


















सरकारलाई उपेन्द्र यादवको कडा चेतावनी
सरकारले दमन गरेर वार्ता विथोल्न खोजेको आरोप
‘यस्तै चलिरहने हो भने वार्तामा बस्ने वातावरण रहँदैन् । हामी तराई झर्छाै, आन्दोलन सशक्त पार्छाै । नाकाबाट एक दानो पनि छिर्न दिँदैनौं’ चेतावनी दिँदै यादवले भन्नुभयो ।ओलीको विकल्प: प्रचण्ड नेतृत्वको राष्ट्रिय सरकार !
'एमाओवादी चौथो बन्यो भने टोपबहादुरले जिम्मा लिनुपर्छ'
माओवादी नेता प्रचण्डलाई संविधानसभाबाट संविधान जारी गर्नु थियो । एमाले नेता खड्ग ओलीलाई सिंहदरबारमा प्रधानमन्त्रीको फोटो झुन्डयाउनु थियो । कांग्रेस नेता सुशील कोइरालालाई बेइज्यतीपूर्वक सत्ता बहिर्गमनबाट बच्नु थियो । .....परन्तु, प्रधानमन्त्री बन्नुअघि आकाशको तारा खसाउँछु भन्ने केपी ओली सरकारको नेतृत्वमा पुगेको तीन महिना हुँदासम्म वरको सिन्को पर सार्न नसक्ने असक्षम प्रमाणित भएका छन् । सञ्चारकर्मीहरुको टिप्पणीमा रोमको राजा निरोलाई पनि ओलीले माथ गरेका छन् । नेपाली राजनीतिलाई डेढ दशकअघिको विहारीकरण गरेका छन् ।
..... संविधानको मस्यौदामाथि जनताको सुझाव संकलन क्रममा बहुसंख्यक नागरिकबाट कार्यकारी राष्ट्रपतीय प्रणालीको समर्थन भएको हो ...... खड्ग ओलीकै रोजाइ अनुसारको संसदीय प्रचलनमा सरकार बन्नासाथ ढाल्ने क्रम सुरु हुन्छ ......मन्त्रीहरुको यही ताल हो भने आसन्न निर्वाचनमा राप्रपा नेपाल र संघीय समाजवादी फोरम पक्कै तेस्रो स्थानका निम्ति प्रतिस्पर्धा गर्ने छन् । एमाओवादी चौथो या पाचौं स्थानतिर धकेलिनुपर्ने जोखिम बढ्दो छ ।
..... खड्ग ओलीको मधुमास पूरा भएको दिन माओवादीले समर्थन फिर्ता लिनुपर्छ । यो उपयुक्त नदेखिएमा समर्थन कायम राखेर आफ्नो पार्टीका मन्त्रीहरुलाई अनिवार्य फिर्ता गर्नुपर्छ । .... ओली सरकारले कम्तिमा थारु-मधेसी आन्दोलनको सम्मान गर्नुपथ्र्यो । कालोबजारी रोक्नुपथ्र्यो । महंगी घटाउने र अभाव हटाउने इमान्दार पहल गर्नुथ्र्यो । यो सबै राष्ट्रिय जिम्मेदारीबाट च्यूत बनेर खोक्रो राष्ट्रवादको भाषणबाजी एवं मन्त्रालय विभाजन गरी-गरी शेरबहादुर देउवालाई उछिन्ने कलंक थोपरेको हुँदा सचेत नागरिक किमार्थ मौन रहन सक्दैन । ....... तेस्रो विकल्प हो, प्रचण्ड नेतृत्वमा कांग्रेस, एमाले, मधेसवादीलगायतको राष्ट्रिय सहमतिको सरकार बनाउने । जसले, थारु-मधेसीलगायत आदिवासी जनजाति, दलित, मुस्लिमका नैसर्गिक मागहरु सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नेछ
No comments:
Post a Comment