रामेश्वर खनाल भन्छन्- ०७५ सालमा नयाँशक्ति सरकारमा पुग्छ
'कांग्रेस एमालेसँग माग्दै रत्नपार्कमा ढुंगा हानेर बस्दैनौं !'
पूर्वअर्थसचिव एवं नयाँ शक्ति पार्टीका अन्तरिम केन्द्रीय सदस्य रामेश्वर खनालले आगामी ०७५ साल मंसिरभित्र हुने आम निर्वाचनमा आफ्नो दल सरकारमा पुग्ने दाबी गरेका छन् । .....नेपाली कांग्रेस परित्याग गरेर नयाँ शक्ति पार्टीमा लागेका खनाल
........ नयाँ विचारधारा नेपालको आवश्यकता हो भन्ने पहिलेदेखि नै महशुस भएको थियो । ....... अहिले भइरहेका सबै राजनीतिक दलहरुको संरचना, नीतिगत आधार, विचारधारा सबै आन्दोलनकारीको जस्तो छ । केही कुरा पूरा गर्नका निमित्त आन्दोलन अथवा युद्ध गर्ने ढाँचामा छ । नेपाली कांग्रेस पनि लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलन गरेर आएको हुनाले अहिलेसम्म त्यही संरचनाबाट मुक्त हुन सकेको छैन । ....... त्यसैगरी, नेकपा एमाले, एनेकपा माओवादी र त्यसपछि खडा भएका अन्य सबै राजनीतिक दलहरुको संरचना उस्तै छ । कुनै पनि राजनीतिक दलको धारणा सरकारमा गइसकेपछि जनतालाई सेवा गरेर प्रभाव पार्नुपर्छ भन्ने छैन । जनतासँग सीधै उपस्थित हुनुभन्दा विभिन्न किसिमका भातृ संगठन, दलालहरु खडा गरेर तिनको माध्यमबाट गतिविधि अगाडि बढाउने भूमिगतकालीन शैली दलहरुमा अझै विद्यमान छ । .....कुनै पनि राजनीतिक दलमा नीति निर्माणमा गर्नुपर्ने अध्ययन, अनुसन्धान र विचार बिमर्श पर्याप्त हुँदैन । नेताले फ्याट्ट बोलिदिने, त्यसपछि बोलिहालियो क्यारे, यही त हो नि हाम्रो पार्टीको नीति भन्ने प्रवृत्ति छ ।
...... राजनीतिक दलहरुले आफ्नो नीति निमार्णका निमित्त अध्ययन, अनुसन्धान र बिचार बिमर्श गर्दै गरेनन् । .......दलभित्र लडेका, ढुंगा हानेका, प्रहरीबाट कुटाइ खाएको खत देखाउन सक्ने मान्छेलाई त्यही आधारमा दलभित्र अवसर दिने संस्कार रहेछ ।
........ बाहिरबाट दलमा प्रवेश गर्न चाहने व्यक्ति पार्टीमा प्रवेश गर्न चाहन्छ भने त्यहाँ प्रवेशिका परीक्षा पास नगरेकोसँग समानरुपमा त्यो उच्च ज्ञान भएको दक्ष व्यक्तिले प्रतिस्पर्धा गर्नुपर्ने रहेछ ।म त कांग्रेसको ढोकाबाट भित्रै छिर्न पाइँन ।
अहिलेको राजनीतिक संस्कारबाट देशले निकास पाउँदैन, त्यसका लागि नयाँ राजनीतिक विकास गर्नुपर्छ भन्ने कुरा मैले मात्रै होइन कि पुराना राजनीतिक दलका शीर्षस्थ नेताहरु नै भन्नुहुन्छ । ......... नयाँ शक्तिको घोषणासभामा तपाईको ‘सिटिङ लेभल’ हेर्दा तपाई सेकेन्ड म्यानजस्तै देखिनुहुन्छ ........... म कांग्रेसमा अवसर खोजेर गएकै थिइँन । राजनीतिमार्फत नीति निर्माणको सुपि्रम लेभलमा पुगेर गतिलो नीतिहरु बनाएर देशको विकासमा काम गर्न सकिन्छ कि भन्ने मेरो धारणा थियो । ....... म विवेकशील नेपाली अभियानको शुभचिन्तक पनि हो । रविन्द्र मिश्रले सुरु गर्न खोज्नुभएको थियो, अझै पनि उहाँसँग सम्वादमै छु । उहाँले फ्लोर गर्न सक्नुभएन, बाबुराम जीहरुले फ्लोर गर्नुभयो । उहाँहरुले तपाई आउनुपर्यो भनेपछि यसतर्फ लागेको हुँ ।