Saturday, February 20, 2016

Nepal News (42)

भारतको सहयोगमा ओली सरकारले दियो मधेशी मोर्चालाई ३ धोका
पहिलो धोका सविधान संशोधनबाट भएको छ । दोस्रो धोका मन्त्रीपरिषद्बाट तीन बुँदे प्रस्ताव पारित गरेर भएको छ भने तेस्रो धोका राजनीतिक संयन्त्र बनाएर । ..... विभिन्न चरणको औपचारिक वार्ता मात्र तीन दर्जनभन्दा बढी पटक भइसकेका छन । तर, हालसम्म कुनै पनि मुद्दामा सहमति हुन सकेको छैन । ...... मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले आफुहरु केही गर्न नसक्ने अबस्थामा रहेको बताए । ‘हामीले के नै गर्न सक्छौँ, न हामीसँग बन्दुक छ, न त लाठी नै छ । उनीहरु (तीन दल) दलले जवर्जस्ती गर्यो भने हामी के गरौ ?’ उनले भने । - ....... ६ महिनासम्म आन्दोलन गरेका, ६० जनाभन्दा बढीलाई सहादत दिन लगाएका मधेशी मोर्चाको हातमा अहिले केही पनि छैन । ..... अन्ततः बहुमतको आधारमा आसोज ३ गते मधेशी दलकै विना नयाँ सविधान घोषणा भयो । त्यसको अवसरमा राजधानीमा दिपावली भयो भने मधेशमा ब्ल्याक आउट ।
फेरि नाकाबन्दी गर्ने मधेसी मोर्चाको चेतावनी
संविधान हामीलाई उपेक्षा गरेर ल्याईयो, संसोधन पनि त्यसरी नै ल्याईयो, सीमांकनकोलागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी रुपमा गठन गर्यो । यस्तै रबैया जारी रहे संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेर शसक्त आन्दोलनको कार्यक्रम ल्याउँछौ ।’ ..... उनले सरकारले सहमति विपरित अहिले पनि गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेको प्रति आक्रोस ब्यक्त गर्दै अहिले मौसमको प्रतिकुलताले आन्दोलनको स्वरुप बदलेको भए पनि केही दिनमा बसेर शसक्त आन्दोलन लिएर आउने जानकारी दिए । ठाकुरले सरकारले आफूहरुको सहमति बेगर गठन भएको राजनीतिक संयन्त्र अस्विकार्य भएको भन्दै संयन्त्रलाई संबैधानिक मान्यता दिने र आफूहरुले उठाएको कुरा कार्यविधीमा समेटे संयन्त्रमा सहभागि हुने स्पष्ट पारे । उनले भने,‘ संयन्त्रलाई संबैधानिक हैसियत दिएर आफूहरुले उठाएका सरोकारलाई कार्यविधीमा समेटे यही संयन्त्रमा सामेल हुन हामीलाई कुनै आपत्ति छैन ।’
अबको आन्दोलन राजधानी केन्द्रित : उपेन्द्र यादव
थाहा छ बदाम खानुका फाइदाहरु
बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ ।
नाका खोलेर के अपराध गरेँ ?
संविधानसभाबाट जारी संविधानले मधेसमा विद्यमान विभेदको अन्त्य गर्न असमर्थ देखियो । त्यसैले हामीले पहिलो चरणमा ४० दिनसम्म मधेसकेन्द्रीत आन्दोलन गर्यौं । मधेसी जनता आफ्नो अधिकारको लागि पेट खाली राखेर भए पनि आन्दोलनमा उत्रिए । त्यो अवधिभर मधेस ठप्प रह्यो, जनजीवन प्रभावित बन्यो । तर, त्यहाँको आवाज कहिल्यै सिंहदरवारले सुनेन । ....... यो बाध्यात्मक आन्दोलनको एउटै उद्देश्य थियो कि कानमा तेल हालेर बसेको सिंहदरबारले अधिकारका लागि लडिरहेका मधेसी जनताको आवाज सुनोस् र यथाशीघ्र समस्याको