Tuesday, November 24, 2015

In The News (60)

दमननाथ भन्छन्- मधेस आन्दोलनमा भारतको हात छैन
भारतले नाकाबन्दी गरेको छैन : सुन्दरमणि, अन्तराष्ट्रीयकरण गरेर केही फाइदा छैन: लोकराज बराल
सरकारद्वारा श्वेतपत्र जारी, आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित (पूर्णपाठ)
बन्द, हड्ताल र आपूर्ति प्रणाली लम्बिए थप संकुचित



प्रधानमन्त्रीको भोजभतेरमा १२ लाख ६१ हजार खर्च
ओलीले लिए सवा लाखको आइप्याड
एक महिनामा सवा लाखभन्दा बढीका पत्रपत्रिका
भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण इन्धन अभावले गरिब जनताको चुलो बल्न छाडेका बेला प्रधानमन्त्री केपी ओलीले आफ्नो बालुवाटारस्थित निवासमा भोजभतेर र खाजानास्तामा मात्र लाखौं फजुल खर्च गरेको खुलासा भएको छ । ...... भोजभतेर र खाजानास्ता अनमोल क्याटरिङ सर्भिस प्रालिले आपूर्ति गरेको छ । ..... प्रधानमन्त्री कार्यालयले ओलीका लागि भन्दै १ लाख १७ हजार ४ सय ७ रुपैयाँको एप्पल आइप्याडसमेत खरिद गरेको छ । आइप्याड ग्लोबल लिंक टेक्नोलोजी प्रालिबाट खरिद गरिएको वेबसाइटमा उल्लेख छ । ...... प्रधानमन्त्री ओलीले कार्यालय र निवासका लागि कात्तिक महिनामा मात्र १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन् । आचार्य ट्रेडर एन्ड सप्लायर्स प्रालिबाट ओलीका लागि उक्त रकमका पत्रपत्रिका खरिद गरिएको हो । जबकि, कात्तिकमा दसैं-तिहार परेकाले पत्रपत्रिका कमै निस्किएका थिए । कुन-कुन पत्रिका कति परिमाणमा किन्दा यति ठूलो रकम खर्च भएको हो भन्ने वेबसाइटमा उल्लेख छैन ।


बाबुरामको नयाँ शक्तिमा कार्यविभाजन
सबै पूर्वमाओवादी परे
दुई महिने अभियान सञ्चालन गर्ने ..... केन्द्रीय संयोजकमा भट्टराईलाई चयन ..... कार्यविभाजनमा सबै पूर्वमाओवादी नेता छन् । ..... किराँत–लिम्बूवान–कोचिला संयोजकमा राजेन्द्र किराती, मिथिला–भोजपुरा संयोजक रामचन्द्र झा, नेवा:–ताम्सालिङ संयोजक गंगा श्रेष्ठ, तमूवान–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुली, मगरात–अबध–थारुवान संयोजकमा वामदेव क्षेत्रीलाई तोकिएको छ । ...... भेरी–कर्णाली संयोजकमा भक्तबहादुर साह, सेती–महाकाली संयोजकमा नवराज सुवेदी, जबस–मोर्चा संयोजकमा कुमार पौडेल, अन्तर्राष्ट्रिय संयोजकमा हिसिला यमी, जातीय मोर्चा संयोजकमा रामकुमार शर्मा छन् ।
दाहाल र मधेसी मोर्चा नेताबीच भेट
दाहालले सीमांकनलगायत विषयमा छलफल गरेका हुन् । ..... भेटमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव र सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए । मधेसी मोर्चासँगको छलफलले सहमतिको आधार बनेको दाहाललाई उद्धृत गर्दै सहयोगी चूडामणि खडकाले बताए । 'मधेसवादी दलसँग भएको छलफलका आधारमा भोलि अध्यक्षले प्रधानमन्त्रीलाई भेटदै हुनुहुन्छ,' उनले भने, 'छुट्टाछुट्टै कुराकानीपछि कांग्रेस र एमालेसँग बसेर विषयवस्तु टुंग्याउने कुरा भएको छ । अब यो मुद्दा टुंगिने दिशातर्फ अघि बढेको छ ।' ......

फोरम अध्यक्ष उपेन्द्र यादवले भने डेढ घण्टाजति भएको छलफलमा कुनै आशाजनक कुराकानी नभएको टिप्पणी गरे ।

'अनौपचारिक लामो कुराकानी त भयो, तर यसभन्दा अगाडि के गर्ने हो भन्नेमा हामी कुनै निक्र्योलमा पुगेनौं,' यादवले भने । तमसपा अध्यक्ष महेन्द्र राय यादवले पनि वार्ताका लागि सरकारी उदासीनता देखिएकाले दाहाल एक्लैको तत्परताले केही नहोला कि भन्ने आशंका बढेको टिप्पणी गरे । दाहालनिकट स्रोतले दुई-तीन दिनभित्र निर्णायक वार्ता हुन सक्ने दाबी गरे पनि मोर्चा नेताले त्यस्तो कुनै सम्भावना नरहेको बताए । सरकार संकट लम्ब्याउँदै आफूअनुकूल हुने गरी निर्णय गराउन चाहिरहेको आरोप उनीहरूको छ ।
नेताहरूको परीक्षाको घडी
संविधानप्रतिको असन्तुष्टिबाट थालिएको मधेस आन्दोलन बढी अराजक र हिंसात्मक भएको अनुभूति सबैतिर हुनथालेको छ। यसको मुख्य कारण यतिका दिनसम्म पनि सरकारले ठोस रूपमा वार्ता गरी समाधानतिर लाग्ने अठोट नदेखाएको र आन्तरिकभन्दा बाह्य शक्तिको बढी हात रहेको सरकारी निष्कर्ष हो। ..... सजिलै हल हुने खालका समस्यालाई पनि जटिल पार्ने काम दलका नेताले गरेकाले जनताले कष्ट भोग्नुपरेको अवस्था आएको छ र राष्ट्रियतालाई साँगुरो घेरामा व्याख्या गरिँदा समस्या झन् बढी जटिल हुने कुरा बुझ्न जरुरी छ। ...... धेरै राजनीति गर्ने र थोरै राजनीतिक सोच र जनचाहनाको ख्याल नराख्दा समस्या आउने हो। नारा र भाषण बढी र जनमुखी काम कम हुँदा जनतामा बाँकी रहेको लोकतन्त्रप्रतिको आस्था र विश्वासमा कमी हुँदै गई लोकतन्त्र धराशायी हुने अवस्था नआउला भन्न सकिँदैन। ...... प्रदेशको संख्या बढाउँदा समस्या बढ्ने भन्ने तर्क कुनै एक पाटोको पुष्टि होला, तर राष्ट्र बचाउन भने आफ्ना पुराना अडान छोड्नैपर्छ। यो नेपालको आन्तरिक कुरा भए पनि यो समस्या बाहिर पुगेको तथ्य भारत र अन्य मुलुक वा संस्थाले व्यक्त गरेका विचारले पुष्टि गर्छ। ..... नत चीन या अन्य कुनै देश भारतको विकल्प बन्न सक्छन्। .....

भारत र चीन आज असल छिमेकी र असल आर्थिक सहयात्री या स्वस्थ पतिस्पर्धीका रूपमा अघि बढिरहेका छन्। उनीहरू शान्ति र स्थिरताको खोजीमा लागेको कुरा गरिरहेका छन्।

..... भौगोलिक परिवेश र बाध्यताले झन् बढी भूमिका खेलेकाले यो स्थायी छ। यसमा व्यावहारिक रूपमा भारत र चीनबीच नेपालको समदूरीको कुरा लागु हुँदैन। ......

यदि घरमा शान्ति र समृद्धि भए परराष्ट्र नीति पनि ठीक हुन्छ। यदि रडाको मच्चिए छिमेकीले सतर्क गराउँछ र कहिलेकाहीं मिलाइदिने प्रयास पनि गर्छ।

..... तर नेपाली नेताले यसतिर ध्यान दिएको पटक्कै पाइँदैन नत नीति निर्माण र मूल्यांकन गर्ने सहायक संस्थाको विकास गर्न कुनै ध्यान दिएको छ। भएका अनुसन्धान केन्द्र पनि दलीय राजनीतिको पेलानमा ध्वस्त भएका छन्। संविधान जेनतेन ल्याए पनि संस्कार बनाउन र त्यसअनुसार चल्न सकिएन भने संविधान कागजको खोस्टो या आवरणमात्र बन्छ। आज संस्कार बनाउनेभन्दा पनि भत्काउने परिपाटी बढ्दै गएकाले लोकतन्त्रको भविष्य उज्यालो छ भन्ने अवस्था छैन। उज्यालो भविष्यका लागि विशेषगरी नेतृत्व वर्ग लचिलो र विवेकशील हुनैपर्छ।


राजनीतिक कारणले अर्थतन्त्र इतिहासकै जोखिमपूर्ण अवस्थामा
हाल सरकारको उपस्थिति प्रभावकारीसमेत हुन नसकेकाले कालोबजारीका रूपमा समानान्तर अर्थतन्त्र मौलाउँदै गएको बताए। ‘यो शुभ संकेत हैन। यसले राजनीतिमा पनि दीर्घकालीन असर पार्ने छ,’ उनले भने। ......

१ खर्बको सामान सीमामा अडकिएका छन्।

२ हजार २ सय उद्योग बन्द छन्। ४ लाख कामदार रोजगारीविहीन बनेका छन्। ‘उनीहरूलाई तलब खुवाउन सक्ने अवस्था छैन,’ उनले भने। ....

अर्थमन्त्री विष्णु पौडेलले गैरआर्थिक कारणले समस्या सिर्जना भएको बताउँदै के गरेमा समाधान हुने भन्नेमा आफू अनभिज्ञ रहेको बताए। ‘अहिलेको समस्याको प्रमुख कारण नै राजनीति हो। तर, किन यस्तो भयो हामीले पनि बुझ्न सकेका छैनौं,’ उनले भने, ‘नाकाबन्दी किन भयो? हामीले के गल्ती गर्‍यौं? भन्ने कुरा बुझ्न सकिएको छैन।’

...... सरकारल हाल एक वर्षमै लोडसेडिङ अन्त्य गर्ने ‘हावादारी’ भाषण नगरेर रोकिएर रहेका जलविद्युतका आयोजना अघि बढाउनुपर्ने ...... ‘बर्बाद भयो, बर्बाद भयो भन्नेतिर मात्रै लाग्यौं। उपाय खोज्नतिर कहिल्यै लागेनौं।’ ..... भीष्मराज आङदेम्बेले भारतको अघोषित नाकाबन्दीको विषयमा अन्तर्राष्ट्रिय अदालत पुग्नुपर्ने धारणा राखे। ‘सन्धि सम्झौताअनुसार हामीले क्षतिपूर्ति खोज्ने हो कि,’ उनले भने। .... राजस्व सचिव राजन खनालले सरकारले हालसम्म

३० अर्ब राजस्व गुमाइसकेको

बताए ...... ‘राजनीतिक त्रुटिले जन्माएको समस्या हो। राजनीतिक नेतृत्व सुतेर बसेको छ। सरकार पनि सुतेर बसेको छ ...... ‘असोज ८ पछिको आयात निकै कष्टकर देखिएको छ,’ उनले भने, ‘वीरगन्ज नाका नखुलेसम्म भयावह अवस्था कायमै रहने छ।’ उनले

भैरहवा नाकापारि ३ हजार ट्रक तथा कन्टेनर रोकिएको

बताए। त्यस्तै वीरगन्ज नाकामा १० किलोमिटरको लाइन छ। मेची नाकामा १ सय २५ वटा ट्रक तथा कन्टेनर रहेको उनले बताए। ..... महासंघको ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले अहिलेको राजनीति ऊर्जा सुरक्षा र जलविद्युतको रहेको बताए। ‘आन्दोलन पनि यसैमा जोडिएको छ,’ उनले भने, ‘ऊर्जामा हामी सक्षम र सबल भए अहिलेको जस्तो समस्या हुने थिएन।’
कात्तिकमा राजस्व आधा घट्यो
चालू आर्थिक वर्षको ४ महिनामा राजस्व संकलन ३८ अर्ब रुपैयाँ कम भएको छ । कात्तिक सम्ममा १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । ‘यसमध्ये ९२ अर्ब ५७ करोड रुपैयाँ मात्रै कात्तिकसम्म संकलन भएको छ ...... सामान आयात र राजस्व संकलनमा प्रमुख हिस्सा ओगटेको वीरगन्ज नाका ठप्प छ । जसले गर्दा भन्सार राजस्व संकलनमा कमी देखिएको हो । राजस्व संकलन र कुल समग्री आयातको करिब ६० प्रतिशत हिस्सा वीरगन्ज नाकाले ओगटेको छ । ..... साउन अन्तिमबाट मधेसी दलहरूले बन्द सुरु गरेका हुन् । बन्द सुरु भएको एक सय दिन बितिसक्यो । .....

नाकाबन्दी सुरु भएलगत्तै धेरै समानहरू नेपाल ल्याउनका लागि लोड नै हुन छाडेका छन् ।

.... बन्द अघिका सामग्रीहरूसमेत भन्सार नाका तथा सुख्खा बन्दरगाहमा रोकिएर बसेका छन् । सबै भन्सार नाकाबाट दैनिक ४ हजारको संख्यामा ट्रक कन्टेनर भित्रने भारत तर्फको नाकाबाट हिजोआज फाट्टफुट्ट मात्रै ट्रक तथा कन्टेनर भित्रिरहेका छन् । भन्सार विभागको तथ्यांकअनुसार बन्द र अघोषित नाकाबन्दी सुरु भएपछि औसतमा दैनिक ३ सय ५० ट्रक तथा कन्टेनरहरू मात्र भित्रिइरहेका छन् । कहिलेकाही मात्रै पाँच सयको संख्यामा भित्रने गरेको विभागको तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार भारतबाट सबैभन्दा बढी सामान आयात हुने नाका क्रमश: वीरगन्ज, भैरहवा, बिराटनगर, काँकडभिट्टा, नेपालगन्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर हुन् । ........ रसुवा, गोरखाको लार्के, मुस्ताङ, मुगु, किमानथांका, ओलङचुगोला, लामाबगर, तातोपानी र कर्णालीको यारी चीन तर्फका नाका हुन् ।

चीन तर्फबाट सामान आयात हुने प्रमुख तातोपानी र रसुवागढी दुवै नाका भूकम्पका कारण बन्द छन् ।

३१ मध्ये बाँकी २० वटा भारतर्फ जोडिएका नाका हुन् । यसमध्ये तातोपानी र रसुवागढी र भारतका ८ वटा नाकाले सामान आयात र राजस्वमा ९८ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । तराईमा सञ्चालित करिब २ हजार २ सय उद्योगहरू सञ्चालन हुन पाएका छै्रनन् । .....

औद्योगिक क्षेत्रमा मात्रै दैनिक २ अर्ब रुपैयाँले क्षति पुगेको छ

कोइरालाले भने, ‘म घुम्दा किन दुख्ने तपाईंको टाउको ?’

No comments: