










The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
उक्त बैठकमा भारतीय राजदुतले मोर्चाका नेताहरु संग बुदागत रुपमा ३ ओटा कुरामा धारणा बुझन खाजेका मध्ये एक नम्बरमा हालै प्रधानमन्त्रीको चिन भ्रमणको क्रममा भएको सम्झौताको वारेमा मधेशको राजनितीक वृतकमा कस्तो प्रतिक्रिया आइरहेको छ, दोस्रो नम्बरमा राजदुतले मोर्चाको अगामी रणनिती के रहेको वारेमा जिज्ञासा राखेका थिए र तेस्रो नम्बुरमा भारतीय राजदुतले राष्टिय राजनितीमा मोर्चाको भुमिका कस्तो हुने वारेमा धारणा बुझने प्रयास गरेका थिए । उक्त बैठकमा सहभागी एक शिर्ष नेताका अनुसार मोर्चा र भारतीय राजुदतको उक्त भेटको सवै भन्दा वढी समय तेस्रो नम्बरको बुदामा भएको जस अन्र्तगत सरकार परिर्वतनको लेखाजोखा विभिन्न कोणहरु वाट भएको थियो । ..... तत्कल यो सरकारलाई ढाल्दा मधेशमा पुन आन्दोलन उठन गाहे हुने आकंलन समेत प्रस्तुत भएको थियो ..... वाहिर हल्लामा रहेको जस्तो १ बैशाख देखि आमहडताल सहितको कडा आन्दोलन हुन्छ कि हुदैन भन्नेमा मोर्चा कुनै निष्कर्षमा पुगीसकेको छैन ..... चिनिया राजदुतले मोर्चाका नेताहरु संग काठमाडौमा गरेको सवादको ठिक विपरित वेइजिगंमा प्रधानमन्त्री ओली संग गरेको व्यहवारले मोर्चा एउटा कुरामा प्रष्ट छ कि भारतीय चाहनालाई कुनै पनि हालतमा क्रस गर्नु हुन्न । ...... मोर्चाका नेताहरु भन्छन, जव सम्म अव मोर्चाको दक्षिणको ठोस धारणा बुझन सक्दैन तब सम्म आफनो रणनितीलाई मुर्त रुप दिन चाहेका छैन ।
विसं २००७ सालदेखि नै जनताको तहमा भएका आन्दोलनहरूको क्रममा वीरगन्जको अहम् भूमिका रहँदै आएको छ । नेपालको इतिहासमा वर्णित ‘नेपालको प्रवेशद्वार’को परिचय खासगरी सन् १९२७ मा रक्सौलदेखि अमलेखगन्जसम्म रेलमार्ग खुलेपछि सुरु भएको हो । इतिहासमा पाएको त्यो ‘पदवी’लाई आज पनि वीरगन्जले कतिपय राष्ट्रिय विमर्शहरूको हकमा निरन्तरता दिएर जोगाएको छ । ..... यही सोच राष्ट्रिय राजनीतिको एउटा कित्ताभित्र छ कि आन्दोलन नेपाली जनताको थियो, यही माटोमा त्यसको जरा थियो र जनता सडकमा ओर्लिएपछि राज्य त्यसको सम्बोधनमा संवेदनशील हुनुपर्छ । विभेद विरुद्धको संघर्ष मुलुकको जुनसुकै हिस्सामा भए पनि त्यो लोकपक्षीय संघर्षको हकमा साझा विरासत हो । त्यसलाई त्यही रूपमा बुझ्नु र बुझाउनुपर्छ । दोस्रो बुझाइको विस्तार यो सहरमा के छ भने आन्दोलनमा ऐक्यबद्धताले गर्दा कतै राज्यले यो सहरलाई दण्डित गर्ने नियत राखेको त छैन ? ..... बीसको दशकमा जनकपुरमा राजा महेन्द्रप्रति बम प्रहार गरिँदा जनकपुरलाई उपेक्षामा राखियो । त्यसैगरी सप्तरीमा तत्कालीन सत्ताविरुद्ध फरक स्वर प्रकट हुँदा राजविराजलाई मूलधारबाट बञ्चित गराइयो । एउटा सांस्कृतिक सहर जनकपुर आज पनि उँभो लाग्नसकेको छैन । नेपालमा पहिलोपटक योजनाबद्ध तरिकाले बसाइएको राजविराज आफैंभित्र हराउँदै गइरहेको छ । अब पालो वीरगन्जको हो कि ? भन्ने व्यापक त्रास वीरगन्जेली एउटा जमातमा छ । ......मधेस, मधेसी र असमानतायो त्रास त्यसै फैलिँदै गएको होइन । यहाँका उद्योगी व्यवसायीलाई एक—एक गरी राज्यका प्रतिनिधिहरूले ‘तपार्इंहरूले आन्दोलनलाई ऐक्यबद्धता प्रकट गर्नुभयो, अब भोग्नुस्’ भनेर यन्त्रणा दिने गरेका छन् । वीरगन्जको समानान्तरमा ठोरी नाकालाई प्रबद्र्धन गर्ने घुर्की दिइँदैछ । त्यसैगरी वीरगन्जले मुख्य नाकाको रूपमा पाएको अवसरलाई अन्यत्र पनि वितरित गर्दै जाने धारणा बाहिरिँदैछन् । .... वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा अपेक्षित विद्युतको आपूर्ति नगरिनु, सुख्खा बन्दरगाह पूर्णरूपमा सञ्चालनमा नआउनु वा एकीकृत भन्सार परियोजनाको नेपालतर्फको निर्माण कार्यमा ढिलासुस्ती गर्नुले थप त्रासलाई बल दिएको छ । वीरगन्जको भुइँ सतहमा देखिएको यो मनोविज्ञान राष्ट्रिय राजनीतिमा पनि देखिएको छ । त्यो कसरी भने मधेसलाई कि उपेक्षा गर्ने, कि शक्ति प्रयोग गरेर त्यहाँको सामुदायिक उभारलाई विभक्त गर्ने । अहिले विभिन्न जिल्लामा आन्दोलनसँग जोडिएका कार्यकर्ताहरूलाई विभिन्न निहुँमा धरपकड गर्ने काम चालु छ ।
...... २००७ साल कात्तिक महिना गोबद्र्धन पूजाको दिन राणाशाही विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा यही वीरगन्जबाट जनक्रान्ति सुरु भयो । स्थानीय व्यापारीहरूले तत्कालीन समयमा पनि सो क्रान्तिलाई उत्साहका साथ सक्दो सहयोग गरेका थिए । तर २००८ साल यहाँका व्यापारीहरूका लागि बडो कठिनाइ र संघर्षको वर्ष रह्यो । ....... आज सरकारी निकायले ‘तिमीहरूले गलत बाटो रोज्यौ’ भनेर अनेकन दबाबका उपक्रमहरू गरिराखेका छन् । यसरी सुनियोजित दण्डित गर्ने राज्यको मनसुवाको पर्दाफास भएको छ । .......... सन्दर्भ वीरगन्जको भए पनि अहिले तराईका दक्षिणी क्षेत्रका स्थापित सहर र बजारहरूको लोकमानस यिनै चिन्तामा पिरोलिएको छ । ...... मधेसको सवालमा नेपाली कांग्रेस ‘मणि हराएको नाग’जस्तै भएको छ । ..... विसं २००९ सालको जनकपुरको पाँचौं महाधिवेशनपछि मात्र कांग्रेस केन्द्रीय समितिमा मधेसी प्रतिनिधित्वले ठाउँ पायो । त्यसबखत बीपी कोइराला सभापतिमा निर्वाचित भए र उनको नेतृत्वमा बनेको १५ सदस्यीय कार्यसमितिमा पहिलोपटक रामनारायण मिश्र (महोत्तरी), परशुनारायण चौधरी (दाङ) र राधाकृष्ण थारु (बर्दिया) सदस्य भएका थिए । ..... परशुनारायण चौधरीलाई त ०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्था पक्षलाई जिताउने कार्यदिशाका क्रममा बीपीले बहुदलीय व्यवस्थाको प्रधानमन्त्रीको रूपमा प्रस्तावितसमेत गरेका थिए । ..... बीपीकै शब्दमा, ‘मैले धेरै सोचेँ, तराईमा हाम्रो विजय भएन भने हाम्रो अरू विजय सार्थक हुने छैन, तराईका जनतालाई किन जिताउने ? त्यसको औचित्य मैले दिनुपथ्र्याे, औचित्यका पात्र बनाएर हामीबाट परशुनारायणलाई अगाडि सारिएको हो ।’ उसो त तिनै परशुनारायण कालान्तरमा पञ्चायत प्रवेश गरे । ..... प्रदेश नं २ मधेस प्रदेश हो, तर त्यस क्षेत्रबाट केन्द्रीय सदस्यमा गैरमधेसीहरू जितेर आएका छन् । ..... कांग्रेस संगठनमा देउवाले आफ्नो विश्वासिलो, विद्यार्थी नेतृत्वबाट उदाएका, सैद्धान्तिक निष्ठाप्रति मुखर, सरकार र संगठनमा महत्त्वपूर्ण भूमिका निभाइसकेका तथा प्रसिद्ध नेता महेन्द्रनारायण निधिका उत्तराधिकारी विमलेन्द्र निधिलाई उपसभापतिमा रोजेर एउटा नयाँ अध्यायको सुरुवात गर्न सक्छन् ।
मधेस वास्तवमा नेपालको पहाडभन्दा दक्षिणतर्फको समथर भूभाग हो । हिन्दु राजनीतिक भाषामा मधेस शब्दावलीले वास्तवमा मध्यदेश वा समथर भूभाग भन्ने बुझाउँछ । यसको अर्थ आम नेपालीको बुझाइमा भौगोलिक हिसाबले पहाडबाट भिन्न भूगोल भन्ने नै हुन्छ । ..... पछिल्लो जनगणना २०६८ लाई हेर्दा तराई मधेस बाहुन क्षत्री ४, तराई मधेस अन्य जाति २९, तराई मधेस दलित १५, तराई मधेस जनजाति २१ र मुस्लिम जातजाति रहेका छन् । ..... सामाजिक समावेशी सूचकांकलाई हेर्दा मधेसीभित्र पनि तराई मधेस बाहुन क्षत्रीको समावेशी सूचकांक सबैभन्दा उच्च छ । मधेसीहरू भित्रमात्र होइन कि उनीहरू नेपालकै वर्तमान समावेशीकरणको स्थितिमा पनि उच्च स्थानमा आउँछन् । मधेसकै सन्दर्भमा तराई मधेस जनजातिको समावेशिताको स्थिति दोस्रो स्थानमा रहेको छ । तराई मधेसका सबै जातजातिमध्ये तराई दलितको समावेशी सूचकांक सबैभन्दा न्युन रहेको छ । यो मधेसको मात्र होइन कि नेपालकै सबैभन्दा न्युन पनि हो । ..... मधेसीको नाममा राज्यले दिने सेवासुविधा कुन मधेसीका लागि हो ? अहिले चलिरहेको मधेस आन्दोलनले उठाएको ‘एक मधेस एक प्रदेश’ लगायतका मुद्दाहरूले कुन मधेसीको हित चाहेको छ ? मधेसी बाहुन, क्षत्री, जनजाति वा दलित ? हित हुन्छ भने कसरी हुन्छ ? ..... मधेसीभित्र समावेशीकरणको मुद्दा दलित केन्द्रित हुनुपर्ने हो । .....मधेसमा बसोबास भएकै कारण वा मधेसी भएकै कारण बहिष्करणको स्थिति बन्छ भन्ने तालिकाको सूचकांकले देखाउँदैन । यदि त्यसो हो भने मधेसका जातजातिहरू बीचमा समावेशिताको स्थितिमा यति धेरै असमानता किन ?