समाधान गरोस् । यस प्रकारको आन्दोलनबाट सबैभन्दा बढी जनतामा नै असर पर्छ भन्ने जान्दा–जान्दै पनि हामी यस्तो अप्रिय र कठोर निर्णय लिन बाध्य भएका थियौं । किनभने हाम्रो अपेक्षा थियो– आपूर्ति व्यवस्था असहज भएपछि सरकारमाथि जनताको दवाब बढ्नेछ । त्यसपछि वार्ता र संवादको माध्यमबाट मधेसी जनताको माग राज्यले सम्बोधन गर्नेछ । ...... वीरगञ्ज नाकाबाहेक अन्य नाकाहरू ठप्प हुन सकेन । ..... सीमा अवरोधको बहानामा कालोबजारी मौलायो । उता, सरकारले पनि जनतालाई खोक्रो राष्ट्रवादको अफिम खुवाएर दिग्भ्रमित बनाइराख्यो । मधेसी जनताले अधिकारका लागि होइन, मधेस टुक्राउनका लागि मात्र आन्दोलन गरिरहेका छन्, भारतले अघोषित नाकाबन्दी गर्यो, हामी झुक्नुहुँदैन जस्ता आसयका प्रचारबाजी गरियो । ...... जुन प्रयोजनका लागि सीमाअवरोधसहितको आन्दोलनका कार्यक्रमहरू ल्याइएका थिए, ती असफलजस्तै देखिए । दुःख सरकारलाई दिन खोजेको, जनतालाई मात्र पर्यो । त्यही भएर जनताबाट दवाब आयो– कि सरकारलाई सबै नाका बन्द गरेर दवाब देऊ नत्र कालाबजारीलाई पोस्न मात्र एउटा नाका बन्द नगर । ...... ६–७ महिना लामो आन्दोलनको स्वरूप विभिन्न चरणमा विभिन्न हुन्छ । एउटै तरिकाको मात्र आन्दोलन भयो भने आन्दोलन ‘फेजआउट’ हुन्छ । यो आन्दोलनको सिद्धान्त नै हो । मोर्चाभित्र सबैको मानसिकता अब आन्दोलनको स्वरूप परिर्वत गर्नुपर्छ भन्ने नै थियो । तर, निर्णय हुन सकिरहेको थिएन । ....... त्यसपछि मैले पनि अब जनतालाई मात्र धेरै दुःख दिनुहुँदैन भनेर मोर्चाको बैठक हुनुभन्दा एक दिनअघि विराटनगरमा गएर आन्दोलनको स्वरूप परिर्वतन गर्ने विषयमा प्रस्ताव आफँै लैजान्छु भनेर बोलेँ । किनभने नाकाबन्दीका लागि सबैभन्दा धेरै खट्ने म नै थिएँ । यसमा सबैभन्दा धेरै दवाब ममाथि नै थियो किनभने सबैले यसको दोष मलाई नै दिइराखेका थिए । मैले विराटनगरमा बोलेको मात्र के थिएँ, जनताले भोलिपल्टै वीरगञ्जमा आफैँ गएर नाका खोलिहाले । नाका सहज भइहाल्यो । ....... हाम्रो मानसिकता पनि आन्दोलन परिवर्तन गर्ने बनिसकेको थियो । जनताले पनि त्यही अनुसार नाका खोलिदिए । यसमा जनतालाई धन्यवाद दिएको भए पनि हुन्थ्यो । तर, मोर्चाका साथीहरूले राजेन्द्र महतोले नाका खोल्यो भनेर गाली गर्न थाले । आन्दोलनको स्वरूप परिवर्तनको विषयमा मोर्चाका अन्य साथीहरू पनि बोलेकै थिए, मैले पनि बोलेँ । के अनर्थ गरेँ र मैले ? ....... उहाँहरूले बोल्दा खुलेन, मैले बोल्दा फ्याट्टै खुल्यो । यस्तो किन भयो भने नाकाबन्दी गर्न सबैभन्दा बढी म नै खटेको थिएँ । अन्य नेता काठमाडौंमा हुँदा म मधेसमा थिएँ । त्यसमाथि बन्द भएको एउटै नाका मेरो नेतृत्वमा थियो । मैले बोल्ने बित्तिकै उक्त नाकामा असर पर्नु स्वभाविक नै हो । ...... नाकाबन्दी खुल्नुमा दिल्ली र बिहार भ्रमणको कुनै भूमिका छैन । किनभने आन्दोलनको स्वरूप परिवर्तन गर्ने कुरा त दसैंपछि देखिनै सुरु भएको हो ।