नयाँ शक्ति आवश्यक छ भन्ने मलाईमात्र नभई धेरैलाई लागेको छ ।
देशको विकास गर्ने, डेलिभर गर्ने खालको शक्ति आवश्यक थियो । - .......... नयाँ शक्तिले समावेशी र सहभागितामूलक लोकतन्त्र भनेको छ, जुन अरु दलहरुले भनेका छैनन् । र, यो समावेशी निगाहको समावेशी होइन । निगाहको समावेशी त पञ्चायतकालमा पनि थियो । बालाराम घर्ती मगर, हिरालाल विश्वकर्मा, मृगेन्द्र सिंहलगायत राज्यसत्तामा थिए त । तर, यो अभियानको समावेशिता भनेको स्वतस्फूर्तरुपमा हुन्छ ।अन्य राजनीतिक दलहरुमा टिकट दिँदा माथिबाट तल जान्छ । तर, नयाँ शक्तिमा तलबाट माथि हुँदै आउँछ । अभियानका सदस्यहरुले नै चुन्छन् ।
....... कांग्रेसले समाजवाद, एमालेले मार्क्सवाद, माओवादीले साम्यवाद भन्छन् । नयाँ शक्तिले कुनै वाद भनेको छैन । नयाँ शक्तिको बाद भनेको जनताको सम्मृद्धि र आर्थिक विकास हो । ........ पुराना दलहरुको सोच, संरचना र नीति केही माग पूरा गराउने, त्यसको निमित्त लड्नेमा आधारित छ । माग पूरा गराउने, लड्ने, भित्तामा लेखेर फलानो ठाउँको खारेज गर, फलानो ठाउँको बहाली गर, जनवादी शिक्षा लागू गर भनेर अर्कासँग माग गर्ने त्यो संस्कार पूर्णरुपमा अलग भएर नयाँ शक्तिले सेवा प्रवाहमुखी संरचनाको किास गर्नुपर्छ भन्ने हो । .......अब हामीले माग गर्ने होइन, माग पूरा गर्ने हो भन्ने नयाँ शक्तिको सोच हो । यो काम बाहिर बसेर होइन, भित्रै गएर गर्नुपर्छ । भित्र जान चुनाबै लड्नुपर्छ, त्यहाँ बहुमत ल्याउनु पर्छ ।
....... उद्यमशीलतामा आधारित पुँजीवाद भनिएको छ । यसको अर्थ के हो भनेसम्पत्ति केही पनि नभएको तर दिमागमा नयाँ सोच भएको, हातमा सीप भएको व्यक्ति पनि सम्मृद्ध हुने खालको आर्थिक संरचनाको विकास गर्नेछौं ।
....... नयाँ शक्तिले नेपाल भूपरिवेष्ठित राष्ट्र होइन, यो त दुई ठूला अर्थव्यवस्था भएका राष्ट्रको बीचमा भएको सम्भावनायुक्त राष्ट्र हो भनेर परिभाषा गरेको छ । भारत र चीनबीचको गतिशील पुल भनेर नेपालले अधिकतम आर्थिक लाभ लिनुपर्छ । ........... आगामी ०७३ साल बैशाख १ गते नयाँ शक्तिले राजनीतिक दलको संरचना सार्वजनिक गर्छ । ०७५ मंसिर सम्म निर्वाचन हुनुपर्ने नयाँ संविधानले व्यवस्था गरेको छ । त्यो निर्वाचनमा नयाँ शक्ति सरकारमा पुग्नेगरी .......पाँचजना सदस्य भएको परिवार छ भने बिहान उठ्ने वित्तिकै शौचालयमा बस्न लुई घण्टा लाइनमा बस्नुपर्ने स्थिति छ । त्यसैगरी, गाउँमा १० बजे मेलापात जानु छ भने बिहान ७ बजेदेखि खान पकाउन सुरु गर्नुपर्छ । गाउँले जनताको बिहान त शौचालय जाँदा र खाना पकाउँदै बित्छ ।
