मधेसी मोर्चा र राजनीतिक गृह कार्य
महाशिवरात्री को पर्व
नेपाल को भावनात्मक एकीकरण, भारतको भावनात्मक एकीकरण
Kathmandu And Jerusalem
संविधान कार्यान्वयन अगाडि संसोधन
आंदोलन त्यति का लागि हो। कुनै पनि चुनाव हुनु अगाडि ११ बुँदे सम्बोधन भएर संविधान संसोधन हुनुपर्यो। होइन भने लफड़ा हुन्छ। द्रुत गतिको आर्थिक विकास हुन नदिने किसिमको व्यवहार गरेका छन सत्ताधारी ले।
मन मैलो?
मधेसी नेता हरु छुट्टा छुट्टै किन कार्यक्रम गर्दैछन्? एक भएर आंदोलन गरेको हो भने एक भएर समीक्षा गर्नु पर्छ। एक भएर आंदोलन लाई गंतव्य मा पुर्याउनुपर्छ। खुल्लम खुल्ला छलफल र बहस हुनुपर्छ।
नाकाबंदी नाकाम
सत्ता पक्ष ले प्रतिशोध को भावना ले आंदोलनकारी धरपकड़ गर्ने किसिमका समाचार आएका छन। त्यसले देशलाई फेरि नाकाबंदी मा पुर्याउँछ। त्यस्तो गलती न गरौं। देश भित्र शांतिपूर्वक विरोध प्रदर्शन त हुनै पर्छ। त्यति त जो सुकैले गर्न पौंछ। आंदोलन प्रति प्रतिशोध को भावना छैन र देश भित्र शांतिपूर्वक विरोध प्रदर्शन गर्ने अधिकार सुरक्षित छ भने देश अब फेरि नाकाबंदी मा जाँदैन। नाकाबंदी युद्ध को कदम थियो तर त्यो फासिज्म विरुद्ध लक्षित थियो। सफल पनि भयो।
मधेसी मोर्चा ले पनि फराकिलो भएर सोच्नु पर्छ। हप्तामा ६ दिन आर्थिक गतिविधि १ दिन संगठन विस्तार को कार्यक्रम राम्रो। त्यतिले पुगेन भने एक कदम अगाडि बढेर दैनिक जुलुस मा जान सकिन्छ। प्रत्येक शहरमा १ घंटा। जुलुस लाई पुलिस सँग मुठभेड़ किन बनाउने? जनताको तलब खाएको पुलिस। बरु अग्रिम सूचना दिने। हामी यो बाटो जुलुस निकाल्दैछौं बरु सुरक्षा प्रदान गर्न आउनुस् भनेर भन्ने पाहिले नै। तर अहिले जुलुस मा जानुपर्ने अवस्था आएको छैन र सकेसम्म न आओस।
जिल्ला स्तरमा संगठन विस्तार र केंद्र मा वार्ता ---- अहिले मधेसी मोर्चा का लागि यो बाटो राम्रो हो। आंदोलन नहारेको हो न थाकेको हो। तर गंतव्य मा पुर्याउन बाँकी छ। सत्ता पक्ष ले मुद्दा फिरता, शहीद घोषणा, उपचार खर्च, ६ महीना को शुल्क ब्याज मिन्हा जस्ता कदम फटाफट चालेर आफु पनि फराकिलो दिल ले सोंचिरहेको भन्ने देखाउनु श्रेयस्कर हुन्छ। आखिर गर्नु नै छ भने खुट्टा किन घिसारने?
मधेसी मोर्चा ले त पहिला वार्ता आफु आफु गर्नु पर्यो। मन मिलाउनु पर्यो। आफु आफु बीच ठोस एकता रहेको देखाउनु पर्यो।
भन्ने ले भन्छन अंतरिम संविधान मा चितवन बाहेक का मधेस का जिल्ला एक मधेस दो प्रदेश मा आइसकेर पनि राजेंद्र महतो ले नमानेकोले पहिलो संविधान सभा तुहियो, त्यसैले हृदयेश ले अहिले लाठी जुलुस निकाल्नु पर्ने बेला मा वार्ता गर्छ, वार्ता गर्नु पर्ने बेला मा जिल्ला पुगेर लाठी जुलुस निकाल्छ। हो, यस्ता असमझी हरु थुप्रो छन मधेसी मोर्चा भित्र। नाकाबंदी गर्यो कसले झिक्यो कसले, त्यति का लागि मोर्चा भित्र मारामार। पहिलो संविधान सभा तुहिएको त सुभास नेमबांग ले माधव नेपाल लाई फ़ोन गरेर। "भन्नुस् कामरेड म के गरौं?" "तपाइँ त्यहाँ बाट भागि हाल्नुस्।" अनि नेमबांग टाप। यसको क्रेडिट राजेन्द्र ले लिने की हृदयेश ले?
आपस मा बोलचाल छ भने यस्ता गलतफहमी का लागि ठाउँ नै रहँदैन।
११ बुँदे
लचक त हुनैपर्छ। दुबै पक्ष नै। अब कसैले जुलुस निकाल्नु नपरोस्। त्यस का लागि मोर्चा ले आतंरिक गृह कार्य गर्नु पर्यो। कतिसम्म लचक हुन मिल्छ, कहाँ भन्दा पर जान सकिँदैन। त्यो निर्णय मोर्चा भित्र शीर्ष तहमा हुनुपर्यो र गोप्य राख्नुपर्यो। अनि वार्ता चाहिँ कार्यदल ले गोप्य किसिमले गर्नु पर्यो। मीडियाबाजी गर्ने भनेको वार्ता सफल भए पछि बल्ल।

No comments:
Post a Comment