मधेस आन्दोलनको मुख्य अपराधी कांग्रेसः त्रिपाठी
कांग्रैस नै तराई मधेसका जनताको मुख्य अपराधी हो । त्यसपछि एमाले र एमाओवादी सहायक अपराधी हुन् ।’ .... उनले सीमाकंन नटुंगिएसम्म आन्दोलन नरोकिने समेत स्पष्ट पारे ।
बाबुरामले मधेसी मोर्चालाई भने-सीमांकन हेरफेर नभई आन्दोलन फिर्ता नलिनुस्
नागरिक समाजका अगुवा र मधेसका केही बुद्धिजीविसहित मोर्चाका नेताहरुको बैठक राखेर पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रमुख दलहरु सीमांकन हेरफेर गर्नका लागि तयार नभएसम्म आन्दोलन फिर्ता नलिन आग्रह गरे । ..... सीमांकन हेरफेरका लागि प्रमुख दलहरुलाई वाध्य तुल्याउन मधेश आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन समेत उनले आग्रह गरे । आन्दोलन भएको चार महिना भन्दा बढी भएको र ५० भन्दा बढीको ज्यान जाँदा पनि पमुख दलहरुले आन्दोलनलाई गम्भिरतापूर्वक नलिएको भन्दै उनले उधारो सम्झौता नगर्न सुझाव दिए ।.... बैठकमा सहभागी सबैले माग सम्बोधन नभइ आन्दोलन अन्त्य गर्न नहुने बरु आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएको
नेपालको सीमानामा २७ एफएम टावर बनाउन एसएसबीको प्रस्ताव
भारतविरोधी प्रोपोगाण्डासित लड्न एफएम चाहियोः एसएबी
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग सीमा जोडिएका क्षेत्रमा दुई दर्जनभन्दा बढी एफएम रेडियोका टावर स्थापनाका लागि अनुमति मागेको छ । कथित भारतविरुद्धको प्रोपोगाण्डा मत्थर बनाउन भन्दै उसले निश्चित ठाउँहरुमा एफएम स्टेसन खोल्ने तयारी गरेको हो ।...... एसएसबीका महानिर्देशक बीडी शर्माले संगठनको ५२ औं स्थापना दिवसमा बोल्दै आफ्ना फिल्ड युनिटबाट सीमा क्षेत्रमा देशको हित प्रतिकुल हुने खालका अफवाहहरु फैलिइरहेका र त्यसलाई सामना गर्न टावरहरु आवश्यक भएको रिपोर्ट आइरहेको जानकारी दिए । एक हजार सात सय ५२ किलोमिटर लामो सीमा क्षेत्रका २७ स्थानमा एफएम टावरहरु राख्नुपर्ने प्रस्ताव उनले गरेका छन् ।...... असी हजार जनशक्ति रहेको एसएसबीको भावी योजनाका विषयमा जानकारी गराउँदै उनले आउँदो तीन वर्षमा २ हजार ७ सय महिला जनशक्ति थप गरिने बताएको

Remembering Atal ji on his B'day with his poem.
#HappyBirthdayAtalji pic.twitter.com/0X5fVl7gL0
— Thought Gun (@ShootinThoughts) December 24, 2015









No comments:
Post a Comment