......... टीका लगाएर, माला लगाएर पार्टी प्रवेश गर्ने भन्ने यहाँ हुँदैन ....... अब पुराना दलहरुको अस्तित्वचाहिँ संकटमा पर्छ । अब वादवाला दलहरुले नाम परिवर्तन गरेनन् भने टिक्न निकै मुस्किल छ । ...... अहिले जसरी नयाँ शक्तिको अभियान चलेको छ, म उहाँहरुलाई समर्थन गर्न आएको हुँ । उहाँहरुले तपाईको सहयोग र समर्थन चाहिन्छ भन्नुभयो । तपाईको अनुभव चाहिन्छ भनेपछि उहाँहरुलाई सहयोग गर्न तयार भएको हुँ । ...... अहिले पाँच लाख रुपैयाँ नभई कम्पनी खोल्न पाइँदैन, हामी एक रुपैयाँ नभएको मानिसले पनि कम्पनी खोल्न पाउने व्यवस्था गर्नेछौं । देश विकास गर्ने सरकारले होइन, व्यक्तिले हो । ...... कुनै देश अल्प विकसितबाट विकसित भएको सय वर्षे इतिहास हेर्नुभयो भने सहकारीबाट विकास भएको पाइँदैन ......देशको विकास गर्ने भनेको व्यक्तिले हो । व्यक्तिलाई शीप सिकाएर उद्यमशील बनाउनुपर्छ । हिजोसम्म सय रुपैयाँको उत्पादन गर्ने प्रत्येक व्यक्तिले आजको दिनदेखि १० हजारको उत्पादन गर्न सक्यो भेन प्रतिव्यक्ति आम्दानी १० हजार पुगिहाल्छ ।
....... प्रत्येक व्यक्तिको उद्यमशिलता प्रवर्द्धन गर्ने आर्थिक नीति बनाइने छ ।भारतमा अहिले भइरहेको वृद्धि सन् १९९२ देखि १९९७ सम्म पाँच वर्षको अवधिमा भएको उपलब्धी हो । उनीहरुले बनाएको नीतिले आर्थिकरुपमा भारतलाई विश्वकै शक्तिराष्ट्र बनाइदियो ।
.......... भारतमा १७ डलर लिएर काम सुरु गर्ने नारायणमूर्तिले विलियन डलरको कम्पनी बनाए । भारत सरकारले कम्पनी दर्तामा सहजीकरण गरिदियो । नेपालमा कम्पनी खोल्न ५ लाख चाहिन्छ, हाम्रो नीति उद्यमशील व्यक्तिले शुन्य लागतमा कम्पनी खोल्न पाउनुपर्छ भन्ने हो । पाँच वर्षमा विकासका थुप्रै अवरोध हटाउन सकिन्छ । .......हामी खुला दिलले विदेशी लगानी भित्र्याउन चाहान्छौं ।
........ पार्टीका सदस्यलाई कानुन, अर्थशास्त्र, राजनीति शास्त्र र व्यवस्थापनको तालिम दिने योजना छ । बाबुरामजीले मसँग खोजेको पनि व्यवस्थापन नै हो । अहिलेको जमानामा आवश्यक भनेकै कुशल व्यवस्थापन हो । ....... त्यहाँ डेलिभरी गर्न खोज्दा यसले भाग नै खान्छ कि भन्ने एकथरीको धारणा देखियो । अहिलेसम्म कांग्रेसबाट राजनीतिमा जिम्मेवारी दिएको छैन, निस्केको भनुँ कि त्यहीँ छु भनुँ ? यहीबेलामा मुलुकमा केही परिवर्तन गर्छु भनेर अगाडि बढिरहेको शक्तिलाई समर्थन गर्नुलाई अस्थिरता भन्न मिल्दैन ।
No comments:
Post a Comment