Sunday, February 07, 2016

Nepal News (18)



मोर्चाभित्र विवाद चर्कियो, नाकाबन्दी फिर्ताको घोषणा हुनै सकेन
उपेन्द्र भन्छन्- 'अबको मोर्चा बैठकमा कि महतो हुँदैनन्, कि हामी हुँदैनौं'
हामीले जुन दिन नाका खोल्ने भनेका थियौं, त्यही दिन उनीहरु (भारतीय) आएर नाका खोलिदिए, अब यसलाई कसरी बुझ्ने ? मोर्चाका साथीहरु राजेन्द्र महतोले सल्लाह नै नगरी नाका खोल्दिए भनेर त्यत्तिकै रिसाउनुभएको छ । खासमा महेन्द्र (यादव) जीले माघ १६ गते नै पत्रकार सम्मेलनमा त्यही कुरा भन्नुभएको थियो । उपेन्द्रजीले त काठमाडौंकेन्द्रित आन्दोलन गरौं भनी बारम्बार भन्नुभयो । महन्थजीले पनि माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने भन्नुभएको थियो । त्यही कुरा मैले भन्दा मलाई चाहिँ दोष ? : राजेन्द्र महतो ..... मोर्चा आबद्ध चारै दलका अध्यक्षहरु काठमाडौंमै भए पनि उनीहरु छलफलमा जुटेनन्, बरु मोबाइलको स्वीच दबाएर बसिरहे । ..... असोज ५ देखि ७ सम्म राजविराजमा बैठक गरी नाकाबन्दीको औपचारिक घोषणा गरेको मधेसी मोर्चा नाका खुला भएको घोषणा गर्न भने हच्किएको हो ।

असोज ७ मा मोर्चाले नाकाबन्दी घोषणा गरेको दुई दिनअघि नै भारतका तर्फबाट नेपाल–भारत सीमा नाका ठप्प भइसकेका थिए ।

अरु नाका केही सातायता खुकुलो भए पनि वीरगन्ज–रक्सौल नाका शुक्रबारमात्रै खुलेको हो । ..... मोर्चा नेताहरुले नाका खोल्नुअघि भारतले आफूहरुसँग पर्याप्त समन्वय नगरेको, बरु दबाबको भाषा बोलेको गुनासो गरेका छन् । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले एकलौटी रुपमा नाका खोलेको भन्दै मोर्चाआबद्ध अरु तीन दल रुष्ट देखिएका छन् । महतोले शनिबार मोर्चा बैठक गरी नाकाबन्दी खोलेको औपचारिक निर्णय गरिने बुधबारै घोषणा गरिदिएका थिए । उच्च स्रोतका अनुसार महतो आउने बैठकमा आफूहरु नआउने चेतावनी मोर्चाकै केही नेताले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिएका छन् । ‘अबको मोर्चा बैठकमा कि महतो हुदैनन्, कि हामी हुदैनौं,’ समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलाई उद्धृत गर्दै उक्त स्रोतले खुलायो, ‘महतोले नेतृत्वमा रहने हैसियत गुमाइसकेका छन् ।’ ......

महतोले मोर्चाको संस्थागत निर्णय आउनुअघि आफूखुसी निर्णय लिएर धोका दिएको उनीहरुको आरोप छ ।

...... संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आन्दोलन समाप्त भएको भ्रम नराख्न चेतावनी दिए । ल्होछार पर्वको अवसरमा यादवले प्रेस नोट जारी गर्दै नाकाबन्दी खुकुलो भएको, आन्दोलन नरोकिने भन्दै काठमाडौंकेन्द्रित आन्दोलनमा नेवार र तामाङ समूदायको सहयोग अपेक्षा गरेका छन् । ‘अधिकार प्राप्ति बेगर आन्दोलन रोकिदौन, मधेशमा अहिले विरोध प्रदर्शन र सीमा नाका केही खुकुलो भयो भन्दैमा आन्दोलन नै समाप्त भएको भ्रम कसैले नराखे हुन्छ, हाम्रो संघर्ष र आन्दोलन जारी छ,’ यादवको भनाई छ । .......... नाका खोलेकामा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको धन्यवाद समेत पाएका महतोले सरकारसँग औपचारिक वार्ताको अपेक्षासमेत गरेका छन् । तर मोर्चाका अरु नेताहरु सम्पर्कमा नआएको महतोलाई उदधृत गदै स्रोतले भन्यो । ‘यहाँ नाका खुलिसक्यो, हाम्रा नेताहरु कहा हुनुहुन्छ, अत्तोपत्तो छैन,’ मोर्चाका दोस्रो तहका एक नेताले भने, ‘संस्थागत रुपमा नाकाबन्दी खुलेको घोषणा गर्न पाएको भए त्यो राम्रो हुन्थ्यो, भएन । जे भए पनि अब स्थिति समालेर लैजानुपर्छ ।’ ..... ‘आम हड्ताल र नाकाबन्दीमात्रै शान्तिपूर्ण आन्दोलनका स्वरुप होइनन्, यो भन्दा कडा स्वरुप आउछ,’ सुमनले भने, ‘सभा, अनशन, संसदभित्रै आन्दोलन पनि हुन सक्छ ।’
अन्योलमा मधेशी मोर्चा ।
भन्नका लागी विरगंज र रक्सौलको नागरिकको पहलमा उक्त नाका सुचारु गराएको भनिए पनि वास्तवीकमा शुक्रवार भारतीय पक्षको पहलमा नाका सुचारु भएको थियो । ..... त्रिपाठीका अनुसार विरगजं नाका सुचारु भए पछिको अवस्थामा तमलोपा अध्यक्ष महन्थ ठाकुर मोर्चा आवद्ध सवै अध्यक्षहरु संग लागातार सम्पर्कमा रहेको र बैठक गर्ने योजना बन्दै छ । ..... पछिल्लो अवस्थामा कतिपय भित्रियाहरुका अनुसार मोर्चाका शिर्ष नेताहरु आइतवार देखि दुई दिने दिल्ली भ्रमणमा गएका प्रधानमन्त्रीका दुत मन्त्री विष्णू पौडलको भ्रमणलाई समेत कुरेर बसेका छन । मधेशमा सुरु भएको आन्दोलन र पछिल्लो राजनितीक घटनाक्रममा भारतीय पक्ष समेत मुछिएकाले भित्रियाहरु भन्छन, मोर्चा अर्थमन्त्री पौडलको दिल्ली भ्रमण पश्चातको संकेतको समेत पर्खाइमा छन । ......

