मोर्चा का चार पार्टी ले अलग अलग समीक्षा किन गरेको? आंदोलन सँगै गरेको हो भने समीक्षा पनि सँगै गर्नु पर्ने थियो। मोर्चा ले ११ बुँदे मा हामी एक छौं भनेर एकता प्रदर्शन गर्न सक्नुपर्छ। फुच्चे तीन पार्टी ले पनि हामी मोर्चा मा नभएर मात्र होइन भने भनेर के भनेको? महतो को समीक्षा पनि गलत छ। मैले एक्लै वीरगंज थामे जस्तो भाषा सही छैन। भारत को राज्य सभा मा होहल्ला हुनु अगाडि त थियो त नाकाबंदी, विराटनगर, भैरहवा, नेपालगन्ज सब ठाउँ मा। ममता एक्लै ले कोलकाता बाट नै १००% नाकाबंदी गर्ने हिंट पनि दिएकी।
नाकाबंदी को एक मात्र लक्ष्य थियो फ़ासिस्ट शैली मा जुन मान्छे मार्ने काम भइराखेको थियो त्यसको समाप्ति। त्यो लक्ष्य त एक दिन मा पुरा भयो। जनताको शांतिपूर्ण प्रदर्शन गर्ने अधिकार कुंठित गर्ने सरकार त लोकतान्त्रिक नै होइन।
अब नाकाबंदी को बारे मा सकेसम्म सोच्नु हुँदैन। यहाँ सम्म कि बंद को पनि सोंच जायज हुँदैन। बरु हप्ता मा ६ दिन आर्थिक गतिविधि र एक दिन विदाको दिन वडा लेवल मा संगठन विस्तार। त्योभन्दा एक कदम अगाडि बढ्नु परे दैनिक जुलुस सम्म जान सकिन्छ। नाकाबंदी अंतिम अस्त्र मात्र हुन सक्छ र त्यो पनि माग पुरा गराउन होइन कि फ़ासिस्ट तानाशाही भएछ भने, शांतिपूर्ण प्रदर्शन गर्ने अधिकार कुंठित गर्ने प्रयास भएछ भने मात्र। होइन भने अहिले नाकाबंदी बारे सोँच्नु हुँदैन। जरुरत परे बॉर्डर पारि बाट नै १००% नाकाबंदी हुन सक्छ। तर त्यस बारे सोँच्नु हुँदैन। त्यो फासिज्म विरुद्ध युद्ध को कदम हो। त्यो लोकतान्त्रिक लक्ष्य भएको लोकतन्त्रिक आंदोलन ले चालने कदम हुन सक्दैन।
तर ती सब जनता लेवल का कुरा भए। पहिला नेता लेवल को कमी कमजोरी हटाउनु पर्ने भो। नेता हरु ले एकता र संवाद र सहकार्य देखाउन नसकेको अवस्था छ। यसरी हुँदैन। यो जनता लाई अन्याय भयो। जनता ले आंदोलन गरिदिनु पर्ने, नेता जी हरु जाबो एक भएर पनि बस्न नसक्ने? यो ताल ले हुँदैन।
एकता पछि राजनीतिक गृह कार्य को कुरा आउँछ। मोर्चा बंदी थारु, मुसलमान, जनजाति लाई पनि समेटने हुनुपर्यो। फुच्चे तीन पार्टी ले पुग्दैन।
राजनीतिक गृह कार्य भनेको ११ बुँदे मा कहाँ सम्म लचक हुन सकिन्छ कहाँ भन्दा पर जान सकिँदैन भन्ने हो। त्यो त मोर्चा का नेता जी हरुलाई हम तुम एक कमरे में बंद हो और चाभी खो जाए को अवस्था मा पुर्याउनु पर्ने हुन्छ त्यस का लागि।
No comments:
Post a Comment