Abundance: The Future Is Better Than You Think by Peter Diamandis (Free PDF Download)
मधेसी क्रान्तिको नया स्वरुप भनेको संगठन विस्तार हो भन्ने कुरा सीके राउतको नेतृत्वको जनमत पार्टी ले आफ्नो प्रत्येक फेसबुक पोस्ट मा दर्शाइरहेको छ। त्यस फेसबुक पेज लाई फॉलो गर्ने पाँच लाख बढ़ी छन।
लोकतंत्रको लड़ाइ सकियो, गणतंत्रको लड़ाइ सकियो म भन्दिन। मधेसले खोजेको संविधान संसोधन मानव अधिकार सँग सम्बंधित छ। जुन देशमा अझै पनि मानव अधिकारकै खोजी हुँदैछ त्यसलाई लोकतंत्र भन्न मिल्दैन। दुई तिहाईले मलाई नेता चुन्यो, अब म राजा भएँ भन्ने सोंच भएको प्रधान मंत्री भएको देश गणतंत्र होइन। लोकतंत्र र गणतंत्र १९ दिनको सड़क क्रांति होइन रहेछ। वर्षौं लगाएर संस्था हरु निर्माण गर्नुपर्ने कठिन काम रहेछ।
मधेसका २२ जिल्लामा संगठन निर्माण गरेर देश हल्लाउने पार्टी जनमत पार्टी बन्न सक्छ। नेपाल काठमाण्डु उपत्यका हो भने त्यस खाल्डोमा राजसत्ता स्थापना गर्ने नै मधेसी हरु, पुर्वी तराईका गोपालवंशी, अर्थात यादव हरु. गाई भैंसी चराउने हरु। लिच्छवी शासन लाई आज सम्म नेपाली इतिहासको स्वर्ण युग मानिन्छ। लिच्छवी भनेका मधेसी। लिच्छवी शासन को समयको सुशासन नेपालले आजसम्म फेरि देख्न पाएको छैन। लिच्छवी गए तर तिनको प्रभाव यति सारो बुलंद थियो कि मल्ल कालसम्म राजकाजको भाषा मैथिली रह्यो। रण बहादुर शाह की मधेसी रानी कै संतति हुन महेन्द्र, वीरेंद्र, ज्ञानेंद्र सबै। मधेसी भनेका नेपालका स्थानीय वासिन्दा।
एउटा बाटो छ नया संविधान सभाको। त्यसकालागि भ्रष्टाचार र आर्थिक क्रांतिको मुद्दा समातेर जनमत पार्टी जस्तो पार्टीले देशको नेतृत्व नै लिएर देशलाई नया संविधान सभा मा लानुपर्ने हुन्छ। त्यो शायद गारहो बाटो हो। तुलनात्मक सजिलो बाटो भनेको संविधान संसोधनको बाटो। जुन सुकै संसद्ले दुई तिहाईले संविधान संसोधन गर्न सक्ने भएकोले प्रत्येक संसद एक किसिमको संविधान सभा नै हो। राजनीतिमा सदाकालागि शत्रु र सदाकालागि मित्र कोही पनि हुँदैन भन्ने गरिन्छ। संविधान संसोधन का लागि दुई तिहाई पुर्याउन जुन सुकै पार्टीको सहयोग लिन सक्नुपर्छ भन्ने सोंच का साथ अगाडि बढ्नुपर्ने हुन्छ। चाहे त्यो यस संसदमा होस अथवा अर्को संसदमा।
जनमत पार्टी त राष्ट्रिय पार्टी बन्यो बन्यो। त्यसमा शंका छैन। तर भाजपाले १९८४ मा दुई सांसद र बल्ल १९९६ मा देशको नेतृत्व लिने, अथवा आम आदमी ले अहिले दिल्ली र अर्को पीढ़ीमा देश हाँकने किसिमको रोडमैप जनमत पार्टी लाई उपलब्ध छैन। जनमत पार्टीको मुद्दा देशमा तातो मुद्दा आज हो। पर्खिने समय छैन। जनमत पार्टी ले चुनाव होइन आन्दोलन को तहमा सोच्नु पर्ने हुन्छ।
दुई नम्बर प्रदेसमा जसपा लाई विस्थापित गर्ने लक्ष्य जनमत पार्टी को हुन सक्दैन। आधा भोट र सीट जसपा ले पायो तर बाँकी आधा भोट र सीट नेका नेकपा ले किन पायो भन्ने प्रश्न जनमत पार्टी ले गर्न सक्नुपर्छ। दुई नम्बर प्रदेस सरकार जसपाले सम्हालेको ले त्यस सरकारको आलोचना गर्नु अन्यथा होइन। लोकतंत्रमा विपक्षको त्यो त कर्तव्य नै हुन जान्छ। नेका नेकपा विरुद्ध क्रान्ति गर्ने, शहीद हुने तर त्यसको छ महिना पछिको चुनावमा फेरि त्यसै नेका नेकपा लाई भोट दिने किन? जपा ले मधेसी जनतालाई त्यसरी प्रश्न गर्न सक्नुपर्छ। भोट माग्ने भनेको मलाई भोट देउ अनि चार पाँच वर्ष सुत भन्ने होइन। जनतामा गएर भोट माग्नु भनेको जनतालाई चैलेंज गर्नु हो। कठिन बाटो रोज भन्ने हो।
दुई नम्बर प्रदेसमा जसपा भन्दा ठुलो पार्टी भएर आउँछ जपा भने त्यसले मधेस आन्दोलन कमजोर हुने होइन। तर भोट मुख्य रूपले खाने भनेको नेका र दुई नेकपाको हो। जनमत पार्टी को मुख्य चुनौती भनेको मधेसका २२ जिल्लामा नेका र दुई नेकपा लाई विस्थापित गर्ने हो। त्यसकालागि आन्दोलनको आंधी हुरी चाहिन्छ। साधारण चुनावी अभियानले पुग्दैन। २०४६ को आन्दोलन पछि कांग्रेस को संगठन गाउँ गाउँ मा रातारात बनेको हो। आफै बनेको हो। लक्ष्य स्पष्ट थियो। यति स्पष्ट कि एक शब्दमा भन्न सकिने। बहुदल।
अहिले त्यस किसिमको जन उभार ल्याउन सक्ने मुद्दा भनेको भ्रष्टाचार नै हो। अन्ना हजाड़े र अरिवंद केजरीवाल ले जुन तहलका दिल्लीमा मचाए त्यही तहलका मधेसका २२ जिल्ला मा मचाउनु परेको छ।
बीरबल ले अकबर ले दिएको लट्ठी लाई सानो पार्न त्यसलाई छुनु परेन। मधेसका २२ जिल्ला बाट नै नेका र दुई नेकपा लाई पहाड़मा परास्त गर्न सकिन्छ। त्यो भनेको नेका, २ नेकपा, र जसपा तीन वटा भन्दा बढ़ी भोट र सीट २२ जिल्ला मा ल्याउनु हो।मधेस र देशको पीड़ा लाल बाबु राउत होइन केपी ओली हो।
निशाना वहाँ पर लगाओ।
मधेस ले एक प्रदेश अथवा दुई प्रदेश पायेन र मधेस हार्यो भन्ने होइन। सात मध्ये छ प्रदेस राजधानी मधेसमा छन। तिनको बाटो मधेसले देश कब्जा गर्ने भरयांग पाएको हो बरु। मधेस बसी बसी सात वटै प्रदेश हल्लाउने हो।
No comments:
Post a Comment