...... उदाहरण्का लागि सबैभन्दा सीमान्तकृत समूहलाई राज्यले आरक्षित सेवासुविधा दिने हो भने मधेसीको नामको आरक्षणले तराई मधेसका दलित चमार, चिदिमार, धाकर, डोम, दुसाध, हल्खोर, कलार, मुसहर लगायतका दलितहरूको पहुँच वृद्धि गर्नसकेको छ ? के तिनीहरूले आरक्षणको उपभोग र अनुभूति गर्न पाएका छन् ? ..... अहिले चलिरहेको मधेस आन्दोलनले उठाएका मुद्दाहरूले मधेसको असमानता र खासगरी यी सीमान्तकृत जातजातिहरूको बहिष्करणको अन्त्य गर्ने के एजेन्डा उठाएको छ ? ‘एक मधेस एक प्रदेश’को संघीय संरचना तराई मधेसका दलितहरूको स्थिति उकास्न कसरी उपयुक्त छ ? यसले मधेसको असमानताको अन्त्य गर्दै आम मधेसीहरूको जीवनस्तर उकास्ने आधारहरूको परिकल्पना कसरी गरेको छ ?
‘प्रधानमन्त्रीको भ्रमण फगत औपचारिकतामा सिमित भएको छ । सौताको रिसले पोइको काखमा पिसाब फेरेर के हुन्छ ?’ उनले प्रश्न गरे । .... ‘प्रधानमन्त्रीले हिमालयन एयरलाइन्सको जहाजमा ग्यासका दुई चार सिलिन्डर र तेलका ट्याङकर हालेर ल्याउने आशा काठमाडौंका एलिटहरुले गरेका थिए,’ मधेशी मोर्चाका नेता झाले व्यंग्य गर्दै भने, ‘तर उनीहरु निराश बन्नुपर्ने भएको छ ।’ .... मधेसी दलहरु नेपालको ठूलो राजनीतिक शक्तिकेन्द्र हुन् भन्ने चीनले बुझेको उल्लेख गर्दै उनले आफूहरु चीनविरोधी भने नभएको प्रष्ट पारे ।मधेशी मोर्चा र भारतीय राजदुतबीच भेटघाट
विहीबार विहान मोर्चाका नेताहरु र भारतीय राजदुतले सँगै ब्रेकफास्ट गरेर होलीको शुभकामना आदानप्रदान गरेका छन् । .... भेटघाटमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का राजकिशोर यादव, तराई–मधेश सद्भावना पार्टीका रामनरेश राय रहेका थिए ।इन्डियन हाउसमा रे–मोर्चा वार्ता : अर्को आन्दोलन गर्न भारतको ‘गो अहेड’
‘प्रधानमन्त्री ओलीले त्यतिबेला घाइतेलाई निःशुल्क उपचार तथा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता बारेमा तत्कालै निर्णय गर्ने भन्नुभएको थियो तर अझैसम्म त्यो पूरा भएको छैन,’ मोर्चाका नेताहरुको गुनासो थियो । त्यस्तै सो भेटमा प्रधानमन्त्री ओलीले राजनीतिक संयन्त्रको पूर्णता दिने विषयमा पनि कुरा राखेको र राजनीतिक संयन्त्रको टिओआर (कार्यविधि) नबनेसम्म संयन्त्रमा आफूहरु नबस्ने कुराको जानकारी गराएको पनि राजदूत रायसमक्ष मोर्चाका नेताहरुले राखेका थिए । ..... मोर्चा स्रोतका अनुसार राजदूत रायले आन्दोलनको तयारीको बारेमा पनि जिज्ञासा राखेका थिए । निकै रुष्ट देखिएका रेले मधेसको माग पूरा गर्न अब आन्दोलनको विकल्प नरहेको र मधेसी जनताको माग पूरा गर्नका लागि अर्को चरणको आन्दोलनको विकल्प नरहेको मोर्चाका नेताहरुलाई सुझाव दिएको स्रोतको दाबी छ । .... ‘हामीले यत्रो गर्दा पनि तपाईंहरुको माग पूरा हुने छाँटकाट देखिएको छैन । तपाईंहरु अब आन्दोलनको तयारी गर्नुहोस् । त्यसमा हाम्रो सहयोग र समर्थन रहन्छ,’ रेको भनाईं उद्धृत गर्दै मोर्चाका नेताले रातोपाटीलाई बताए ।प्रचण्डलाई मधेसमा नछिर्न उर्दी
विभिन्न मधेसी दलका युवाहरु आबद्ध संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका हुन् । वीरगन्जमा भोलि शुरु हुने दोश्रो वीरगन्ज व्यपार महोत्सवको उदघाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड भोलि वीरगन्जमा आउने कार्यक्रम थाहा पाएपछि मधेसी दलका युवाहरुले आज वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन र नाराबाजी गर्दै प्रचण्डको पुत्ला समेत जलाएका छन् । ...... युवा गठबन्धन पर्साका अध्यक्ष इश्वरचन्द्र यादव र सल्लाहकार ओम प्रकाश सर्राफको अगु्वाइमा रहेका मधेसी दलका युवाहरुले घण्टाघर चोकमा प्रचण्डको पुत्ला जलाउनु साथै सरकार र ठूला तीन दल विरुद्ध नाराबाजी पनि गरेका थिए । ..... मधेसी जनताको विरोधी संविधान जारी गर्न प्रचण्डको मुख्य भूमीका रहेकाले प्रचण्डलाइ मधेसको भूमी वीरगन्जमा छिर्न नदिन चेतावनी दिदै पुत्ला दहन गरिएको युवा गठबन्धन पर्साका सल्लाहकार सर्राफले बताए । .... प्रदर्शनमा युवा गठबनधनका नेताहरु शेख मुन्ना , फिरोज बादशाहा , असरफ मन्सुरी , विष्णु पटेल , अमीत कुमार , आनन्द गुप्ता , उमाशंकर कलवार , राजीव झा लगायतको पनि सहभागीता रहेको थियो ।किन पटक–पटक चीन गइरहन्छन् जेपी गुप्ता ?
उनले आफ्नो यो चीन भ्रमणलाई गोप्य राख्ने प्रयास समेत गर्दै आएका छन् । स्रोतका अनुसार संगठनका मान्छेलाई समेत कुनै जानकारी नदिई उनी पटक पटक चीन जान्छन् । यसरी उनी गोप्य रुपमा पटक पटक चीन जानुलाई मधेश राजनीतिमा अर्थपूर्ण रुपमा लिइएको छ । ..... भारतको च्वाइसलिस्टमा नरहेका जेपी गुप्ता यसरी पटक पटक चीन जानुलाई मधेश राजनीतिमा चासोको रुपमा लिएको छ । जेपी गुप्ता त्यो बेला चीन भ्रमणमा गएका छन् जुनबेला उनलाई मधेशी मोर्चामा लिन उपन्द्र यादवलहरुले इन्कार गरेका छन् । ..... स्रोत भन्छ, यी दुई मोर्चाबीच एकीकरण गराउन भारतले जेपी गुप्तालाई जानी जानी बाहिर राखेको हो ।’ ..... अहिले उनी बिल्कुल एक्दैछन् र यसै अवस्थामा उनी चीन भ्रमणमा गएका छन् । भारतको सहयोगमा मधेशी मोर्चाले आन्दोलन गर्दै आएको र अर्को आन्दोलनको तयारी भइरहेको बेला सुटुक्क चीन जानुलाई मधेशी मोर्चाले मात्र होइन, भारतीय दूतावासले पनि नजिकबाट अध्ययन गरिरहेको बताइन्छ ।यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता
पछिल्लो समयमा आएर चीनले दक्षिण एशियाली मुलुकहरुको राजनीतिक पद्धतीमा चासो राख्न थालेको अवस्थालाई ‘महत्वपूर्ण र अर्थपूर्ण’ भनेर टिप्पणी गरे ..... मुनीले नेपालको राजनीतिक परिवर्तनको लहरबारे मन्तव्य राख्दै वर्षौंसम्म सशस्त्र युद्धमा होमिएको माओवादी शक्ति शान्तिपूर्ण रुपमा राजनीतिको मुलधारमा आएको घटनालाई विश्वकै लागि उदाहरणीय रहेको बताए । ..... प्राध्यापक उप्रेतीले नेपालका हरेक शासकले भारतको समर्थन खोज्ने गरेको र नेपालको आन्तरिक मामलामा दिल्लीलाई तान्ने गरेको सन्दर्भ उठाउादै यो गलत परिपाटीले पनि द्वैदेशीय सम्बन्धलाई सन्तुलित बनाउन नसकिरहेको बताएका थिए ।‘बेलायतले गोर्खालीलाई दास बनायो’
गोर्खा भूतपुर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले बेलायतले गोर्खालीहरुलाई भर्ती गरेर भाषा संस्कार र संस्कृति सबै ध्वस्त पारिदिएको आरोप लगाएका छन् । .... नेपाली युवालाई भर्ती गराएर न नेपाली न बेलायती भन्ने स्थितिमा पुर्याएको उनले बताए । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार चाल्र्स ह्यारीको पोखरा आउने पूर्व सन्ध्यामा उनले आईतबार पत्रकार सम्मेलनगरी यस्तो अभिव्यक्ति दिएका हुन । ..... गुरुङले बेलायतले नेपालीलाई सेनामा भर्ती गराएर दास बनाएकाले ह्यारीले गोर्खा सैनिकप्रति सहानुभूति देखाउनुको कुनै अर्थ नभएको टिप्पणी गरे । ....ह्यारी भूपु सैनिकहरुको घरमा पुगेर भेटघाट गर्ने कार्यक्रमलाई नौटंकीको संज्ञा दिए । .... उनले नेपाल कहिल्यै पनि बेलायतको उपनिवेश नभएको बताए । प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार गोरखा तथा अपांग र बेपत्ता भएकाहरुको हिसाब बेलायतले दिनुपर्ने चेतावनी दिए ।को थिए बेलायत पुग्ने पहिलो नेपाली ?
दक्षिण एसियाबाटै बेलायत भ्रमण गर्ने जंगबहादुर पहिलो उच्च पदका व्यक्ति थिए । ..... बेलायतमा अचेल एक लाख नेपाली छन् । ..... मोतीलालबारे प्राप्त सबैभन्दा ठूलो तथ्य हो, उनले आपैंmले लेखेको लेख । त्यो लेख सन् १८५० जुलाइको ‘न्यु मन्थली म्यागजिन’ मा प्रकाशित भएको थियो । त्यसमा उनको लेखको शीर्षक थियो, ‘लन्डनमा नेपालीको विवरण’ । उनलाई अंग्रेजी भाषाको राम्रै ज्ञान थियो । त्यसैले उनी अंग्रेजीमा लेख्ने पहिलो नेपाली पनि हुन् । ..... मोतीलाल लन्डनमा सडक सफा गर्दै पैसा थापेर जीविकापार्जन गर्ने कुचीकार थिए । यस्तालाई ‘क्रसिङ स्विपर’ भनिन्थ्यो । भिक्टोरियाको जमानामा लन्डनमा माग्नेहरू थुप्रै हुन्थे । त्यसरी माग्नेभन्दा बाटो सफा गरेर ओहोरदोहोर गर्नेको मन जितेर पैसा माग्नु राम्रै थियो । उनले त्यस लेखमा आफूबारे पनि जानकारी दिएका छन् । उनले आफ्नो लेखमा सम्भावित नेपाली पाठकलाई लिएर उही बेला लेखेका छन्, ‘मेरा टाढा रहेका देशबासीले थाहा पाउन ।’ ..... घमासान युद्धमा म घाइते भएँ र मलाई युद्धबन्दी बनाइयो ।..... अभिशप्त र अपहेलित म पछि जित्ने सेनामै भर्ना भएँ र उनीहरूले जस्तै लड्न र अंग्रेजी बोल्न सिकें । जति बेला शान्तिका दिन आए, म आफ्नो मातृभूमिभन्दा धेरै टाढा कलकत्ता सहरमा बसिसकेको थिएँ । त्यहाँ मैले एक महिलालाई आफ्नो श्रीमती छानें । हाम्रा थुप्रै बालबच्चा भए । एउटा पानीजहाजको अंग्रेज कप्तानले सुन दिने लोभ देखाएको कारण मैले धेरै हन्डर खानुपर्यो । यात्राको क्रममा जम्मा गरेका सबै रुपैयाँ पनि हराएँ । ..... केही समयपछि म लन्डनका चिसा सडकमा भोकै तिर्खाउँदै र जाडोले काँप्दै बिताएँ । पछि मैले सेन्ट पउल चर्चको पूर्वपट्टि पैदलमार्गमा हातमा कुचो च्यापेर खडा हुँदै जीवन गुजारा गरें । अन्त्यमा मेरा देशवासीसँग मेरो जम्काभेट भयो । ममाथि महामहिम जंगबहादुरको नजर पर्यो । उनको दयाको कारण मेरी श्रीमतीले कुरिरहेको त्यो भूमिमा फर्कने सुनौलो सम्भावना पलाएको छ । आशा छ, उनी बाँचिरहेकी होलिन् ।’ ...... जंगबहादुरलाई भेट्दा मोतीलाल सम्भवत: ५६ वर्षका थिए । त्यति बेलाको चलनचल्तीअनुसार उनले आफ्नो नाम भने ‘मुतिलोल सिङ’ लेखेका छन् । उनले आफ्नो लेखमा जंगबहादुरको बेलायत यात्राबारे लामो विवरण तयार पारेका छन् । ..... द इकोनोमिस्टले सन् १८५० को जुलाई १ मा कतिसम्म लेखेको छ भने, ‘महामहिम नेपाली राजदूतले यी हिन्दु कुचीकारलाई उद्धार गरे र यिनको भाग्य चम्किएको छ । उनी नेपाली टोलीसँग दुई महिनाको बसाइमा दोभाषे बन्नेछन् । यिनी हरेक बिहान उनीहरूसँगै सुन्दर हिन्दु पहिरनमा ठाँटिएर हिँड्छन् ।’ ..... ‘मोतीलालको भक्तपुरस्थित परिवारका नयाँ पुस्ता अझै छन् होला, तिनलाई मोतीलालबारे केही थाहा छ त ?’यसरी गर्दैछ मधेशी मोर्चाले अबको आन्दोलन
०६२/०६३ मा भएको जनआन्दोलन जस्तै अर्को आन्दोलन गर्ने तयारी मधेशी मोर्चाले गरिरहेको छ । देशका सम्पूर्ण आदिवासी जनजाति, मुस्लिम, महिला, मधेशी, दलित र पिछडा वर्गले यस आन्दोलनका लागि साथ देला भनि हिसाब गरेर मधेशी मोर्चा बसेका छन् । ..... संघीय गठबन्धनमा मधेशी मोर्चाका फोरम नेपाल, तमलोपा, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेका छन् भने अन्य दलहरुमा बहुजन समाज पार्टी, लोक दल पार्टी, नेपाल जनजाति पार्टी, समाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी, संघीय जनमुक्ति पार्टी र थरुहट तराई पार्टी गरी जम्मा १५ दल रहेका छन् । यसमध्ये आठवटा दलहरु संसदमा छन् । ..... यो राष्ट्रिय आन्दोलनलाई पद्मरत्न तुलाधर, ओम गुरुगं जस्ताले पनि सहयोग गरिरहेका छन् ।हलिउडमा दीपिका पादुकोणको कामूकता
नेपाल ट्रष्टका अनुसार राजा वीरेन्द्रका नाममा विभिन्न जिल्लामा ३३ हजार ८७० रोपनी जग्गा रहेको छ भने भक्तपुरमा मात्रै १०० रोपनी जग्गा अभिलेखमा पाइन्छ । ..... एकातिर जमिन बाँझो अर्कातिर कुपोषणको अवस्था नेपालमा संसारकै उच्च छ । पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिकाको शारीरिक वृद्धि रोकिएको छ । उनीहरु २९ प्रतिशत कम तौलका छन् । ११ प्रतिशत दुब्ला छन् । पहाड र हिमाली भेगमा बालबालिकाको शारीरिक वृद्धि अवरुद्ध रहेको खाद्य तथा कृषि सङ्गठनको प्रतिवेदनमा उल्लेख छ । .... नेपालको कुल जनसङ्ख्याको ७१ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत छ । जमिन उपयोगका हिसाबले ३० लाख ९१ हजार हेक्टरमा खेती गरिँदै आएको छ । घडेरीकरणमा रुपान्तरण तथा बाँझिदै गएको जमिन १० लाख ३० हजार हेक्टर छ भने वन जङ्गलले ढाकेको जमिन ५८ लाख २८ हजार हेक्टर, चरन १७ लाख ६६ हजार हेक्टर, पानीले ढाकेको क्षेत्र तीन लाख ८३ हजार हेक्टर र अन्य जमिन २६ लाख २० हजार हेक्टर रहेको छ ।कति भयो ओलीको भारत भ्रमण खर्च ?
राजधानीका लागि प्रस्तावित बस रापिड ट्रान्जिट (बीआरटी प्रणाली) दूरदर्शी भिजन हुनसक्दैन र यसले अन्तत: यातायातको समस्यालाई निराकरण पनि गर्दैन । तसर्थ उपत्याकाभित्र मास रापिड ट्रान्जिट प्रणाली अर्थात रेलमार्गको विकास जरुरी भइसकेको छ । ..... यो सहर फेरि पनि चीन–भारत व्यापारिक मार्गको केन्द्रविन्दु बन्न सक्छ । .... प्रस्तुत काठमाडौं रेल नेटवर्कलाई प्रस्तावित राष्ट्रिय पूर्व–पश्चिम रेलमार्गसँग जोड्न हुनेगरी बनाउनुपर्छ । ..... आउँदो बीस वर्षभित्र यस किसिमको योजनालाई परिचालन् गर्नसकेमा काठमाडौंको स्वरुप फेरिनेछ । राजधानीले बृहत रूप लिनेछ र उपत्यकाको कायापलट हुनेछ ।
संघीय गठबन्धन आबद्ध १५ मधेसी जनजाति पार्टीका नेता भेट्दै चिनिया राजदूत उ छुन्थाईले संविधान निर्माण प्रक्रियासँग असन्तुष्टिबाट सुरु भएको मधेस आन्दोलन सहमतिबाट समाधान हुनुपर्ने बताएका छन् । ..... ‘संविधानले सबैथोक दिएको छ भनी प्रधानमन्त्रीले दिल्ली भ्रमण क्रममा भन्नुभएको सत्य होइन, त्यही कुरो बेइजिङमा पनि दोहोर्याउनु होला कि भनेर ध्यानाकृष्ट गर्न आएका,’ राईले गठबन्धन टोलीले राजदूत भेट्न खोज्नुको औचित्य खुलाउदै भने, ‘यो संविधानले सबैको माग सम्बोधन गरेको छैन । यसमा भएका असन्तुष्टि सुधार गरेर लैजानुपर्छ भनेर हामी शान्तिपूर्ण आन्दोलनमा गयौं, तर उल्टै प्रदर्शनकारीलाई ताकी–ताकी गोली हानियो ।’ ...... राजदूतले विकास र समृद्धिबारे लामो मन्तव्य दिएपछि राईले फर्काए, ‘नेपालमा जबसम्म शान्ति हुदैन, तबसम्म विकास हुदैन । अहिलेको संविधानले स्थिरता दिन खोजेको छैन ।’ ...... राजदूत उले मधेस आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन भएको भनी मानवअधिकार आयोगबाट प्रस्तुत प्रतिवेदनबारे पनि चासो देखाएका थिए ।....... मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको अझै सम्बोधन नभएको, आन्दोलनमा व्यापक धरपकड भएको, अस्पतालभित्र समेत सरकारी फौजले आक्रमण गरेको, निर्दोषहरुलाई गिरफ्तार गरी मानव अधिकार हनन गरिएको, असोज ३ गते जारी संविधान छ महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको ...... लोक दलका अध्यक्ष कौशल सिंह, दलित पार्टीका अध्यक्ष गंगा महरा, सामाजिक लोकतान्त्रिक पार्टी अध्यक्ष जीवन साह, लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङ्देनचीनसँग अझै सम्बन्ध विस्तार गर्नुपर्छ : बाबुराम
नयाँ शक्ति नेपालले ऋषवदेव भट्टराईको संयोजकत्वमा शुक्रबार १७५ सदस्यीय गोरखा जिल्ला अन्तरिम परिषद घोषणा गरेको छ । .... उनी सशस्त्र प्रहरीका पूर्व एआईजी समेत हुन् ।कांग्रेसले मधेस समस्या समाधानका लागि वार्ताअघि बढाउने
बैठकले पार्टी संसदीय दलको निर्वाचन सम्पन्न गर्न रमेश रिजालको संयोजकत्वमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे सदस्य रहेको समिति गठन ..... लामो समयदेखि हुन नसकेका भातृ संस्थाहरुको अधिवेशन ६ महिना भित्र सक्ने समेत निर्णय गरेको छ
नाकाबन्दी र आमहड्ताल जारी रहेको बेला ३५ भन्दा बढी पटक वार्ता गरेको सरकारले नाकाबन्दी फिर्ता भएपछि हालसम्म औपचारिक वार्ता गरेकै छैन । ..... छलफलमा निकै सकारात्मक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले घाइतेलाई निःशुल्क उपचार, आन्दोलनका क्रममा समातिएका तथा मुद्दा लगाइएको बारेमा अगामी मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने आश्वासन पनि दिएका थिए । तर त्यसपछि मन्त्रीपरिषद्का दुईटा बैठक बस्यो तर प्रधानमन्त्री ओलीले दिएको आश्वासनको कुनै चर्चा पनि भएन । बरु मधेशी मोर्चाले विरोध गर्दै आएको सीमांकन निर्माण सम्बन्धि आयोग गठन गरियो । ..... प्रधानमन्त्री ओलीले भारत भ्रमणपछि मेधशी दलसँग गम्भिर छलफल हुने सन्देश मधेशी मोर्चा कहाँ पठाएका थिए । तर दिल्ली भ्रमणमा गएर १२ गते फर्केको आज २२ दिन भइसक्यो, मधेशी मोर्चासँग कुनै औपचारिक वार्ता हुन सकेको छैन । ...... भारत भ्रमणबाट फर्केपछि सरकारसँग वार्ता हुन्छ भन्ने कुरामा मधेशवादी दल निकै आशावादी थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मधेशवादी दलसँग वार्ता र संवाद गरेर समस्या समाधान गर्न प्रम ओलीलाई सुझाव दिएका थिए । तर दिल्लीबाट फर्केर अब चीन जाने बेला भइसक्यो तर मधेशवादी दललाई सरकारले वास्ता गरेको छैन । ...... अब उनीहरुले देशैभरि आन्दोलन गर्ने तयारी भइरहेको बताउँदै आएका छन् । त्यसको शुरुवात चैत ६ गतेबाट गर्दैछन् । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानु एक दिनअघि मधेशी मोर्चाले काठमाडौमा प्रदर्शन गरेर देशव्यापी आन्दोलनको शुरुवात गर्ने भनिएको छ । ..... नाकाबन्दी र आमहड्ताल हुँदा वार्ताका लागि घरघर पुग्थे । तर त्यो फिर्ता भएपछि उनीहरुले वास्ता गर्न छाडेका छन् । यसले झन अविश्वासको वतावरण सृजना भएको छ ..... सरकारले वार्ता गर्न नचाहेको र मधेशवादी दललाई त्यतिकै अल्झाएर आन्दोलन समाप्त पार्न चाहेको
‘देश नै टुक्र्याउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरू सिर्जना भएमा सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वत परिचालन हुनेछ । राष्ट्रिय हित प्रतिकूलका अवाञ्छित गतिविधिको नेपाली सेनाले नजिकबाट सूक्ष्म तरिकाले अध्ययन र विश्लेषण गरी सोही अनुसारको रणनीति तयार गरिरहेको छ ।’ ..... विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरूपमा सचेत रहेको र उत्पन्न परिस्थिति तथा नेपाल सरकारले तोकेको कुनै पनि जिम्मेवारी बहन गर्न तयार रहेको निष्कर्ष निकालेको बैठकपछि सैनिक मुख्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...... यो तेस्रो सम्बोधनमा उनले ठोस रूपमा मुलुकको समसामयिक परिस्थिति र विकसित घटनाक्रमबारे मातहतको फौजलाई जानकारी गराउँदै आसन्न संकटको आकलन पनि प्रस्तुत गरेका छन्, जुन संकटको सामना गर्नका लागि सेनाको सम्पूर्ण शक्ति तयार भएर रहनुपर्ने उनको भनाइ छ । ...... सेनाको दृष्टिमा आन्तरिक र बाह्य दुवै प्रकृतिका सुरक्षा चुनौती बढिरहेका छन्, जसले भौगोलिक अखण्डतामाथि नै प्रश्न खडा हुने स्थिति आउन सक्छ । ..... अहिले देखिइरहेका गतिविधिहरू राजनीतिक चरित्रका भए पनि यसको तात्कालिक र दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षा, एकता तथा संवैधानिक स्थायित्वमै पर्नेछ । सेनाको अबको दायित्व यिनै चुनौतीको सामना गर्नु रहेको क्षत्रीले उल्लेख गरेका छन् । त्यसका लागि सेना सक्षम, कटिबद्ध र तयार रहेको पनि उनले स्पष्ट पारेका छन् । .... संविधान जारी भएपछिको तरल र ध्रुवीकृत राजनीतिसँगै विदेशीहरूको चलखेल पनि मुलुकमा बढेको सेनाको बुझाइ छ । यसले सैन्य नेतृत्वलाई झनै गम्भीर बनाएको छ । ..... तर, भारतभित्रै विभिन्न पक्षको समान धारणा र नीति पनि छैन भन्ने सैन्य नेतृत्वको बुझाइ छ । ..... पछिल्लो भारत भ्रमणका क्रममा पनि प्रधानसेनापति क्षत्रीले सैन्य तथा रक्षा मामिलाका अधिकारीहरूमार्फत त्यहाँको राजनीतिक–प्रशासनिक नेतृत्वलाई प्रभावित पारेको प्रसंग स्मरणीय छ । उक्त सैन्य कूटनीतिको प्रतिफलस्वरूप नाकाबन्दी खुकुलो भई दुई मुलुकबीचको सम्बन्धमा फरकपन देखिएको थियो । ...... सैन्य स्रोतका अनुसार नेपालको सिमानासँग जोडिएका भारतका प्रान्तीय राजनीतिक शक्ति, अन्य साम्प्रदायिक संगठन र तिनका नेता, वैध–अवैध सीमापार व्यापारका पक्ष पनि ससाना विषयलाई जटिल बनाई परिस्थिति बिगार्न उद्यत छन् । भारतको राजनीतिक एवं प्रशासनिक नेतृत्व र सुरक्षा निकायबीच नेपाल नीति परिचालनमा एकरूपता नहुँदा पनि केही समस्या देखिएका छन् । यी समस्या र तिनका कारकको वर्गीकरण गरी सरोकारवाला पक्षलाई स्पष्ट पार्न राजनीतिक नेतृत्व असमर्थ हुँदा संकट गहिरिएको हो भन्नेमा सैन्य नेतृत्व पुगेको छ । त्यसैले दुई मुलुकबीचको सम्बन्धमा विश्वासको वातावरण कायम राख्न नसके स्थिति जटिल बन्न सक्नेतर्फ पनि क्षत्रीले संकेत गरेका हुन सक्छन् । ...... भारतका सीमावर्ती क्षेत्र खास गरी तराई र पूर्वी पहाडका क्षेत्रीयरजातीय संगठनहरूको सम्बन्ध पारिका त्यस्तै संगठनहरूसँग रहँदै आएको छ । एकले अर्काको गतिविधिमा आर्थिक भौतिक सहयोग गर्ने, सामाजिक र पारिवारिक सम्बन्धलाई राजनीतिक र आपराधिक क्रियाकलापमा समेत उपयोग गर्ने प्रवृत्तिका कारण पनि दुई मुलुकबीच अविश्वास पैदा गराएको छ । केही व्यक्ति, संगठन वा राज्यका कुनै एजेन्सीमा भएका व्यक्तिविशेषका गतिविधिका कारण दुई मुलुकबीच अविश्वास र आशंकाको अवस्था लम्बिएको सैन्य स्रोतको भनाइ छ । यसबारे भारतीय पक्षलाई स्पष्ट पार्न सके सम्बन्ध सुधार हुन सक्ने सम्भावनातिर पनि क्षत्रीले औँल्याएका हुन सक्छन् । एक पूर्वउपरथी भन्छन्, “नेगोसिएसन हुन सक्ने विषयमा आन्दोलनरत वा बाह्य पक्ष, जोसँग गर्ने हो, गरे हुन्छ । तर, राष्ट्रिय सुरक्षाको मामिलामा सम्झौता गर्न हुँदैन भन्ने स्पष्ट सन्देश प्रधानसेनापतिको वक्तव्यमा छ ।” ......
वार्ताका लागि भएका अनेकौँ प्रयास निष्फल भएकाले भारतीय सीमासँग जोडिएको तराईको अवस्था झनै तरल र अनिश्चयपूर्ण छ । यो क्रम अझ धेरै दिनसम्म रहिरह्यो भने अवस्था यसरी बिग्रन सक्छ कि त्यसको नोक्सानी दुवै मुलुकलाई पर्ने जोखिम छ । अझ त्यहाँ बहुसांस्कृतिक द्वन्द्व हुँदै अन्तर्राष्ट्रिय आतंकवादले प्रवेश पायो भने क्षतिको तारो भारत बन्न सक्नेछ । किनभने, मुम्बई आक्रमणलगायत केही वर्षयताका घटनाहरूले देखाउँछ कि आतंकवादीहरूको निसानामा भारत रहँदै आएको छ । “त्यसैले तराईको अस्थिरता भारतलाई नै हानिकारक छ भन्ने भारतीय पक्षलाई बुझाउनु आवश्यक छ,” सुरक्षा स्रोतको भनाइ छ ।
...... संघीयताको सन्दर्भमा विभिन्न माग राखेर गरिने आन्दोलन र असन्तुष्टिभित्र पश्चिमा मुलुकका सरकारी–गैरसरकारी संस्थाहरूको पुट रहँदै आएको सेनाको आशंका छ । नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गर्दा संविधानप्रतिका असन्तुष्टिलाई संगठित र प्रेरित गर्ने, त्यसमा आर्थिक–भौतिक सहयोग गर्ने क्रमले परिस्थितिलाई थप भड्काउन सक्ने बुझाइ सेनाको रहेको छ । यसले राजनीतिलाई थप ध्रुवीकृत, संविधानको कार्यान्वयनलाई जटिल र सुरक्षा अवस्था अझ चुनौतीपूर्ण बनाउन सक्ने विश्लेषण जर्नेलहरूको छ । परिस्थिति बिग्रिँदै गएपछि अवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नियन्त्रणबाट बाहिर जान सक्ने अनुमान सैन्य नेतृत्वले गरेको छ । पृतनापति सम्मेलनमा सहभागी एक जर्नेल भन्छन्, “सङ्लो पानी भएमा माछा, भ्यागुता, सर्प छुट्याउन सजिलो हुन्छ । यहाँ त पानी धमिलो पार्ने अनि माछासँगै गोही, सर्पहरू घुस्न खोज्ने परिस्थिति देखियो ।” ........ राजनीतिक आवरणमा केही समूह एवं संगठनहरूको विखण्डतावादी सोच र क्रियाकलाप सेनाले रुचाएको छैन भन्ने सैन्य नेतृत्वको वक्तव्यले स्पष्ट पारेको छ । ...... “आन्तरिक द्वन्द्वका कारण जनताको सुरक्षा र भौगोलिक अखण्डतामाथिको सम्भावित खतरा विश्लेषण गरेर यो अभिव्यक्ति आएको हुन सक्छ,” परिषद्का ती अधिकारी भन्छन्, “प्रधानसेनापतिले बोलेर चर्चामा आउनका लागि मात्र यो वक्तव्य दिएका पक्कै होइनन् ।” .......संघीयता कार्यान्वयनका क्रममा सिमाना हेरफेरले थप द्वन्द्व सुरु हुन्छ भन्ने सुरक्षा निकायहरूको विश्लेषण छ ।
...... संघीयताको कार्यान्वयन जुन गतिमा अगाडि बढ्छ, द्वन्द्व र जटिलता पनि क्रमश थपिँदै जाने अनुमान सबैजसो सुरक्षा निकायले गरेका छन् । .......राजनीतिक नेतृत्वले सुझबुझ अपनाएन भने करिब पाँचरसात वर्षसम्म संघीयतासँग सम्बन्धित नयाँनयाँ विवाद र द्वन्द्वमा मुलुक फस्ने सम्भावनाप्रति सुरक्षा अधिकारीहरू चिन्तित छन् ।
...... सशस्त्र प्रहरी र नेपाली सेनाबीच पनि पर्याप्त समन्वय र विश्वासको सम्बन्ध छैन, जो एकअर्काका प्रतिस्पर्धी ठान्छन् । .....नेपाली सेनाले ‘सरकारको चाहनामा, विधिसम्मत तरिकाले’ परिचालित हुन तम्तयार रहेको सन्देश दिएको छ ।
मधेश आन्दोलनका स्वरुप परिर्वतन हुँदा मधेश विरोधी दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीमा रहेका बहुरुपियाहरु फेरी मधेश पसेको र त्यस्ता बहुरुपियाबाट मधेशी जनतालाई सजग रहन सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताए । ..... संविधान सभाको चुनावमा जात पात तथा विभिन्न प्रलोभनमा पारी मधेश विरोधी दलका नेताले मधेशबाट अत्याधिक मत प्राप्त गरी मधेशी जनताको हक कटौती गरी संविधान बनाएको र आफ्नो अधिकारका लागि मधेशी जनता आन्दोलन गर्दा गोली हान्ने काम गरेकोले आज दुनिय चकित भएको अध्यक्ष महतको कथन थियो । ..... विभिन्न पार्टी प्रत्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्ने सयौँ कार्यकर्तालाई महतोले सदस्यता समेत प्रदान गरे ।कांग्रेसका मधेशी नेताहरु बन्धुवा मजदूर मात्र हुन् (विचार) -- ओमप्रकाश सर्राफ
नेपाली कांग्रेसको १३औ महाधिवेशनमा प्रदेश नम्बर २ अर्थात हालको मधेश प्रदेशबाट रमेश रिजाल र आनन्द प्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । दुबै नेतागण पहाडी मूलका व्यक्ति हुन् । यसबाट यो स्पष्ट भएको छ कि नेपाली कांग्रेसमा आज पनि कोहि मधेसी नेता बनिसकेको अवस्था छैन । नेपाली कांग्रेसमा लागेका मधेशीहरु सबै कि कार्यकर्ता हुन या बन्धुवा मजदूर हुन् । ......... मधेशी कोटाबाट मधेशीहरुलाई नै हराएर पाँच जना मधेशीहरु निर्वाचित भएका छन्, भने मुस्लिमलाई नै हराएर फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । ..... कोषाध्यक्षमा मधेशीहरुलाई नै हराएर सीतादेवी निर्वाचित भएकी छिन् ।भारतीय बिदेशसचिवले प्रधानमन्त्रीलाई भने- वाचा पुरा गर्नुहोस्छ जना महिलाको कोटा र पाँच जना दलित कोटामा एकजना पनि मधेशी निर्वाचित भएन भने खुलाको २५ कोटाबाट विमलेन्द्र निधि एक्लै विजेता हुन् भने कुल मिलाएर अहिलेसम्मका पदाधिकारीसहित ६४ जना केन्द्रीय सदस्यमध्ये सबै आरक्षण कोटा गरी जम्माजम्मी एक जना पदाधिकारीसहित आठ जना मधेशीहरु केन्द्रमा स्थान पाएका छन् ।
अब मनोनीत हुने एकाइस केन्द्रीय सदस्यको समावेशिता हेर्न बाँकी नै छ । ..... जबसम्म मन मस्तिष्क गुलामीबाट स्वतन्त्र हुँदैन तबसम्म न गरिबीबाट मुक्त हुन सकिन्छ, न भ्रष्टाचारबाट, न अशिक्षाबाट, न बेरोजगारीबाट मुक्ति प्राप्ति हुन्छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने यो भेट शिष्टाचार मात्र भएको बताएका छन् । ..... देउवाको निवास बुढानिलकण्ठमा भएको भेटमा जयशंकरले सीमांकन हेरफेरको सम्भावनाबारे चासो रोखका थिए । जवाफमा देउवाले सहमतिबाट टुंग्गो लगाउन सकिने बताएका छन् ।
नेपालले मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा(युपिआर) क्रममा गत वर्ष १ सय ९५ वटा विविध विषयमा सुझाव पाएकोमा १ सय ५२ वटा(८० प्रतिशत)लाई मात्रै स्वीकार गरेको छ ।मधेसी नेताले भोलि चिनियाँ राजदूतलाई ज्ञापन बुझाउने
फोरम वरिष्ठ नेता अशोककुमार राईको नेतृत्वमा राजदूत भेट्न जाने गठबन्धन टोलीमा फोरमकै सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी महासचिव मनिषकुमार सुमन, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी प्रवक्ता केशव झा, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टी अध्यक्ष अनिल झालगायत गठबन्धन आबद्ध १५ दलका नेता रहनेछन् । ..... स्रोतका अनुसार अधिकारकर्मीर् पद्मरत्न तुलाधर र परशुराम तामाङसमेत भेटमा सहभागी हुनेछन् । .... गठबन्धनले साउन ३१ देखि मोर्चाले थालेको मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको अझै सम्बोधन नभएको, आन्दोलनमा व्यापक धरपकड र दमन भएको, निर्दोषलाई गिरफ्तार गरी मानव अधिकार हनन गरिएको, असोज ३ गते जारी संविधान छ महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको जस्ता विषय समेटेर राजदूत मार्फत चीन सरकारलाई अनुरोधपत्र पठाउन लागेको हो । ..... राजदूत भेट्ने टोलीमा लोक दलका अध्यक्ष कौशल सिंह, दलित पार्टीका अध्यक्ष गंगा महरा, सामाजिक लोकतान्त्रिक पार्टी अध्यक्ष जीवन साह, लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङेन, जनमुक्ति पार्टीका एमएस थापालगायत हुनेछन् ।चलायमान लुटतन्त्र
समाजको पार्टीकरण– के गर्ने ?
नेपालमा भ्रष्टाचार नियन्त्रण सबै सरकारको प्राथमिकतामा परेको छ ।
हरेक प्रधानमन्त्रीले सरकारमा आउने बित्तिकै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलतालाई आफ्नो लक्ष्य भनी घोषणा गरेका छन् । ..... तर व्यवहारमा सबैजसो नेताले आफूलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भ्रष्टाचारको संरक्षक र प्रबर्द्धक सावित गरेर गएका छन् । ..... हालै नेपाल सरकार र नेपाल आयल निगमको मिलेमतोमा हाकाहाकीविराट आयलले गरेको नेपाली जनताको लुट
एउटा पछिल्लो उदाहरणको रूपमा देखापरेको छ । ....... स्थिरता उन्मुख लुटाहाहरूको उद्देश्य शासन कब्जा गर्ने, आफ्नो शासनको निरन्तरताको सुनिश्चितता गर्ने र त्यसपछि शासकीय शक्तिको बलमा बढीभन्दा बढी जनताको शोषण गरी अकुत सम्पत्ति कब्जा गर्ने प्रवृत्तिका हुन्छन् । ..... यो प्रक्रिया कायम गर्न स्थिरता उन्मुख लुटाहाहरूका लागि जनतालाई न्युनतम शान्ति सुरक्षा र स्थिरताको अनुभूति गराउनु र त्यस अनुरूपको सेवा पुर्यामउनु आवश्यक हुन आउँछ । ....यसका लागि आइपर्ने खर्च छुट्याएपछि बाँकी जनताबाट परम्परा र कतिपय अवस्थामा नीतिगत संरचना र कानुनी प्रवधानबाटै जनताबाट लुट्नु स्थिरता केन्द्रित लुटाहाहरूको चरित्र हुन आउँछ । ..... स्थिरता केन्द्रित लुटको दाँजोमा घुमन्ते/चलायमान लुट अझ खतरनाक सावित हुन आउँछ, जब शासनमा बस्नेलाई आफ्नो शासनको स्थिरताबारे शंका रहन्छ या आफ्नो शासन छोटो रहन्छ भन्ने स्पष्ट अनुभूति हुन्छ । त्यस बखतको शासक वर्गले डाँकाको चरित्र धारण गर्छ । कुनै गाउँमा डाँका लाग्यो भने त्यसबखत केही समयका लागि सबै गाउँ डाँकाहरूको नियन्त्रणमा रहन्छ । ..... अर्थात त्यो गाउँमा थोरै समयका लागि डाँका नै सरकार हुन्छ र गाउँले सबै उसको निर्देशनमा रहन्छन् । यो परिस्थितिको फाइदा उठाएर डाँका समूहले गाउँलेको सम्पत्ति लुट्छ र लुटपाट पछि त्यहाँबाट हिँड्छ । यो घुमन्ते/चलायमान लुटतान्त्रिक शासनको उदाहरण मात्र हो । .....स्थिरता केन्द्रित लुटतन्त्र र चलायमान केन्द्रित लुटतन्त्र दुबैले जनतालाई लुट्छन् ।
...... वर्तमान यथार्थ के छ भने संविधानको आडमा आज देशमा भागबन्डाको संरचना र चलायमान लुटतन्त्र एकैसाथ गएको छ ....... सरकारका कुनै मन्त्रीलाई कति दिन टिक्ने भन्ने ठेगान छैन । जसले जतिसुकै कराए पनिदेशका प्रधानमन्त्रीको सत्तामा रहने अवधि सालाखाला एक वर्ष हो ।
अब देशको नयाँ संविधान अन्तर्गतको समानुपातिक मतको आधारमा ४० प्रतिशत माननीय मनोनीत गर्ने संरचनाले यो अस्थिरतालाई भविष्यमा अझ संस्थागत गरेको छ । ....स्पष्ट के छ भने भागबन्डामा लिप्त सत्तासीन दलहरूका लागि अब जतिदिन सत्तामा बसिन्छ, त्यसको अन्तिम दिनसम्म लुटतन्त्र चालु राख्नु एकमात्र नीतिको रूपमा देखापरेको छ ।
..... अघोषित भारतीय नाकाबन्दीप्रति उनको दरो धारणालाई जनताले ठूलो दु:खकष्ट सहेर पनि समर्थन गरेका हुन् ।
अहिले देशको सम्पूर्ण भागमा, हरेक जाति, वर्ग र व्यवसायको क्षेत्रमा दलहरूको प्रवेशका कारण नेपाली समाजको नै पार्टीकरण भएको छ
राजासँग मिलेर राणाशासन फाल्नु, कम्युनिष्टसँग मिलेर पञ्चायत ढाल्नु, माओवादीसँग मिलेर संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक संघीय गणतन्त्रतिर फड्को मार्नु आदि काम कांग्रेसकै नेतृत्वमा भएका हुन् ।.... राष्ट्रियता, संघीयता, जातीय पहिचान, समावेशी लोकतन्त्र, समावेशी अर्थतन्त्र, खुलाबजार, उदारवादी अर्थतन्त्र आदिबारे कांग्रेसको अस्पष्टता ..... नेपाली कांग्रेसका प्रथम सभापति मातृकाप्रसाद कोइराला कांग्रेस त्यागेर राजाको नेतृत्वमा परामर्शदातृ सरकारको प्रमुखमात्र बनेन, पछि पञ्चायत र निरङ्कुश राजतन्त्रकै हिमायती बने । ..... कांग्रेसभित्र अहिले पनि धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको यथार्थलाई सहजै स्वीकार्न नसकिरहेको एक अवस्था विद्यमान छ । ..... गिरिजाप्रसादले नै सभापतिको पदको विरासत थम्याइदिएका सुशील कोइरालाले ‘यो गिरिजादाजुको धृतराष्ट्रमुखी योजनाले सारा पार्टी डुबाउनेभयो’ भनेको ...... यसपटक सुशील कोइराला उठेकै भए पनि पार्टीका धेरै कार्यकर्ता विकल्पको खोजीमा लाग्ने देखिन्थे । ...... भारतको नाकाबन्दी, अभाव र कालाबजारीका बाबजुद उर्लिएको राष्ट्रवादी भावना र राष्ट्रियताको जग ..... देउवा सैद्धान्तिक व्याख्याता वा नीतिका मार्गदर्शक भनेर चिनिँदैनन् । नीतिगत र सैद्धान्तिक बहस गरेर जनमत बटुल्ने देउवाको सबल पक्ष होइन । ..... जनतामा सत्ताका लागि जे पनि गर्नसक्ने भन्ने उनको नकारात्मक छविले सुशासनको प्रत्याभूति र भ्रष्टाचार निवारणको प्रतिबद्धतालाई चुनौती दिनेछ । हिजो सत्तामा जान वा सरकार बचाउन दरबार, भारत आदि शक्तिको सहानुभूति लिने काम गिरिजाप्रसाद, माधव नेपाल, शेरबहादुर देउवा सबैले गरेका थिए । ..... देउवालाई भारतीय राजदूतलाई दूतावास वा होटलामा भेट्नपर्ने समस्या छैन । ..... चाहे विदेशी राजदूतहरूलाई आफ्नै निवासमा बोलाउने हैसियत राख्छन् । ......दिल्लीमा उपनिवेश बहसअखण्ड सुदूर पश्चिममा अडिग देउवा अहिले सीमा मिलाएर मधेस समस्याको हल खोज्नुपर्छ भन्नेमा छन् ।
महन्थ बोले, ‘सीमांकन, नागरिकता लगायतका सवालमा कहीं कोही जवाफी बनिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि उस्तै ‘रिजिड’ छन् । समस्या समाधानभन्दा सत्ता र कुर्सीको ध्याउन्न सबैमा देखिन्छ ।’ ......ठाकुर र यादव दिल्लीवाट आज फर्कदै ।सहमति र प्रतिबद्धता अनुसार मधेस समस्या सम्बोधनमा तदारुकता देखाउन आग्रहसहितको ज्ञापन लिएर अघिल्लो सातामात्रै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेका नेता ठाकुर त्यो भेटघाटपछि अझ ‘निराश’ बनेका रहेछन् ।
....... नभन्दै सीमांकन निर्धारण मामलामा एकतर्फी राजनीतिक कार्यदल बनाएर गत फेब्रुवरी १९ मा दिल्ली उत्रिएका प्रधानमन्त्री ओलीको त्यो कार्यदलकै हैसियतमाथि प्रश्नचिन्ह उब्जिसकेको छ । कुनै कार्यादेश र कार्यावधि तोक्न नभ्याएकै अवस्थाको कार्यदलमा गणतन्त्र विरोधी कित्ताका परराष्ट्र मन्त्री कमल थापा सर्वेसर्वा संयोजक पात्र छन् । ......‘समस्या समाधान नहोस्, बहस र परामर्श अघि बढ्नै नसकोस् भनेरै यसो गरिएको हो’
...... ‘हामी मधेसमा छौं, तर मधेस काठमाडौंका शासकको उपनिवेशजस्तै छ,’ ठाकुरको बोली चर्को बन्दै गैरहेको थियो, ‘म मेरै भूमिमा आप्रवासी बनेको छु, हामी मधेसी आफ्नै भूमिमा ‘अन्वान्टेड’ बनेका छौं ।’ ...... गोवा राज्यकी गभर्नरदेखि भारत सरकारका केन्द्रीय मन्त्रीसम्मको उपस्थितिमा हिन्दी लवजमा नेता ठाकुरले दिल्ली र काठमाडौं दुबैतर्फ संकेत गरेर चर्को स्वरमा आवाज उठाए—द्रौपदीको चिरहरण हुँदा भगवान कृष्णले बचाएको कथा हामी पढ्छौं । तर हामी मधेसी नागरिकको राज्य संयन्त्रले संगठित रूपमा चिरहरण गरिरहँदा पनि बचाउन कोही आएको छैन, हाम्रालागि कृष्ण बनेर कोही आएको छैन ।
...... ‘के हाम्रो पहिचान भनेको खाली बोतल हो ? अथवा पुराना कागज, शिरमा गम्छा वा मधेसी भैयामात्रै हो ?’ ........ ‘महोदय राजदूत पनि मधेस सीमावर्ती क्षेत्रकै प्रतिनिधि हुनुहुन्छ । तर मधेस र मधेसीले बेहोरेको कठिनाइमा उहाँ बोल्न चाहनुहुन्न, किनभने उहाँ सरकारको मान्छे हो’ ...... नेता कोसियारीको मन्तव्य निकै अर्थपूर्ण थियो— ‘उपेन्द्र यादवजी मेरो घरमा आइरहनुहुन्थ्यो । ..... मैले उहाँलाई त्यसबेलै मधेसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको लमतन्ने एउटा प्रदेश लिएर के गर्नुहुन्छ ? बरु दुई प्रदेशमा जानुस् भनेपछि उहाँहरू नयाँ समझदारीमा पुग्नुभएको थियो ।
मंगलवार ठाकुर र यादवको भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको बैठक तय भए पछि यीनीहरु आफनो पुर्व फर्कन कार्यक्रम रद्ध गरेका थिए ..... मोर्चाका नेताहरु दिल्ली स्थित नेपाली राजदुतले आयोजिना गरेको डिनर मिटिंगमा समेत सहभागी भएका थिए, जाहा भारतीय कुटनितीज्ञहरुको समेत उपस्थित थियो । .....देउवाले भने, ‘राष्ट्रिय सरकार आवश्यक छैन’भारतीय पक्षले सिमाकंनको मुद्धा ठोस रुपमा सम्बोधन नहुन्जेल सम्म मधेश आन्दोलन प्रति भारतीय सदभाव कायमै रहने बताएका थिए ।
.... हिजो मंगलवार नै काठमाडौ समेत भारतीय विदेशसचिव एस जय शंकरले मोर्चाको नेताहरुको संगको भेटमा समेत मोर्चा भन्दै आएको पुन आन्दोलनको वारेमा गहिरो चासो राखेका थिए । ..... ठाकुर र यादव सम्बद्ध स्रोतका अनुसार यी दुई शिर्ष मोर्चाका नेताहरुले आफुहरु सिमाकंनको सवालमा २ प्रदेश भन्दा तल कुनै पनि हालतमा नझर्ने बताउदै जारी आन्दोलन प्रति भारतीय पक्षले देखाउदै आएको सदभाव कायम राख्न आग्रह गरेका थिए । नेपालको हरेक अधिकारको आन्दोलनमा भारतीय सहित अन्य विदेशी शिक्तहरुको सदभाव देखिएकै हा्े, दिल्ली मै रहेका एक मधेशी नेता भन्छन, त्यही भएर नेपालको मधेशी समुदायहरुले गरीरहेको आफनो अधिकारको आन्दोलनमा समेत त्यो बनाउन भुमिका खेल्नु कुनै नौला कुरा होइन ।
उनले संसद्मा रहेका सबै दल सरकारमा जाने हो भने तानाशाही हुने भन्दै बलियो प्रतिपक्षको आवश्यकता पर्ने बताए ।कांग्रेसमा पराजितलाई केन्द्रीय सदस्यमा मनोनयन तयारी
सभापतिमा पराजित दुई, महामन्त्रीमा पराजित दुई र कोषाध्यक्षमा पराजित दुईका साथै बिरामी परेर उपचाररत नरहरि आचार्यलाई केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् ।मोर्चाका नेतालाई भारतीय विदेश सचिवले भने, ‘अब राज्यविरुद्द लड’
‘मैले बुझेसम्म तपाईंहरुको लडाइँ काठमाडौंका जनताविरुद्ध होइन, राज्यसँग हो’ .... उनले मधेस आन्दोलनमा भएका कमजोरी अबका दिनमा नदोहोर्याउन पनि मोर्चाका नेतालाई भनेका थिए ।
मोर्चामा आबद्ध ७ दल सहित अन्य जनजाती पार्टीहरुको संघिय गठवन्धनले आज आउदो ६ गते काठमाडौमा जनप्रर्दशन गर्ने निर्णय समेत गरेको छ । मंगलवार फोरम नेपालको कार्यलयमा बसेको संघिय गठवन्धनको बैठकले मोर्चाको घोषणा अनुसार आउदो चैत अन्तिम देखि संयुक्त जनआन्दोलन कडा रुपमा गर्ने निर्णय समेत गरेको छ । .... भारतीय विदेश सचिव जय शंकरले भने मधेश भारतको सिमना संग जोडिएको र सिमा खुल्ला भएकाले भारतको चासो त्यसग जोडेर राखेका थिए । ..... जयशंकरले मोर्चाले भन्दै आएको पुन आन्दोलनको वारेमा समेत गम्भिरता पुर्वक चासो राखेका थिए । त्यसको साथै जयशंकरले आफु आजै प्रधानमन्त्री ओली र काग्रेस सभापति शेर बहादुर देउवा संग भेटन लागेको भन्दै मधेश आन्दोलनको सामाधान वारे कुरा गर्ने बताएका थिए ।अब प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र
सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक–एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । यसको नीतिगत निर्णयका लागि उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । .... प्रस्तावमा सबै प्रदेशमा एक हजार बिघा क्षेत्रफलभन्दा बढी जमिनको पहिचानसमेत गरी प्रक्रिया अघि बढाउन स्वीकृति मागिएको छ । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेमा सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र थपिनेछन् ।भारतीय विदेश सचिवले मोर्चालाई सोधे, ‘अब कस्तो आन्दोलन गर्नुहुन्छ ?’
