जसपामा बाबुराम भट्टराईको प्रवेशलाई मैले सधैँ नै सकारात्मक रुपमा नै लिएको छु। मधेसलाई समानता दिलाउनका लागि समग्र देशको राजनीति गर्नुपर्छ। जसपा को पहाड़ हिमाल को पहिलो संसदीय सीट बाबुराम को हो। यो पहाड़ पस्ने जसपाको प्रयास कालागि महत्वपुर्ण कोसे ढुङ्गा हो।
माओवादी लाई शांति प्रक्रिया मा ल्याउने सन २००५ को प्रयासको सहभागी म पनि हुँ। र मेरा त्यति बेलाका विचार हरु यसै ब्लॉगमा पारदर्शी रूपले नै सुरक्षित छन। म राजनीतिक हिंसाको त्यति बेला पनि विरोधी अहिले पनि विरोधी। त्यसैले नै माओवादी लाई शांति प्रक्रिया मा ल्याउने कुराको कट्टर हिमायती। अमेरिकी राजदुतले माओवादी लाई युद्धमा पराजित गर्नु पर्छ भनिरहेको अवस्थामा मैले त्यसको कड़ा विरोध गरेको हुँ। वार्ता नै समाधान साबित भयो।
शांति प्रक्रिया भनेको आम माफ़ी नै हो। त्यस अर्थमा मैले बन्दुक उठाउने बाबुराम र बन्दुक नउठाउने महन्थ ठाकुर बीच कुनै फरक राखदिन। किनभने मेरो शांति प्रक्रिया मा सहभागिता इमान्दारीपूर्वक थियो।
बौद्धिकतामा र राजनीतिक रणनीति मा बाबुराम जी बड़ो कुशल हो। त्यो मैले आफैले पटक पटक देखेको कुरा हो। सन २००५ मा माओवादी ले जुन सेफ लैंडिंग गर्यो त्यो वहाँ बिना संभव थिएन। माओवादी ले सेफ लैंडिंग नगरेको भए प्रचंड को नियत गोंजालो को जस्तो हुँदो हो।
अहिले कॉंग्रेस ले उछालेको बहुदल, माओवादीले उछालेको गणतंत्र र मधेसीले उछालेको संघीयता जस्तो जनतालाई उछालन सक्ने मुद्दा भनेको भ्रष्टाचार नै हो। बुढीगण्डकीको ब्रम्हास्त्र एकै पटक ओली, देउबा र प्रचंड माथि फाल्ने बाबुराम भट्टराईको प्रयास ले देखाउँछ जसपा देशको वैकल्पिक अथवा तेस्रो ठुलो होइन प्रथम शक्ति नै बन्न चाहन्छ। मुद्दा सटीक छ।