मन्त्रिपरिषद् आकस्मिक बैठकः मधेसी मोर्चालाई पेलेरै मधेसका माग सम्बोधन गर्ने निर्णय
सीमांकनमा सहमति खोज्न राजनीतिक संयन्त्र गठन गरिने
प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठकले कांग्रेसले संसदमा पेस गरेको संविधान संशोधन विधेयकलाई पारित गर्न प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । जबकी यो संशोधन विधेयकलाई आन्दोलनरत मधेसी मोर्चाले स्वीकार गरेको छैन् । ..... बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केही अराजक र उच्छृङ्खल व्यक्तिहरुले जनकपुरको जानकी मन्दिरमा हालै गरेको दुव्र्यवहार र लगाएका लाञ्छनाप्रति सरकारले निन्दा र भत्र्सना गरेको छ । साथै बैठकले राष्ट्रको शीर झुकाउने त्यस्तो अभद्र र असभ्य व्यवहार भविश्यमा नदोहोरिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै दोषिउपर कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।



No comments:
Post a Comment