नेपालको क्याविनेटमा पटक पटक मन्त्री भइसकेका मधेशका चारजना पूर्व मन्त्रीहरु भारतीय विदेश मन्त्रालयका सचिव जयशंकरलाई द्वारिका होटलमा गएर भेटका छन् । ..... त्यसरी एकजना सचिवस्तरका व्यक्तिलाई विहानै विहानै भेट्नेहरु मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं पूर्व सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, नेपाल सद्भावनाा पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं प्रवक्ता एवं पूर्व शिक्षा मन्त्री सर्वेन्द्र नाथ शुक्ला हुन् । ........ यी मधेशका पूर्व मन्त्रीहरुलाई बोलाएर होटलमा भेटिसकेपछि अन्य नेता तथा मन्त्री, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई पनि जयशंकरले भेटेका छन् । तर होटलमा बोलाएर होइन, उनीहरुकै निवासमा गएर वा उनीहरुले बोलाएको ठाउँमा गएर जयशंकरले भेटेका हुन् । तर मधेशवादी दलबाट पटक पटक क्याविनेट मन्त्री भइसकेका नेताहरुले आफ्नो प्रोटोकल बिर्सेर एक मन्त्रालयका सचिव कहाँ लम्पसार पर्नुले नेपालको जगहसाई भएको टिप्पणी भइरहेको छ । ..... हुन त केही समय पहिले पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादव र पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतो र पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव विहारका पूर्व मुख्य मन्त्री लालु यादवसँग उनकै निवासमा भेट्दा पनि आलोचना भएको थियो । ...... भारतीय विदेश मन्त्री प्रणव मुखर्जीको उदाहरण दिँदै उनले यसअघि प्रधानमन्त्री स्वयं विदेश मन्त्रीलाई भेट्न जाँदा कुनै ठूलो विषय नबन्ने तर सँधै मधेसी नेताहरुका बारेमा मात्र प्रश्न उठाइनेमा आपत्ति प्रकट गरे । ......यो सरकार ढल्छ, शेरबहादुरको नेतृत्वमा नयाँ सरकार : खाँडभारतीय विदेश सचिव जयशंकरले बिना संघर्ष सरकारले केही दिने पक्षमा नरहेको भन्दै मधेशवादी दललाई आन्दोलनमा जान सुझाव दिएका छन्
...... भेटघाटमा उनले आफूहरुले मधेशीको माग पूरा गराउन धेरै प्रयास गरेको तर सरकारले कुनै सुनुवाई नगरेकाले मोर्चासँग संघर्षको विकल्प नरहेको कुरा राखेका थिए । ...... उनले संघर्षका लागि सबै मधेशवादी दल एक हुनुपर्ने कुरामा पनि जोड दिएका थिए । एक्ला एक्लै संघर्ष गरेर यो सरकारले सुन्नेबाला छैन त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए । आफूहरु शुरुदेखि नै मधेशीको माग पूरा होस् भन्ने पक्षमा रहेको र आउने दिनमा सहयोग रहने कुरा उनले राखेको बताइन्छ । ...... ‘६ महिनादेखि आन्दोलन गर्नुभयो तैपनि तपाईहरुको माग पूरा भएन अब कस्तो खालको आन्दोलन गर्नुहुन्छ भनि उहाँले जिज्ञासा राख्नु भएको थियो, जवाफमा हामीलेपहिला मधेशमा मात्र आन्दोलन भएको थियो अब देशैभरि आन्दोलन हुन्छ
भनि जवाफ दिएका थियौं,’ प्रवक्ता झाले भने । ...... मधेशी मोर्चाको मागको सम्बन्धमा सरकार गम्भीर हुन्छ भनेर आन्दोलनको स्वरुप पनि परिवर्तन गरेको तर हालसम्म सरकारले कुनै सुनुवाई नगरेको जिकिर गरेका थिए । ‘बरु मधेशमा उल्टै आन्दोलनकारीलाई धडपकड गर्नुको साथै मुद्दा लगाउने काम गरिरहेका छन्, आन्दोलन खुकुलो छ त्यस समयको सदुपयोग गरोस् भनि हामीहरुले ज्ञापनपत्र पनि बुझायौं । अब चैत्र मसान्तसम्ममा मधेशको माग पूरा गरेन भने आन्दोलनमा जान्छौं
‘ यो सरकारमा काग्रेस कुनै पनि हालतमा जाँदैन ।’ ..... संविधान मान्ने, राजतन्त्र ब्यूताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले बनेको सरकारमा मेल खाँदैन । ...दिल्ली पुगेर महन्थले भने, ‘नेपालभित्र दुईवटा नेपाल छ’बजार जाँदा सरकार छ कि छैन भन्ने स्थिति रहेको, विकास ढप्प भएको, संबैधानिक समस्या समाधान गर्न नसकेको
...... महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दैचीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको
दावी गरे । ...... अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै माग पुरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफुहरुकोलागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताए । ..... आफूहरुको माग पुरा नभएहोली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने
दावी गरे ।
कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल बहादुर थापा पनि उपस्थित थिए । उनले नेपालमा हुने परिघटनाबाट छिमेकी भारत अछुतो रहन नसक्ने धारणा राखे । ‘मधेसको माग पूरा नगरी नेपालको संविधान अपुरो रहनेछ,’ थापाले भने । ..... कार्यक्रममा भारतीय नेताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । भारतीय युनियन मन्त्री सन्तोष गाँवरले नेपाल र भारतको सम्बन्ध अटुट रहेको बताउँदै दुई देशबीचको मित्रतामा देखिएको ‘तुवालो’ हटाउनुपर्ने जिकिर गरे । ..... जेडियुका नेता शरद यादवले नेपाल–भारत सम्बन्ध यथवात रहेको रहेको बताउँदै जातिय व्यवस्थाविरुद्ध लड्न आग्रह गरे । ..... राजदूत उपाध्यायले मधेसलाई ‘वास्तविक नेपाल’ भएको बताउँदै दुई देशबीचको संस्कृति र सम्भयताको मिलनबिन्दु रहेको बताए ।काँग्रेस सभापतिका नालीबेली: टंकप्रसाद आचार्यदेखि शेरबहादुर देउवासम्म
उनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत ल्याएर दोस्रो मात्र बनेनन् आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भएका छन् । ....यसले पनि अवको केन्द्रीय समितिको हरेक निर्णयमा खड्का हावी हुने देखिन्छ ।सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पा भुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्कानिकट केन्द्रीय सदस्य हुन् । ..... देउवालाई पार्टी सभापति बनाउन पनि खड्काले ठूलै भूमिका निर्वाह गरे । बिरामीका बबजुद उनले सभापतिको दोस्रो चरणको निर्वाचनमा फिल्डमै उत्रिएर मत मागेका थिए ।