नाकाबन्दीको कार्यक्रम एक महिनाभन्दा बढी चल्नुहुँदैनथ्यो । त्यति अवधिमा नै वार कि पार हुनुपथ्र्यो । सबै नाका एक महिनामात्र ठप्प भएको भए सरकार घुँडा टेकिहाल्थ्यो ।

..... मिडियामा प्रचारबाजी भएजस्तो मोर्चाभित्र कुनै टकराव छैन । ..... ६ महिनासम्म मधेसमा खटेर आन्दोलनलाई अघि बढाएँ । अहिले काठमाडौंमा बस्नेले ‘चोर बोले जोर से’ भन्ने जस्तै मलाई माफी माग्नुपर्ने भनेपछि मैले निर्णयमा सही गरिनँ । ...... मोर्चाको बैठकमा पनि साथीहरूले कुरा राख्नुभयो, ‘मधेस आन्दोलनको जस सबै तपाईंले मात्र लिनुभयो ।’ तर, जस भन्ने कसैले लिएर लिने कुरा होइन । त्यो कसैले गरेको कामको आधारमा जनताले मूल्यांकन र समीक्षा गरेर दिने हो । राजेन्द्र महतोको ‘हाइट’ बढ्यो भन्ने कुरा छ, त्यो उसै बढेको होइन, जनताले बढाइदिएको हो । पहिलो मधेस आन्दोलनमा पनि उपेन्द्र यादवजीको हाइट बढेकै हो नि । आन्दोलनमा जसले काम गर्छ, जनताले त्यही आधारमा नम्बर दिन्छन् । ......... मधेसमा हतियार उठ्यो भने त्यो मधेसमा मात्र सीमित रहँदैन । त्यो भारत पनि पस्न सक्छ । मधेसको अस्थिरतामा फाइदा उठाउँदै भारतविरोधीहरूले त्यहाँ खेल्न सक्छन् भनेर उसले सधँै मधेसप्रति चासो व्यक्त गरिरहेको हुन्छ । त्यही भएर भारतले मधेसको समस्या समाधान गर्नका लागि चिन्ता व्यक्त गरेको हो । ...... विभेद र रंगभेदको आन्दोलनमा भारतीयहरूले जहिले पनि साथ दिएको इतिहास छ ।

गान्धीजी दक्षिण अफ्रिाकासम्म पुगेर लड्नुभएको थियो । नेपालमा पनि त्यही प्रकृतिको आन्दोलन हो ।

सीमित खसबादी संकीर्ण सोच भएकाहरू, जो मधेसी, जनजाति, आदिवासी, थारूलगायतलाई अधिकार दिनुहुँदैन भन्ने छन्, उनीहरू विरुद्धको आन्दोलन हो । नश्लवादी सोच र चिन्तनविरुद्धको आन्दोलन हो यो । ....... जनता आन्दोलनमा हुँदा भारतले जहिले पनि साथ दिएको छ । राजा त्रिभुवन पनि जनताको लागि लड्दा भारतले साथ दिएको थियो । ०४६ सालको आन्दोलनमा पनि साथ दिएको थियो,

०६२/६३ मा साथ दिएकै हो । त्यतिबेलाका आन्दोलनकारीहरूले भारतसँग नाकाबन्दी गर्न आग्रह गरेको थियो । गिरिजाबाबुले आफैँ नाकाबन्दीको कुरा राख्नुभएको थियो । आज हामीले नाकाबन्दी गर्दा कसरी राष्ट्रघाती भयौँ ?

