














भाजपा सांसद् भन्छन्–नेपालका १५ जिल्ला भारतले खोस्नुपर्छ https://t.co/9MT7pwZ7hz pic.twitter.com/usI0DPjENH
— Annapurna Post (@Annapurna_Post) November 25, 2015

यो राष्ट्रियता भन्ने कुरो पनि मलाई त फटाहा नेताहरुको गरी खाने च्याँखे जस्तो लाग्न थाली सक्यो …क़स्सम !!!



Solar power may be cheaper than coal in India by 2020
Kirti Azad, MP: Nepal Should Return 15 Districts To India
भाजपाका सांसदले भने- नेपालका १५ जिल्ला खोसेरै भारतमा गाभ्नुपर्छ
भारतीय जनता पार्टीका सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले नेपालको तराइ भेगका १५ वटा जिल्ला भारतको भएको दावी गरेका छन् । ...... तराइका १५ जिल्लालार्इ भारतमा गाभ्नुपर्ने भन्दै उनले कुटनीतिक माध्यमबाट नेपालले नमाने बल प्रयोग गरेर खोसेरै लिनुपर्ने समेत बताएका छन् । ....... भारतको दरभंगामा भएको एक कार्यक्रममा भाजपाका सांसद आजादले मधेसका १५ जिल्ला अंग्रेजले नेपाललाई दिएको दावी गरे । उनले भने, त्यो सबै हिन्दुस्तानको भूभाग थियो । तर, कसैले न त्यसबेला आवाज उठाए, न अहिले फिर्ता लिन पहल गरेका छन् ।’ ....... उनले नेपालमा भइरहेको मधेस आन्दोलनको समर्थन गर्दै उनीहरुको माग पुरा गर्नु पर्ने समेत बनाएका छन् । ...... यसअघि भाजपाकै नेता राजनाथ सिंहले नेपालमा करिव डेढ करोड भारतीय नागरिक रहेको भन्दै उनीहरुको सुरक्षा भारतको सरकारको प्राथमिकतामा रहेको बताएका थिए । भारतीय अधिकारीहरुले मधेसी समुदायलाई भारतीय मूलको भन्दै उनीहरुको पक्षमा लाग्नु स्वभाविकै भएको तर्क गर्ने गरेका छन् । तर, कुनै भारतीय सांसदले नेपालको भूभागमाथि नै दावी गर्नेगरी पहिलोपटक अभिब्यक्ति दिएका हुन् ।नेपालमा बिखण्डनबादी आन्दोलन चलाइरहेका सीके राउत र भाजपा सांसद किर्तिको आवाज एउटै देखिएको छ ।
No comments:
Post a Comment