वरिष्ठ अधिवक्ता थापा भन्छन्- सर्वोच्चको फैसला संसद्मा कार्यान्वयन हुन सक्दैन प्रधानमन्त्रीमात्र नभई सभामुखको निर्वाचन र राष्ट्रिय सभाको गठनसम्म एकीकृत पार्टीका रुपमा भएको भन्दै यो फैसलाबाट त्यसलाई छुट्याउन नमिल्ने बताए । ....... 'राष्ट्रिय सभाको निर्वाचनमा कतिजना एमाले र कतिजना माओवादीले भोट हाले भनेर गणना गर्ने ?' उनले प्रश्न गरे, 'यो फैसलाअनुसार राष्ट्रिय सभाको निर्वाचन कसरी कार्यान्वयन हुन्छ ?' ......... 'सर्वोच्चले न दुई दलको एकीकरणलाई बदर गरेको हो न संवैधानिक इजलासको फैसलालाई बदर गरेको हो । अहिले त खाली नामको कुरामा न हो,' उनले भने, 'नाम विभिन्न कारणले बदर हुन सक्छ । तर त्यसकै आधारमा सबै राजनीतिक प्रक्रिया र भएका काम अवैध हुँदैनन् ।' उनले सर्वोच्चको व्याख्या नै अन्तिम हुने र त्यो मान्य हुने भए पनि व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताए ।
सर्वोच्चले नेकपा खारेज भएपछि सो पार्टीबाट निर्वाचित ४६ जनप्रतिनिधिको हैसियत के ? एकीकरण पछि नेकपाबाट निर्वाचित छन् १७ सांसद
खुशी हुँदै ऋषि कट्टेलले भने, ‘३ वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’ ‘मलाई पेल्न खोजेका थिए, सकेनन्’
माधव नेपाल भन्छन् : मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी आयो होला ? 'टार्गेट त मलाई बनाएको देखियो, केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन । मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो न्यायाधीशहरूलाई ? कसरी आइपर्यो त्यो स्थिति ?'
कस्तो होला अबको समीकरण ? अब संसद्मा राष्ट्रिय हैसियत प्राप्त चारवटा दल अस्तित्वमा आउने भएका छन् । संसद्मा बदलिएको शक्ति सन्तुलनसँगै सरकार बन्ने चार विकल्प देखिन्छन् । तीमध्ये तत्कालीन एमालेका लागि नै तीनवटा विकल्पको अवसर छ ।
अलग-अलग भए एमाले र माओवादी पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने
No comments:
Post a Comment