Sunday, December 27, 2015

प्रचंड को सनातनी सोंच र सर्प चाल



संविधान कार्यान्वयनमा राष्ट्रिय एकताको विकल्प छैन : दाहाल
संक्रमणकाल सैद्धान्तिक रूपमा लम्बिएको देखिए पनि टुंगिएकै हो । संविधानसभाबाट संविधान बनिसकेपछि १२ बुँदे समझदारीको मूल ‘मिसन’ पूरा भएको छ । त्यसैले संविधान बन्नुअघिको र बनिसकेपछिको स्थितिलाई एउटै ढंगले बुझ्नु हुँदैन । ...... यी संविधान घोषणापछि देखापरेका समस्या हुन् । संविधान संशोधन गरेपछि तिनको समाधान हुन्छ । त्यस अर्थमा संक्रमणकाल अब समाप्त भएको छ । ...... मानिसहरूको बीचमा यो एउटा तर्क आउने गरेको छ– केही समय रोकेर भएपनि सबैलाई समेटिनुपथ्र्यो भन्ने कुरा । हामी आठ वर्ष रोकिएकै हो । .... पहिलो सभाबाट किन संविधान बनेन भन्नेमा मलाई लाग्छ– एकथरी शक्ति र तत्त्वलाई सभाबाट कुनै हालतमा संविधान बनाउन नदिनु थियो । अहिले पनि ती तत्वको चाहना नेपालमा सभाबाट संविधान नबनोस् भन्ने नै थियो । यदि कसैले यो ऐतिहासिक तथ्य, यो तीतो यथार्थ बुझीबुझी पनि संविधानसभाको प्रक्रिया रोक्नु भनेको यो देशलाई दुर्घटना र झन् ठूलो शून्यतामा लैजानु मात्रै हुन्थ्यो । मलाई गहिरो गरी यो विश्वास छ । ........

मैले बडो नजिकबाट हेरेको छु– कुन शक्तिले संविधान बिलकुल बन्न दिन नचाहेको हो ।

त्यही चित्र फेरि दोहोरिएको आफ्नो आँखा अगाडि छयाङ्गै देखिसकेपछि (संविधानसभा) केही दिन रोक्ने भन्ने तर्क मानिसको आँखामा छारो हाल्नका लागि त हुन सक्छ, तर मेरो बुझाइ, अनुभव र ऐतिहासिक सत्य के हो भने त्यसरी जाँदा संविधान बन्दैनथ्यो । ..... हाम्रो मिसन र १२ बुँदे सहमतिको ‘क्रक्स अफ् द म्याटर’ भनेको त संविधानसभाबाट संविधान बनाउने भन्ने थियो । त्यो असफल भएको भए यो सम्पूर्ण राजनीतिक परिवर्तनको प्रक्रिया असफल हुन्थ्यो । देश झन् ठूलो द्वन्द्व र अन्धकारतिर जान्थ्यो । अहिले देश बचेको छ । अब तराई–मधेसमा जुन आन्दोलनको स्थिति छ, संविधान संशोधनबाट सजिलै समाधान गर्न सकिन्छ । तर संविधान बनाउन रोकेर मधेसको सम्बोधन गर्न खोजेको भए कुनै हालतमा पनि सम्भव हुँदैनथ्यो । ...... मैले छिट्टै समाधान हुने देखिरहेको छु । ..... सीमांकन मुख्य विषय बनेर आएको छ । त्यसमा पनि हाम्रो दलको तर्फबाट त मेरो कुरा अहिल्यै परिमार्जन गरेर टुंग्याऊँ भन्ने छ । तर एमाओवादी एक्लैले भनेर हुने स्थिति छैन, संविधान संशोधन गर्न दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि कांग्रेस, एमाले, एमाओवादी कम्तीमा मिल्नैपर्छ ।....... कांग्रेसले राष्ट्रपति लिओस्, एमालेले प्रधानमन्त्री पाउने कुरा भएकै थियो । बरु हामीलाई केही चाहिएन, तर संविधान बनाउन र कार्यान्वयन गर्न राष्ट्रिय एकता आवश्यक छ भन्नेमा हामी थियौं । ...... अब संशोधन गर्नुपर्ने, कार्यान्वयनका लागि आवश्यक सयौं ऐन बनाउनुपर्ने छ । पुराना ऐन बदल्नुपर्ने छ । .....

तर उहाँहरूले जसरी (पुन:निर्माण) प्राधिकरण विधेयक पारित गराउन घुमाउरो तरिकाले सहयोग पुर्‍याउनुभयो, संशोधनको भाषा उहाँहरूकै सहमतिमा परिमार्जन भयो भने उहाँहरूले फेरि त्यसरी नै अघि बढ्न दिनुहुन्छ भन्ने मलाई लाग्छ ।

..... मोर्चाले आन्दोलन रोक्यौं नभने पनि आन्दोलनको रूपमा ठूलो परिवर्तन आउने सम्भावना म देख्छु । त्यसो गर्दा जनताका दैनिक क्रियाकलापमा बाधा पर्दैन । अब सभा, कोणसभा गर्ने त उहाँहरूको चुनावसम्मै चलिरहला । तर मोर्चाका नेताहरूको भित्र के देखिन्छ भने यत्तिकैमा सम्झौता गरे चुनावमा समर्थन नमिल्ला । त्यसैले ‘आन्दोलन जारी छ, जारी छ’ भन्दै चुनावसम्म जाने रणनीति मोर्चाको भएको बुझिन्छ । त्यसैले कम्तीमा आन्दोलनको स्वरूप बदलियो, सबै नाका खुले भने आन्दोलन जारी छ भन्ने मोर्चाको भाषालाई सामान्य रूपमा नै लिनुपर्छ । किनभने त्यसले जनतालाई उति अप्ठेरो हुँदैन । ......

दुई दर्जनभन्दा बढी वार्ता भइसके ।

...... नेपालमा अहिलेसम्म इतिहासमै नबनेको अग्रगामी, समावेशी, समानुपातिक, संघीयतासहितको गणतन्त्रात्मक संविधान बनेको छ । यो पहिलो संविधान हो यस्तो । ..... ‘पर्सेप्सन’ भन्ने कुरा ठूलो रहेछ । हामीले केही पाइएन भन्ने धारणा त्यहाँ परेको छ । यो धारणा गएको गयै गर्‍यो । त्यसले गर्दा जनतालाई वास्तविकता के हो भनी बोध गराउनु पनि अब चुनौतीजस्तै देखिएको छ । यो संविधानमा यति छ, यति छैन भनी मधेसका जनताले थाहा पाउँदा यो स्तरको आन्दोलन हुँदैनथ्यो भन्ने लाग्छ ....... यो किन यति ठूलो ‘स्केल’ मा भयो भन्ने कुरा जनताले बुझेका छन् । बरु विद्वान्हरूलाई बुझ्न गाह्रोजस्तो देखिएको होला, ठूल्ठूला पत्रकारलाई बुझ्न गाह्रो पनि देखिएको होला (हाँसो), तर जनताले बुझेका छन् । म भन्छु– संविधान रोक्न जुन शक्ति र प्रवृत्तिले जबरजस्ती बल, प्रयत्न गरेको थियो, हामीले मानेनौं । त्यसैले यो समस्या यति लम्बिएको हो भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझेका छन् । ...... जुन बेला हामीले यी मुद्दा उठायौं, पहाड–मधेस, साम्प्रदायिक कुरा कहीँ आएन । बाहुनक्षत्री र जनजाति भन्ने पनि आएन । सबैको बीचमा बलियो राष्ट्रिय एकताको भावना आयो । जब यी मुद्दालाई विभिन्न रूपमा दलाल पुँजीपतिहरूले, नोकरशाहले हाम्रो हातबाट खोसेर लैजान थाले, उनीहरूको हातमा गइसकेपछि यो देशै के हुने हो भन्ने खालको धारणा बन्न गयो । ...... हामी जसलाई यथास्थितिवादी पार्टी भन्छौं, भलै हामी त्यस्ता कैयौंसँग सरकारमा सँगै छौं, त्यस्ता पार्टी र प्रतिपक्षमा रहेका समेतहरू यथास्थितिवादी नै हुन् । उहाँहरूले मधेसका जनताको समस्याको चुरो कि त बुझ्नुभएको छैन, कि त बुझ्न चाहनुभएको छैन .....

