्ट का लागि केही न केही, तर बहुदलीय जनवाद कम्युनिस्ट हरु का लागि भने ठुलो फड्को थियो। 

नेपाली परिवेशमा लोकतंत्र बारे वैचारिक योगदानमा बीपी नंबर एक छन नै। समाजवाद भने बरु कता कता हरायो। आजको नेपाली कांग्रेस भित्र त्यो विषय मा बहस अथवा विचार विमर्श भएको मलाई थाहा छैन। हुन त नेपालमा समाजवादी बाहेक कुनै पार्टी छैन। संसारमा स्याउ तीन हजार भन्दा बढ़ी किसिमका छन भने जस्तो। समाजवादी त समाजवादी, कस्तो समाजवादी? 

नेपालमा ली कुआन यु र सिंगापुर को कुरा बड़ा उठ्ने गर्छ। कृष्ण प्रसाद भट्टराई अंतरिम प्रधान मंत्री हुँदा सार्क सम्मलेन मा मालदीव्स जाँदा प्लेन को बाटो सिंगापुर मा स्टॉप थियो। सीधा फ्लाइट छैन। एयरपोर्ट मा एक दुई घंटा मात्र का लागि बाटो परेर आएका, कुनै औपचारिक भ्रमण त थिएन, तैपनि प्रधान मंत्री त हो, अनि ली कुआन यु सिंगापुर एयरपोर्ट मा कृष्ण प्रसाद भट्टराई लाई भेट्न पुगे। भट्टराई जी सन १९६० मा नेपाल को र सिंगापुर को प्रति व्यक्ति आय उही उही थियो। नभनेको कुरा ली कुआन यु को आदर्श पनि प्रजातान्त्रिक समाजवाद नै थियो। 

बीपी कोइराला र मदन भण्डारी तर गणतंत्र र संघीयता सम्म पुगेनन। गणतंत्र मदन भंडारी का लागि अपेंडिक्स जस्तो, शरीरमा त छ अंग तर नाम मात्रको। संघीयता माओवादी को देन हुँदो हो त अंतरिम संविधान मा शुरू मा नै आइसकेको हुँदो हो। संघीयता मधेसको सडकले दिएको हो नेपाल लाई। 

दोस्रो संविधान सभा ताका भनेका रामचंद्र पौडेल ले "हामी त कुहिरा का काग भएका छौं!" संघीयता संघीयता भन्छन यिनी, खोई यस बारे त बीपी ले केही बोलेको पाइँदैन भने जस्तो। देशमा गणतंत्र आउनु अगाडि नेपाली कांग्रेस को कुनै महाधिवेशन ले गणतंत्र अब हाम्रो आधिकारिक लाइन भनेर पास गरेको थिएन। नेपाली कांग्रेस का लागि गणतंत्र भुइँचालो जस्तो आइपुग्यो। छैन भनौं भने यति स्पष्ट सँग यथार्थ बनिसक्यो तर आफुले लक्ष्य गरेर ल्याएको होइन। संघीयता त नेका र एमाले का लागि सुनामी। यो न आइदिएको भए हुन्थ्यो। आए पनि एक दिन त यो पानी वापस फर्किन्छ कि भने जस्तो। 

बीपी र मदन को वैचारिक योगदान लोकतंत्र र समाजवाद सम्म रह्यो। गणतंत्र र संघीयता सम्म फड्को मार्न नसकेको चाहिं हो नै। र त्यो समस्या पनि नहुँदो हो, कांग्रेस ले बीपी लाई र एमाले ले मदन लाई पुजनीय नबनाइदिएको भए। नेता पुज्ने होइन, ईश्वर पुज्ने हो। 

एमाले ले गणतांत्रिक फड्को मारेन भन्ने कुरा केपी ओली को कदम कदम मा देखिन्छ। महाधिवेशन ले मलाई अध्यक्ष चुन्यो म श्री ३ भएँ, एमाले संसदीय दल ले मलाई प्रधान मंत्री चुन्यो म अब श्री ५ भएँ जस्तो व्यवहार। आफु लाई अविश्वास गर्न लागेको संसद नै चट। आफ्ना अगाडि नतमस्तक नहुने महाधिवेशन द्वारा निर्वाचित पदाधिकारी जति सबै चट। त्यो गणतांत्रिक सोच होइन। संघीयता त ओली ओठ ले पनि स्वीकार्दैनन। कर्णाली प्रदेशको मंत्रीमंडल त म बनाउँछु एक पटक भनेको होइन ओली ले? 

गणतंत्र संविधान मा आयो, व्यवहारमा आएको छैन। संघीयता त संविधानमा पनि आएको छैन। 






From Third World To First: The Singapore Story by Lee Kuan Yew (Free PDF Download)
Abundance: The Future Is Better Than You Think by Peter Diamandis (Free PDF Download)

No comments: