Join the Match against #NepalGvtSuppression #MadhesMarchToDC #100DaysOfSuffering #100DaysProtestNepal pic.twitter.com/Fy2w8LRiar
— Khushbu Mishra (@mishrakhushbu6) November 22, 2015
१०० औं दिनमा शोकाकुल सप्तरी
•दुई प्रदर्शनकारीको मृत्यु •एसपीको गाडी पनि जलाइयो •मोर्चा नेताप्रति कार्यकर्ता आक्रोसित
मोर्चा कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गर्न भारदह, रुपनी तथा बिषनपुर गरी तीन स्थान तोकेका थिए । तिनै स्थानमा साँझबाटै सयौं भेला भएका थिए । उनीहरुले आन्दोलनस्थलमै खाना खाएका थिए । साँझ करिब ५ हजारको संख्यामा लाठी र भाटा बोकेका प्रदर्शनकारीले भारदहमा प्रदर्शन गरे । सोही क्रममा इलाका प्रहरी कन्चनपुरको जीपमा उनीहरुले आक्रमण गरे । ..... गाडी पूर्णरुपले क्षतिग्रस्त भएको छ । गाडीमा सवार प्रहरीहरुले हात जोडेर प्रदर्शनकारीसँग आक्रमण नगर्न भनेपछि छाडिएका थिए । राति १० बजेबाट शुरु हुने प्रहरी स्कर्टिङका लागि प्रहरी इलाका प्रहरी कर्यालयमै बसेका थिए । ..... स्कर्टिङ अवरुद्ध गर्न प्रदर्शनकार सडकमा धर्ना बसेका थिए । राति साढे १० बजेतिर करिब ५ सयको संख्यामा रहेका नेपाल तथा सशस्त्र प्रहरी घर्ना बसेका प्रदर्शनकारीलाई सडक छाड्न भनेका थिए । कुनै पनि हालतमा सडक नछाड्ने अडानमा रहेका प्रदर्शनकारीहरु त्यहीँ बसिरहे । ...... त्यसपटि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा गरेका थिए । उनीहरुले गुलेलीको प्रयोग समेत गरेका थिए । प्रहरीले अश्रुग्यास पनि प्रयोग गरेको थियो । अवस्था थप तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएका थिए । ...... भारदहको पेट्रोलपम्पनजिकै रहेका प्रदर्शनकारीमध्ये तीनजनालाई गोली लागेको थियो । उनीहरुलाई प्रहरीले उपचारका लागि धरान पठाएको भने पनि एकजना धरानमै रहेको तर अरु दुईजना कहाँ छन् भन्ने पत्तो नभएको मोर्चाका नेताले जनाएका छन् । ...... त्यहाँबाट प्रदर्शनकारीहरु भागेपछि पोर्ताहा चोकमा जमा भएका प्रदर्शनकारीलाई लक्षित गरी प्रहरीले गोली चलाएको थियो । भारदहमा प्रहरी तर्फबाट सयौं राउन्ड गोली प्रहार भएको आन्दोलनकारीको दाबी छ ।मधेसी मोर्चाको मागबारे प्रमुख दलले साझा धारणा बनाउने
स्थानीय पसलका सटरहरुमा ४ देखि पाँच फिटको उचाईमा गोलीले बनाएका सयौ प्वालहरु देखिन्छ ।
....... प्रत्यक्षदर्शीका अनुसार आक्रमणमा संलग्न प्रदर्शनकारी खोज्दै प्रहरी टोली अस्पताल परिसर पुगेको थियो । आन्दोलनकारी भागेका थिए । त्यसक्रममा प्रहरीको कुर्टाइबाट अस्पतालका प्याथोलोजिष्ट डा. बिश्वनाथ मण्डल घाइते भएका छन् । ......प्रहरीले अस्पताल परिसरमा अन्धाधुन्ध लाठी चार्ज गरेकाले अस्पतालका कर्मचारी र बिरामीका कुरुवाहरु घाइते भएको अस्पतालका निमित्त प्रमुख डा दिपा यादवले दाबी गरिन् । यादवले बिज्ञप्ती जारी गरी दोषी प्रहरीलाई कारवाही नभएसम्म अस्पतालको आकस्मिकबाहेक सेवा ठप्प पारिएको जनाइन् ।
...... प्रदर्शनकारीले बरमझियास्थित सुन्दरी खोलाको पक्की पुल भत्काउन थालेपछि प्रहरीसँग दोहरो झडप भएको छ । घनलगायत औजारले पुलको आधा भाग भत्काइसकेपछि आइपुगेको प्रहरी टोलीसँग झडप भएको थियो । ....... प्रदर्शनकारीले तीनवटा जर्किनमा ५ सय लिटर डिजेल लिएर जादै गरेको ज१च नम्बरको एमबुलेन्सलाई कन्चनपुरमा नियन्त्रणमा लिन खोजेका थिए । ..... सप्तरीका बिभिन्न स्थानमा भएको झडपमा प्रहरीले गरेको कारबाहीबारे प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले असन्तुष्टि जनाएका छन् । ‘सुरक्षा निकायका केही अधिकारीहरुले गलत रिपोर्टिङ गरेका कारण प्रहरीबाट आवश्यकभन्दा बढी बल प्रयोग भएको हो’ उनले भने, ‘त्यसैले बढी मानवीय क्षति भएको छ ।’जुनसुकै अवस्थामा पनि ढाड भन्दामाथि गोली हान्नु नहुने भन्दै ठाकुरले तर, अधिकांश गोली ढाडभन्दा माथि लागेको देखिएको
र यसको छानबिन हुँदै गरेको उनले बताए । ......... सप्तरीमा १ हजार ५ सय जनाभन्दा वढिको संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी उतिकै संख्या परिचालित छन् । .....‘मुसालाई खेलाएजस्तै हाम्रा शीर्ष नेताहरु वार्ताको नौटंकीमा सामेल हुन काठमाडौ बसेकामा कार्यकर्ताहरु आक्रोशित भएका छन्’ यादवले भने, ‘मधेसको मागबारे तीन ठूला दलले ठोस एजेण्डा नबनाएको प्रष्टै छ जहिले पनि थप सहमति र ठोस एजेण्डा बनाउन भन्दै समय लम्बयाउदै गरेको रणनिति किन हाम्रा नेताहरुले नबुझेका हुन् ?’ यही अवस्था रहे जिल्लाका कार्यकर्ताहरु पार्टी छाडेर छुट्टै किसिमको आन्दोलनमा जान सक्ने उनको बुझाइ छ ।
...... फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साह शीर्ष नेताहरु आन्दोलनमा रहेका सबै मधेसवादी दल र शक्तिहरुसँग बृहत् मोर्चा बनाएर जिल्ला जिल्लामा आन्दोलनको मोर्चा सम्हाल्न आउनुपर्ने बताउँछन् । ‘उनीहरुले काठमाडौ नछाडे आन्दोलन अघि बढ्न सक्दैन’ उनले भने,‘सरकार वा दलसँग वार्ता भए मधेसमै गर्नुपर्छ ।’
प्रधानमन्त्रीले भने, ‘राष्ट्रियतामा विश्वासघात गर्दिन’
गच्छदार, महत र ढकाल भारतसँगको सम्बन्ध सुधारको पक्षमा
उत्तरतर्फका सबै नाका खोल्ने तयारी : रावल
गच्छदारले उत्तरका सातवटै नाका खोल्न कठीनाई भएको बताए । उनले सात दिनमा खोल्ने भनिएका नाका खुलाउन पनि दुई वर्ष लाग्ने जानकारी गराएका थिए ।
.... महतले क्रान्तिकारी कुरा गरेरमात्रै समस्या समाधान नहुने बताउँदै भारतसँगको सम्बन्ध सुधारकै पक्षमा जोड दिएका थिए । ...... ढकालले जनताको भोक प्यास मेटाउन राष्ट्रियताको नारामात्रै लगाएर नपुग्ने भन्दै समाधान खोज्नुपर्ने बताए ।
‘कैलाली र कञ्चनपुरमा थारु समुदायका हकहित र अधिकारका लागि एमाले र अहिलेको सरकार बिशेष क्षेत्र कायम गर्न तयार रहेको’ बताए ।
मधेस आन्दोलनको १०० दिनमा मोर्चाका नेता नयाँ शक्ति अभियानमा (फोटो फिचर)
पूर्वएमाओवादी नेता बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा गर्ने उद्देश्यले सुरु गरेको ‘नयाँ शक्ति अभियान’मा मोर्चाका दुई शीर्ष नेता देखिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौंको चाबहिलस्थित एक पार्टी प्यालेसमा भएको ‘नयाँ शक्ति अभियान’मा देखिए । ..... ठाकुर र यादवलाई सम्बोधन गर्न पनि दिइयो । ....... त्यसो त यादवको पार्टीसँग एकता गर्ने तयारी भएको समाचार कान्तिपुर दैनिकमा आइतबार नै छापिएको थियो । ...... समाचारलाई पुष्ट्याईं गर्दै यादवले धेरै विषयमा भट्टराईसँग आफ्नो विचार मिल्ने भन्दै कार्यगत एकता हुने घोषणा गरे । पार्टी एकताको चरणबारे भने उनले अरु बोल्न चाहेनन् ।बाबुराम, उपेन्द्र–अशोकबीच पार्टी एकताको तयारी
पुसमा मोर्चाबन्दी, फागुनमा जनकपुरबाट नयाँ पार्टी घोषणा हुने
तीन समुदायका तीन नेता पालैपालो अध्यक्ष हुने
नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको तयारी थालेका छन् । आइतबार राजधानीमा देशव्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यसको खुलासा गरेका हुन् । ...... ‘उपेन्द्र यादवजी र राजेन्द्र श्रेष्ठसँग निरन्तर संवाद भइरहेको छ, आइतबार राष्ट्रिय भेलापछाडि देशैभरि नयाँ शक्तिको अभियान चलाउँछौं । पुसमा फोरमसँग मोर्चाबन्दी हुन्छ,’ भट्टराईनिकट उच्च स्रोतले भन्यो, ‘फागुनमा पार्टी एकता हुन्छ ।’ ..... नयाँ शक्तिमा अरू दल र मोर्चासमेत सहभागी हुने भए पनि तीन समुदाय मधेस, जनजाति र खसआर्यका तर्फबाट क्रमश: यादव, अशोक राई र भट्टराईले नयाँ शक्तिलाई नेतृत्व दिनेसमेत स्रोतले जनाएको छ । जनकपुरमा कान्तिपुरसँग कुरा गर्दै भट्टराईनिकट अर्का नेताले भने, ‘मधेसमा हाम्रो पक्षमा माहोल बढेको देखिएकाले संघीयताको सन्देशसमेत दिन
जनकपुरकै बाह्रबिघामा बृहत् सम्मेलन गरी पार्टी एकताको घोषणा हुनेछ ।’
..... एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ३० दलीय विपक्षी मोर्चाबाट निस्कँदै संविधानको बाटो समाएपछि यादव र भट्टराईबीच दिनहुँजसो सम्पर्क हुने गरेको थियो । असोज ९ गते राजीनामा दिनेबित्तिकै भट्टराई जनकपुर आएका थिए । ..... भट्टराईको अभियानमा साथ दिँदै सबभन्दा पहिले एमाओवादी छाडेका केन्द्रीय सदस्य रामकुमार शर्मा र लगत्तै सामूहिक परित्याग गरेका पोलिटब्युरो सदस्य रामचन्द्र झा जनकपुर आसपासका जिल्लामा रणनीति बनाउन एक सातासम्म व्यस्त रहे । उनीहरू कार्यकर्ता भेलाका लागि शनिबार राजधानी फर्केका छन् । ...... ‘हाम्रो पार्टीमा फोरम मात्रै नभई थुप्रै नागरिक अगुवा, पूर्वमाओवादी, गैरकम्युनिस्ट र ०६२/६३ को जनआन्दोलनबाट स्थापित तर हाल उदासीन विभिन्न दलका युवापंक्ति सामेल हुन आउनेछन्,’ अर्का नयाँ शक्ति अभियन्ताले कान्तिपुरसँग भने, ‘तर नेतृत्वमा पहिलोपल्ट नेपाली समाजको विविधता झल्कने गरी तीन नेताले पालैपालो नेतृत्व गर्ने रणनीतिअन्तर्गत यादव र राईजत्तिका विश्वसनीयता भएका नेतालाई अघि सारिएको हो ।’ ...... भट्टराईनिकट नेता रामकुमार शर्माले अनौपचारिक कुरा चलिरहेको भन्दै औपचारिकता पाउन समय लाग्ने स्वीकारे । ‘संघीय प्रदेशको निर्माणसँगै क्षेत्रीय शक्ति उदाउने सम्भावना देखिए पनि हामीले दिन खोजेको विविधताले राष्ट्रिय शक्तिको खाँचोलाई पुन:पुष्टि गर्नेछ,’ उनले भने, ‘विभिन्न चरणमा कुराकानी भइरहेका छन् । हामी चाँडै औपचारिक निष्कर्षमा पुग्दै छौं ।’ भट्टराईसँग यादव र फोरम महासचिव राजेन्द्र श्रेष्ठले निरन्तर कुराकानी चलाइरहेको थाहा भएको छ । तर, शर्माले भने पहिले मोर्चाबन्दी मात्रै गर्ने र त्यसपछि एकताबारे योजना बनाउने खुलाए । ..... फोरम अध्यक्ष उपेन्द्र यादवले समेत एकताको सम्भावना रहेको संकेत गरेका छन् । ‘उहाँ र हाम्रोबीच भविष्यमा एउटै शक्ति बनाउनुपर्छ भन्ने छलफल भएको हो, यसबारे केही चरणमा कुराकानी पनि भएको छ,’ यादवले कान्तिपुरसँग खुलाए, ‘परिवर्तनकारी शक्तिलाई समेटेर नयाँ राष्ट्रिय शक्ति बनाउनुपर्ने आवश्यकता देखिएको छ । तर गम्भीरतापूर्वक छलफल हुन अझै बाँकी छ ।’ ...... अहिले अनौपचारिक तहमा मात्रै कुराकानी भएकाले धेरै चर्चा गर्नु उचित नहुनेसमेत यादवको भनाइ छ । ‘राजनीतिमा जे पनि सम्भव हुन्छ,’ उनले भने, ‘परिवर्तनका मुद्दामा साझा सोच बनाउने सम्भावना खुला छ । तर त्योभन्दा बढी कुराकानी भएको छैन ।’ .....यसअघि जेठ ३२ गते अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्कीको खस समावेशी राष्ट्रिय पार्टीसँग एकता गरेका यादवले आखिरी दिनसम्म पनि एकताको कुराकानी नभएको दाबी गर्ने गरेका थिए ।
औपचारिकता नपाउन्जेल चर्चा नगर्ने यादवको स्वभाव नै रहेको भन्दै संघीय समाजवादीका एक नेताले अशोक राईका तर्फबाट महासचिव राजेन्द्र श्रेष्ठले भट्टराईसँग तयारी छलफल गरिरहेको खुलाए । ‘तीन नेताको पृष्ठभूमि वामपन्थी रहेको र हाल कतिपय मुद्दामा निकटतासमेत देखिएकाले नयाँ शक्तिका लागि एकता हुने सम्भावना पूरापूर छ,’ ती नेताले कान्तिपुरसँग भने, ‘बाँकी कुरा अशोक दाइलाई नै थाहा होला ।’ ........ नयाँ शक्ति तयारी समितिका सदस्य रामकुमार शर्माले आफ्नो अभियानसँग निकटता देखाउने थुप्रै भए पनि फोरमका नेताहरू ‘पहिलो हुन पुगेको’ बताए । ..... नयाँ शक्ति अभियन्ताहरूले स्वाधीनता, समावेशिता, समृद्धिलगायत पाँच ‘स’ को नारा फ्लेक्स बोर्डमा बनाएर पहिचान झल्कने गरी तीन नेता भट्टराई, यादव र राईको फोटोसहित देशभरि प्रचार गरिनेसमेत खुलाए । आफ्नो शक्तिमा पूर्वमाओवादी, एमालेसहित कतिपय गैरकम्युनिस्ट पृष्ठभूमिका नेतासमेत सहभागी हुने भट्टराईले बताउँदै आएका छन् । शनिबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, ‘अब बन्ने पार्टीमा मिल्नका लागि विचार मिल्ने विभिन्न पार्टीहरूसँग निरन्तर छलफल भइरहेको छ । उहाँहरूले नयाँ शक्तिमा जोडिने चाहनासमेत गर्नुभएको छ । सबैसँग छलफलपछि नयाँ शक्तिको घोषणा हुनेछ ।’....... नागरिक अगुवा, पूर्वकर्मचारी, उद्योगी व्यवसायीदेखि सीमान्त समुदाय वर्गका नेपालीलाई समेत जोड्ने लक्ष्य रहेको भट्टराईले बताए । शनिबारै ‘नयाँ शक्ति किन ?’ शीर्षकको पुस्तिकासमेत सार्वजनिक गर्दै भट्टराईलेआर्यखस समुदाय, तिब्बती बर्मेली समुदाय र मैदानी आर्य
अनार्यलगायत मधेसी थारू समुदायलाई एकताबद्ध गर्ने उल्लेख गरे । ‘मुख्य यी तीन क्लस्टरबीच एकता कायम गर्ने कार्यभार मेरा लागि अब महत्त्वपूर्ण हुनेछ,’ भट्टराईको अपिलमा उल्लेख छ ।
सरकारले देशको समस्यामा चासो देखाएन: पौडेल
मधेसी मोर्चा सम्बद्ध सांसद्वारा नाराबाजी
मंसिर १० गतेसम्म संसद स्थगित
मधेसका एमाले नेताकाे निश्कर्ष- 'ढिलो गरे स्थिति नियन्त्रणबाहिर जान्छ'
सरकार कालोबजारी गरेर समानान्तर अर्थव्यवस्था चलाउन खोजेको छ
सप्तरीका सीडीओ फिर्ता बोलाइए
प्रदेश–२ बाट प्रतिनिधित्व गर्ने एमाले सभासद् तथा नेताहरुले
तराईको आन्दोलन गलत दिशातिर मोडिने सम्भावना औल्याउदै तत्काल समाधान खोज्न दबाब दिएका छन् । आइतबार राजधानीमा भएको उनीहरुको अनौपचारिक भेलाले तत्काल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई समस्या समाधानमा गम्भीर हुन आग्रह गरेको छ । ..... ‘आन्दोलन मधेसी मोर्चाकै नियन्त्रणबाहिर जाने सम्भावना छ,’ भेलामा सहभागी सभासद् शत्रुघन महतोले कान्तिपुरसँग भने, ‘छिट्टै समाधान भएन भने यसले अर्कै स्वरुप लिनसक्छ ।’ ..... तराईमा कांग्रेस र एमाओवादी आ–आफ्नै ढंगले चलिरहेको अवस्थामा एमालेले यस बिषयलाई कम आंकलन गरेर बसिरहदा पार्टीको अवस्थासमेत बिग्रिने ठहर नेताहरुले गरेको छन् ।
गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी
अनिल ठाकुर
लाई गृहमा फिर्ता बोलाएको छ ।
ग्यास माग्दै दुई घन्टा पृथ्वी राजमार्गमा अवराेध
सप्तरीमा चार जनाको मृत्यु भएको मोर्चाको दाबी
मोर्चाका चार घटकले संयुक्त विज्ञप्ती जारी गर्दै प्रहरीको गोली प्रहार बाट वीरेन्द्रकुमार दास, नागेश्वर यादव, शिवशंकर दास र दिलिप दासको मृत्यु भएको दाबी गरिएको छ । विज्ञप्तीमा दर्जनौं व्यक्ति गम्भीर घाइते भएको, तीमध्ये रघु साफी (श्रवण) सहित चार जनाको अवस्था चिन्ताजनक जनाइएको छ । ..... मोर्चाले राजविराजमा आन्दोलनकारीमाथि अस्पताल र घरघरमा कुटपिट, अश्रुग्यास प्रहार र गोली प्रहार भएको जनाएको छ । ‘सरकारको यस्तो गैर लोकतान्त्रिक र फासिवादी कार्यको मोर्चा घोर विरोध तथा भत्र्सना गर्दछमंसिर महिनाभरि संघीय गठबन्धनले जनप्रदर्शन गर्ने

















कमर माथी टाउको ताकेर गरिने गोली प्रहार तुरन्त बन्द गर।सरकार घर्ना,प्रदर्शन,दगा नियन्त्रणमा बल प्रयोग गर्दा अन्तरराष्ट्रिय प्रोटोकल पालना गर
— Atul Mishra (@atulmishra7) November 22, 2015





















घुडा हैन टाउकोलाइ निसाना बनाई गोली हानिन्छ सो तपाईँहरू घर जानुस हैन भने भार्दह जस्तो अवस्था होला भन्दै नेता चौक मा पुलिस माइकिंग गर्दै
— pankaj (@paankajbhagat) November 22, 2015



No comments:
Post a Comment