...... हामीले पहिलो मधेस आन्दोलनमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता भएको थियो । त्यसबेला भारतले भूमिका खेलेको थियो । तर, अहिले त्यो सम्झौता लागू भएन । त्यही भएर हामीले भारतलाई सोधेका हौं, ‘तिमीले सम्झौता लागू गराएको खै ?’ ......

हामीले परिस्थिति सहज बनाइदिएका छौं । त्यही भएर केपी ओलीजीलाई मेरो सुझाव के छ भने यसको भरपूर फाइदा उठाउनुहोस् समस्या समाधानका लागि । अब पनि समस्या समाधान नभए हामी चुप लागेर बस्दैनौँ । चैत–बैशाखमा घनघोर आन्दोलन गर्छौं ।

...... हामीले मागेको भनेको हामीसँग भएका सम्झौताहरूको कार्यान्वयन र अन्तरिम संविधानमा राखिएका तर नयाँ संविधानमा हटाइएका विषयहरू पुनः राख्ने हो । नयाँ केही पनि होइन । ...... आन्दोलन कुनै पदसँग साटिनेवाला छैन । २०६२/६३ को पुनरावृत्ति यहाँ हुँदैन । त्यो गल्ती यहाँ दोहोरिँदैन । मधेस आन्दोलन र सत्ताको कुनै सरोकार छैन । सत्ताको खेलमा मोर्चा लाग्ने वाला छैन । ..... अहिले संसद्मा रहेका मधेसवादी शक्तिहरु एकीकिृत भएका छौं, अन्य मधेसवादी शक्तिहरुलाई पनि मिलाएर एउटा महागठबन्धन बनाएर अन्तिम लडाईं लड्ने छौं । ....... यो आन्दोलन देश टुक्राउनका लागि होइन, देशका सबैजनताले समान अधिकार पाओस् भनेर हो ...... हामीले खसवादी मानसिकता भनेर सबै बाहुन या क्षेत्रीलाई गाली गरेका होइनौं । देशको नीति निर्माण तहमा बसेर त्यस्ता सोच राख्ने सिमित व्यक्तिहरुलाई मात्र भनेका हौं । हामीले नश्लवादलाई बढाउन होइन त्यसलाई अन्त्य गर्न चाहेका हौं । ...... मधेसी जनतालाई के भन्न चाहन्छु भने अहिले हामी न हारेका छौं न थाकेका छौं । हामी अन्तिम लडाईंको तयारीमा छौं । यदी सरकारले यो सही समयको उपयोग गर्न सकेन भने तपाईंहरु निर्णायक आन्दोलनका लागि तयार रहनुहोला ।


१३ औं महाधिबेशन कांग्रेसले यसरी खर्चिदैछ ४ करोड (खानपिनको मेन्युसहित)
भोजन खर्चमा १ करोड १ लाख, आवास खर्चमा ६४ लाख, प्रचार प्रसारमा ४५लाख, निर्वाचनमा ५०लाख, झोला खर्चमा १६ लाख, छपाइ तथा स्टेशनी खर्चमा २०लाख, यायतायत खर्चमा १०लाख, कार्यक्रम खर्चमा ३५लाख, सुरक्षा खर्चमा ३०लाख, पानी खर्चमा २ लाख ५० हजार रुपैयाँ छुट्टयाएको छ । यसैगरी धन्याबाद कार्यत्रम खर्चमा ५लाख रुपैयाँ समितिले छुट्टयाएको छ। ..... कांग्रेसले १३औं महाधिवेशनमा प्रतिनिधिहरूलाई खसीको मासु र माछासहितको भोजन गराउने भएको छ । कांग्रेसले महाधिवेशन अवधिभर ८ छाक खशी र कुखुराको मासु तथा माछा भात खुवाउने निर्णय गरेको हो । ........ महाधिबेशन प्रतिनिधिहरुले खाजामा विहान र बेलुका चिया र कुकिज खाने छन । प्रतिनिधिहरु समान्यता एउटा कोठमा दुइ जना बस्नेछ । कु्नै कुनै कोठमा ३ जनालाई समेत बसाउने तयारी गरिएको समितिका सदस्यहरु बताउछन ।
संघीय न्यायपालिकाको खाका पारित

No comments: