



























मधेशीको मागप्रति चिनियाँ समर्थन छ : चिनियाँ दूत
चिनियाँ दूत र तमलोपा अध्यक्षबीच भेटवार्ता
नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले मधेशका जायज मागहरू प्रति समर्थन जनाएका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को कार्यालयमा पुगी अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा उनीहरूले समर्थन जनाएका हुन् । ......चिनियाँ दूतावसका मिसन उपप्रमुख (डेपुटी चिफ अफ मिसन) चेङ जी र राजनीति तथा सञ्चार प्रमुख जियाङ वेइ लगायतको टोली मंगलबार बिहान तमलोपा कार्यालय पुगी अध्यक्ष ठाकुरलाई मधेशको समस्या, मधेश आन्दोलन र समाधानका बाटाहरूको विषयमा चासो राख्दै मधेशीका समस्या र समाधानका लागि आफूहरू सकरात्मक भूमिकामै रहेको विश्वास दिलाएका छन् । ...... समानता एवं सहभागिताका निमित्त आन्दोलनरत् मधेशीहरूको पक्षमा चीन रहेको र समस्या चाँडो समाधान हुनुपर्ने आफूहरूको चाहना रहेको डीसीएम चेङले बताए । चेङले आफूहरु नेपालमा रहेका सम्पूर्ण समुदाय, वर्ग र क्षेत्रका नागरिकहरुका लागि आफूहरु साझा मित्र रहेको प्रष्ट्याएका छन् । ........ चिनियाँ अधिकारीहरूले भेटमा मधेश र मधेशीको अवस्था, आन्दोलन गर्नुपर्ने कारण, राज्यको व्यवहार र समाधानको पक्षहरूको बारेमा चासो चिन्ता व्यक्त गरेको कुरा तमलोपा अध्यक्ष ठाकुरले मधेशवाणीलाई जानकारी दिएका हुन् ।
No comments:
Post a Comment