प्रमुख दलहरुले मोर्चाको सहमती विनै संविद्यानमा दुई ओटा संशोधन गर्दा भारतीइ पक्षले त्यसलाई साकारात्मक भने पनि स्वागत चाही गरेका थिएन । भारतले मोर्चाको थप मागहरुलाई सम्बोधन चाडै हुने विश्वास व्यक्त गरेका थिए ।

...... तमलोपा नेता त्रिपाठी पनि मोर्चाको ११ बुदे मागको कुनै सम्बोधन नभएकाले मोर्चाको संघर्षको वटमलाईन यो नै कायम रहने बताउछन । आन्दोलन अव कसरी अगाडी वढाउने वारेमा रणनिती बन्न नै छन, मोर्चाका नेताहरु भन्छन, आन्दोलन जारी रहन्छ । ......

सोमवार अर्थमन्त्रीको दुई दिने भ्रमण पश्चात अली कती भए पनि प्रष्टता आउन सक्छ । त्यसकै आधारमा मोर्चाले आफनो रणनती समेत बुन्ने सम्भावना हुन्छ ।

मधेशी मोर्चाको बैठक आज बस्न सक्ने
महोत्तरी : कांग्रेसको जिल्ला अधिवेशन अन्यौलमा
यता मधेशवादी दलहरुले जिल्लामा अधिवेशन हुन नदिने भनि जारी गरेको उर्दीका कारण आफुहरु कसैलाई हानी नपुगोस भनी सदरमुकाममा जिल्ला अधिवेशन गर्ने नगर्ने भनी अन्यौलमा परेको समेत यादव बताउँछन् । प्रशासनले सुरक्षाको प्रत्याभुति गर्न सके सदरमुकाममा अधिवेशन सम्पन्न गर्छौ हैन भने बर्दिवास वा अन्यत्रनै अधिवेशन हुन सक्ने उनले बताए ।
सीके लाल भन्छन्,‘मधेशी–थारुले नबोली केही पाउँदैन’
लालले भने,‘आफैँ नबोली केही कुरा पाइँदैन, तसर्थ बोल्नुपर्छ । थारूहरू बोल्ने स्वाभावका हुँदैन, उसको स्वाभाव अरूले बुझिदिओस् भन्ने हुन्छ । अहिले विभिन्न दलमा लागेका थारू नेताहरू यही भ्रममा छन् । तसर्थ उनीहरु अगुवा बन्ने प्रयास गर्नुपर्छ ।’ ...... लालले भूगोल बुझ्न इतिहास बुझ्नुपर्ने, इतिहास बुझ्न समाज बुझ्नुपर्ने, समाज बुझ्न संस्कृति बुझ्नुपर्ने र यसले सशक्तता उत्पन्न गर्ने बताए । ..... ‘गौतम बुद्धले २५०० वर्षअगाडि भन्नुभएको थियो,‘असमानताले दुःख उत्पन्न गर्छ, कलेश उत्पन्न गर्छ, विद्रोह उत्पन्न गर्छ । दुःखबाट बच्ने उपाय बुद्धले भन्नुभएको बुद्धम शरणम गच्छामी, धमम् शरणम गच्छामी,’ लाले भने, ‘बुद्ध भनेको संसार बुझ्न मान्छे हो, संसार बुझ्ने मान्छे हो । बुद्ध बन्नको लागि बुद्धिमानी मात्र हुँदैन । समाजलाई बुझेको हुनुपर्छ । मान्छे छुट्याउन सक्नुभएन भने संघ बन्दैन, शक्ति बन्दैन, शक्ति बन्दैन भन्ने सशक्त बन्दैन ।’ ....... उनले संघ बन्नको लागि समानता चाहिने बताए । ‘प्रशिक्षण भेलामा सबै सँगै एकै ठाउँमा बसेको हुनाले यसरी यसले संघ निर्माण गर्छ, यसलाई म सम्मान तथा नमन गर्छु,’ उनले भने ।
सदभावना र फोरमबीच फेसबुक युद्ध, यादवमाथि चिनीया एजेन्टको आरोप
आइतबार फोरम अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसीयाले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि राजावादीको आरोप लगाएका थिए । ...... दिउँसो सदभावना पार्टीका कार्यालय सचिव राजेश चौधरीले फोरम अध्यक्ष उपेन्द्र यादव चिनीया एजेन्ट रहेको आरोप लगाएका छन् । ....... चौधरीले लेखेका छन्,‘मधेशी नेता कम र स्वघोशित राष्ट्रीय नेता भन्न रूचाउने संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पार्टी मधेशी जनअधिकार फोरम र संघिय समाजवादी पार्टी मिलेर बनेको पार्टी हो । मधेश शब्द हटाएर बनेको पार्टी सम्पूर्ण आन्दोलनमा आधा पार्टी मात्र आन्दोलनमा रह्यो । आफ्नो जिम्मामा पाएको बिराटनगर नाकामा बसे संघिय समाजवादी पार्टी फेरी छुट्टीने डरले कहीले नाकामा बसेन, आफ्नो निर्वाचन क्षेत्र मोरंग र सुनसरीमा कहीले आन्दोलनको नेतृत्व गरेन ।’ ........... चिनीया एजेन्टको आरोप लगाउँदै चौधरीले लेखेका छन्,‘एमालेबाट माओवादी हुँदै नव मधेशवादी चाईनिज एजेन्ट नेता उपेन्द्र यादव भारतको झण्डा र मोदीको पुतला जलाउँदा चुप लाग्ने मोर्चाबाट बिज्ञप्ती निकाल्न नदिने तर चाईनाको झण्डा जल्दा मोर्चामा बितण्डा मचाउने गरेका छन् । मधेशमा आन्दोलन र नाकाबन्दी घोषणा गरेर काठमाण्डौ र पहाडमा संगठन बिस्तारमा ब्यस्त रहेका छन् । मधेश र मधेशीलाई यूज एन थ्रो गर्ने, मधेश शब्दबाट नै घृणा गर्ने उपेन्द्र यादवबाट मधेश, मधेशी र मधेशी मोर्चा सावधान रहन जÞरूरी छ ।’ ...... यता फोरम अध्यक्ष उपेन्द्र यादवले आफुले बोल्न चाहेका कुरा प्रेस संयोजक चौरसीया मार्फत समाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन् । चौरसीयाले लेखेका छन्, ‘पहाडे विरोधी, स्टन्टबाज र विवादास्पद नेता राजेन्द्र महतोले तत्काललाई मधेश आन्दोलन तुहाउन सफल भए । महतोले मधेशलाई फेरि धोका दिए । किनकि, महतो मधेशका लागि होइन, पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीका लागि सक्रिय थिए, छन् । यो भन्दा बढी महतोसँग अपेक्षा गर्न हुन्न ।’........ महतोमाथि राजावादीको आरोप लगाउँदै चौरसीयाले लेखेका छन्,‘पूर्वराजा ज्ञानेन्द्र, केपी ओली र कमल थापासँग मिलेर राजतन्त्र फर्काउने खेलमा लागेर मधेश आन्दोलन तुहाउने गद्दार राजेन्द्र महतोलाई आज दिउँसो बस्ने मोर्चाको बैठकले कारबाही गरेर तत्काल टीमबाट अलग गरोस् । आजीवन मन्त्री हुँदा अकूत सम्पत्ति कुम्ल्याएका महतो जस्ता मधेश विरोधी गद्दार नेताहरु अख्तियारको कारबाहीमा परेर जेल जानबाट जोगिनका लागि शक्ति केन्द्रहरुको गोटी बनेको यथार्थ जनताले बुझिसकेका छन् ।’ ...... ‘पूर्वराजा वादी बद्री प्रसाद मण्डल अहिले सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । नियत र उद्देष्य बुझ्न यो तथ्य काफी छ । गद्दारको संगतले युद्ध जितिदैँन, यो यथार्थ उपेन्द्र यादव र महन्थ ठाकुरले पनि राम्ररी बुझेको हुनु पर्छ । मधेशी लगायत उत्पीडित जनतालाई अधिकार दिलाउन यादव र ठाकुर पर्याप्त छन्, उहाँहरुले आन्दोलनको विगुल फूके हुन्छ । । तर, मोर्चा र मधेशलाई अब महतो जस्ता प्रतिघाती नेताको साथ चाहिँदैन ।–चौरसीयाले लेखेका छन् ।


No comments: