बिखण्डनकारीलाई घाँस नहाले हुन्छ, दुध आउँदैन: प्रधानमन्त्री‘दुई ठूला देशका बीचमा रहेकाले मात्रै नेपाल सानो देखिएको हो, तर सानो छैन’
रोगको पहिचान नै नगरी रोगको निदान कसरी संभव छ? सन २००६ मा ज्ञानेंद्र लाई convince गरिएको होइन, शक्ति संतुलन उसको विरुद्ध बनाइएको हो। केपी ओली लाई convince गर्छु, ११ बुँदे मा ल्याउँछु भन्ने हरु या त मुर्ख हुन या त असक्षम हुन या बेइमान हुन।
११ बुँदे अनुसार संविधान संसोधन नगरी निकास निस्कँदैंन, र एमाले ११ बुँदे मा मरे काटे आउँदैन। भने पछि केपी ओली सरकार लाई ढालेर पनि निकासको बाटो छैन, नढालेर पनि निकासको बाटो छैन। अर्थात नया अंतरिम संविधान र नया अंतरिम सरकार एक मात्र बाटो हो। त्यसका लागि सन २००६ को जस्तो देशव्यापी उपत्यका व्यापी आंदोलन मधेसी र जनजाति र दलित र महिला ले गर्न सक्नुपर्यो।
तर त्यस अगावै अंतरिम संविधान को छिनोफानो गर्न सक्नुपर्छ। त्यो भनेको पहिलेको अंतरिम संविधानमा यो सात प्रदेशको नक्शा राख्ने नै हो। तर त्यसरी नया सहमति मा मधेसी र जनजाति नेतृत्व आउन नसके सन २००६ को जस्तो देशव्यापी उपत्यका व्यापी आंदोलन गरेर पनि सकिँदैन। यो संविधान मान्दैनौं भन्ने ले कुन संविधान मान्छौँ भन्ने त भन्न सक्नुपर्यो नि त। आफुले मान्ने संविधान र सीमांकन को स्पष्ट खाका अगाडि नल्याए आंदोलन होइन भांडभैलो मात्र हुन्छ।
पहिला स्पष्ट खाका ल्याउने अनि मात्र जनता लाई सडकमा डाक्ने। सीमांकन का बारे सबैभन्दा कम विवाद हुने र सकेसम्म धेरैले मान्ने अहिलेको अवस्थामा यो सात प्रदेश नै हो।
स्पष्ट अंतरिम संविधान र स्पष्ट अंतरिम राष्ट्रपति अगाडि सार्न सक्नुपर्यो। त्यो एक जना को हो? मोर्चा ले त्यति गर्न सक्नुपर्छ। होइन भने जनतालाई मुर्ख बनाउने मात्र काम हुन्छ।
No comments:
Post a Comment