त्यहाँ स्वतन्त्र मधेस भन्ने टाइपका अलगाववादी तत्त्व पनि छन् । मधेसी जनताको हित, अधिकारका बाधक तिनीहरू हुन् । हेर्दा मात्रै बडो मधेसको पक्षमा देखिएका हुन् । वास्तवमा ती अतिवादी र आत्मघाती हुन् ।

..... सुगौली सन्धि अघिपछिको सम्बन्ध, अंग्रेज बस्दा र जाँदाको सम्बन्ध, २००७, ०१७ र ०४६ सालअघि र पछिको सम्बन्ध, अनि अहिले संविधान बन्नुअघि र पछिको सम्बन्ध– सबैका आ–आफ्नै विशेषता र मौलिकता छन् । .....

अहिलेकै समस्याबारे भन्दा– भारतले आधिकारिक रूपमा नाकाबन्दी गरेको स्वीकार गरेको छैन । तर आम जनता, नेपाल सरकार र हामी राजनीतिक दलहरूलाई भारतले अघोषित भन्दाभन्दै नाकाबन्दी नै लगाएकै हो भन्ने परेको छ ।

..... अत्यधिक बहुमतले संविधान नै पारित भइसकेको थियो, केवल घोषणा गर्न बाँकी थियो । त्यस्तो बेलामा भारत सरकारको तर्फबाट प्रतिनिधिहरू आएर ‘रोक’ भनेर जसरी भने, समस्याको चुरो त्यहींनेर छ । यसलाई के मानसिकता भनेर बुझ्ने ? ‘रोक, रोकेनौ भने परिणाम राम्रो हुँदैन’ भन्ने मानसिकता के हो ? यो धेरै महत्त्वपूर्ण छ । ..... केही दिनभित्रै सहज हुने वातावरण बन्छ भनेरै म लागिरहेको छु ....... हालै केन्द्रीय समिति बैठकमा एकजना जिम्मेवार कमरेडले भन्नुभयो,

‘यदि वैद्यजी विभाजित नभएको भए नेपालमा संविधान बन्दैनथ्यो । बाबुरामले नछाडेको भए पार्टी बन्दैनथ्यो ।’

बाबुरामजीको कामै पार्टीभित्र कचिंगल पैदा गर्ने, जहिल्यै एउटा–एउटा समस्या ल्याएर अप्ठेरो पार्ने हो भन्ने उहाँको भनाइ थियो । ..... मलाई त लाग्छ– वैद्यजी फेरि एकतामा आउनुपर्छ, बाबुरामजी फर्कनुपर्छ । झन्डै ३० वर्षदेखि एउटै कमिटीमा बसेका साथी जाँदा कहिलेकाहीं बडो नमीठो लाग्छ । बडो मार्मिक पनि लाग्छ । तर परिवर्तनको प्रक्रिया भनेको बडो निर्मम हुँदो रहेछ । त्यसलाई स्विकार्नुपर्ने रहेछ । विकल्प हुँदो रहेनछ । ..... संविधान बनाउने बेला अन्तिममा जुनजुन शक्तिले रोक भने, त्यसपछि भने उहाँ पनि रोक्नेमा जानुभयो । अनि घोषणा हुनेबित्तिकै पार्टी परित्याग गर्नुभयो । त्यसकारण भन्छन् नि– ‘थिङ्स आर नट् ह्वाट दे सिम् ।’

प्रचंड माओवादी साओवादी केही होइन, सनातनी हो भनेर मैले भन्ने गरेको केही हप्ता भयो। What took you so long? Or, rather, what took me so long?

संक्रमण काल को सबैभन्दा विकराल फेज बाट हामी गुज्रिरहेका छौं। यो यस्तो विकराल फेज हो कि कुरा तल माथि परे देश एक नरहन सक्छ। तर प्रचंड भन्छ संक्रमण काल टुंगियो। के आधारमा भनेको? यो स्थिति विकराल पारेकै उसले।

१२ बुँदे को मुल मिशन के? राज सिंहासन बाट ज्ञानेन्द्र लाई हटाएर त्यस माथि तीन सनातनी लाई राख्ने भन्ने थियो कि राज सिंहासन नै ध्वस्त पार्ने भन्ने थियो? ध्वस्त भएको छैन त। धर्म निरपेक्षता थियो कि थिएन? अहिले को संविधानमा न धर्म निरपेक्षता छ न प्रेस स्वतंत्रता छ। १२ बुँदे को मुल मिशन संघीयता र समावेशीता थियो कि थिएन? अहिले दुबै छैनन्। ज्ञानेन्द्र हट्यो भनौं भने पंचायत काल मा नभएको दमन भएको छ। २०४६ र सन २००६ को प्रमुख खलनायक अहिले प्रचंड को बेस्ट फ्रेंड छ। यही थियो मिशन?

जयशंकर जति बेला आयो काठमाण्डु आयो त्यो उनी हरुको विश्लेषण का आधारमा आएको हो। हैकम जमाउन आएको होइन। उनी हरुको विश्लेषण मा मधेस भड्किने देखे अनि one friend to another आगाह गर्न आएको। दोस्त को कुरा मनन गरेको भए देश लाई २० बिलियन डॉलर को चुना नलाग्ने। २० बिलियन ले २० मेगावाट बिजुली निकालेर देशलाई धनी देश बनाउन मिल्छ तीन वर्ष भित्र मा। त्यो धेरै पैसा हो। जनता ले यसको हिसाबकिताब प्रचंड, ओली र कमल थापा र सुशील सँग अर्को २० वर्ष मागनेछन्।

जयशंकर जति बेला आयो काठमाण्डु आयो त्यति बेला संविधान सभा अर्को ६ महिना चल्नुपर्ने थियो। संविधान सभा को एउटा विश्वव्यापी मान्यता छ। मानव अधिकार जस्तो। होइन हाम्रो देश मा त वाक स्वतंत्रता अर्कै छ भन्ने ठाउँ छैन। संविधान सभा त्यस्तै हो। त्यति बेला दर्ता गरिएको प्रत्येक संसोधन प्रस्ताव र संविधान कै प्रत्येक धारा मा बिना व्हिप जारी गरी प्रत्येक सभासद ले स्वतंत्र किसिम ले बोल्ने र मतदान गर्ने --- गर्नु पर्ने त्यो थियो। अहिले आएको एउटा समस्या आउने थिएन। जाडोमा मान्छे मर्ने हुने थिएन। तर तस्करी कालाबाजारी नै रोजीरोटी हुने लाई त यो आंदोलन चाहिएको थियो।

पहिलो संविधान सभा तुहाउने एक्लो मान्छे प्रचंड हो। आफ्नो आत्म समीक्षा गर्न नसक्ने यो almost psychotic स्थिति देखियो। जनता मा जाँदा संविधान का लागि भनेर वोट माग्ने --- तर चुनाव जिते पछि नेपाल सेना सँग निहुँ खोज्ने? नेपाल सेना लाई तरसाएर एक पार्टी अधिनायकवाद लादन खोजेको सन्देश सबै तिर गयो। देश विदेश सबैतिर गलत सन्देश गयो। संविधान सभा पनि मटियामेट, त्यस पछि को चुनाव पनि भद्रगोल। त्यसको जिम्मेवारिबोध प्रचंड लाई कहिले हुने?

प्रचंड ले संविधान सभा पनि भाँडेको, आफ्नो पार्टी पनि सानो पारेको। जनता ले वाच गरिरहेको हुन्छ। प्रचंड को नेता एमाले भए पछि हाम्रो नेता किन प्रचंड, हाम्रो पनि नेता एमाले भन्दै थुप्रै ले माओवादी desert गरे।

" एकथरी शक्ति र तत्त्वलाई सभाबाट कुनै हालतमा संविधान बनाउन नदिनु थियो" ---- यो भनेर न प्रचंड ले ज्ञानेन्द्र न कमल थापा भनेका हुन। यो मधेसवादी लाई भनेको हो। लाज लाग्दैन? कमल थापा सँग एउटै कैबिनेट मा बसिरहेको मान्छे ले मधेसवादी लाई प्रतिगामी भन्न लाज लाग्दैन?

एमाओवादी ले एक मधेस दो प्रदेश चाहेको हो? हो भने यो समस्या दुई मिनट मा टुङ्गिन्छ। ढाट्ने कुरा।

"तर उहाँहरूले जसरी (पुन:निर्माण) प्राधिकरण विधेयक पारित गराउन घुमाउरो तरिकाले सहयोग पुर्‍याउनुभयो, संशोधनको भाषा उहाँहरूकै सहमतिमा परिमार्जन भयो भने उहाँहरूले फेरि त्यसरी नै अघि बढ्न दिनुहुन्छ भन्ने मलाई लाग्छ ।"

कति disrespectful कुरा यो। मानों मधेसी नेताले नचाहि नचाहि मधेसी जनता सड़कमा आएका छन। यही कारण मैले भनेको मधेसी मोर्चा को गल्ती नै वार्ता गर्नु हो। एक मधेस दो प्रदेस बिना यो आंदोलन टुंगिन सक्छ भन्ने भ्रम प्रचंड लाई दिने कुन चाहिँ मधेसी नेता हो?

यही प्रचंड, सुशील, बामे, ओली, कमल थापा ले मितेरी पुल मा पुर्याएको आंदोलन हो। नाकाबंदी मधेस आंदोलन ले फिर्ता लिनु भनेको हार मान्नु हो। किन हार मानने? आंदोलन की शक्ति दिन दुना रात चौगुना बढिरहेको बेला? ११ बुँदे अनुसार संविधान संसोधन गर अहिले को अहिले नाकाबंदी समाप्त। हामीले बाटो नदेखाइ दिएको हो र?

यो कुनै चुनाव का लागि गरिएको आंदोलन होइन। ११ बुँदे पढ्ने मौका नपाएको हो?

न यो संविधान अग्रगामी हो ----- न धर्म निरपेक्षता, न प्रेस स्वतंत्रता, न संघीयता, न समानुपातिक समावेशीता भएको संविधान। योभन्दा धेरै अग्रगामी त योभन्दा अगाडि को अंतरिम संविधान थियो जसमा सीमांकन र नामांकन बाहेक सब थोक आइसकेको थियो। अहिले को संविधान लाई इतिहास को सबै भन्दा राम्रो भन्ने प्रचंड ले अंतरिम संविधान लाई बिर्सेको?

मधेसी जनता ले नबुझेर सड़क तताएको होइन। बुझेर सड़क तताएको हो। जुन दिन प्रचंड ले बुझ्छन त्यस दिन प्रचंड ले पनि सड़क तताउने छन।

घुमाई फिराई प्रचंड ले फेरि यो आंदोलन गर्ने प्रतिगामी भन्न भ्याएका छन। जो मान्छे कमल थापा को बायाँ दायाँ बसेको छ उसले मधेसी मोर्चा लाई प्रतिगामी भन्दिने?

हुँदा हुँदा बाबुराम पनि प्रतिगामी। भयो अब!

प्रचंड ले एक मधेस दो प्रदेस मानेको हो भने समाधान सजिलो छ। ओली लाई भारेभुरे दल ले घुर्की लगाउँदा मंत्रालय थपेको छ, प्रचंड ले सरकार ढालने घुर्की लगाउने हो भने ओली ले तु एक मधेस दो प्रदेस मान्छ।

इमान को कुरा छ। The ball is in Prachanda's court.





No comments: