अझै दश वर्ष राष्ट्रिय एकताको जरुरी : दाहाल
प्रचंड ले शांति प्रक्रिया मा आउने साहसिक कदम त लिए तर बहुदलीय लोकतंत्र बुझेको हो कि नबुझेको हो अझै स्पष्ट छैन।
मोर्चा नेता र भारतीय विदेश सचिवबीच भेट

'नेपाली काङ्ग्रेसको सभापति शेरबादुर देउवा भैसक्नु भएको छ, अब सहमतिको प्रयास अघि बढ्छ ।' .... दाहालले भारतले नाकाबन्दी गरेको तर, अन्तर्राष्ट्रिय जगतलाई भने ढाँटेकोमा रुष्टता प्रस्तुत गरे । .... नाकाबन्दले राष्ट्रिय उत्पादन तहसनहस भएकाले अर्बौको क्षेती बेहोर्नु परेको र जनताले दुःख पाएता पनि सहेर राष्ट्रियता प्रस्तुत गरेकोमा अन्तराष्ट्रिय जगत चकित भएको उनले बताए । .... 'नेपाली जनताले दुःख पाए, तर भारतले पनि शान्ति पाएन, उसले अन्तर्राष्ट्रिय खेद बेहोर्नु पर्यो,' दाहालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले नेपालीको परनिर्भरता हटाउने खालका सम्झौताहरु गर्ने छलफल भैरहेको उनले जानकारी दिए । ..... 'सञ्चार जगतले निरासा हैन आसा जगाउने, विखण्डन हैन राष्ट्रिय एकता कायम गर्ने सन्देश फैलाउनु दायित्व हो तर तराईका केही सञ्चारमाध्यमले अपेक्षा गरिएभन्दा फरक भूमिका प्रस्तुत गरे,' अध्यक्ष दाहालले खुला र स्वतन्त्र सञ्चारमाध्यम भन्दैमा देशै टुक्र्याउने खालको अफवाह फैलाउने कार्य भैरहेको पाउदा दुःख लागेको बताए
प्रचंड ले शांति प्रक्रिया मा आउने साहसिक कदम त लिए तर बहुदलीय लोकतंत्र बुझेको हो कि नबुझेको हो अझै स्पष्ट छैन।
- बाबुराम ले आफ्नै पार्टी खोलिसकदा पनि अझै आफ्नै पार्टी भित्र को केंद्रीय समिति भित्र उठापटक भइरहे जस्तो गर्नु।
- राष्ट्रिय सरकार १० वर्ष चलाउने कुरा उटपट्याङ्ग कुरा हो। त्यो एक पार्टी शासन को सोंच हो। पक्ष विपक्ष बिना बहुदलीय लोकतंत्र नै हुँदैन। विपक्ष बिनाको देशको कल्पना गर्न अझ छोड़े जस्तो देखिँदैन प्रचण्डले।
- गोरखा मा बाबुराम विरुद्ध चुनावी धांधली को नाङ्गो चेतावनी ---- के हो त्यो? एक पार्टी तानाशाही को सोंच होइन भने के हो?
- एमाले लाई पनि र माओवादी लाई पनि गृह मंत्रालय नै चाहिने। नेपाल प्रहरी लाई नै YCL बनाउने प्रयास भैरहेको छ। मधेस आंदोलन का सहभागी विरुद्ध फ़ासिस्ट अभियान नै चलेको छ।
यो शुभ लक्षण होइन।
मोर्चा नेता र भारतीय विदेश सचिवबीच भेट
भेटघाटमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्ल र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झा सहभागी थिए । .... मोर्चाका नेताहरुले सरकार र ठूला दलले आन्दोलनका राजनीतिक मुद्दा सम्बोधन नगरेको, मधेस आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई नभएको र घाइतेहरुको औषधि–उपचारसमेत सरकारले नगरेको हुनाले आफूहरुले चैत मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएको जानकारी गराएका थिए । ..... उनले मोर्चाको चासोबारे आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा कुरा राख्ने आश्वासन दिएका थिए ।
No comments:
Post a Comment