मन्त्रिपरिषदद्वारा राजनीतिक संयन्त्रण बनाउने निर्णय
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अहिलेसम्म भएका वार्ता र छलफलको आधारमा सिमांकन पुनरावलोकनको विवाद तीन महिना भित्र टुंग्याउन संयन्त्र बनाउने निर्णय गरेकोआन्दोलन अवधिको टेलिफोन र बिजुलीको महसुल मिनाहा गर्न तमलोपाको माग
आन्दोलनका लागि शक्ति संचय गर्ने
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले निर्णायक आन्दोलन गर्ने भन्दै त्यसको लागि शक्ति संचय गर्ने निर्णय गरेको छ । ..... बाराको प्रसौनी गण्डकस्थित विश्रामस्थलमा सोमबार अबेर रातिसम्म बसेको बैठकले शक्ति संचय गर्ने निर्णय गरेको महामन्त्री जितेन्द्र सोनलले बताए । ...... अध्यक्ष महन्थ ठाकुर, महामन्त्रीद्वय हृदेश त्रिपाठी र जितेन्द्र सोनललगायत अरु पदाधिकारी र बारा, पर्सा, रौतहट तथा सर्लाही चार जिल्लाका केन्द्रीय सदस्यहरु बैठकमा सहभागी थिए । राजनीतिक सचिवालयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै बैठकले राज्य अहिले पनि अनुदार भएकाले कठोर तथा कठिन आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालेको छ । यसैगरी बैठकले आन्दोलन समाप्त नभएको निर्णय गरेको छ । ..... बैठकले राज्यबाट ६ महिनाको आन्दोलन अवधिभरिको टेलिकम, विद्युत र अन्य कर संकलक कार्यालयबाट बिलम्ब शुल्क लिइरहेको पाइएकोले हरजाना मिनाहा गर्न सरकारसित माग गरेको छ । ...... पढाइ शुल्क, बैंकको ब्याज र हरजाना मिनाहा र आन्दोलनमा भएका घाइतेहरुको उपचारको व्यवस्थासमेत हुनुपर्ने बैठकले माग गर्दै सरकारले मोर्चासित आन्दोलनसँगैको वार्ता क्रममा गरेको वाचा कार्यान्वय गर्न माग गरेको महामन्त्री सोनलले बताए । ...... अध्यक्ष ठाकुरले मंगलबार आन्दोलनको क्रममा मारिएका कलैया १० का हिफाजत मियाँको परिवारसित भेट्दै सरकारविरुद्ध मुद्दा लडने बताएका छन् ।
No comments:
Post a Comment